Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माओवादीभित्र महाभारत

Posted on July 20, 2012 by Salokya

विचार नमिलेका वैद्य समूह अलग्गिएपछि अब चाहिँ माओवादीभित्र केही विवाद हुँदैन होला भनी सोच्नेहरुलाई आजको घटनाले गतिलै झापड हानेको छ। आज हात हालाहाल र कुर्सी हानाहानसम्मको स्थिति उब्जियो- प्रधानमन्त्री बाबुराम र अध्यक्ष पुष्पकमल दाहाल समूहबीच। होहल्ला र कुर्सी प्रहारका बीच भागदौड मच्चिएको थियो बैठकमा। हिजोसम्म लडाकुले हिसाब मागेपछि स्थगित गर्नुपरेको बैठक आज चाहिँ यही महाभारतका… Continue reading

अनुहार त भ्रममात्र !

Posted on July 19, 2012 by mysansar

-गणेश भट्टराई- बन्द हुनु नौलो रहेन । बिजुली जाने दिन अंध्यारोमा बस्ने आदत भैसक्यो । ग्यास-तेल लिने लाइनमा नबसे खाएको नपच्ला । चामलको भाउ घट्दैन, कर्मचारीको तलब बढ्दैन । मल सुलभ नभएको चिन्ताले किसानलाई पिरोल्छ, कारखानाका पाट-पुर्जामा भन्सार छुट नपाए भारतीय सामानसँग प्रतिस्पर्धा गर्न नसकिने पिरले उद्ध्योगपती-व्यापारी दुखी छन् । कर्मचारी, किसान, व्यापारीमात्र होईन सबै… Continue reading

भिसा नभएकोले ज्ञानेन्द्र रातभर कतारमा अलपत्र

Posted on July 19, 2012July 19, 2012 by Salokya

भिसा बिना उडेका कारण अबु धाबीमा मन्त्री लोकेन्द्र विष्ट मगर अलपत्र परेको समाचारबाट पनि नेपालको त्रिभुवन विमानस्थलका अध्यागमनका कर्मचारीहरु चेतेका रहेनछन् कि के हो, पूर्वराजा ज्ञानेन्द्रलाई समेत रातो मुख लगाउन बाध्य पारिदिएछन्। इमिग्रेसनले कतारमा बस्ने भिसा छ, छैन चेक नगरी उडाइदिएकोले परिवारसहित ज्ञानेन्द्र रातभर दोहा विमानस्थलमै अलपत्र परे। फ्रान्सबाट ददि सापकोटाले चलाएको ब्लग नेपालप्लसले यसको… Continue reading

असल नियतको सुरुवातले दिएको गलत परिणाम

Posted on July 18, 2012July 19, 2012 by mysansar

-सी.बी.रायमाझी- विगत लामो समयदेखि माइसंसारमा म पाठकको रुपमा सहभागी हुँदै आएको छु। तर पनि हालका दिनमा कता-कता आफ्ना अनुभव पनि ती जागरुक तथा उत्साही पाठक र आलोचक, समाचोचक मित्रहरु माझ साझेदारी गरौँ कि भन्ने भएको छ। म नेपाल सरकारको निजामती सेवामा झण्डै ३२ वर्षको सेवा बिताई करिब ३ वर्ष पहिले ५१ वर्षको उमेरमै स्वेच्छिक अवकाश… Continue reading

प्रकाश दाहालका साधुको दुःख

Posted on July 17, 2012July 17, 2012 by Salokya

शब्द अर्थ- साधुः पोइल गएकी स्वास्नीको विवाहित पति, पूर्वपति। जारः अर्काकी स्वास्नीलाई राजीखुशीसाथ लैजाने व्यक्तिलाई पहिलेको लोग्नेले भन्ने शब्द, अर्काकी स्वास्नी फकाएर लैजाने व्यक्ति। स्रोतः प्रयोगात्मक नेपाली शब्दकोश शंकर अधिकारी प्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो ।… Continue reading

नेपालकै सबैभन्दा बढी तलब लिनेको राजीनामा

Posted on July 16, 2012 by Salokya

कतिपय संस्थामा पारिश्रमिक खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत एक्लैले लिने र बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीले लिने गरेको पाइयो। पारिवारिक कम्पनीहरुमा आफै सीइओ बस्ने, मासिक तलक बीसौँ लाख रुपैयाँ लिने, श्रीमति, छोराछोरीलाई पनि माथिल्लो तहको कर्मचारी राखेर तलब धेरै दिने गरिरहेका छन्। यसरी भएभरको कमाई आफैले मात्र खाने चलन देखियो। तत्कालीन अर्थमन्त्री सुरेन्द्र… Continue reading

ज्ञानेन्द्र परिवारसहित कतार उडे

Posted on July 16, 2012July 17, 2012 by Salokya

राष्ट्रप्रमुख हुँदा शाही नेपाल वायुसेवा निगमको बोइङ ७५७ नै निजी विमानसरह बनाई २० दिनका लागि अफ्रिकी राष्ट्र ट्युनिसिया पुगेका ज्ञानेन्द्र शाह आज भने कतार एअरवेजको QR357 जेट चढ्दै गरेका देखिए। परिवारसहित दुई साता लामो फ्रान्स भ्रमणका क्रममा ज्ञानेन्द्र दोहातिर उडेका हुन्। राष्ट्रप्रमुख नभइसकेपछि यो उनको पहिलो भारतबाहेकको विदेश भ्रमण हो। उनीसँगै उनकी पत्‍नी कोमल, बुहारी… Continue reading

बजेटको बिजोग !

Posted on July 16, 2012July 16, 2012 by Salokya

अन्ततः नेताहरुले यस पटक पनि उही काम गरी छाडे- बजेटको बिजोग! ६२/६३ को जनआन्दोलनपछि एक वर्षको बजेटमात्र पूर्ण आएको छ, बाँकी सब समय बजेटलाई बार्गेनिङको विषय बनाई दलहरुले बन्धक बनाएका छन्। उही पार्टी सरकारमा रहँदा पूर्ण बजेटको वकालत गर्छ, उही विपक्षमा रहँदा चाहिँ पूर्ण ल्याउनै हुन्न भनी जिद्दी गर्छ। बजेट समयमा र पूरा आएन भने… Continue reading

स्वर्गतिरको यात्रामा उक्लिएजस्तो

Posted on July 15, 2012July 15, 2012 by mysansar

-प्रमोद अधिकारी- एकजना छिमेकी गुरुबाको सुरम्य यात्रा वर्णन शैलीले मलाई अचानक ताप्लेजुङकी पाथिभरा भेट्ने हुटहुटी चढ्यो। भर्खरै कतार खाडीबाट घर फिरेका प्रकृतिप्रेमी कवि जयराज भट्टराई र म एउटा सुन्दर बिहानीमा मोरङको उर्लाबारीबाट ताप्लेजुङको पाथिभारा हानिएका थियौं, अन्धाधुन्ध तौरतरिकामा। यो मध्य बर्खाको बेला, त्यो पनि पहाडी यात्रा † यात्रा जो छ छँदैछ, त्यसमा ‘रिस्क’ नलिए केको… Continue reading

कथाः अनुत्तरित ?

Posted on July 14, 2012July 14, 2012 by mysansar

-दामोदर कोइराला- २४ भाद्र २०५४ आजभोलि मेरो स्वभावमा पनि चिड्को (चिडचिडाहटपन) बढ्दै गइरहेको छ । अभावको पीडा त उनले पनि भोगिरहेकी छिन् नि ! खाने मुख थपिए । बेलामा चेत पसेन । मेरो घरमा पसेदेखि बिचरीले सुख के हो थाहा नै पाइनन् । बुहार्तन बाहेक के पो दिन सकें र ? म आज कार्यालयबाट फर्कंदा… Continue reading

हैन, मन्त्री त्रिपाठी कता हराए ?

Posted on July 14, 2012July 14, 2012 by Salokya

भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठी अहिले नेपालमा छैनन्। उनको मन्त्रालयको कामचलाउ कार्यभार भंग हुनुअघि नै संविधान सभा भंग हुने भयो भन्दै रुने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्हालिरहेका छन्। त्यसो त यो सरकारै कामचलाउ हो। यो मन्त्रालय त अब डबल कामचलाउ हुने भयो। मन्त्री त्रिपाठी कता गए, के कामका लागि गए, कसैलाई थाहा छैन।… Continue reading

कतारका पत्रकार कस्ता-कस्ता ?

Posted on July 13, 2012August 6, 2012 by चर्चित

नेपाल पत्रकार महासंघ कतार शाखालाई केही सुझाव देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ अहिले ग्लोबल भएको छ। देशमात्र हैन, कतार र दक्षिण कोरिया जस्ता विदेशमा पनि यसको शाखा खुलेको छ। बिगतमा भएको पत्रकार महासंघ कतार साखाको गठनमा केही गल्ती र कमीकमजोरी रहेको देखिन्छ। पत्रकारिताको ‘प’ नजानेको, नगरेको मान्छेले पनि सदस्यता लिएको देखिन्छ। प्रतिशतका हिसावले… Continue reading

खुब ठूलो काम गरेको भनेर दङ्ग परेको? थुक्क!

Posted on July 12, 2012July 13, 2012 by Salokya

फोटोमा टोपी लगाएको बजिरसिंह तामाङलाई हेर्नुस् त- कति दङ्ग छ। मख्ख छ। हातमा हत्कडी छ तर निश्चिन्त छ। उसलाई अदालतले १७० वर्षको जेल सजाय सुनाएको छ तर पश्चताप वा चिन्ता त अनुहारमा रत्तिभर नि देखिँदैन। नेपालको न्यायिक इतिहासमै यो सबैभन्दा धेरै अवधिको सजाय हो। मान्छे यति धेरै समय बाँच्दैन। उनको उमेरै ३७ वर्षको छ। नेपालीको… Continue reading

मृत्युको मुखबाट फर्कँदा

Posted on July 11, 2012July 11, 2012 by mysansar

ओखलढुंगा घर भएका अशोक खड्काले हालै क्यानडाको टोरेन्टोमा मृत्युलाई नजिकैबाट महसूस गरे। १२०-१३० किलोमिटर प्रतिघण्टाको गतिमा हाइवेमा दगुरिरहेको कार एक्कासी अनिन्त्रित भएर सडकभन्दा तल दुई पटक बल्ड्याङ्ग खाएर खस्यो। कार ध्वस्त भयो। माइसंसारका पाठकलाई उनले आफ्नो अनुभव यसरी बाँडेका छन्- दुर्घटनाको खबर आफैमा अप्रिय र कहालीलाग्दो हुन्छ, त्यो जहाँसुकै भएको किन नहोस्। क्यानाडा-अमेरिकामा कार दुर्घटनामा… Continue reading

बिना पनि निलम्बित

Posted on July 10, 2012July 10, 2012 by Salokya

प्रचण्डपुत्र प्रकाश दाहाललाई हिजो पार्टीले निलम्बन गरेको थियो। आज भने उनीसँग बेपत्ता भएकी बिना मगरलाई माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निलम्बन गरेको छ। बिना सरस्वती क्याम्पसकी स्ववियु सभापति थिइन्। अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्ति अनुसार बिना संगठनको सम्पर्क बाहिर रहेको एक हप्ता भइसकेछ। बिहीबारदेखि उनी घरमा नपसेकी रहिछिन् भने २३ गतेदेखि फोन अफ रहेछ। प्रकाश-बिना… Continue reading

प्रचण्डले छोरालाई निलम्बन गर्ने बाध्यता यसरी पर्‍यो

Posted on July 9, 2012July 10, 2012 by Salokya

बिहानै प्रचण्डपुत्र प्रकाशले विद्यार्थी नेतृ बिना मगरलाई भगाएर दिल्ली पुर्‍याए भन्ने हल्ला सोसल मिडियामा फैलियो। टेलिभिजन, एफएम जस्ता मूलधारे मिडिया चुपै बसे पनि सोसल मिडियाका कुरालाई केही अनलाइनले पनि टिपेपछि फेसबुक र ट्विटरले यो खबरलाई अझै यत्ति धेरै फैलाइदियो कि बाउ प्रचण्डको अध्यक्षतामा साँझ बसेको पार्टी पोलिटब्युरो बैठकले छोरा प्रकाशलाई साधारण सदस्यताबाटै निलम्बन गर्ने निर्णय… Continue reading

के हो राजतन्त्र राख्ने सम्झौताको रहस्य ?

Posted on July 9, 2012July 11, 2012 by Salokya

पूर्व राजा ज्ञानेन्द्र शाहले हालै दिएको अन्तर्वार्तामा राजतन्त्र राख्ने सम्झौता भएको खुलासा भो भनेर अहिले मिडियामा खुबै हल्लाखल्ला सुनिन्छ। नेताहरुले भने त्यस्तो कुनै सम्झौता नभएको दावी गरेका छन्। त्यसो भए झुटो कसले बोल्यो त ? सम्झौता भएको भन्ने ज्ञानेन्द्रले कि सम्झौता भएकै छैन भन्ने माधवकुमार नेपाल वा कृष्ण सिटौला जस्ता नेताहरुले? को फटाहा त ?… Continue reading

फेरि गाउँ पसे बाबुराम

Posted on July 8, 2012July 8, 2012 by mysansar

देशमा राजनीतिक अन्यौल छाइरहेको बेला काठमाडौँ नजिकैको गाउँमा एक रात बास बस्ने प्रधानमन्त्री बाबुराम भट्टराईको कामलाई ‘नौटंकी’ भन्दै धेरै आलोचना भए। गाउँमै बसेर छापामार युद्ध गरेका व्यक्तिले गाउँको समस्या नबुझेको हो र अहिले यस्तो गर्नुपरेको भन्दै उनको खोइरो खनियो। कतिले ‘नवराजा’ बन्न खोजेको पनि भने त कतिले हिन्दी फिल्मको नक्कल भने। तर पनि उनले यसलाई… Continue reading

कथाः परीक्षण

Posted on July 7, 2012July 9, 2012 by mysansar

-बिन्देश मगर- “जय नेपाल विजय जी।” जय नेपाल।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु। प्रकाश मेरो समकक्षी साथी DSP हो। उ र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दादेखीको नै हो। CBI मा सँगसँगैको भर्ति, एउटै Department र हाल पनि एकदम मिल्ने साथी भएकोले ऊ मेरो कार्यकक्षमा आइरहन्छ। आज पनि विहानै उ मेरो अफिसमा… Continue reading

सावधान, सोमबारदेखि इन्टरनेट नचल्न सक्छ

Posted on July 7, 2012July 7, 2012 by Salokya

सोमबारदेखि तपाईँले आफ्नो ल्यापटप वा डेस्कटपमा कुनै पनि साइट हेर्न खोज्दा नखुल्ने स्थिति आउन सक्छ। केही लाख प्रयोगकर्ताहरुको इन्टरनेटसँग सम्बन्ध विच्छेद हुनेछ। त्यसमध्य एक तपाईँ पनि हुन सक्नुहुनेछ। डीएनएस चेन्जर नामको ‘मालवेयर’ले तपाईँको कम्प्युटरमा संक्रमण गरेको छ भने जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि तपाईँको कम्प्युटरमा कुनै साइट खुल्ने छैन। तपाईँले थाहै नपाईँ… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 266
  • 267
  • 268
  • 269
  • 270
  • 271
  • 272
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme