Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतारमा आजदेखि न्युनतम तलब २८ हजार+

Posted on January 28, 2013January 26, 2013 by mysansar

कतारमा जाने कामदारको न्युनतम तलब आजदेखि बढेको छ। सात दिनअघि राजपत्रमा प्रकाशित भएको सूचना अनुसार अदक्ष, अर्धदक्ष, दक्ष र उच्च दक्ष गरी चारै तहका कामदारको न्युनतम तलब आजदेखि बढेको हो। खाडीका अन्य देश साउदी अरब, युएई र कुवेतको न्युनतम तलब सरकारले यसअघि नै बढाइसकेको छ। कतारमा बढेको तलब अनुसार अदक्ष कामदारले न्युनतम तलब २८ हजार… Continue reading

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (२)

Posted on January 27, 2013January 27, 2013 by mysansar

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading

मनपरी विज्ञापन छाप्नेको अगाडि सरकार लाचार

Posted on January 27, 2013January 28, 2013 by Salokya

‘कान्तिपुर’ को शनिबारे अंकमा सरकारले पहिलो पेजमा नै एउटा रङ्गिन विज्ञापन छाप्यो। शीर्षकै छ- ‘अनधिकृत र अतिरञ्जनापूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण नगर्ने बारेको सूचना।’ श्रम तथा रोजगार मन्त्रालयको यो विज्ञापनमा ‘वैदेशिक रोजगारीसम्बन्धी सूचनाहरु आधिकारिकता पुष्टि बिना नै अनधिकृत रुपमा प्रकाशन तथा प्रसारण हुने गरेको’ भनिएको छ। अर्थात् मिडियाले जेपिटी (जे पायो त्यही) विज्ञापन छाप्ने गरेको… Continue reading

‘सीते’ – एक यथार्थ!

Posted on January 26, 2013January 26, 2013 by mysansar

-सुरेश ‘समान’- मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भनेको। हजुरामाले आस मार्नु भा छैन। ” कान त त्यो के जाती मेसिन आएपछी सुनुला, आँखा नि देख्न छोडे नाती” अस्ती भर्खर भन्नुभयो। “तैले के के सुन्छस, के के… Continue reading

चार दिन बन्द हुँदा नि कसैले वास्ता गरेन

Posted on January 25, 2013January 26, 2013 by Salokya

देशमा अहिले दुई वटा विषयमात्रै चर्चामा छ। पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण र दैलेख, जहाँबाट २२ पत्रकार विस्थापित भए त्यहाँका सबै पत्रपत्रिका र एफएम बन्द हुने गरी। अनि अर्को विषय- विपक्षीहरुको आन्दोलन। आजदेखि त्यो आन्दोलन राजधानीकेन्द्रितसमेत भएको छ। मिडियामा यही विषयमा समाचार छापिन्छन्। तात्तातो बहस यही विषयमा भइरहेका छन्। तर यही देशको पूर्वी भागको एउटा… Continue reading

सम्पति लुकाउनेको सार्वजनिक बेइज्जत, क-कसले लुकाए? आउनुस् कुरीकुरी गरौँ !

Posted on January 24, 2013January 25, 2013 by Salokya

सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफ्नो वा परिवारको नाममा रहेको सम्पति स्रोतसहित खुलाएर पेश गर्नुपर्ने कानुन छ। आर्थिक वर्ष सकिएको ६० दिनभित्र यो बुझाइसक्नुपर्छ। नबुझाए पाँच हजार रुपियाँ जरिवाना मात्र हैन, गैर कानुनी सम्पति रहेछ यिनीहरुको भन्ने अनुमानमा अनुसन्धानसमेत गर्न सकिन्छ। तर यसरी सम्पति विवरण नबुझाई सम्पति लुकाउनेहरुको संख्या भने आम्मामा कति धेरै ! उपप्रम नारायणकाजी… Continue reading

कर्णेल कुमार लामा छुटाउने प्रयास असफल

Posted on January 24, 2013January 24, 2013 by Salokya

बेलायतमा मानव अधिकार हननको अभियोगमा पक्राउ परेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामालाई छुटाउन नेपाल सरकारले गरेको कुटनीतिक तथा कानुनी पहल तत्कालका लागि असफल भएको छ। कुटनीतिक पहलका क्रममा बेलायती पदाधिकारीहरुले अदालती प्रक्रियामा गइसकेको विषयमा हस्तक्षेप गर्न नमिल्ने जवाफ दिएका थिए। धरौटीमा भए पनि छुटाउन सरकारले ५० हजार पाउन्ड (६८ लाख रुपियाँभन्दा बढी) को जोहो… Continue reading

दैलेखमा आ-आफ्नै दाउ

Posted on January 23, 2013January 24, 2013 by Salokya

आज दैलेखमा जे भयो, त्यो आउँदा दिनमा देशका अन्य भागमा हुनसक्ने दृश्यको झल्को हो। दैलेख अब पत्रकार डेकेन्द्र थापालाई जिउँदै पुर्ने अपराधीहरुविरुद्ध न्याय खोज्ने ठाउँमात्र हैन, यही घटनाको आडमा सत्तारोहण गर्न र्‍याल चुहाउने विपक्षीहरु र आफ्नो भाग लुट्न आउने डरले विपक्षीलाई पेल्नुपर्छ भन्ने सरकारपक्षीयहरुको चेपुवामा परिसकेको छ। विपक्षीहरुले सरकार ढाल्ने सडक आन्दोलनको सुरुवात दैलेखबाट गर्नु… Continue reading

होसियार ! साउदी प्रहरीबाटै लुटिएला !

Posted on January 23, 2013January 23, 2013 by mysansar

-विष्णु बैकुण्ठे, साउदी अरब- प्रहरी भन्ने बित्तिकै राष्ट्रिय ढिकुटीको नून खाएर जनतालाई पहरा दिने जनसेवी व्यक्तिलाई बुझिन्छ । देशमा सत्य सेवालाई सुरक्षित राख्न अथवा विद्रोह वा अशान्तिलाई टाढै राखी देशमा समानताको अवसर श्रृजना गर्न अनवरत रूपमा लागिपरेका राष्ट्रसेवकलाई प्रहरीको दर्जा दिइएको छ । यस किसिमको उपमा वा दर्ज्यानी पाएका सेवकहरूलाई नेपालमा मात्र नभएर विश्वमा नै… Continue reading

कसले यी मूर्ति चोरेर अमेरिका पुर्‍यायो?

Posted on January 21, 2013January 22, 2013 by Salokya

तपाईँले छेउमा देखिरहनुभएको मूर्ति वज्रपाणीको हो। काठमाडौँ उपत्यकाका अज्ञात कलाकारले यसलाई १० औँ शताब्दीको अन्त्यदेखि ११ औँ शताब्दीको सुरुवाती वर्षताकाको बीचमा बनाएको विश्वास गरिएको छ। तर यो मूर्ति अहिले काठमाडौँमा छैन। अमेरिकाको कुन चाहिँ धनाढ्यको निजी संग्रहमा यो कला सजिएको छ। यी र यस्ता काठमाडौँ उपत्यकाका नेवार कलाकारहरुले बनाएका प्राचीन सम्पदारुपी कलाहरुको प्रदर्शनी अहिले अमेरिकाको… Continue reading

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड

Posted on January 20, 2013January 21, 2013 by mysansar

[देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा ‘महिला हिंसा निन्दनीय छ, चाँडै त्यो टुंगो लगाउनुपर्छ, यो राष्ट्र र समाजको कंलक हो, यसलाई सकेसम्म चाँडो निर्मूल पार्नुपर्छ’ भने। यसैसँग जोडेर नमिता-सुनिता हत्याकान्डको कुरा उठाएर एउटा ब्लग लेखेको थिएँ। त्यसपछि हत्याकान्डपछि कास्कीको सिडिओको रुपमा खटाइएका सूर्यबहादुर सेनले आफ्नो आत्मकथा ‘मेरो कथाहरुको… Continue reading

अमेरिकामा काम गरी नेपालमा पेन्सन पाउन मुद्दा हाल्नेलाई सर्वोच्चले खुवायो लोप्पा

Posted on January 20, 2013January 20, 2013 by mysansar

नेपालका विभिन्न सरकारी कार्यालयमा बहाल रही विदेशमा अध्ययन वा प्रशिक्षणका लागि जाने, अनि उतै बस्नेहरु धेरै छन्। मन्त्रालय वा संस्थानका कर्मचारीहरुदेखि लिएर विश्वविद्यालयका प्राध्यापकहरुसम्म पनि यो सूचिमा पर्छन्। तीमध्ये कतिले त यता नेपालमा जागिर पनि पाक्दै गर्ने अनि उता विदेशमा काम पनि गर्दै गर्नेहरु पनि छन्। संस्थाले आफ्नो खर्चमा पढ्न वा प्रशिक्षण लिन पठाए पनि… Continue reading

कथा : साथीको लोग्ने

Posted on January 19, 2013 by mysansar

– सुनिल सङ्गम – आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको… Continue reading

नेपाली सुन्दरीलाई फिलिपिन्समा उपाधि

Posted on January 19, 2013 by mysansar

नेपालका समाचारमा खासै केही नयाँ आकर्षण नभइसक्यो। राजनीतिमा सहमतिको लागि म्याद थपिँदा थपिँदा म्याद नै लजाएर भागिसक्यो। लोडसेडिङले १२ घण्टा नाघिसक्यो। यस्ता कुरामा ध्यान नलगाउँ भन्दा पनि नहुने। सँधै त्यस्तै कुरा सुन्दा दिक्क पनि लाग्ने। आउनुस् आज बरु रमाइलो कुरा गरौँ। फिलिपिन्समा एक नेपाली सुन्दरीले विश्वविद्यालयस्तरीय सौन्दर्य प्रतियोगिता जितेकी छिन्। त्यसैका केही फोटो हेरौँ।

लौ न के देख्नुपर्‍यो- पार्टीको भूमिगत भेलामा बेल्जियमका राजदूत

Posted on January 17, 2013January 17, 2013 by mysansar

-हरिराज पोखरेल, बेल्जियम- राजदूत कुनै पार्टी विशेषको हुनुहुन्न किनभने उसले समग्र देशको प्रतिनिधित्व गर्छ। बिदेशमा सबै नागरिकका लागि अभिभावकको भूमिकामा बस्नु पर्छ। तर नेपालका लागि बेल्जियमका राजदूत राममणि पोख्रेल भने कुनै कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ताका रुपमा देखिने गरेका छन्। बेल्जियमका लागि नेपाली राजदूत भए पनि उनी कूटनीतिक मर्यादा नाघेर एकीकृत नेकपा माओवादीको कार्यकर्ताको जस्तै भूमिकामा… Continue reading

यसरी उभ्याउन सकिन्छ हेगमा अपराधीलाई

Posted on January 16, 2013January 16, 2013 by mysansar

-रुपक राज काफ्ले/ बर्लिन- पछिल्ला केही दिन यता “द हेग” (The Hague) नेपाली नेता-कार्यकर्ता र जनताको बीचमा छलफल तथा कौतुहलताको बिषय बनेको छ। कर्णेल कुमार लामाले बेलायतबाट तरङ्गित गरेको युद्ध अपराधको यो झन्कार धेरैको खोपडीमा झन्किँदै हेगमा ठोक्किन पुगेको छ। यो कुरा धेरै पहिला हुनु पर्दथ्यो, आज ढिलै भए पनि उठान भएको छ। यसको ज्ञान… Continue reading

प्रधानमन्त्रीलाई सर्वोच्चको झापड

Posted on January 15, 2013January 15, 2013 by Salokya

महान्यायाधिवक्ताको निर्देशनै कानुनविपरीत महान्यायाधिवक्ता मुक्ति प्रधानमार्फत् प्रधानमन्त्री बाबुराम भट्टराईले दैलेखमा पत्रकार डेकेन्द्रराज थापाका हत्याराहरुलाई उन्मुक्ति दिन गरेको प्रयासमाथि आज सर्वोच्च अदालतले दह्रो झापड हानेको छ। प्रधानमन्त्री र महान्यायाधिवक्ताले जुन आधारमा टेकेर यो विषयमा कानुनी कारबाही अघि बढाउन नमिल्ने जिकिर गर्दै आएका थिए, त्यसलाई सर्वोच्चले हुँदैन, मिल्दैन भनिदिएको छ। अनि अनुसन्धानमा अवरोध नगर्न पनि अन्तरिम आदेश… Continue reading

राष्ट्रपति थाके, म्याद बिनाको वक्तव्य जारी

Posted on January 15, 2013 by Salokya

अन्ततः दुई महिनासम्मको म्याद थपाथप गरी सहमति खोज्ने काम व्यर्थ भएपछि राष्ट्रपति रामवरण यादवले आज सहमतिका लागि म्याद बिनाको वक्तव्य जारी गरेका छन्। मंसिर ८ देखि सुरु भएको मिति तोकेर म्याद थप्ने यात्रा आज टुङ्गिएको हो। आज राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा सहमति गर्न पहिलेको जस्तो निश्चित मिति तोकिएको छैन। मिति तोकिँदा त सहमतिका लागि खासै… Continue reading

संविधानसभाको पुनर्स्थापना कि निर्वाचन?

Posted on January 15, 2013 by mysansar

-डा. होम मूर्ति पन्त- सरकारले निर्बाचनको मिति तोके पनि, निर्बाचनमा नगई पुनर्स्थापना तिर जाउँ भन्ने प्रस्ताब नआएको हैन तर, यसो भन्दा ध्यान नपुगेको कुरा के भने पुनर्स्थापना एक गैर संबैधानिक बाटो हो। नयाँ निर्बाचन नगरि संबिधानसभाको (राजाले गरे जस्तै) पुनर्स्थापना गर्ने हो भने संबिधानसभा तुरुन्तै पाउन सकिन्छ, निर्बाचन नभएसम्म पर्खन पर्दैन र निर्बाचन गर्दा खर्च… Continue reading

पक्राउ पर्ला भनेर डराएरै नगएका हुन् त महान्यायाधिवक्ता अमेरिका?

Posted on January 14, 2013January 14, 2013 by Salokya

आजका सबैजसो राष्ट्रिय दैनिकहरुले महान्यायाधिवक्ता मुक्ति प्रधान पक्राउ परिने डरले अमेरिका नगएको एकै व्यहोराका समाचार छापेका छन्। कसैले अगाडिको पेजमा ठूलै महत्वका साथ, कसैले भित्री पेजमा। सबै समाचारको सार एउटै देखिन्छ- अमेरिकाको एउटा युनिभर्सिटीले एउटा कार्यक्रममा बोलाएको रैछ। त्यसमा सहभागी हुन जान लागेका बेला अन्तिम अवस्थामा भ्रमण रोकिएछ। किन रे भन्दा कर्णेल कुमार लामालाई बेलायतमा… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 263
  • 264
  • 265
  • 266
  • 267
  • 268
  • 269
  • …
  • 284
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme