-डा. गोविन्द टण्डन- पशुबलि नेपाली समाजमा निकै जरा गाडेर बसेको छ। पूजा भन्यो कि कतिपय नेपालीको मनमा पशुबलिको दृश्य आइहाल्छ। यसैलाई धर्म, कर्म, पुरुषार्थ गरेको सम्झने परिपाटीले गर्दा धर्मको शीष्टस्वरुप विलुप बन्ने दिशातिर अग्रसर हुँदै गइरहेको प्रति धेरै मानिस अनभिज्ञ हुन सक्छन्। यसबारे अहिलेदेखि मात्रै होइन, प्राचीन कालदेखि नै विभिन्न तर्कवितर्क चलेको एवं आआफ्नै धारणा… Continue reading
कथाः गुड्डी
-वीणा सिन्हा- आमा ! म यो जुठो रसभरी खान्नँ। गुड्डीको यस्तो कुरा सुनेपछि आमा (सुधा)लाई रिस उठ्यो। ठीक छ, तिमी खाँदिनौ भने म के गरौँ ? अब अरु रसभरी छैन। त्यही बेला श्यामजी (बुबा) आएर भन्नुभयो- चारवटा रसभरी थियो, बाँकी के भयो ? सोनुका लागि पनि मैले ल्याएको थिएँ। सबै खायो होला। सुधाको ठूलो आवाज… Continue reading
वाईवाई र नेबिको बिस्कुट गुणस्तरविहीन
चौधरी ग्रुपको वाईवाई चाउचाउ र नेबिको प्रालिको नेबिको बिस्कुट गुणस्तरविहीन भएका छन्। ती सामानलाई प्रयोग गर्न दिइएको नेपाल गुणस्तर चिह्न स्थगित गरिएको छ। गत जेठ मसान्तमा नै यो निर्णय गरिएको भए पनि कम्पनी र अधिकांश मिडियाले लुकाउन खोजेकाले धेरैले थाहा पाएका थिएनन्। गुणस्तर चिह्न वितरण, नियमन र जाँच गर्ने नेपालको आधिकारिक निकाय नेपाल गुणस्तर तथा… Continue reading
सेक्सी प्रचण्ड, स्खलित बाबुराम र दशैं
-सूर्य खड्का- राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, दलका नेता लगायतले वितेका वर्षका सन्देशहरुमा बर्ष सच्याएर दिने केही थान शुभकामना वक्तव्यहरु नै देशवासीले यसवर्ष गणतन्त्र नेपालबाट पाउने दशैं तिहारको अब्बल उपहार हुनेछ। सत्ताघटकसँग सम्वन्धित बाहेक दलका नेता, कार्यकर्ता वा समर्थकहरुलाई दामविहीन दशैं हुनेछ यो, भलै उनीहरुले आन्दोलनको काम दिने भनेर कार्यकर्तालाई अल्झाइरहेकै छन्। प्रचण्डको माओवादी र मधेशी मोर्चाका… Continue reading
डरायो एनसेल, फकाउन मिडिया अफिसर नेपालमा
नेपालको टेलिकम मार्केटमा ८८ लाख ग्राहक बनाएर नम्बर वनमा आफूलाई उभ्याउन सफल भएको एनसेलभित्रको कुहिगन्ध फैलिँदै स्वीडेनसम्म पुगेपछि टर्कीको इस्तानबुलबाट मिडिया हेर्ने अफिसर Iréne Krohn नेपाल आएका छन्। अहिलेसम्म एनसेलबारे बाहिर जति आए पनि अब केही नआओस् भन्नका लागि इरिमले केही ‘ठूला मिडिया हाउस’का ‘डन’सँग मंगलबार साँझ कमलादीको भान्छाघरमा डिनर खाएका छन्। एनसेलको कुहिगन्ध चर्किएर… Continue reading
एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै
३ करोड डलर फ्रिज, स्विट्जरल्यान्डमा पनि छानबिन नेपालमा मोबाइल सेवा दिने कम्पनी एनसेलको साहु कम्पनी टेलियासोनेरा आफ्नै देश स्विडेनमा भ्रष्टाचारको मुद्दामा फँसेको छ। टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत सेयर भएकोले भ्रष्टाचार मुद्दामा छानबिन गर्न त्यहाँको सरकार तम्सिएको हो। भ्रष्टाचारको प्रारम्भिक छानबिनका क्रममा टेलियासोनेराको उज्बेक साझेदारको स्विडिश बैँकमा रहेको ३ करोड अमेरिकी डलर सम्पति ‘फ्रिज’ गर्ने… Continue reading
शुभकामना !
धेरै नेपालीले मनाउने चाड दशैँ आजदेखि सुरु भएको छ। आज घटस्थापना- जमरा रोपेपछि दशैँ औपचारिक रुपमा सुरु हुन्छ। सबैलाई दशैँको शुभकामना!
किन लाग्छ बारम्बार आगो यसरी?
चौधरी ग्रुपको काठमाडौँ सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्स कारखानामा हिजो राति ठूलो आगलागी भयो। बिहानसम्म पनि आगो पूरै निभिसकेको थिएन। एक अर्ब क्षति भएको प्रारम्भिक अनुमान मिडियामा आउन थालेका छन्। तर आगो कसरी लाग्यो, थाहा भएको छैन। ‘स्वच्छ’ छवि भएका व्यापारीहरुले यसअघि गरेका कामहरुले भने मान्छेहरुलाई यत्तिकै शंका गर्ने ठाउँ दिएको छ। अरिहन्ट मल्टिफाइबर्समा वर्षेनी आगो लाग्छ।… Continue reading
कमजोरीलाई पुरस्कृत गर्न थाल्ने हो भने
-डा. डोलेश्वर भण्डारी- एकादेशमा एउटा राजा थिए। उनी निकै लहडि खालका थिए र समय समयमा नयाँ नयाँ तमासा झिकि रहन्थे। एक पटक उनले आफ्ना केहि युवा जनतालाइ वोलाएर कपर्दि खेलाउने विचार गरे र जित्नेले होइन कि हार्ने टिमका हरेक खेलाडिलाइ पाँच तोलाको सुनको तक्मा दिने ऐलान पिटे। जित्नेले त सँधै जित्छन तर हार्नेले पनि त… Continue reading
शिक्षा पत्रकार भनाउँदाको ताल हेर्नुस् त कस्तो
-रवि गौतम- लोकसेवा आयोगले गएको चैत ४ गते विद्यालय निरीक्षक पदका लागि परीक्षा लिएको थियो। परीक्षामा पूर्व शिक्षासचिव रामस्वरुप सिन्हा, जसलाई अढाइ वर्षअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुंदा उनको अध्यक्षतामा वसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको सदस्यका लागि सिफारिस समेत गरेको थियो, उनकी छोरी अन्तिमाकुमारी र शिक्षा मन्त्रालयका सहसचिव सुर्य गौतमकी पत्नी इन्दिरा… Continue reading
कथा : बद्लिएकी प्रिया
-उषा थपलिया- ” त्यो कार्यालयमा अविनाशको पहिलो दिन थियो। एक अग्रज नातेदारले उच्च मध्येकै एक पदका लागि प्रस्ताव गरेपछि उसले नाँई भन्न सकेन। हुनत उसलाई आफूसामुन्ने लडीलडी आएको प्रस्ताव सुरुमा स्वीकार गरुँ जस्तो लागेको थिएन। गैरनाफामुखी सामाजिक संस्थाको नामबाट चिनिएको त्यो कार्यालयमा काम गर्न न उसको शैक्षिक पृष्ठभूमि तथा विगत कामको अनुभवले साथ दिन्थ्यो, न… Continue reading
तीन प्रश्नको जवाफ दिन एनसेल मालिकलाई चुनौति
स्विडेनको Veckans Affärer ले नेपालको नम्बर एक मोबाइल अपरेटर एनसेलका मालिक टेलियासोनेराले गरेका गलत कामको पर्दाफास गरेपछि स्विडेन र फिनल्यान्डका मिडियामा यसको खुबै चर्चा चलेको छ। पत्रपत्रिका, वेबसाइट र टेलिभिजनमा समेत नेपाल समाचार बनिरहेको छ। दुई दिन बितिसक्दा पनि नेपाली मिडिया भने थाहै नपाए जस्तो गरी बसिरहेको छ। नेपाली मिडियालाई चासो नभएको विषयमा आखिर किन… Continue reading
…अनि मैले सुन साट्ने बैँकलाई माफी दिएँ
-मेघराज रसाइली- “सर, प्लिज यो मुद्दालाई अब फिर्ता लिईदिनुस्। हाम्रो तर्फबाट गल्ती भएको कुरा हामीले स्वीकार्यौं” राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय, मानव संसाधन विभाग प्रमुख विष्णुप्रसाद वैद्य फोनमा मलाई भन्दै थिए, “तपाईले कानुनी प्रकृयाबाट नै जाने भन्नु भयो भने हाम्रो बैंकको साख गुम्छ। यत्रो प्रतिस्पर्धामा हामी धरासायी हुन्छौं। यो सरकारी बैंक भएकोले डुब्यो भने तपाईको… Continue reading
स्विडेनको पत्रिकामा एनसेलको भ्रष्टाचारको पर्दाफास
एनसेलको कुकर्मको खुलासा विदेशी पत्रिकामा एनसेलको खबर नेपाली पत्रपत्रिकामा विरलै पढ्न पाइन्छ। पढ्न पाइने खबर राम्रैराम्रा मात्र हुन्छन्। नराम्रा खबर लुकाइन्छन्। पत्रिका मालिकहरुलाई विज्ञापनको र पत्रकारहरुलाई बेलाबेलामा एनसेलले गराउने विदेश भ्रमण, मोबाइल सेट उपहारको आश हुन्छ। त्यसैले देशमा भएको भ्रष्टाचारको खबर पनि अब हामीले विदेशको पत्रिकामा पढ्नु परेको छ। स्विडेनको आर्थिक साप्ताहिक Veckans Affärer ले… Continue reading
ल हेर्नुस् त लोक सेवामा केसम्म हुँदो रैछ- आफै कपि जाँचेर छोरी र स्वास्नीलाई बढी नम्बर!
लोक सेवाको जाँच दिनु भनेको निकै गाह्रो काम हो। मान्छेहरु टुप्पी कसेर पढ्छन् त्यसका लागि। वर्षौँदेखि तयारी गर्छन्। तर हेर्नुस् त, त्यसरी पढ्दैमा कहाँ हुँदो रैछ त। बढी नम्बर ल्याउन त कपि जाँच्ने मान्छे आफन्त हुनुपर्दो रहेछ। त्यसो गर्ने मान्छे को भन्नुस् न- गएको वर्ष सर्वोत्कृष्ट निजामति पुरस्कार पाएका शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक… Continue reading
सुनको औँठी पित्तल बनाउने बैँकले क्षमा माग्दै पैसा दियो
-मेघराज रसाइली- अपडेटः राष्ट्रिय वाणिज्य बैंकले मेरो धितो राखिएको सुनमा हेराफेरी भएपछि सोको आजको मूल्य बराबरको पैसा दिएको छ। बैँकले क्षमा माग्दै बिभिन्न ठाउँमा दिएको उजुरी फिर्ता लिइदिन अनुरोधसमेत गरेको छ। पुरानो ब्लग (Oct 9, 2012) सुनको औँठी पित्तलको बनाएर यसरी ठग्यो बैँकले दुई वर्षअघि गर्जो टार्न सुन धितो राखी कर्जा लिनुपर्ने अवस्था आयो। हामीले… Continue reading
किन अझै आएन बुद्ध जन्मथलो लुम्बिनी लेखिएको नोट?
गएको चैतमा एउटा समाचार नेपाली मिडियामा छाएको थियो- सय रुपियाँको नोटमा परिवर्तन गरिँदैछ। अहिले रहेको न्यातपोलको मन्दिरलाई हटाई लुम्बिनी र अशोक स्तम्भ र त्यसको तल अंग्रेजीमा ‘Lumbini: The Birthplace of Lord Buddha’ लेखिनेछ। नोटको नम्बर नजिकैको तारादेवीको मूर्तिको चित्र पनि हटाएर सिद्धार्थ गौतमकी आमा मायादेवीको मूर्तिको चित्र रहनेछ। त्यतिबेला भनिएको थियो-६ महिनापछि बजारमा यस्तो नोट… Continue reading
होर्डिङ बोर्डमा लाखौँको चलखेल
गएको वर्ष प्रधानमन्त्री बाबुराम भट्टराईले सडक छेउका होर्डिङ बोर्डले सहरी सौन्दर्य बिगारेको, दुर्घटना बढाएको भन्दै हटाउन निर्देशन दिएको समाचार सबैजसो पत्रपत्रिकामा छापियो। लोकप्रियताको ग्राफमा उकालो चढ्दै गरेका थिए प्रधानमन्त्री। त्यसैले वाहवाही भयो यो निर्देशनको पनि। त्यही निर्देशन अनुसार गत पुस महिनामा काठमाडौँ महानगरपालिकाको १८ औँ नगरपरिषद्को बैठकले सार्वजनिक स्थलका सबै होर्डिङ बोर्ड हटाउने निर्णय पनि… Continue reading
अब जनतालाई चुन्ने मात्र होइन फ्याल्ने अधिकार पनि देऊ
-दीपक कडुवाल/फ्राइबर्ग,जर्मनी- राजनीतिक पार्टीहरु उम्रिए, छाट्टिए, बिलाए, आदी इत्यादी हुँदै गए/जानेछन्। अधिकारका लागि, अन्याय बिरुद्ध, राष्ट्रिय स्वाभिमान, गरीबी, दिगो शान्ती, बिकास, बैदेशिक हस्तछेप र यस्तै उस्तै नारा लगाइ देश र जनताकालागी राजनीति गरेको भनी उदएकाहरुले केही प्रतिफल भने दिन सकेनन्। यस्ता समाचार म आँफैले पढेको/सुनेको पनि एक दसक भन्दा बढी भो, कथा त अझ निकै… Continue reading
पुस्तक अंशः खोज (भाग ७)
सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक हप्ता प्रकाशन हुँदैछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ। तेस्रो भाग यहाँ। चौथो भाग यहाँ। पाँचौँ भाग यहाँ। छैटौँ भाग यहाँ आर्थिक क्रान्ति -कर्ण शाक्य- स्थिर राजनीतिविना देशमा आर्थिक एवम् औद्योगिक क्रान्ति आउन सक्दैन।… Continue reading