-देवेन्द्र भट्टराई- कुमारमणि आचार्य दीक्षितको ९० बर्षको उमेरमा पुस १५ गते बिहान निधन भयो। तर कुमारमणिको निधनबारे धेरै शुभेच्छुक र आफन्तले समेत पत्तो पाएनन्। कुमारमणि आचार्य दीक्षित प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री वीपी कोइरालाका निजी सहायक एवं निष्ठावान प्रशासकका रुपमा चिनिएका पात्र हुन्। विगत १२ बर्षयता निमोनिया बिग्रेर हुने ‘ग्यास्ट्रोस्टोमी’का कारण सिधै पेटमा प्वाल बनाएर झोला… Continue reading
‘सपनाको अवसान’ साँच्चिकै भोग्नुपर्दा…
– चर्चित ढुंगेल – सन् २०११ जुलाईमा विश्व नेपाली साहित्य महासंघ ब्रुनाइले ‘विश्व खुल्ला अडियो कविता प्रतियोगिता’ आयोजना गरेको थियो। विश्वका २७ देश र नेपालका १९ जिल्लाका कविहरुले सो प्रतियोगिताका भाग लिएका थिए। संयोगले मेरो कविता प्रथम भयो। जीवनमै मैले अरु कुनै कविता नलेखे पनि म कवि भएँ। मलाई ‘यो मान्छे कवि हो’ भनेर चिनाउने… Continue reading
कथाः उमेरसँगै सिकिन्छ पहाड चढ्न
– विभोर बराल – आकाशले फेरि आफ्ना सिरकडस्नाहरू बनाउँन थालेको छ। बर्षभरिको प्रयोगले खुज्मुजिएका, डल्ला परेका कपासहरूलाई छाँटेर, पिटेर, फिटेर सुकाउन उसलाई धेरै ठाउँ चाहिन्छ। पूरैस्विडेन उसले सुकाएका कपासहरूबाट थिचिएको छ, निसास्सिएको छ। खैर, आकाशले त चार महिना जातिमा आफ्ना झिटीगुन्टा समेटी सक्नेछ। काम नलाग्ने भनेर केब्नेकाइसे रअन्य केही ढिस्काहरूमा छाडिएका कपासका अवशेष बाहेक, बाँकी… Continue reading
देउवाको फोटो टाइम्स अफ इन्डियाले माफी नमागी हटायो, तर अझै धेरै साइटमा ‘र’ प्रमुखका रुपमा कायमै
(अपडेट : डिसेम्बर २९) नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको फोटोलाई भारतीय जासुसी संस्था ‘र’ प्रमुख आलोक जोशी भन्दै फोटो राख्ने भारतको सबैभन्दा बढी बिक्ने पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले आफ्नो समाचारबाट फोटो हटाएको छ। यहाँ हेर्नुस्। यति ठूलो गल्ती गर्दा पनि उसले माफी भने मागेको छैन। बरु सुटुक्क फोटो हटाइदिएको… Continue reading
निर्वाचन गराउन संविधानले रोक्या छैन, संविधान संशोधन गर्नुपर्छ भन्नु हावादारी गफ मात्रै
गत वर्ष संविधान नबनाई संविधान सभा स्वतः विघटन हुनुअघि सरकारले मंसिर ७ गते निर्वाचन गर्ने मिति तोकेको थियो। तर साउन १५ गते नै निर्वाचन आयोगले चुनाव गर्न सकिँदैन भन्यो। कानुनी व्यवस्था (संविधान संशोधन नहुनु) र राजनीतिक सहमति नहुनुलाई आयोगले कारण बताएको थियो। सरकारले अब वैशाखमा चुनाव गर्ने भन्ने नयाँ घोषणा गरेको छ। तर वैशाखमा निर्वाचन… Continue reading
दिमाग त लगाएकै हो, तर गलत ठाउँमा पर्यो पासा !
पुस ६ गते शुक्रबार साँझ ६ बजे दाङको तुलसीपुरस्थित बैँक अफ काठमाडौँ लुटिएको खबर आयो। कति सजिलै बैँक लुटेको! खबर सुन्दै शंका गरेका थिए कतिले। घटना विवरण पूरै फिल्मी शैलिको थियो। तीन जना मान्छे इभनिङ काउन्टर चलिराको बेला पैसा जम्मा गर्ने भन्दै पसेका थिए। हुन त बैँकमा सुरक्षा गार्ड पनि हुन्छन्। उनीहरुले मेटल डिटेक्टर जस्तो… Continue reading
अर्का सचिवले पिच मागे
पहिला एउटा खुसीको खबर सुन्नुस् – छिमेकी देश चीनको स्वशासित प्रदेश तिब्बतसँग जोडिने अर्को बाटो हिजोदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। त्यसो त औपचारिक रुपमा हस्तान्तरण गरिनुअघि नै स्याफ्रुबेसी-रसुवागढी सडकमा मान्छे ओहोरदोहोर गर्न थालिसकेका थिए। तिब्बतको सीमा केरुङसँग जोडिने बाटो हो त्यो। स्याफ्रुबेसी, रसुवागढी, केरुङ इतिहासमा बारम्बार प्रयोग हुने ठाउँका नाम हुन्। तिब्बतसँग नेपालले लडेको… Continue reading
ताली माग्ने सचिव
उस्तै परे सरकारलाई फनफनी घुमाइदिने स्थायी सरकारवाला हुन् सचिवहरु भनेका। तर सहरमा सचिवहरुको उति साह्रो चर्चा हुन्न। गाली खानेमा पनि मन्त्री र नेता नै बढी हुन्छन्। चर्चाको मामिलामा रामेश्वर खनालले सबलाई पछाडि पारिदिएका थिए। अहिले चाहिँ फेरि एक जना सचिवको सहरमा खुब चर्चा छ – अर्थबाट फ्याँकिएर प्रधानमन्त्री कार्यालय पुर्याइएका सचिव कृष्णहरि बाँस्कोटा। चर्चा अरु… Continue reading
के व्यक्तिगत स्वतन्त्रता निरपेक्ष हुन्छ ?
—दधि अधिकारी— ** भरखरै मात्र नर्वेमा एक भारतीय दम्पत्तिलाई डेढ बर्षको काराबासको सजाय सुनाईयो । उनीहरुमाथि आफ्नो सात बर्षको बच्चालाई घरमा पढाऊँदा यातना दिएको अभियोग लागेको थियो । हाम्रो देश लगायत करिब करिब संपुर्ण एसिया र अफ्रिकामा बच्चाहरुलाई पढाऊँदा दिइने सजाय सामान्य नै मानिन्छ । ** आकासबाट खस्ने उल्का पिण्ड लगायत अन्य आकाशीय पिण्डहरु खस्दा… Continue reading
झमकको ताइवान यात्रा
-डा. लेखनाथ काफ्ले- म र कपिल अधिकारी प्रसिद्ध साहित्यकार सुश्री झमककुमारी घिमिरे बसेको त्यो पागोडा शैलीको बिशाल होटल परिसरमा छिरेका थियौ। पहिलो तल्लाको एउटा भागमा कुर्चीमा बसेकी रातो सारीमा एक महिला र ढाका टोपी लगाएका एक पुरुषलाई हामीले देखिहाल्यौं। हामीलाई अनुमान लगाउन अप्ठ्यारो परेन। छउ ताक्वान सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताइवान र लानसीड सांस्कृतिक तथा… Continue reading
कथाः अपूर्ण प्यास
-अनुपम रोशी- एघार बजिसक्यो, बाह्र बजेदेखि कार्यक्रम छ। छिटो गर न हो केटाकेटी, अबेर भइसक्यो भन्या। वर्षाले हतारिँदै खाना पस्कन्छे। ह्या यो मम्मी पनि जहिले पनि खाने बेलामा अत्याउनु हुन्छ, छोरी झन्किँदै बोल्छे। त्यसैले त अघिदेखि खाना खान आऊ भनेको तिमीहरुलाई, मान्ने होइन, घरको काममा अल्झनु पर्दा दिक्क लाग्छ उसलाई। अनि जहिले जानु पर्छ त… Continue reading
‘नागरिक’मा आक्रमण गर्नेको नालिबेली
‘नागरिक’ दैनिकको सुन्धारास्थित कार्यालयमा आज दिउँसो एक हुल आक्रमणकारीले कब्जा जमाए। तोडफोड गरे र पत्रकारहरुलाई कुटे। उनीहरुले के कारणले आक्रमण गरेका हुन्, त्यो प्रहरीको अनुसन्धानपछि प्रष्ट हुनेछ। आक्रमणमा कस्ता मान्छे संलग्न थिए, त्यो भने हामी तपाईँलाई बताउँदैछौँ। सबैभन्दा पहिला हुल्याहाहरुले कार्यालयको न्युजरुमभित्र कब्जा जमाउँदा साथी मदन चौधरीले जोखिम मोलेर खिचेको फोटोमा देखिएका केही अनुहार हेरौँ।… Continue reading
सुरुङमा आगो लगाउँदा ज्यान गएकाहरु पनि सहिद, १० लाख दिने सहमति
विश्व रेकर्ड राख्ने व्यक्तिलाई सघाउन सुरुङमा आगो लगाउँदै गर्दा जलेर मरेका दुई जना युवकलाई सहिद घोषणा गर्ने सहमति भएको छ। सहिदको नामसँगै उनीहरुको परिवारलाई १०-१० लाख रुपियाँ दिइने छ। आगोले जलेका भरतसिंह थापाको गएराति मृत्यु भएपछि आज मृतकको शव जिल्ला प्रशासन कार्यालय अगाडि राखेर धर्ना दिइएपछि सहमतिका लागि वार्ता भएको थियो। वार्तापछि पत्रकारसँग कुराकानी गर्दै… Continue reading
ऋण नतिर्ने ‘डन’को नाम छापियो पत्रिकामा
गृहमन्त्री विजयकुमार गच्छदारका दाहिने हात भनिने उनको पार्टीका केन्द्रीय सदस्य गणेश लामाको नाम आज एउटा बैँकले ऋण नतिरेको भन्दै धितो लिलाम गर्ने १५ दिने सूचना निकालेको छ। एक अर्बभन्दा बढी सम्पति भएको अनुमान गरिएका लामाले बैँकको ऋण नतिरेको यो पहिलो पटक भने हैन। लामालाई कर्जा सूचना केन्द्रले ०६८ चैत २१ गते र ०६९ साल असोज… Continue reading
बैँकमा खाता खोल्न बाजेबज्यैको नागरिकता चाहिने
बैँकमा खाता भएको मान्छेको ठूलै प्रतिष्ठा हुने दिन आउन लागेको जस्तो देखिएको छ। किनभने अब बैँकमा खाता खोल्नु चानचुने विषय नरहने भो। ठूलै मेहनत आवश्यक हुन्छ अब। तपाईँले खाता खोल्ने हो भने पहिले पो तपाईँको पासपोर्ट साइजका दुईवटा फोटो र नागरिकताको फोटोकपि भए पुग्थ्यो। अब त तपाईँकी पत्नी वा पतिको, आमा, बुबा, बाजे, बज्यै, छोरा,… Continue reading
सुमार्गीले धम्की दिएर हस्ताक्षर गराएको पत्र
-विरोध कट्टेल- एमाओबादी निकट ब्यापारी तथा प्रचण्डका दाहिने हातको रुपमा चिनिएका अजय सुमार्गीले हेलो नेपालबाट कर्मचारीहरुलाई बलजफती धम्कीपूर्ण तरिकाले पत्र पढ्न पनि नदिई स्वेच्छिक अवकासको आशयको पत्रमा हस्ताक्षर गराएका थिए। त्यो पत्र त्यस बेला पढ्न नदिए पनि अहिले आन्दोलनको क्रममा गोप्य रुपमा हेलो नेपाल भित्रबाट नै बाहिर आएको छ । बहुराष्ट्रिय कम्पनि टेलियासोनेराले सन् २०११… Continue reading
आफुले आफुलाइ हानी गर्न पाउने कि नपाउने ?
-डा.डोलेश्वर भण्डारी- हत्या, अपहरण, चोरी, डाका, छलकपट, भ्रष्टाचार जस्ता अपराधी कृयाकलापले अरुलाइ हानी पुर्याएको हुन्छन् र सभ्य समाजमा यस्ता अपराधिहरुलाइ दण्ड दिइन्छ । जुनसुकै समाजको पनि जीउधनको सुरक्षा गर्ने र शान्ती स्थापना गर्ने पहिलो लक्ष हुन्छ । नेपालमा भने अरुले अरुलाई दुख दिने माथी भनिएका अपराधका घटना नै फालाफाल घटिराखेका छन् । यीनलाइ नियन्त्रण गर्न… Continue reading
कथा: कुकुरको पुच्छर
-उत्तम पौडेल- स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देबी-देउताको असार मसान्तमा बैठक बस्यो। आफैले सृस्टि गरेको हुनाले धरै माया लागेर पो हो की, सृस्टिकर्ता ब्रह्माले पृथ्बीका सबै देशको विवरण पनि सोहि समयमा हेर्ने गर्दथे। राम्रो र गतिलो केहि नभएको नेपालको विवरण देखेर सबै देउताहरुले जिब्रो टोके| दिक्क मान्दै ब्रह्माले भने -” आफुले भने… Continue reading
पोस्टरै टाँसेर थेसिस बेच्ने बल्ल थचारिए
यस्तो विज्ञापन तपाईँले काठमाडौँका थुप्रै ठाउँमा टाँसेको देख्नुभएको होला। यस्तो गैरकानुनी काम पनि पोस्टर टाँसेर, अझ खुल्लमखुल्ला मोबाइल नम्बरसमेत दिएर गर्न सक्ने देखेर अचम्म लाग्नु स्वभाविकै हो। हैन, कानुन भनेको यहाँ केही छैन र, जसले जे गरे पनि हुने हो र जस्तो लाग्थ्यो। बल्ल प्रहरीले यस्ता विज्ञापन टाँस्न थालेको वर्षौँपछि कारबाही अघि बढाएछ। थेसिस बेच्ने… Continue reading
आगोमा रेकर्ड राख्न खोज्नेलाई सघाउँदा ज्यानै गयो
अपडेट (बिहीबार): सुरुङभित्र आगो लगाउँदै गर्दा बाहिरबाट आगो लगाइदिएपछि घाइते भएका दुई जना युवकमध्ये एक जना तनहुँ घर भएका २८ वर्षका सुरेश पन्थको आज उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। अर्का घाइतेको काठमाडौँमै उपचार भइरहेको छ। ********** यसरी पनि देशको नाम राखिन्छ कहीँ ! आजभोलि नेपालमा ‘देशको नाम राख्ने’ खुब लहर चलेको छ। कुरा… Continue reading