Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः अनुत्तरित ?

Posted on July 14, 2012July 14, 2012 by mysansar

-दामोदर कोइराला- २४ भाद्र २०५४ आजभोलि मेरो स्वभावमा पनि चिड्को (चिडचिडाहटपन) बढ्दै गइरहेको छ । अभावको पीडा त उनले पनि भोगिरहेकी छिन् नि ! खाने मुख थपिए । बेलामा चेत पसेन । मेरो घरमा पसेदेखि बिचरीले सुख के हो थाहा नै पाइनन् । बुहार्तन बाहेक के पो दिन सकें र ? म आज कार्यालयबाट फर्कंदा… Continue reading

हैन, मन्त्री त्रिपाठी कता हराए ?

Posted on July 14, 2012July 14, 2012 by Salokya

भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठी अहिले नेपालमा छैनन्। उनको मन्त्रालयको कामचलाउ कार्यभार भंग हुनुअघि नै संविधान सभा भंग हुने भयो भन्दै रुने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्हालिरहेका छन्। त्यसो त यो सरकारै कामचलाउ हो। यो मन्त्रालय त अब डबल कामचलाउ हुने भयो। मन्त्री त्रिपाठी कता गए, के कामका लागि गए, कसैलाई थाहा छैन।… Continue reading

कतारका पत्रकार कस्ता-कस्ता ?

Posted on July 13, 2012August 6, 2012 by चर्चित

नेपाल पत्रकार महासंघ कतार शाखालाई केही सुझाव देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ अहिले ग्लोबल भएको छ। देशमात्र हैन, कतार र दक्षिण कोरिया जस्ता विदेशमा पनि यसको शाखा खुलेको छ। बिगतमा भएको पत्रकार महासंघ कतार साखाको गठनमा केही गल्ती र कमीकमजोरी रहेको देखिन्छ। पत्रकारिताको ‘प’ नजानेको, नगरेको मान्छेले पनि सदस्यता लिएको देखिन्छ। प्रतिशतका हिसावले… Continue reading

खुब ठूलो काम गरेको भनेर दङ्ग परेको? थुक्क!

Posted on July 12, 2012July 13, 2012 by Salokya

फोटोमा टोपी लगाएको बजिरसिंह तामाङलाई हेर्नुस् त- कति दङ्ग छ। मख्ख छ। हातमा हत्कडी छ तर निश्चिन्त छ। उसलाई अदालतले १७० वर्षको जेल सजाय सुनाएको छ तर पश्चताप वा चिन्ता त अनुहारमा रत्तिभर नि देखिँदैन। नेपालको न्यायिक इतिहासमै यो सबैभन्दा धेरै अवधिको सजाय हो। मान्छे यति धेरै समय बाँच्दैन। उनको उमेरै ३७ वर्षको छ। नेपालीको… Continue reading

मृत्युको मुखबाट फर्कँदा

Posted on July 11, 2012July 11, 2012 by mysansar

ओखलढुंगा घर भएका अशोक खड्काले हालै क्यानडाको टोरेन्टोमा मृत्युलाई नजिकैबाट महसूस गरे। १२०-१३० किलोमिटर प्रतिघण्टाको गतिमा हाइवेमा दगुरिरहेको कार एक्कासी अनिन्त्रित भएर सडकभन्दा तल दुई पटक बल्ड्याङ्ग खाएर खस्यो। कार ध्वस्त भयो। माइसंसारका पाठकलाई उनले आफ्नो अनुभव यसरी बाँडेका छन्- दुर्घटनाको खबर आफैमा अप्रिय र कहालीलाग्दो हुन्छ, त्यो जहाँसुकै भएको किन नहोस्। क्यानाडा-अमेरिकामा कार दुर्घटनामा… Continue reading

बिना पनि निलम्बित

Posted on July 10, 2012July 10, 2012 by Salokya

प्रचण्डपुत्र प्रकाश दाहाललाई हिजो पार्टीले निलम्बन गरेको थियो। आज भने उनीसँग बेपत्ता भएकी बिना मगरलाई माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निलम्बन गरेको छ। बिना सरस्वती क्याम्पसकी स्ववियु सभापति थिइन्। अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्ति अनुसार बिना संगठनको सम्पर्क बाहिर रहेको एक हप्ता भइसकेछ। बिहीबारदेखि उनी घरमा नपसेकी रहिछिन् भने २३ गतेदेखि फोन अफ रहेछ। प्रकाश-बिना… Continue reading

प्रचण्डले छोरालाई निलम्बन गर्ने बाध्यता यसरी पर्‍यो

Posted on July 9, 2012July 10, 2012 by Salokya

बिहानै प्रचण्डपुत्र प्रकाशले विद्यार्थी नेतृ बिना मगरलाई भगाएर दिल्ली पुर्‍याए भन्ने हल्ला सोसल मिडियामा फैलियो। टेलिभिजन, एफएम जस्ता मूलधारे मिडिया चुपै बसे पनि सोसल मिडियाका कुरालाई केही अनलाइनले पनि टिपेपछि फेसबुक र ट्विटरले यो खबरलाई अझै यत्ति धेरै फैलाइदियो कि बाउ प्रचण्डको अध्यक्षतामा साँझ बसेको पार्टी पोलिटब्युरो बैठकले छोरा प्रकाशलाई साधारण सदस्यताबाटै निलम्बन गर्ने निर्णय… Continue reading

के हो राजतन्त्र राख्ने सम्झौताको रहस्य ?

Posted on July 9, 2012July 11, 2012 by Salokya

पूर्व राजा ज्ञानेन्द्र शाहले हालै दिएको अन्तर्वार्तामा राजतन्त्र राख्ने सम्झौता भएको खुलासा भो भनेर अहिले मिडियामा खुबै हल्लाखल्ला सुनिन्छ। नेताहरुले भने त्यस्तो कुनै सम्झौता नभएको दावी गरेका छन्। त्यसो भए झुटो कसले बोल्यो त ? सम्झौता भएको भन्ने ज्ञानेन्द्रले कि सम्झौता भएकै छैन भन्ने माधवकुमार नेपाल वा कृष्ण सिटौला जस्ता नेताहरुले? को फटाहा त ?… Continue reading

फेरि गाउँ पसे बाबुराम

Posted on July 8, 2012July 8, 2012 by mysansar

देशमा राजनीतिक अन्यौल छाइरहेको बेला काठमाडौँ नजिकैको गाउँमा एक रात बास बस्ने प्रधानमन्त्री बाबुराम भट्टराईको कामलाई ‘नौटंकी’ भन्दै धेरै आलोचना भए। गाउँमै बसेर छापामार युद्ध गरेका व्यक्तिले गाउँको समस्या नबुझेको हो र अहिले यस्तो गर्नुपरेको भन्दै उनको खोइरो खनियो। कतिले ‘नवराजा’ बन्न खोजेको पनि भने त कतिले हिन्दी फिल्मको नक्कल भने। तर पनि उनले यसलाई… Continue reading

कथाः परीक्षण

Posted on July 7, 2012July 9, 2012 by mysansar

-बिन्देश मगर- “जय नेपाल विजय जी।” जय नेपाल।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु। प्रकाश मेरो समकक्षी साथी DSP हो। उ र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दादेखीको नै हो। CBI मा सँगसँगैको भर्ति, एउटै Department र हाल पनि एकदम मिल्ने साथी भएकोले ऊ मेरो कार्यकक्षमा आइरहन्छ। आज पनि विहानै उ मेरो अफिसमा… Continue reading

सावधान, सोमबारदेखि इन्टरनेट नचल्न सक्छ

Posted on July 7, 2012July 7, 2012 by Salokya

सोमबारदेखि तपाईँले आफ्नो ल्यापटप वा डेस्कटपमा कुनै पनि साइट हेर्न खोज्दा नखुल्ने स्थिति आउन सक्छ। केही लाख प्रयोगकर्ताहरुको इन्टरनेटसँग सम्बन्ध विच्छेद हुनेछ। त्यसमध्य एक तपाईँ पनि हुन सक्नुहुनेछ। डीएनएस चेन्जर नामको ‘मालवेयर’ले तपाईँको कम्प्युटरमा संक्रमण गरेको छ भने जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि तपाईँको कम्प्युटरमा कुनै साइट खुल्ने छैन। तपाईँले थाहै नपाईँ… Continue reading

मापसे ? सहरमा ट्राफिकले, गाउँमा महिलाले ठीक पार्छन्

Posted on July 5, 2012 by mysansar

– नुमा रिजाल – नेपाल सरकारले मुलुकभरि मदिरा बिक्री–वितरणका लागि इजाजतपत्र धमाधम दिइरहेका बेला रुकुमका दुई गाविसका महिला भने त्यसलाई निरुत्साहित गर्न लागिपरेका छन्। गाउँमा मदिराजन्य पदार्थले व्यापकता पाउनुका साथै विभिन्न सामाजिक विसङ्गतिका घटना बढ्न थालेपछि महिलाले मदिरा निषेधित क्षेत्र घोषणा गरेका हुन्। रुकुमको सदरमुकाम खलंगादेखि १४ कोस टाढा उत्तरमा पर्ने आठबिसकोट गाविसका ३, ४… Continue reading

एअरपोर्टको जिम्मा भारतीय कम्पनीलाई दिनु ठिक कि बेठिक ?

Posted on July 4, 2012July 4, 2012 by Salokya

वैद्य पक्ष लगायत विपक्षी पार्टीहरुले सरकारको विरोध गर्न अब नयाँ विषय पाएका छन्- देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी। बिप्पा सम्झौताकै विरोधमा अझै भित्ता रङ्ग्याइरहेको वैद्य पक्षलाई सरकार र संस्थापन पक्षविरुद्ध आक्रमण गर्न नयाँ नारा बनाउन सजिलो भएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मा भारतीय कम्पनी IL&FS… Continue reading

पूर्वराजाले पार्टी नखोल्ने रे

Posted on July 3, 2012July 4, 2012 by Salokya

राजतन्त्र अन्त्य गर्न प्रमुख भूमिका खेल्ने पार्टी माओवादी अहिले दुई टु्क्रा भएको छ। मान्छेहरुलाई अहिलेका पार्टीप्रति वितृष्णा छ। एउटा नयाँ शक्ति उदाउनु पर्ने कुरा सुनिँदैछ। के पूर्वराजाले पार्टी खोलेर जनताको मतबाट पुनर्स्थापित हुने मौका आउँछ त ? अहँ। लुम्बिनी भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्रले आज पत्रकार सम्मेलनमा भनेका छन्- राजसंस्थाले राजनीति गर्दैन, पार्टी पनि खोल्दैन।… Continue reading

अध्यागमनका पियन घुस्याहा ठहर

Posted on July 2, 2012July 2, 2012 by Salokya

तपाईँहरुलाई यादै होला, केही अघि अमेरिका उड्न लागेकी एक महिला डिचेन डोल्मा शेर्पालाई अध्यागमन विभागले दुःख दिएको घुस लिएको बारे मिडियामा आएका समाचार। आज विशेष अदालतले यो मुद्दामा फैसला गरी ती पियन पूर्णबहादुर बस्नेतलाई घुस्याहा ठहर गरेको छ। अदालतले उनलाई छ महिना कैद र एक लाख रुपैयाँको फैसला गरेको छ। उनीमात्र हैन, मुद्दा शाखाका कम्प्युटर… Continue reading

देउवाकी साली भन्दै अमेरिकामा ठगेको स्वीकार

Posted on July 1, 2012 by Salokya

अमेरिका पुर्‍याइदिन्छु भनेर नेपालमा मात्र हैन, अमेरिकामै पनि ठगिँदो रहेछ। तिम्रा आफन्तहरुलाई अमेरिका ल्याइदिन्छु भन्दै हजारौँ अमेरिकी डलर ठगिछिन् देउवाकी सालीले। देउवा अर्थात् पूर्व प्रधानमन्त्री तथा भावी प्रधानमन्त्रीका रुपमा पनि चर्चामा ल्याउने गरिएका कङ्ग्रेस नेता शेरबहादुर देउवाकी पत्‍नी आरजु राणा देउवाकी बहिनी नीतु राणाले। मिडियामा यस्तो खबर आएपछि आरजुले विज्ञापनै छपाएर यसको खण्डन गर्नुपर्‍यो। पछि… Continue reading

कथाः मसली भाउजू

Posted on June 30, 2012June 30, 2012 by mysansar

राममणि पोखरेल असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ। आफ्नो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ। सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ। यस वर्षको मनसुन ढिलो प्रारम्भ भएको कारण पानी परेको छैन। सिचाइको अभावमा जमिन मुख बाएर बसेका छन्। अधिकांश आकाशे खेत… Continue reading

बाबुरामको माग बाबुरामलाई नै

Posted on June 29, 2012 by Salokya

२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि यो यो माग पूरा गर भनेर संयुक्त जनमोर्चाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग बुझाएका थिए। यही माग पूरा नगरेको भन्दै माओवादीले फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो। यी माग बुझाएका थिए हालका प्रधानमन्त्री बाबुराम भट्टराईले। अब आफ्नै हस्ताक्षर भएको यी माग फर्के आफै अगाडि… Continue reading

आयो असार १५

Posted on June 29, 2012 by Salokya

आज असार १५। हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। असार १५ त हाम्रै पर्व। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि पुराना यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्‍यो। छ भने दही चिउरा खानुपर्‍यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। अनि सुनाउनु… Continue reading

मोस्ट वान्टेड फरार अभियुक्तले खोले पार्टी

Posted on June 27, 2012June 26, 2012 by Salokya

सर्वसाधारणलाई धनी हुने रङ्गिन सपना बेचेर लुट्नु लुटेर कानुनी कारबाही हुन थालेपछि फरार भएका नेटवर्क धन्दा गर्ने युनिटीवालाहरु अब पार्टी खोलेर राजनीतिमा उत्रिएका छन्। प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका फरार अभियुक्तहरु जय युनिटी को अपरेटिभ पार्टी नेपाल नामको यो नयाँ पार्टीका हर्ताकर्ता छन्। जे होस्, आइडिया चैँ लगाएकै हुन्। राजनीतिको खोल ओढेपछि कस्ता-कस्ता अपराध त… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 270
  • 271
  • 272
  • 273
  • 274
  • 275
  • 276
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme