Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धत् फटाहा माओवादी ! खै लाज ?

Posted on February 10, 2013February 11, 2013 by Salokya

देशमा राजनीतिक अन्यौल त छ नै, त्यसमाथि नेताहरुले जे बोल्दिँदा पनि हुने भएको छ। नेताहरु घरी एकथोक बोल्छन्, घरी त्यसैलाई खण्डन गर्छन् वा जोक गरेको भनेर उडाउँछन्। बोलीको टुङ्गो नै नभएका यस्ता नेताहरुलाई हामीले झेल्नुपरिरहेको छ। हिजैमात्र हेर्नुस् न, माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग शीर्ष नेताहरुको वार्तापछि शितल निवासबाट बाहिर निस्कँदा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने… Continue reading

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (४)

Posted on February 10, 2013January 26, 2013 by mysansar

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading

दुबईमा नेपालीलाई यौन दुर्व्यवहारको आरोप

Posted on February 10, 2013February 10, 2013 by mysansar

महिला हिंसासम्बन्धी खबरहरु देशका विभिन्न भागबाट लगातार आइरहेकै बेला विदेशबाट पनि त्यस्तै एउटा खबर आएको छ। दुबईबाट आएको यो खबरमा यौन दुर्व्यवहार त्यहाँ पुगेका एक नेपाली कामदारले गरेको आरोप लगाइएको छ। आरोप लगाउने युवती भने फिलिपिनो हुन्। ‘गल्फ न्युज’ले जनाए अनुसार २२ वर्षकी फिलिपिनोले आफू काम गर्ने रेस्टुरेन्टमा ३३ वर्षका नेपाली कुकले फकाउने, ठाउँकुठाउँ समात्ने… Continue reading

कथाः रुप

Posted on February 9, 2013February 10, 2013 by mysansar

– प्रकाश अविनाश श्रीमान्, विगत दुई महिनादेखि फोन सम्पर्क र मेल पनि नगरी बसेपछि आज अचानक मेरो यो पत्र पाउँदा आश्चर्यमा अवश्य पर्नुभयो होला। के गर्ने ? अवस्था त्यस्तै भएर हो। कुरालाई धेरै नलम्ब्याइकन भन्नुपर्दा म जोसँग यहाँ आएकी थिएँ, उसको भाइको छोराले मलाई मन परायो र रहँदा बस्दा मैले पनि मन पराएँ। विगत दुई… Continue reading

बाबुरामले सरकार छाड्ने? नचिताउनुस्

Posted on February 8, 2013 by mysansar

माओवादीले महाधिवेशनपछि नयाँ फर्मूला ल्याएर चुनावी सरकार बनाउन आफूले सत्ता छाड्छन् भन्ने धेरैले सोचेका थिए। त्यहाँमाथि प्रचण्डले महाधिवेशनको उदघाटनमै अब कांग्रेस र एमालेले अस्वीकार गर्नै नसक्ने सहमतिको नयाँ फर्मूला ल्याउने भनेपछि सबैले के होला त्यस्तो भनेर अनुमान गर्न थालेका थिए। फर्मूला रहेछ बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने। विपक्षीहरुले आज गरेको आमसभामा त्यसको विरोध गरे। बाहिर-बाहिर सरकार… Continue reading

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर समस्या समाधान होला?

Posted on February 8, 2013 by mysansar

अहिले नेपालको राजनीतिमा विपक्षी सत्तापक्षको खेलौना भएको छ। सत्तामा रहेको माओवादीले एउटा प्रस्ताव फ्याँक्छ, विपक्षीहरु त्यसैमा प्रतिक्रिया जनाउँदै बस्छ। अहिले फेरि प्रचण्डले एउटा नयाँ प्रस्ताव फ्याँकेका छन्- बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावी नेतृत्वको सरकार बनाउने। आन्दोलनरत विपक्षी पार्टीहरुले यो प्रस्तावबारे पार्टी कै बैठक बसी संस्थागत निर्णय गर्न बाँकी छ। एक लाख उतार्ने भनिएको आजको काठमाडौँको… Continue reading

अँध्यारोमा काठमाडौँ

Posted on February 7, 2013February 7, 2013 by Salokya

देशका अरु भागसहित राजधानी काठमाडौँमा यतिखेर १२ घण्टे विद्युत कटौतिको तालिका छ। बत्ती गएको समय होस् या नगएको, काठमाडौँका सडकमा बत्ती नबलेको जुग भइसक्यो। धेरै भइसक्यो गुड्ने गाडीका हेडलाइटको सहाराले सडकहरु उज्यालिएको। सन् १९८७ मा काठमाडौँमा सार्क शिखर सम्मेलन हुनुअघि काठमाडौँका अधिकांश मुख्य सडकहरुमा बत्तीको व्यवस्था गरिएको थियो। त्यतिबेला दिउँसैजस्तै घाम लागेको झैँ अनुभव गरेका… Continue reading

दिवंगत पत्रकारलाई ‘क्रियाशील’ पत्रकारिता पुरस्कार

Posted on February 6, 2013February 6, 2013 by Salokya

माओवादीले जिउँदै गाडेका दैलेखका पत्रकार डेकेन्द्रराज थापा अहिले चर्चामा छन्। प्रायश्चित गर्न चाहन्छु भन्नेलाई पनि क्यास र ड्यास दुवै माओवादीदेखि प्रधानमन्त्री र महान्यायाधिवक्तासम्मले बचाउन चाहेर नाङ्गिएको संसारले देखेकै हो। यही कारण दैलेखमा भएको तनाव तपाईँ हामीहरुलाई थाहा नै छ। सामान्यतया मानिस मृत्युपछि सम्झनामा मात्र रहन्छ। तर डेकेन्द्रको मृत्युपछि पनि देशको राजनीतिक घटनाक्रमलाई नै क्रियाशील बनाइराखेकोले… Continue reading

दर्शन रौनियारको जवाफ – ‘तलब हैन, पकेट खर्च दिएको’

Posted on February 6, 2013February 6, 2013 by Salokya

एक नेपाली दिदी फूलामाया विष्टले अमेरिकी सांसद बन्न उम्मेदवारी दिएका दर्शन रौनियारमाथि लगाएका आरोपहरुको जवाफ आज उनले इमेलबाट दिएका छन्। ब्लग छापिएको दुई दिनपछि उनले स्पष्टिकरण पठाएका हुन्। ब्लग छापिनुअघि पठाइएको इमेल स्पाममा गएकोले त्यतिबेला जवाफ पठाउन नसकेको उनको भनाई छ। ब्लग छापिएलगत्तै उनले विष्टलाई फोन गरी यो मामिलालाई नचर्काउन आग्रह गर्दै पासपोर्टसहितको कागजात छिट्टै… Continue reading

प्रचण्डको नजरमा विपक्षी ‘लिडर’ को ?

Posted on February 5, 2013February 5, 2013 by Salokya

भंग भइसकेको संविधान सभाको निर्वाचनले सबैभन्दा ठूलो दलको रुपमा ल्याएको एमाओवादीका अध्यक्ष प्रचण्डले विपक्षी नेता कसलाई मान्दा रहेछन् ? कांग्रेस सभापति सुशील कोइराला ? एमाले अध्यक्ष झलनाथ खनाल ? कांग्रेस नेताहरु रामचन्द्र पौडेल वा शेरबहादुर देउवा ? एमाले नेताहरु माधव नेपाल वा केपी ओली ? अहँ। तपाईँ अचम्म हुनुभयो होला। विपक्षी नेताहरु यिनै त हुन्… Continue reading

परिवर्तनको नेपाली मार्गदर्शन

Posted on February 4, 2013 by mysansar

-विक्रम नेपाली- नेपालको विशिष्ट भू-राजनीतिक अवस्था अनि रगतमा नै क्रान्तिकारी स्वभाव हुने आम नेपालीहरुको स्वभावले गर्दा यहाँ जति क्रान्तिकारी विचारधारा वा सिद्धान्त मौलाउछ त्यति नै समाजबादको खोक्रो आदर्श टिक्नै सक्दैन । दक्षिणपन्थीहरु झुल्किन्छन तर त्यो लामो समय टिक्नै सक्दैन, कारण – जनताको क्रान्तिकारी स्वभाव अनि विशिष्ट भू-राजनीतिक अवस्थिति । दक्षिणपन्थीहरु वा क्रान्तिकारीको खोल ओडेकाहरु अब… Continue reading

दर्शनलाई नेपाली दिदीको दह्रो आरोप

Posted on February 4, 2013February 6, 2013 by Salokya

अमेरिकामा थुप्रै नेपाली मूलका मानिस बसोबास गर्छन्। तर दर्शन रौनियारको एउटा छुट्टै पहिचान छ। गत वर्ष अमेरिकी संसद (कङ्ग्रेस)को लागि उम्मेदवारी घोषणा गरेपछि उनको चर्चा अमेरिकामा मात्र हैन, विश्वभरका नेपालीमाझ भयो। राष्ट्रपति बाराक ओबामाको सत्तारुढ डेमोक्रेटिक पार्टीबाट वासिङटन क्षेत्र नम्बर एकबाट उनले दिएको उम्मेदवारी सफल भएन। २ हजारभन्दा पनि कम मत ल्याएर उनी छैटौँ नम्बरमा… Continue reading

बेलायती प्रधानमन्त्रीलाई खुल्लापत्र

Posted on February 3, 2013February 3, 2013 by mysansar

-साक्षात सुशील- नमस्कार डेभिड क्यामेरुन ज्यु, तपाईंले बुझ्ने तपाई कै भाषा भन्दा, मैले बुझ्ने मेरै भाषामा खुल्ला पत्र लेख्दै छु। आवश्यक देखिएको खण्डमा यही पत्रलाई अङ्ग्रेजी भाषामा उल्था गरेर तपाईको टेबलमा पुग्ला भन्ने आशा लिएको छु। क्यामेरुन ज्यु, खै पत्रमा के के मात्र लेखौँ झैँ भएको छ। नेपाल-अङ्ग्रेज युद्धमा भएको अङ्ग्रेजी अमानवीय कार्यबाट सुरु गरौँ… Continue reading

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (३)

Posted on February 3, 2013January 26, 2013 by mysansar

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading

वेश्यासँग बिताएको एक साँझ

Posted on February 2, 2013 by mysansar

-प्रकाश आङदेम्बे- होटल प्याराडाइजको रूम नं. १५मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन् । म भने अलि बिसञ्चो भएको कारण गइनँ । यसौ भनौँ अल्छी लागेको कारण बिरामी भइ टोपलेँ र बसेँ । साथीहरूको नाम उल्लेख… Continue reading

माघ १९ सम्झनाः समाचार लेख्न नपाउँदा हातै काटिए जस्तै भो

Posted on February 1, 2013February 1, 2013 by mysansar

२०६१ माघ १९ मा राजाले कू गरेपछिको घटना कान्तिपुर टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भुवन केसी यसरी सम्झन्छन्- बिहान सुतिरहेको थिएँ, त्यतिबेला रेडियोबाट आज राजाबाट शाही घोषणा हुँदैछ भन्ने खबर सुने। त्यसपछि फेरि निदायछु । जाग्दा त शाही कदम घोषणा हुँदैछ भन्ने कुरा सपनाको हो कि विपना जस्तो पो भयो । त्यसपछि उठेँ । पत्रकारिताको एमएको परीक्षाको… Continue reading

माघ १९ : आसेपासेले डुबाए ज्ञानेन्द्रलाई

Posted on February 1, 2013February 1, 2013 by Salokya

आज माघ १९। वैकल्पिक सूचनाको स्रोतका रुपमा ब्लगहरु अगाडि आउन सक्नुको प्रमुख कारण यही दिन हो। त्यतिबेला अहिलेका जस्ता फेसबुक र ट्विटर थिएनन्। भएभरका मिडिया अफिसमा सेना छिरेका थिए। इन्टरनेट, मोबाइल र ल्यान्डलाइन फोन काटिएका थिए। प्रिपेड मोबाइल त तीन महिनासम्म पनि खुलेन। साह्रै रिस उठेको थियो त्यतिबेला। आज ८ वर्षपछि ती दिनलाई फर्केर हेर्दा… Continue reading

माघ १९ को सम्झना

Posted on February 1, 2013February 1, 2013 by Salokya

१९ माघ एकाबिहानै सञ्चार माध्यमका कार्यालयमा फ्याक्स आयो- श्री ५ बाट १० बजे महत्त्वपूर्ण सम्बोधन बक्स हुँदैछ। त्यतिबेला म च्यानल नेपालमा कार्यरत् थिएँ। आफ्नै टेलिभिजनले प्रसारण गरेको भए पनि भाषणमा के थियो, हामीलाई केही थाहा थिएन। सेनाले ल्याएको टेप मीनभवनस्थित केन्द्रबाट स्याटेलाइटमार्फत् प्रसारण हुँदै थियो, हामी यता शान्तिनगरस्थित कार्यालयको टेलिभिजन सेटमा बसेर हेर्दै थियौँ। त्यतिबेला… Continue reading

को-को हुन् सरकारबाट पैसा पाउने भाग्यमानीहरु ?

Posted on January 31, 2013January 31, 2013 by Salokya

यो आर्थिक वर्षमा सरकारले एक करोड १८ लाख २८ हजार ९ सय ८५ रुपियाँ बाँडेको छ। पुस महिनासम्ममा ५१ जना भाग्यमानीले सरकारी ढुकुटीबाट पैसा पाएका हुन्। अधिकांश रकम सचिवस्तरीय निर्णयबाट बाँडिएका हुन्। आर्थिक सहायता, क्षतिपूर्ति, औषधि उपचार, क्षतिपूर्ति जस्ता नाममा यी रकम बाँडिएका हुन्। क-कसले कति रकम पाएका छन् त ? आउनुस् हेरौँ विवरण-

मान्छेले स्वर्ग भन्ने गरेको के यही हो अमेरिका!

Posted on January 31, 2013January 31, 2013 by mysansar

-प्रदीप नेपाल- यहाँ वासिंगटनमा बसेको छ, कमाएको र खाएको छ अनि नेपालको बारेमा नचाहिंदो कचरपचर गरेको छ। जे गरेका छन् नेपालीले नेपालमा, त्यसको फल उनीहरुले बेहोरिरहेका छन्। त्यहाँ बेहोर्नुपर्छ भन्ने डरले अमेरिका भासिएका मानिसले बेकारमा किन पचास खालको टिप्पणी गर्नु हँ? फर्किएर नेपाल जाने, त्यहाँको ढुङ्गा माटोसँग खुरी खेल्ने पनि होइन, यहाँको गाडीमा सुइंकिएर अर्थ… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 260
  • 261
  • 262
  • 263
  • 264
  • 265
  • 266
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme