Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नारायणकाजीको मुखैमा काङ्ग्रेसको कालो झण्डा

Posted on October 1, 2012October 3, 2012 by mysansar

-गौतम दाहाल/भर्जिनिया,अमेरिका- संयुक्त राष्ट्र संघको ६७ औं महासभामा भाग लिन अमेरिका आएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा रहेका नेपालीहरुले जताततै कालोझण्डा देखाएर विरोध गरेका छन्। आइतबार भर्जिनियामा आयोजित अन्तर्क्रिया कार्यक्रममा कसरी कालो झण्डा देखाइयो त? डिसीस्थित नेपाली राजदूतावासका सबै कर्मचारी समेत सहभागी थिए अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको यो अन्तर्क्रिया कार्यक्रममा। आयोजकहरुले सहभागीहरुलाई एक… Continue reading

पुस्तक अंशः खोज (भाग ६)

Posted on October 1, 2012October 2, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक हप्ता प्रकाशन हुँदैछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ चौथो भाग यहाँ पाँचौँ भाग यहाँ परिवर्तनका पलहरू कर्ण शाक्य कुनै पनि इतिहासको परिवर्तन एउटा पल र एउटा क्षणबाट निर्धारण हुन्छ। इतिहासमा… Continue reading

सबभन्दा बढी विमान दुर्घटना अमेरिकामा

Posted on October 1, 2012October 1, 2012 by Salokya

भारत टप टेनमा, चीन ११ नम्बरमा विश्वमा सबैभन्दा बढी विमान दुर्घटना कहाँ हुने गरेको छ ? अहिले नेपालमा छापिएका समाचार र समाचार टिप्पणीहरु र गफहरु सुन्दा लाग्छ नेपालको आकाश विश्वकै सबैभन्दा असुरक्षित छ। यहाँ प्लेन चढ्यो कि दुर्घटना हुने सम्भावना हुन्छ। तर त्यसो हैन। यातायातका साधनमध्ये हवाई यात्रालाई नै सबैभन्दा सुरक्षित मानिन्छ विश्वैभर। त्यसैले विमान… Continue reading

कुमारीको फोटो राखेर रथ तान्दै सिक्किममा पनि इन्द्रजात्रा

Posted on September 30, 2012October 3, 2012 by Salokya

काठमाडौँमा अहिले उत्सवको माहौल छ। साँझतिर काठमाडौँको भित्री सहर घुम्नुस्, गज्जबको रौनक पाउनु हुन्छ। अस्ति बिहीबार हनुमानढोकामा लिङ्गो ठड्याएपछि आठ दिने इन्द्रजात्रा सुरु हुन्छ। आठै दिन सडकमा विभिन्न किसिमका सांस्कृतिक नाच देखाइन्छन्। त्यसमा पनि तीन दिन प्रमुख हुन्छ। चतुर्दशीका दिन राष्ट्रप्रमुखको उपस्थितिमा कुमारी, भैरव र गणेशको रथ यात्रा तल्लो टोलहरुमा हुन्छ। त्यसको भोलिपल्ट अर्थात् आज… Continue reading

आफ्नै कार्यकर्ताबाट नेताहरु असुरक्षित

Posted on September 30, 2012September 30, 2012 by Salokya

आफ्नै कार्यकर्ताहरुबाट आक्रमण हुने नेपालका शीर्ष नेताहरुको सूचिमा नेपाली कङ्ग्रेस सभापति सुशील कोइराला पनि थपिएका छन्। यसअघि झलनाथ खनाललाई सुनसरीमा कार्यकर्ताले दुई वर्षअघि माघमा झापड हानेका थिए। गएको साउनमा माओवादी विस्तारित बैठकमा प्रचण्ड र बाबुराम भट्टराईमाथि कुर्सी प्रहार गरिएको थियो। शनिबार चाहिँ काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेवि संघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले आक्रमण… Continue reading

सीता एयर दुर्घटना : किन भयो? कस्तो पाठ सिक्ने?

Posted on September 29, 2012October 5, 2012 by Salokya

सीता एयरको दुर्घटनापछि धेरैले धेरै थरिका कुरा गरे। हामी आफ्नो विषय बाहेक अरु विषयमा बढी नै ज्ञाता हुन खोज्छौँ। त्यही भएर अनुमान गजब गजबका लगाउँदै दोष लगाउने काम भयो। यसअघिका ब्लगहरुमा त्यस्ता कमेन्ट कै बिगबिगी थियो। तर ती मध्ये यसै क्षेत्रबारे जानकारी राख्‍ने केही पाठकले गहकिलो कमेन्ट गरेका छन्। तीमध्ये केही- हार्दिक भन्छन्- अहिलेको समय… Continue reading

साढे २५ वर्ष पुरानो प्लेनको आयु यसरी सकियो

Posted on September 29, 2012September 29, 2012 by Salokya

शुक्रबार बिहान चीलसँग ठोक्किएर दुर्घटना भएको सीता एयरको चिलगाडी कस्तो हो त ? यो जर्मन प्लेन हो। यसलाई डोर्नियर २२८-२०२ विमान भनिन्छ। दुर्घटना भएको विमान पहिलो पटक साढे २५ वर्षअगाडि उडेको थियो। सन् १९८७ को अप्रिल ८ मा यो पहिलो पटक उडेको थियो। विश्वको जुन ठाउँमा प्लेन उडाउँदा पनि कल साइन दर्ता गर्नुपर्छ। तपाईँले प्लेनको… Continue reading

चराले लियो १९ जनाको ज्यान

Posted on September 28, 2012September 29, 2012 by Salokya

काठमाडौँ विमानस्थल नजिकै आज बिहान सीता एयरको एउटा डोर्नियर विमान दुर्घटना हुँदा त्यसमा रहेका १९ जनाको मृत्यु भएको छ। चालक दलका तीन सदस्यसहित सात नेपाली, सात बेलायती र पाँच चिनियाँ नागरिकको ज्यान जाने दुर्घटनाको कारण भने अरु नभएर एउटा चरा थियो। बिहान ६ बजेर १७ मिनेटमा प्लेन उडेको थियो। उड्ने बित्तिकै चरासँग ठोक्कियो। त्यसपछि आपतकालीन… Continue reading

ल हेर्नुस् त रक्सी कम्पनीले कसरी सबको आँखामा छारो हालेको ! घुस खुवाएपछि रक्सी बन्यो ‘म्युजिक’

Posted on September 27, 2012September 28, 2012 by Salokya

माथिको फोटोमा देखिएको जस्तो भट्टी पसलमा मात्र हैन, काठमाडौँका विभिन्न ठाउँमा ठूल्ठूला होर्डिङ बोर्डमा यस्तो देख्न सकिन्छ। विज्ञापनमा रुस्लान १०० % प्योर म्युजिक लेखिएको छ। खासमा यो रुस्लान भोड्काको विज्ञापन हो। दुरुस्तै रङ्ग र लोगो प्रयोग गरिएकोले यसले भोड्का कै विज्ञापन गर्न खोजेको हो। सर्वोच्च अदालतले रक्सी बियरको विज्ञापन सार्वजनिक ठाउँमा राख्न नपाइने कानुन बनाउन… Continue reading

के भन्नुहुन्छ तपाईँ यसबारे ?

Posted on September 26, 2012September 26, 2012 by Salokya

माथिको फोटो फेसबुकबाट लिइएको हो। शायद् तीजमा खिचेको फोटो हुनुपर्छ। फोटोसँगै कुसुम दाहालले सोधेकी छिन्- ‘यसरी सार्वजनिक ठाउँमा एउटा गोडा उचालेर अप्ठ्यारो गरी भए पनि ढोगाइ खान (लिन) इच्छुक पुरुषलाई तपार्इ के भन्नुहन्छ?’ साँच्ची तपाईँ चाहिँ के भन्नुहुन्छ यसबारे ?

यौन शोषणको प्रश्न आउँदा हिरोइनले के जवाफ दिइन्?

Posted on September 25, 2012September 25, 2012 by Salokya

बुक वर्म ट्रस्टले आयोजना गरेको चार दिने नेपाल लिटरेचर फेस्टिभलमा धेरै विषयमा छलफल भए। माइसंसार मै पनि त्यहाँ भएका केही बहस जस्तै सन् १९९० पछि बदलिएको नेपाली समाज, मिडियाबारे सम्पादकहरुको बहस र नेपाली कसरी लेख्‍नेमा भएको छलफल राखिसकेका छौँ। फेस्टिभलको अन्तिम दिन अन्तिम कार्यक्रम नेपाली सिनेमामा हिरोइनहरुको चित्रणबारे अहिलेका हिरोइनहरुबीच छलफल भएको थियो। सहभागीहरु –… Continue reading

पुस्तक अंशः खोज (भाग ५)

Posted on September 24, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक आइतबार प्रकाशन हुँदैछ। यो पटक व्यस्तताको कारण आइतबारको साटो सोमबार राखेको हुँ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ चौथो भाग यहाँ श्रद्धा र विश्वास -कर्ण शाक्य- धार्मिक हुनका लागि मात्रै म… Continue reading

पूर्व राजाको जिल्ला भ्रमण र अस्तित्वको खोजी

Posted on September 24, 2012September 24, 2012 by परिवर्तन

परिवर्तन राजनीतिमा स्थायी शत्रु तथा मित्र हुँदैनन् त्यसैले मोहन वैद्य र शुशिल कोइराला नजिक हुनु कुनै अचम्मको कुरा होइन जस्तो कि गौर काण्डमा आफ्ना ३० जना कार्यकर्ता मारिएको केही वर्षपछि माओवादी र मधेशवादीको मिलन सम्भव भयो। केही समयपछि मोहन वैद्य र पूर्व राजा ज्ञानेन्द्रका बीच राष्ट्रियताको विषयमा मिलन भयो भने पनि त्यो नयाँ र अचम्मको… Continue reading

नेपाली कसरी लेख्ने ? (बहसको अडियो सुन्नुस्)

Posted on September 23, 2012September 24, 2012 by Salokya

आजभोलि मादक पदार्थ सेवन भन्ने वाक्य खुब चलेको छ। अझ यसको छोटकरी रुप ‘मापसे’ पनि चलेको छ। ट्राफिक प्रहरीले सूचना राखेको हुन्छ- मादक पदार्थ सेवन गरी सवारी साधन सञ्चालन नगरौँ। मिडियामा समाचार आउँछ- मादक पदार्थ सेवन गर्नेहरुबाट ट्राफिकले यति करोड जरिवाना संकलन गरेको छ। के हो मादक पदार्थ सेवन भनेको ? भन्न खोजेको जाँड-रक्सी खाएको… Continue reading

पत्रकारलाई नि पेन्सन चाहियो रे !

Posted on September 23, 2012September 23, 2012 by Salokya

सरकारले अहिले वृद्धलाई हजार रुपियाँ र विधवालाई ५ सय रुपियाँ मासिक भत्ता राज्यकोषबाट दिने गर्छ। अब सरकारकै कोषबाट पत्रकारलाई पनि पेन्सन भत्ता चाहिने माग पुराना पत्रकारहरुले गर्न थालेका छन्। पहिले नसुनिएको यस्तो माग शनिबार प्रधानमन्त्री बाबुराम भट्टराईसहितको उपस्थिति रहेको प्रेस काउन्सिल वार्षिकोत्सव कार्यक्रममा सुनिएको हो। यस्तो माग गरेका हुन् देवप्रकाश त्रिपाठीले। उनी घटना र विचार… Continue reading

कथा : निरन्तरता

Posted on September 22, 2012September 23, 2012 by mysansar

-लेखनाथ काफ्ले- ठाउँ: स्याङजाको कुनै टाढाको गाँउ, समय: २०४० सालतिर ऊ पनि, ऊ भन्नाले उपल्लाघरे बुल्के माइलो, त्यही चौतारेको चिया पसलमा सदा झैँ पुषको जाडोमा उपरखुट्टी लगाएर ५-७ जना टोलका घरमुली लोग्नेमान्छेहरू संगै समय कटाउन बेतुकका गफमा चियाको तातो र घामको रापमा मस्त छ। घरको माइलो छोरो, लामो नाक, माथिल्लो ओठको दाहिने पट्टि एउटा गहिरो… Continue reading

के भन्छन् मिडियाबारे सम्पादकहरु स्वयं?

Posted on September 21, 2012September 21, 2012 by Salokya

मिडियाबारे सर्वसाधारणले धेरै बोलिसके, मिडिया क्रिटिक्सहरुले पनि धेरै बोलिसके। तर मिडियाको वर्तमान अवस्थाबारे स्वयं मिडियाका सम्पादकहरु चाहिँ के सोच्दा रहेछन्? के भन्दा रहेछन्? आज नेपाल लिटरेचर फेस्टिभलको बिहानको सेसनमा अहिलेका चल्तीका ठूला मिडियाका सम्पादकहरुले यसबारे सार्वजनिक रुपमा विचार विमर्श गरे। सहभागीहरु थिए- कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, नागरिक दैनिकका सम्पादक किशोर नेपाल र दि हिमालयन… Continue reading

हेर्दाहेर्दै के विधि बदलियो नि हाम्रो समाज !

Posted on September 21, 2012September 21, 2012 by Salokya

१९९० पछि बदलिएको नेपाली समाज अहिले २२-२३ वर्ष पुगेका युवायुवतीहरुलाई थाहै छैन- सन् १९९० अघिका युवायुवतीलाई भ्यालेन्टाइन डे भनेको थाहै हुन्न थियो। मोबाइलमा अभ्यस्त यी युवायुवतीलाई त्यतिबेला हिँड्दाहिँड्दै फोन गर्न पनि मिल्छ भन्ने कुरा अचम्मको लाग्थ्यो। फेसबुक र ट्विटरमा स्वतन्त्रताका वकालत गर्ने यो पुस्तालाई उतिबेला पत्रपत्रिकामा कडा सेन्सरसिप हुन्थ्यो र खिटिक्क केही कुरा लेख्‍यो भने… Continue reading

नाम चैँ ‘इन्टरनेसनल’, विद्यार्थी सबै नेपाली !

Posted on September 20, 2012September 21, 2012 by Salokya

रिलायन्स इन्टरनेसनल एकेडेमी, जेभियर इन्टरनेसनल कलेज चेल्सी इन्टरनेसनल एकेडेमी, ठुङराम इन्टरनेसनल एकेडेमी अवेरनेस इन्टरनेसनल एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी लुम्बिनी इन्टरनेसनल कलेज, मल्पी इन्टरनेसनल कलेज कसमस इन्टरनेसल कलेज, लिटल स्टेप इन्टरनेसनल एकेडेमी ट्रिनिटी इन्टरनेसनल कलेज,इन्टेनसिभ इन्टरनेसनल एकेडेमी नाम सुन्दा अन्तर्राष्ट्रिय कलेजहरुको नाम झैँ सुनिँदैन त? पक्कै पनि। तर नाममा इन्टरनेसनल झुण्ड्याइए पनि यस्ता कलेजहरु के आधारमा… Continue reading

पहिरोले ५० मिटर तल खस्यो तर घर सग्लै!

Posted on September 19, 2012September 19, 2012 by Salokya

नेपालीमा एउटा उखान छ- ‘गैराको घरलाई पैराको डर, डाँडाको घरलाई ..डाको डर’ बोलिचालीको उखान भए नि सभ्यताका कारण पूरै उखान लेख्न मिल्दैन। तर यसको अर्थ हुन्छ- गहिरो ठाउँमा घर भयो भने पहिरोको डर हुन्छ, डाँडामा घर भयो भने केको डर? उखान गलत साबित भएको छ। डाँडाको घरमा पनि पहिरोको डर हुने देखिएको छ। लगातारको वर्षाले… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 269
  • 270
  • 271
  • 272
  • 273
  • 274
  • 275
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme