Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हेरेर दियो शिक्षा मन्त्रालयले ‘नक्कली’लाई मान्यता?

Posted on September 19, 2012September 20, 2012 by Salokya

विदेशमा अमान्य युनिभर्सिटीलाई नेपालमा मान्यता विदेशी डिग्री भनेपछि नेपालीहरु मरिहत्ते गरिहाल्छन्। चाहे त्यो विदेशमा मान्यताप्राप्त होस् कि नहोस्। त्यही भएर अहिले विदेशी विश्वविद्यालयको सम्बन्धन (affiliation) लिएर नेपालमै विदेशी डिग्री पढाउनेहरुको बिगबिगी छ। सम्बन्धन छ भन्दै जथाभावी पढाउने काम भइरहेको छ। सम्बन्धन लिएर मात्र हुँदैन, त्यसको अनुमति पनि शिक्षा मन्त्रालयबाट लिनुपर्छ। शिक्षा मन्त्रालयले ६६ वटा कलेज… Continue reading

तीजको रहर….

Posted on September 18, 2012September 18, 2012 by Salokya

तीजको दिन महादेव मन्दिर वरपर निकै रमझम हुन्छ। त्यही हेर्न दिउँसो लागेको थिएँ बसन्तपुर। ठूलै भीड थियो। राजनीतिक कार्यक्रमहरु पनि थिए। महादेवपार्वती डबलीमा प्रधानमन्त्री अतिथि हुने कार्यक्रम थियो, अलि पर कुमारी घरनजिकै अर्को राष्ट्रिय जनमोर्चाको संघीयताविरोधी तीज कार्यक्रम थियो। मखनको महादेव मन्दिर वरपर भने सर्वसाधारण थिए। म त्यतै लागेँ। त्यतै खिचेका तीजका केही फोटोहरु हेर्नुस्।

तीजमा डिस्को डान्स

Posted on September 18, 2012September 18, 2012 by Salokya

यस पटक तीजको रमझम पहिलेभन्दा फरक देखेँ। नाचको शैलि पनि बदलिएछ। बसन्तपुरमा स्पिकर घन्काएर नाच्नमा धेरै रमाएका देखिए। ‘नाचौँ हामी डिस्कोमा तीज’गीतमा सबभन्दा रमाई रमाई उफ्रीउफ्री महिला नाचेको देखियो। छोटो भिडियो पनि खिचेको छु। भिडियो हेर्न भित्र आउनुस्।

शुभकामना तीजको !

Posted on September 18, 2012September 18, 2012 by Salokya

हाँसौँ, नाचौँ, रमाऔँ। तीज मनाउने सबै महिलालाई शुभकामना!

एनसेलसँग सबै* दङ्ग (*=ग्राहक बाहेक)

Posted on September 17, 2012September 17, 2012 by mysansar

-मदनमणि अधिकारी- एनसेल, सीम बिक्री संख्याको दृष्टिले देशको सबै भन्दा ठूलो जीएसएम मोबाइल सेवा प्रदायक हो। राज्यको लगानी रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको भन्दा धेरै ग्राहक आधार छ एनसेलसँग। दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापन सूचना रिपोर्टले पनि नेपाल टेलिकम भन्दा एनसेलको ग्राहक आधार धेरै रहेको देखाएको छ। तर यस्तो ठूलो कम्पनीले घोषणा गरेको पुरस्कार… Continue reading

पुस्तक अंशः खोज (भाग ४)

Posted on September 16, 2012September 16, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक आइतबार प्रकाशन हुँदैछ। गत हप्तादेखि खोजको सुन्ने किताबको अंश पनि राख्‍न थालेको छु। सुन्ने किताबको अडियो यो ब्लगको सबैभन्दा पुछारमा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ… Continue reading

कतारमा नेपालीको संख्या त्यहीँको नागरिकभन्दा बढी

Posted on September 16, 2012September 16, 2012 by Salokya

कतारमा नेपाली ‘डन’को आतंक विषयमा रवि रोषीको एक महिनाअघिको ब्लग पढ्दा धेरैले अचम्म मानेका थिए। विदेशी भूमिमा पनि नेपाली अपराधीले नेपालीलाई दुःख दिँदो रहेछ भनी सबै अचम्म मानेका थिए। उनीहरुले कल्पना गरेका थिएनन्, कतारमा कति नेपाली छन्? भर्खरै एउटा तथ्याङ्क सार्वजनिक भएको छ। तथ्याङ्क अनुसार कतारमा नेपालीको संख्याले त्यहीँका नागरिकहरुको संख्यालाई उछिनिसकेको छ। कतारमा कतारीको… Continue reading

नर्वेमा अब नेपालीले ‘जब सर्च भिसा’ नपाउने

Posted on September 16, 2012September 16, 2012 by mysansar

-अनुप खनाल- स्वदेशमा काम गरी केही अनुभव बटुलेका र विदेश जान चाहनेहरुको लागि नर्वेले केही अघि सुरु गरेको ६ महिनाको ‘जब सर्च भिसा’ दिने नीतिले नेपालीहरुका लागि आकर्षण बनेको थियो। विशेषगरी कन्सलट्यान्सीहरुले त कामको ग्यारेन्टी भएको भन्दै लोभ्याउँदै नर्वे उडाइरहेका थिए। यस क्रममा उनीहरुले नक्कली सर्टिफिकेटसमेत प्रस्तुत गर्न प्रोत्साहित गरेका हुनसक्छन्। यसको नराम्रो नतिजा अहिले… Continue reading

कथा: टिमुर्केहरु

Posted on September 15, 2012September 15, 2012 by mysansar

-प्रमोद अधिकारी- टेबुल छेउमा झुण्डिएको बेल स्विच चार पटक दबाइसकें। कोही देखा पर्दैनन्। म आफैँ जुरुक्क उठेर ढोकाबाट मुन्टो निकालेर काउन्टरतिर चिच्याएँ ‘ए बैनी ! एक प्लेट भट्मास चिउरा लेऊ न !’साथी र म सितनको अभावमा चिसिँदै गरेको वियर हेर्दै पर्खियौँ निकैबेर। उखरमाउलो गर्मी, टाउका माथिको स्थिर पंखा तीनवटा पखेँटा फिँजाएर टक्क अडिएको। कुरो बुझ्नै… Continue reading

अहिले यस्तो कसैले बनाएको भए… ?

Posted on September 15, 2012September 16, 2012 by Salokya

एक जना कलाकारले बनाएको चित्रलाई लिएर अहिले भइरहेको बहस देखेर मेरो मनमा जागेको सामान्य जिज्ञासा हो यो। मैले कसैको समर्थन वा विरोध गरेको हैन। समाजको ठूलो हिस्सालाई यदि आफ्नो आस्था र विश्वासप्रति ठेस पुगेको महसूस हुन्छ भने त्यस्तोमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता नखोजेकै राम्रो हुन्छ भन्ने मेरो मान्यता हो। तथापि अहिले भइरहेको विरोध हेर्दा हाम्रो समाज… Continue reading

बन्दमा डिस्काउन्ट दिने चलन

Posted on September 14, 2012 by Salokya

तीन दिनभित्र दोस्रो बन्द थियो आज। बुधबार विद्यार्थीहरुले बन्द गरेका थिए। आज भने क्रान्तिकारी भनाउन रुचाउने वैद्य माओवादीको पालो रहेछ। कस्तो होला बन्द भनेको त कलंकीदेखि सुन्धारासम्म जाँदा कालिमाटी चोकमा मात्रै केही कार्यकर्ता थिए। जोश हराएका कार्यकर्ताहरु जस्ता देखिन्थे। फाट्टफुट्ट चलाइरहेका मोटरसाइकलहरु फर्काइरहेका थिए। कालिमाटी चोकबाहेक अरु कतै कार्यकर्ताहरुको नामोनिशान थिएन। बरु यसरी गाईवस्तुहरु सडकमा… Continue reading

सहमति भयो : यस्ता चित्र आइन्दा बनाउँदिन, देखाउँदिन

Posted on September 14, 2012September 14, 2012 by Salokya

अपडेट : आपत्तिजनक चित्रकला बनाएपछि विवादमा तानिएका कलाकार मनीष हरिजन र उनको चित्रलाई प्रदर्शन गर्ने सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालिका संगीता थापाले बिहीबार सिडिओ कार्यालयमा आइन्दा त्यस्तो चित्र बनाउने र नदेखाउने कागजमा हस्ताक्षर गरेका छन्। दुई वटा साह्रै आपत्ति जनाइएका चित्र हटाएपछि प्रदर्शनी फेरि सुरु भएको छ। यसअघि प्रशासनले ग्यालरी सिल गरेको थियो। विवादित चित्र कला… Continue reading

प्रसङ्ग : लिटरेरी मेला

Posted on September 13, 2012September 13, 2012 by परिवर्तन

परिवर्तन अघिल्लो वर्ष आयोजित ‘नेपाल लिटरेरी फेस्टिवल’ र ‘काठमाडौं लिटरेरी जात्रा’ले साहित्य, लेखन तथा प्रकाशन क्षेत्रसँग चासो राख्नेहरूका लागि नयाँ माहोलको सृजना गरिदिएको थियो। त्यसो त वर्षेनी आयोजना हुँदै आइरहेका अन्य पुस्तक प्रदर्शनी मेलाहरूले पनि साहित्यकार तथा पाठकहरूलाई एकै ठाउँ ल्याउने काम नगरेको होइन तर यी दुई फेस्टिवल वा जात्रा भने अलि वेग्लै प्रकृतिका छन्।… Continue reading

कम्प्युटर चलाउन नजान्नेको प्रमोसन नहुने

Posted on September 12, 2012September 12, 2012 by Salokya

शिक्षा सचिव सुरेशमान श्रेष्ठले आज एउटा गजबको कुरा गरेको खबर मिडियामा आएको छ। उच्च माध्यामिक शिक्षा परिषद् पोखरा कार्यालयको निरीक्षणका क्रममा उनले भनेछन्- ‘२१ औँ शताब्दीमा समेत कम्प्युटर चलाउन नजान्ने कर्मचारीको प्रमोसनको फाइल अगाडि बढ्दैन। कार्यालको प्रमुख होस् या पियन अब सबैले कम्प्युटर चलाउन जान्नै पर्छ।’ कुरो ठीक हो। तर व्यवहारिकता नि हेर्नुपर्‍यो। समाचारको स्रोत… Continue reading

विश्वकप खेल्न पाउला त नेपालले ?

Posted on September 10, 2012September 11, 2012 by Salokya

लिग च्याम्पियन बन्दै २ पटक पछार्‍यो अमेरिकालाई नेपालले फुटबलको विश्वकप खेल्नु अझै सपना नै हो नेपालका लागि। तर क्रिकेटको विश्वकप भने नेपालले खेलिसकेको छ। कम्तिमा १९ वर्षसम्मका खेलाडीले खेल्ने विश्वकप भए पनि। वयस्कहरुकै विश्वकप नि? गाह्रो छ, तर असंभव छैन। फुटबल जस्तो धेरै धेरै नै टाढाको लक्ष्य पनि हैन। यो आशा जगाइदिएको हो विश्व क्रिकेट… Continue reading

MySansar Exclusive: खोज (भाग ३)

Posted on September 9, 2012September 9, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक आइतबार राख्न थालेको छु। आजदेखि खोजको सुन्ने किताबको अंश पनि राख्‍न थालेको छु। सुन्ने किताबको अडियो यो ब्लगको सबैभन्दा पुछारमा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ लुकेका प्रतिभा -कर्ण शाक्य-… Continue reading

भगवानको मान कि अपमान ?

Posted on September 9, 2012September 9, 2012 by mysansar

-ज्योति रिजाल रिमाल- यस पटक नेपाल जाँदा सप्ताह लगाइएको थियो। पहिलो दिन, दोस्रो दिन हुँदै दिन बित्दै जाँदै थियो। मलाई भने भित्रभित्रै मनमा कस्तोकस्तो भैरहेको थियो। त्यहाँ विष्णु र लक्ष्मी भगवानको सुनको मूर्ति चाँदीको सिंहासनमा राखिएको थियो। सब भक्तजनहरु खुसी देखिन्थे। मलाई भने त्यो पूजा गरेको तरिका पटक्कै चित्त बुझेको थिएन। त्यहाँ १८/२० जना नियमित… Continue reading

कथाः सबै प्रश्नका जवाफ हुँदैनन्

Posted on September 8, 2012September 9, 2012 by mysansar

-झलक पौडेल- करिब दुई वर्षपछि न्यूरोडमा उसलाई दोस्रोपल्ट देख्दा मलाई छुट्टै किसिमको आनन्द लाग्यो । ऊ बगर जाने माइक्रोको पछिल्लो सिटमा एक्लै थिइ। सायद संयोग थियो त्यो, म पनि उही बसमा चढेँ। हामी एउटै सिटमा थियौँ। ऊ मुसुक्क हाँसी मात्र। ओठहरु नै खुल्न पर्दोरैनछ, हाम्रा नजर जुधे निकै बेरसम्म। धेरै अघिको चिनारी जस्तै… ‘कहाँ पुग्ने… Continue reading

अमेरिकामा डलर फल्दैन हजुर!

Posted on September 7, 2012September 8, 2012 by mysansar

-बासु श्रेष्ठ/उडव्रिज,भर्जिनिया- मानवतस्करलाई पैसा खुवाएर अमेरिका पस्ने सपना बोकेकाहरुको यात्रा अमेरिकामा नै आएर टुँगिएपनि सुखका दिन शुरु हुन्छ भन्ने ग्यारेण्टी हुँदैन। एक त यस्तो अवैध बाटोबाट सबैजना अमेरिका पस्छन् भन्ने नै ग्यारेण्टी छैन। किनभने एक त अमेरिका आउने बाटोमा पर्ने विभिन्न दक्षिणी मुलुकहरुमा नै समातिने सम्भावना हुन्छ तर कथम ती सम्भावना पार भएपनि अमेरिकाको सिमानामा… Continue reading

४ लाख तिरेर महिनाको हजार डलर कमाउन हिँड्दा..

Posted on September 6, 2012September 6, 2012 by mysansar

-सुमित सुवेदी- म सरोज, बाग्लुङको एउटा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएको मान्छे। उमेर बढेसँगै बिस्तारै घरको जिम्मेवारी पनि बढ्दै जान थाल्यो। अनि सोच्न थालें, नेपालमा केही गरुँ, तर सकिनँ केही गर्न। युरोप जाने भनेर धेरै पैसा फँस्यो पनि। यस्तैमा साथीहरुले अफगानिस्तान बारे कुरा गरे। केही गइसकेका पनि थिए र धेरै कमाइ हुन्छ भन्ने सुनेको पनि थिएँ।… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 270
  • 271
  • 272
  • 273
  • 274
  • 275
  • 276
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme