Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समा प्रिन्टर्सको मिडिया क्याम्पेनलाई धक्का, टेलिकमले भन्यो- टेन्डर रोकिएको हैन, म्याद थपेको

Posted on January 5, 2013January 6, 2013 by Salokya

अपडेटः समाचार छाप्ने दबाब नमान्दा पत्रिका छाप्न रोकियो- यो समाचार छाप्न समा प्रिन्टर्समा नै छापिने ‘आर्थिक अभियान’ दैनिकलाई पनि दबाब दिइएको थियो। तर उसले त्यसलाई अस्वीकार गरेपछि त्यो प्रेसमा पत्रिका छाप्न रोकिएको छ। शुक्रबारदेखि ‘अभियान’ बुद्धनगरको एक्सप्रेस कलर प्रेसमा छाप्न थालिएको छ। अभियानले आइतबारको अङ्कमा तलको विज्ञप्तिकै आधारमा समाचार पहिलो पेजमा छापेको छ। ————— पुरानो… Continue reading

नमिता-सुनिताको आत्माले सुने के भन्लान् !

Posted on January 5, 2013January 6, 2013 by Salokya

उपचारका लागि लामो समय सिंगापुरमा बसेर शुक्रबार फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महिला हिंसाप्रति चिन्ता जनाएछन्। उनले भनेछन्, ‘महिला हिंसा निन्दनीय छ, चाँडै त्यो टुंगो लगाउनुपर्छ, यो राष्ट्र र समाजको कंलक हो, यसलाई सकेसम्म चाँडो निर्मूल पार्नुपर्छ।’ कति राम्रो विचार हाम्रा पूर्व राजाको। इमेज च्यानलमा उनको यो भनाई सुन्दै गर्दा मलाई… Continue reading

सीता बलात्कार गर्नेलाई ५ देखि ७ वर्ष जेल राख्न मुद्दा

Posted on January 4, 2013January 4, 2013 by mysansar

प्रहरीले केही दिनदेखि भइरहेको महिला हिंसाका प्रतिनिधिमूलक घटनाबारे अनुसन्धानको विवरण आज सार्वजनिक गरेको छ। भोजपुरकी एक युवतीलाई विदेशबाट फर्कने क्रममा काठमाडौँ विमानस्थलका अध्यागमन अधिकारीहरुले रकम र प्रहरीले इज्जत लुटेको खबरपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुको सक्रियतामा स्वस्फूर्त रुपमा #OccupyBaluwatar भन्दै प्रधानमन्त्री निवास नजिक प्रदर्शन थालिएको थियो। आजसम्म पनि प्रदर्शन जारी छ। प्रदर्शनले दिएको दबाबकै कारण हुनसक्छ, गएको… Continue reading

नेपालमा ‘युद्ध अपराध’ गरेको भन्दै सेनाका कर्णेल बेलायतमा पक्राउ

Posted on January 4, 2013January 4, 2013 by Salokya

नेपालमा दण्डहीनता बढिरहेको बेला बेलायतमा एक ४६ वर्षीय पुरुष नेपालमा द्वन्द्वकालमा गरिएको ‘युद्ध अपराध’को अभियोगमा छानबिनको लागि पक्राउ परेको खबर बेलायती मिडियाबाट बिहीबार सार्वजनिक भयो। त्यतिबेला मानवअधिकार हनन् गर्ने माओवादी र सुरक्षा निकाय दुवैतिरका मान्छे एक पटक झसङ्ग भए होलान् यो खबर सुनेर। बीबीसी र गार्जियनका अनुसार त्यहाँको मेट्रोपोलिटन पुलिसले St Leonards-on-Sea मा रहेको घरैबाट… Continue reading

टेलिकम रिचार्ज कार्डमा भएको मिडिया क्याम्पेनको भित्री रहस्य

Posted on January 3, 2013January 3, 2013 by Salokya

दुई चार दिनदेखि नेपाल टेलिकमको रिचार्ज कार्ड छपाइ सम्बन्धी टेन्डरबारे समाचार तपाईँले मूलधारे राष्ट्रिय दैनिकहरुमा पढिरहनुभएको होला। यो एउटा ठूलो मिडिया क्याम्पेन अन्तर्गत भएको ग्रायन्ड डिजाइनको परिणाम थियो। डिजाइन यस्तो थियो- मंसिर ३ गते टेलिकमले आह्वान गरेको टेन्डर खुल्ने दिन बिहीबार कसैगरी पनि यसलाई रोक्न मिडियाको शक्ति प्रयोग गर्नु। सर्वसाधारणले मिडियाले बाहिर पस्कने बोक्रा र… Continue reading

गोरु-जुधाइको रिहर्सल

Posted on January 3, 2013January 3, 2013 by mysansar

-कुमार आले- २०६९ पुस १ आइतबार। सँधै झै कहिलेकहाँ, कहिले कता फरक ठाउँ र विषयको खोजीमा रहने यो नेपालसुत्रका मनहरु आज ६ बजे विहानै काठमाडौबाट ५० किलोमिटर पश्चिम पृथ्वि राजमार्गको गल्छितिर लम्क्यौ। गल्छिबाट त्रिशुलिपट्टी ५ किलोमिटरभित्र, केउरेनिघाटसम्म काठमाडौँबाट (जाममा नफस्ने हो भने) दुइ घण्टा लाग्दोरहेछ। त्रिशुलि नदीको झोलुगे पुल तरेर तारुका गाउँ तर्फ मोडिनु पर्ने… Continue reading

सुमार्गीको चर्तिकला एनसेललाई निल्नु न ओकल्नु

Posted on January 2, 2013January 2, 2013 by Salokya

अजय सुमार्गीले प्रचण्ड प्रधानमन्त्री भएका बेला कौडीको भाउमा फ्रिक्वेन्सी हात पारेर खोलेको हेलो मोबाइल गएको वर्ष एनसेल साहु युरोपको टेलियासोनेरालाई महँगोमा बेचे। त्यसपछि आफ्ना प्राविधिक कर्मचारीहरुलाई धम्क्याएर जबर्जस्ती निकाले। अब उनीहरु वैद्य माओवादीको शरणमा गएर कडा आन्दोलनतर्फ अघि बढिरहेका छन्। एनसेलका टावरहरुलाई नै क्षति पुर्‍याउँदै अघि बढिरहेको यो आन्दोलनले एनसेलका हजारौँ निर्दोष ग्राहक बित्थामा प्रभावित… Continue reading

बाघलाई उद्दार गर्न जाँदा ढुँगामुढा! हैन के विधि अराजकता बढेको?

Posted on January 1, 2013January 1, 2013 by mysansar

– बाबुराम लामिछाने – एउटा संरक्षणकर्मीको हिसाबले समस्यामा परेका वन्यजन्तुको उद्दार गर्नु मेरो लागि कर्तव्य तथा खुसीको कुरा पनि हो। त्यसमा पनि बाघको उद्दार गर्न पाउनु त झन् अहोभाग्य हो। तर वन्यजन्तु र मान्छे दुवैका लागि हित हुने यस्तो काम गर्दा पनि बिनासित्ति ढुँगामुढा खानुपर्दा साह्रै दु:ख लाग्दो रहेछ नेपालमा बढेको अराजकता देखेर। कुरो पुस… Continue reading

दिल्लीकी ‘दामिनी’ र हामी नेपाली

Posted on December 31, 2012January 2, 2013 by mysansar

-विवेक ढकाल- १६ डिसेम्बरमा भारतको राजधानी मा चल्ने एउटा बसभित्र ६ जना मान्छेरूपी दानवहरुबाट पाशविक तरिकाले एउटी २३ बर्षे युवतीको इज्जत लुटिएको समाचार जब बाहिर आयो, सारा दिल्लिबासी हरु ओर्लिएर सडकमा आए। मृत्युदण्ड र अझ मध्य-पुर्व मा जस्तो कठोर सजाय को माग राखेर केटाकेटी, युवा-युवति, विधार्थी, व्यापारी, पत्रकार, धनि -गरिब सब आन्दोलन मा ओर्लिए। संसदमा… Continue reading

पत्तै नपाई बिते उनी

Posted on December 31, 2012January 1, 2013 by mysansar

-देवेन्द्र भट्टराई- कुमारमणि आचार्य दीक्षितको ९० बर्षको उमेरमा पुस १५ गते बिहान निधन भयो। तर कुमारमणिको निधनबारे धेरै शुभेच्छुक र आफन्तले समेत पत्तो पाएनन्। कुमारमणि आचार्य दीक्षित प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री वीपी कोइरालाका निजी सहायक एवं निष्ठावान प्रशासकका रुपमा चिनिएका पात्र हुन्। विगत १२ बर्षयता निमोनिया बिग्रेर हुने ‘ग्यास्ट्रोस्टोमी’का कारण सिधै पेटमा प्वाल बनाएर झोला… Continue reading

‘सपनाको अवसान’ साँच्चिकै भोग्नुपर्दा…

Posted on December 30, 2012December 29, 2012 by mysansar

– चर्चित ढुंगेल – सन् २०११ जुलाईमा विश्व नेपाली साहित्य महासंघ ब्रुनाइले ‘विश्व खुल्ला अडियो कविता प्रतियोगिता’ आयोजना गरेको थियो। विश्वका २७ देश र नेपालका १९ जिल्लाका कविहरुले सो प्रतियोगिताका भाग लिएका थिए। संयोगले मेरो कविता प्रथम भयो। जीवनमै मैले अरु कुनै कविता नलेखे पनि म कवि भएँ। मलाई ‘यो मान्छे कवि हो’ भनेर चिनाउने… Continue reading

कथाः उमेरसँगै सिकिन्छ पहाड चढ्न

Posted on December 29, 2012December 29, 2012 by mysansar

– विभोर बराल – आकाशले फेरि आफ्ना सिरकडस्नाहरू बनाउँन थालेको छ। बर्षभरिको प्रयोगले खुज्मुजिएका, डल्ला परेका कपासहरूलाई छाँटेर, पिटेर, फिटेर सुकाउन उसलाई धेरै ठाउँ चाहिन्छ। पूरैस्विडेन उसले सुकाएका कपासहरूबाट थिचिएको छ, निसास्सिएको छ। खैर, आकाशले त चार महिना जातिमा आफ्ना झिटीगुन्टा समेटी सक्नेछ। काम नलाग्ने भनेर केब्नेकाइसे रअन्य केही ढिस्काहरूमा छाडिएका कपासका अवशेष बाहेक, बाँकी… Continue reading

देउवाको फोटो टाइम्स अफ इन्डियाले माफी नमागी हटायो, तर अझै धेरै साइटमा ‘र’ प्रमुखका रुपमा कायमै

Posted on December 29, 2012December 29, 2012 by Salokya

(अपडेट : डिसेम्बर २९) नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको फोटोलाई भारतीय जासुसी संस्था ‘र’ प्रमुख आलोक जोशी भन्दै फोटो राख्ने भारतको सबैभन्दा बढी बिक्ने पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले आफ्नो समाचारबाट फोटो हटाएको छ। यहाँ हेर्नुस्। यति ठूलो गल्ती गर्दा पनि उसले माफी भने मागेको छैन। बरु सुटुक्क फोटो हटाइदिएको… Continue reading

निर्वाचन गराउन संविधानले रोक्या छैन, संविधान संशोधन गर्नुपर्छ भन्नु हावादारी गफ मात्रै

Posted on December 28, 2012December 28, 2012 by mysansar

गत वर्ष संविधान नबनाई संविधान सभा स्वतः विघटन हुनुअघि सरकारले मंसिर ७ गते निर्वाचन गर्ने मिति तोकेको थियो। तर साउन १५ गते नै निर्वाचन आयोगले चुनाव गर्न सकिँदैन भन्यो। कानुनी व्यवस्था (संविधान संशोधन नहुनु) र राजनीतिक सहमति नहुनुलाई आयोगले कारण बताएको थियो। सरकारले अब वैशाखमा चुनाव गर्ने भन्ने नयाँ घोषणा गरेको छ। तर वैशाखमा निर्वाचन… Continue reading

दिमाग त लगाएकै हो, तर गलत ठाउँमा पर्‍यो पासा !

Posted on December 28, 2012December 28, 2012 by Salokya

पुस ६ गते शुक्रबार साँझ ६ बजे दाङको तुलसीपुरस्थित बैँक अफ काठमाडौँ लुटिएको खबर आयो। कति सजिलै बैँक लुटेको! खबर सुन्दै शंका गरेका थिए कतिले। घटना विवरण पूरै फिल्मी शैलिको थियो। तीन जना मान्छे इभनिङ काउन्टर चलिराको बेला पैसा जम्मा गर्ने भन्दै पसेका थिए। हुन त बैँकमा सुरक्षा गार्ड पनि हुन्छन्। उनीहरुले मेटल डिटेक्टर जस्तो… Continue reading

अर्का सचिवले पिच मागे

Posted on December 27, 2012December 27, 2012 by Salokya

पहिला एउटा खुसीको खबर सुन्नुस् – छिमेकी देश चीनको स्वशासित प्रदेश तिब्बतसँग जोडिने अर्को बाटो हिजोदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। त्यसो त औपचारिक रुपमा हस्तान्तरण गरिनुअघि नै स्याफ्रुबेसी-रसुवागढी सडकमा मान्छे ओहोरदोहोर गर्न थालिसकेका थिए। तिब्बतको सीमा केरुङसँग जोडिने बाटो हो त्यो। स्याफ्रुबेसी, रसुवागढी, केरुङ इतिहासमा बारम्बार प्रयोग हुने ठाउँका नाम हुन्। तिब्बतसँग नेपालले लडेको… Continue reading

ताली माग्ने सचिव

Posted on December 24, 2012August 11, 2013 by Salokya

उस्तै परे सरकारलाई फनफनी घुमाइदिने स्थायी सरकारवाला हुन् सचिवहरु भनेका। तर सहरमा सचिवहरुको उति साह्रो चर्चा हुन्न। गाली खानेमा पनि मन्त्री र नेता नै बढी हुन्छन्। चर्चाको मामिलामा रामेश्वर खनालले सबलाई पछाडि पारिदिएका थिए। अहिले चाहिँ फेरि एक जना सचिवको सहरमा खुब चर्चा छ – अर्थबाट फ्याँकिएर प्रधानमन्त्री कार्यालय पुर्‍याइएका सचिव कृष्णहरि बाँस्कोटा। चर्चा अरु… Continue reading

के व्यक्तिगत स्वतन्त्रता निरपेक्ष हुन्छ ?

Posted on December 24, 2012 by mysansar

—दधि अधिकारी— ** भरखरै मात्र नर्वेमा एक भारतीय दम्पत्तिलाई डेढ बर्षको काराबासको सजाय सुनाईयो । उनीहरुमाथि आफ्नो सात बर्षको बच्चालाई घरमा पढाऊँदा यातना दिएको अभियोग लागेको थियो । हाम्रो देश लगायत करिब करिब संपुर्ण एसिया र अफ्रिकामा बच्चाहरुलाई पढाऊँदा दिइने सजाय सामान्य नै मानिन्छ । ** आकासबाट खस्ने उल्का पिण्ड लगायत अन्य आकाशीय पिण्डहरु खस्दा… Continue reading

झमकको ताइवान यात्रा

Posted on December 22, 2012December 22, 2012 by mysansar

-डा. लेखनाथ काफ्ले- म र कपिल अधिकारी प्रसिद्ध साहित्यकार सुश्री झमककुमारी घिमिरे बसेको त्यो पागोडा शैलीको बिशाल होटल परिसरमा छिरेका थियौ। पहिलो तल्लाको एउटा भागमा कुर्चीमा बसेकी रातो सारीमा एक महिला र ढाका टोपी लगाएका एक पुरुषलाई हामीले देखिहाल्यौं। हामीलाई अनुमान लगाउन अप्ठ्यारो परेन। छउ ताक्वान सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताइवान र लानसीड सांस्कृतिक तथा… Continue reading

कथाः अपूर्ण प्यास

Posted on December 22, 2012December 22, 2012 by mysansar

-अनुपम रोशी- एघार बजिसक्यो, बाह्र बजेदेखि कार्यक्रम छ। छिटो गर न हो केटाकेटी, अबेर भइसक्यो भन्या। वर्षाले हतारिँदै खाना पस्कन्छे। ह्या यो मम्मी पनि जहिले पनि खाने बेलामा अत्याउनु हुन्छ, छोरी झन्किँदै बोल्छे। त्यसैले त अघिदेखि खाना खान आऊ भनेको तिमीहरुलाई, मान्ने होइन, घरको काममा अल्झनु पर्दा दिक्क लाग्छ उसलाई। अनि जहिले जानु पर्छ त… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 265
  • 266
  • 267
  • 268
  • 269
  • 270
  • 271
  • …
  • 284
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme