Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुशील दालाई गीत गाउने रहरले अझै छाडेन

Posted on November 12, 2012November 12, 2012 by mysansar

जिब्रोको क्यान्सरका कारण प्रष्ट बोल्न नसक्ने नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालालाई अचेल भाका हाली-हाली गीत गाउने खुबै रहर लागेको छ। अस्ति बसन्तपुरमा भएको पार्टीको आमसभामा उनले गीत गाए। आज ट्रेड युनियनहरुको कार्यक्रम भएको थियो राजधानीमा। सबै दलका भ्रातृ संस्थाका रुपमा रहेका ट्रेड युनियनहरुको उपस्थिति थियो। अनि शीर्ष नेताहरु पनि। एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी… Continue reading

तिहारको झिलिमिली

Posted on November 12, 2012 by Salokya

काठमाडौँको चाबहिलमा रहेको केएल टावरमा तिहारको झिलिमिली यस्तो देखिन्छ। अरु ठाउँको झिलिमिलीको फोटो पनि क्रमैसँग राख्नेछु है।

कथाः बाउको इज्जत

Posted on November 10, 2012November 10, 2012 by mysansar

-लेखनाथ काफ्ले- पश्चिम नेपालको कुनै एक गाउँको ५०–५५ धुरीको सानो टोल। पहिले पहिले घरहरु खरका छानोले छाईएका हुन्थे, त्यसपछि जस्ताका छाना आए। खरका हुन वा जस्ताका धुरी चाहिँ हुन्थे, अब त ढलानका घर बन्न थाले तैपनि घर गन्तिमा धुरी कायम नै छ। सदरमुकाम जाने बाटो, त्यो पनि कालोपत्रे। गाढा निलो रंगका पहाडमा कालोपत्रे तरेली परेको… Continue reading

सुशील कोइरालाले गाएको गीत सुन्नुस्

Posted on November 9, 2012November 10, 2012 by Salokya

हाम्रा नेताहरु पनि अचम्मैका छन्। माओवादी अध्यक्ष प्रचण्डले आन्दोलनका बेला रेखासँग कुममा कुम जोडी डान्स गरेका थिए। त्यतिबेला सत्तामा सुशील कोइरालाहरु थिए। अहिले स्थिति उल्टिएको छ। सुशील कोइरालाहरु सडकमा छन्, माओवादीहरु सत्तामा छन्। अब माओवादीलाई सत्ताबाट हटाउन सुशील कोइरालाहरु आन्दोलन गर्दैछन्। नयाँ जनआन्दोलनको घोषणा गर्नुअघिको रिहर्सल मात्र रे आज- नेपाली कङ्ग्रेसले बसन्तपुरमा गरेको आमसभा। यही… Continue reading

सावधान! एकै क्लिकले तपाईँको पैसा लुटिएला

Posted on November 9, 2012November 9, 2012 by Salokya

के तपाईँ नेपाली बैँकहरुको इ बैँकिङ सेवा चलाउनु हुन्छ? त्यसो भए सावधान है। आजभोलि साइबर अपराधीहरुले तपाईँको इमेलमा बैँकको नाममा छद्म इमेलहरु पठाई तपाईँबाट पासवर्ड थुत्ने प्रयास गरिरहेका छन्। यो हप्तामात्रै मलाई इन्भेस्टमेन्ट बैँक र नबिल बैँकको नामबाट त्यस्ता इमेल आएका छन्। इमेलमा तपाईँको अकाउन्ट डिसेबल गरिएको, सस्पेन्ड गरिएको र पुनः चालु गर्नका लागि फलानो… Continue reading

पुराणवाचक कै कर्तुत पुराण पत्रिकामा

Posted on November 8, 2012November 10, 2012 by mysansar

पण्डित दीनबन्धु पोखरेल अहिलेका सबैभन्दा चल्तीका पुराणवाचक हुन्। सेलिब्रिटी पुराणवाचक भन्दा फरक पर्दैन। उनले पुराण भन्दै भजन गाउँदा मान्छेहरु जुरुक जुरुक उफ्रेर नाच्न पुग्छन्। स्वदेशदेखि विदेशसम्म उनलाई पुराण लगाउनेहरुले बोलाउँछन्, उनी सशुल्क पुराण भनिदिन्छन्। कतै कुनै कामका लागि अर्थ संकलन गर्नुपर्‍यो भने उनैलाई धेरैले सम्झन्छन्। उनको पुराण वाचनपछि मान्छेहरु चन्दा दिन तँछाड मछाड गर्छन् रे।… Continue reading

निजी विद्यालयको सरकारले मापदण्ड तोक्नुको तुक छैन

Posted on November 7, 2012November 7, 2012 by mysansar

-डा. डोलेश्वर भण्डारी- “अब किताबका भारी बोकाउन नपाइने” र “निजी विद्यालयमा भर्ना तथा परीक्षा शुल्कमा बन्देज” भन्ने एक पछि अर्को गरेर प्रकाशित कान्तिपुर दैनिकका समाचारले धेरैको ध्यान तानेको हुनु पर्छ । निजी क्षेत्रवाट संचालन गरिएका स्कुलहरुमा सरकारले मापदण्ड तोक्नु राम्रै उद्देश्यका साथ भएको हुन सक्छ तर राम्रो उद्देश्य वोक्दैमा यसवाट राम्रा परिणाम आउँछन् भन्ने छैन… Continue reading

माल पाएर चाल नपाएपछि..

Posted on November 6, 2012 by Salokya

काठमाडौँमा बेलायतको जस्तै ट्राफिक लाइट शीर्षकमा माइसंसारमै राखेको ब्लग तपाईँलाई याद हुनुपर्छ। खासमा यो पेलिकन लाइट pedestrian light controlled थियो। अर्थात् पैदल यात्रुहरुले रातो बत्ती बाल्ने नियन्त्रण गर्न सकिने ट्राफिक लाइट। तर ती बत्ती प्रयोगमा आउँदा पैदल यात्रुले नियन्त्रण गर्न नसकिने बनाइएको थियो- दुरुपयोग हुने डरले। त्यति गर्दा पनि, ल हेर्नुस् त अचम्म, एक महिना… Continue reading

मुस्ताङतिर मुन्टिँदा..

Posted on November 5, 2012November 9, 2012 by Salokya

मुस्ताङ यात्रा अनुभव–१ “भोलि बिहान ५ बजे काठमाडौँ जाने, १० बजे पोखरामा खाना…” विजयादशमीको टीकाको भोलिपल्ट ऋषिकेशको एसएमएस आयो। द्वादशीका दिन हामीले मुस्ताङ जाने भनेका थियौँ। तर हामी आफै निश्चित हुन सकिरहेका थिएनौँ। दशैँअघि नै लाङटाङको केन्जिङ गुम्बा जाने हाम्रो योजना लज्जास्पद रुपमा असफल भइसकेको थियो। सहयात्रीहरुले धोका दिएपछि यात्रा त रद्द भयो नै, गएको… Continue reading

पावर न्युज कि हावादारी गफ

Posted on November 4, 2012November 11, 2012 by उत्तम बाबु श्रेष्ठ

-उत्तम बाबु श्रेष्ठ- अपडेट २: भिडियोमा देखाइएको क्यामेरा राख्ने मान्छे मेरो सम्पर्कमा आइसकेकोले यो ‘जासुसी क्यामेरा’को किस्सा अब खतम भएको छ । उनी हुन् युर्निभरसीटी अफ कोलोराडोका पिएचडी सोधकर्ता उल्याना नादिया होरोडेस्की जसले हिमालय क्षेत्रको हिमनदीको परिवर्तनको बारेमा टाइमल्याप्स क्यामेराको माध्यामबाट अनुसन्धान गरिरहेकी छिन् । आज उनले मलाई एक इमेल गरि भिडियोमा देखाइएको क्यामेरा आफ्नो… Continue reading

पुस्तक अंशः खोज (भाग ८)

Posted on November 4, 2012November 4, 2012 by mysansar

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’को अंश खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ। तेस्रो भाग यहाँ। चौथो भाग यहाँ। पाँचौँ भाग यहाँ। छैटौँ भाग यहाँ सातौँ भाग यहाँ मन्दविष -कर्ण शाक्य- मानिस धन नभएर गरिब हुने होइन, मानसिक दरिद्रताले गरिब हुन्छ। धनी बन्नका निमित्त त मानिसको सोच… Continue reading

कथा : नफुल्दै फूल

Posted on November 3, 2012 by mysansar

-शुषमा मानन्धर- मैले फोन राखेँ र सोच्न थालेँ। बिहानको भागदौडले जिउ थकाएको थियो र अहिले अकस्मात सन्चो नभए जस्तो हुनथाल्यो। केही यात्रु आज एयरपोर्टमा ट्याक्सीको उपस्थिति निकै कम देखिएको भन्ने कुरा गर्दे थिए। हिजो राती भएको सडक दुर्घटनामा ड्राइभर कुटिएपछि ट्याक्सी ड्राइभरहरुले हड्ताल गरेका रे। यस्तो बेला, एक त ट्याक्सी पाउनै गाह्रो, अर्को पाइएको ट्याक्सीले… Continue reading

यहीँ छ काम र दाम

Posted on November 2, 2012 by mysansar

– मीना शर्मा- जाँगर चलाउने हो भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ। काठमाडौंका विभिन्न सडकछेउमा ठेला–व्यापार गर्ने महिलाले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन बालबच्चालाई राम्रा विद्यालयमा समेत पढाउन सफल भएका छन्। ठेलामा चना–चटपटे बेच्ने मात्र होइन चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा… Continue reading

नयाँ पार्टी खोल्ने विज्ञापन अनिल शाहको?

Posted on November 1, 2012 by Salokya

आजको कान्तिपुर दैनिकमा छापिएको एउटा विज्ञापनले खुबै चर्चा पाएको छ। विज्ञापनमा उपाध्यक्ष, महामन्त्री, सचिव लगायत १७ वटा पदका लागि खुला आह्वान गरिएको छ। विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी, कलाकार, उद्योगी, व्यापारी, भूपू कर्मचारी, सेना, प्रहरीलाई नयाँ पार्टीमा आउन आह्वान गरिएको छ। सोसल मिडियादेखि लिएर मूलधारे मिडियामा समेत योबारे सोधिखोजी भइरहेको छ। आह्वान गर्नेले आफ्नो परिचय गोप्य… Continue reading

सम्पन्नता सूचिमा नेपाल झन् खस्कँदै

Posted on October 31, 2012October 31, 2012 by Salokya

सम्पन्नताको विश्वव्यापी सूचकाङ्कमा नेपालको स्थान विगत तीन वर्षमा लगतार खस्कँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। लेगाटम इन्स्टिच्युटले वर्षेनी निकाल्ने यस्तो सम्पन्नताको सूचिमा विश्वका १४२ देश मध्ये नेपाल यो वर्ष १०८ औँ नम्बरमा परेको हो। अर्थतन्त्र, शिक्षा, सुशासन, स्वास्थ्य, व्यक्तिगत स्वतन्त्रता, सुरक्षा जस्ता विषयलाई आधार बनाएर बनाइएको सूचिमा यो वर्ष पहिलो पटक अमेरिका टप टेनबाटै बाहिरिएको… Continue reading

तपाईँ कुन भोजन खाने ? :)

Posted on October 31, 2012October 30, 2012 by Salokya

मुस्ताङबाट फर्किएपछि एक रात हाम्रो पोखरामा बास हुन पुगेको थियो। त्यही रात लेकसाइडमा डुल्दा हामीले भोजनका यस्ता विकल्प भेट्टायौँ।

अब पालो राष्ट्रपतिको

Posted on October 30, 2012October 30, 2012 by mysansar

-सूर्य खड्का- दशै तिहारको मेलोमा गच्छे अनुसार रुची भएका मान्छेले मज्जाले जुवाको पारख देखाइरहेका छन्। राष्ट्र र राजनीतिक जुवा खालमा भने कोही कसैलाई पनि सिधा टकराव दिन सकेका छैनन भलै भद्र पारामा सत्त पक्ष र विपक्षबीचको जुवा खाल रोमाञ्चक हुँदै गएको छ। न छवि न लाल हुँदै प्रचण्डबाट पर–चण्ड हुँदै गएका माओवादी सुप्रिमले खेल जमाउन… Continue reading

मनमोहक मुस्ताङ

Posted on October 29, 2012October 29, 2012 by Salokya

केही दिनदेखि माइसंसारमा खासै केही अपडेट नहुनुको कारण तपाईँले माथिको फोटोबाट अनुमान लगाइसक्नु भयो होला। हजुर, दशैँको विदाको मौका छोपेर म हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक पुगेको थिएँ। आज बल्ल काठमाडौँ फर्किएको छु। बीचमा साइट बिग्रेको पनि थाहा थियो, तर इन्टरनेटको सहज पहुँच नभएकोले मैले गर्न सक्ने केही थिएन। आज बिहान पोखरामा फेवाताल र बेगनास… Continue reading

स्वतः स्थायीको माग कति जायज ?

Posted on October 28, 2012October 25, 2012 by mysansar

—दधि अधिकारी— त्रिभूवन विश्व विद्यालयका करार शिक्षकहरुलाई स्वतः स्थायी गरिनुपर्ने माग आफैमा गलत त हो नै, त्यो भन्दा अझ बढी गलत हो यो माग पुरा गराउन उपयोग गरिएको तरिका। तिब्र गतिमा भैरहेको नैतीक क्षयिकरणको बीचमा नेपाली समाजमा विद्यालय एवं विश्व विद्यालयका शिक्षकहरुलाई अझै पनि नैतिकताको अन्तिम धरोहरको रुपमा लिइन्छ । कुनै कर्मचारीले घुस माग्दा मानिसहरुलाई… Continue reading

हलो अड्काएर गोरु पड्काउने धरनाथहरु

Posted on October 27, 2012October 25, 2012 by mysansar

-डोलेश्वर भण्डारी- धरनाथले पहिलेका कुरा सवै विर्षे अहिले । हिउँदका मैन्हामा मुख्याका गोठका गाइवस्तु खेततिर थलामल्न लगेका वेलामा त्यही गोठमा वसेर उनले कखरा सिकेका थिए । हरेक दिन घरवाट पिरा लिएर आँउथे र वेलुकी त्यो पिरा लिएर घर फर्कन्थे । उनको लेख्ने कपी थिएन । नत मसीले भरिएको कलम नै थियो । उनले काठको फलेकमा… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 266
  • 267
  • 268
  • 269
  • 270
  • 271
  • 272
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme