Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वेश्यासँग बिताएको एक साँझ

Posted on February 2, 2013 by mysansar

-प्रकाश आङदेम्बे- होटल प्याराडाइजको रूम नं. १५मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन् । म भने अलि बिसञ्चो भएको कारण गइनँ । यसौ भनौँ अल्छी लागेको कारण बिरामी भइ टोपलेँ र बसेँ । साथीहरूको नाम उल्लेख… Continue reading

माघ १९ सम्झनाः समाचार लेख्न नपाउँदा हातै काटिए जस्तै भो

Posted on February 1, 2013February 1, 2013 by mysansar

२०६१ माघ १९ मा राजाले कू गरेपछिको घटना कान्तिपुर टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भुवन केसी यसरी सम्झन्छन्- बिहान सुतिरहेको थिएँ, त्यतिबेला रेडियोबाट आज राजाबाट शाही घोषणा हुँदैछ भन्ने खबर सुने। त्यसपछि फेरि निदायछु । जाग्दा त शाही कदम घोषणा हुँदैछ भन्ने कुरा सपनाको हो कि विपना जस्तो पो भयो । त्यसपछि उठेँ । पत्रकारिताको एमएको परीक्षाको… Continue reading

माघ १९ : आसेपासेले डुबाए ज्ञानेन्द्रलाई

Posted on February 1, 2013February 1, 2013 by Salokya

आज माघ १९। वैकल्पिक सूचनाको स्रोतका रुपमा ब्लगहरु अगाडि आउन सक्नुको प्रमुख कारण यही दिन हो। त्यतिबेला अहिलेका जस्ता फेसबुक र ट्विटर थिएनन्। भएभरका मिडिया अफिसमा सेना छिरेका थिए। इन्टरनेट, मोबाइल र ल्यान्डलाइन फोन काटिएका थिए। प्रिपेड मोबाइल त तीन महिनासम्म पनि खुलेन। साह्रै रिस उठेको थियो त्यतिबेला। आज ८ वर्षपछि ती दिनलाई फर्केर हेर्दा… Continue reading

माघ १९ को सम्झना

Posted on February 1, 2013February 1, 2013 by Salokya

१९ माघ एकाबिहानै सञ्चार माध्यमका कार्यालयमा फ्याक्स आयो- श्री ५ बाट १० बजे महत्त्वपूर्ण सम्बोधन बक्स हुँदैछ। त्यतिबेला म च्यानल नेपालमा कार्यरत् थिएँ। आफ्नै टेलिभिजनले प्रसारण गरेको भए पनि भाषणमा के थियो, हामीलाई केही थाहा थिएन। सेनाले ल्याएको टेप मीनभवनस्थित केन्द्रबाट स्याटेलाइटमार्फत् प्रसारण हुँदै थियो, हामी यता शान्तिनगरस्थित कार्यालयको टेलिभिजन सेटमा बसेर हेर्दै थियौँ। त्यतिबेला… Continue reading

को-को हुन् सरकारबाट पैसा पाउने भाग्यमानीहरु ?

Posted on January 31, 2013January 31, 2013 by Salokya

यो आर्थिक वर्षमा सरकारले एक करोड १८ लाख २८ हजार ९ सय ८५ रुपियाँ बाँडेको छ। पुस महिनासम्ममा ५१ जना भाग्यमानीले सरकारी ढुकुटीबाट पैसा पाएका हुन्। अधिकांश रकम सचिवस्तरीय निर्णयबाट बाँडिएका हुन्। आर्थिक सहायता, क्षतिपूर्ति, औषधि उपचार, क्षतिपूर्ति जस्ता नाममा यी रकम बाँडिएका हुन्। क-कसले कति रकम पाएका छन् त ? आउनुस् हेरौँ विवरण-

मान्छेले स्वर्ग भन्ने गरेको के यही हो अमेरिका!

Posted on January 31, 2013January 31, 2013 by mysansar

-प्रदीप नेपाल- यहाँ वासिंगटनमा बसेको छ, कमाएको र खाएको छ अनि नेपालको बारेमा नचाहिंदो कचरपचर गरेको छ। जे गरेका छन् नेपालीले नेपालमा, त्यसको फल उनीहरुले बेहोरिरहेका छन्। त्यहाँ बेहोर्नुपर्छ भन्ने डरले अमेरिका भासिएका मानिसले बेकारमा किन पचास खालको टिप्पणी गर्नु हँ? फर्किएर नेपाल जाने, त्यहाँको ढुङ्गा माटोसँग खुरी खेल्ने पनि होइन, यहाँको गाडीमा सुइंकिएर अर्थ… Continue reading

जंगल जा ! हामी किन जाने तैँ जा !!

Posted on January 30, 2013January 30, 2013 by Salokya

मोरा जंगलबाट आएका हैनस् ? हामीले त ल्याएका हौँ। धम्की नदेऊ, हिम्मत छ भने फेरि जाऊ जंगल। हामी किन जंगल जाने ? हिम्मत भए तिमीहरु जाऊ न! कस्तो घटिया वादविवाद गरेको होला जस्तो लाग्छ है सुन्दा। यो कुनै काल्पनिक संवाद हैन। ठ्याक्कै यस्तै शैलिमा अहिले नेताहरुले भाषण गरिरहेका छन्। देशमा गर्नुपर्ने काम कति धेरै छन्।… Continue reading

आकाशमा के देखियो यो अनौठो ?

Posted on January 30, 2013January 30, 2013 by mysansar

– ओमप्रकाश नेपाली – मंगलबार बिहान पौने १२ बजे काठमाडौँको उत्तरी आकाशमा केही अनौठा वस्तुहरु देखिए। ती त्यति प्रष्ट त थिएनन् तर रेडियम कलरका थिए। सुरुमा त्यस्ता वस्तु चार वटा छरिएको अवस्थामा थिए। बिस्तारै ती एउटै लाइनमा आए। एकैछिनमा बिस्तारै दुई वटा अझै उचाइमा गए र अदृश्य भए। पछि अर्को दुई वटाले पनि माथि उचाइ… Continue reading

तीन वर्षमा १०१ शहीद, कति जनालाई चिन्नुहुन्छ?

Posted on January 29, 2013February 1, 2013 by Salokya

आज माघ १६। शहीद दिवस। सरकारी विदा। एक साताअघिदेखि देशमा शहीद सप्ताह मनाइँदैछ। आज अन्तिम दिन हो। यो राणा शासनको पतन भएपछि मनाइँदै आएको शहीद दिवस हो। दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिइएको दिन यसै साताभित्र पर्छ। नेपालमा यी चार मात्र शहीद पक्कै हैनन्। थुप्रै पुराना र नयाँ शहीद थपिएका छन्।… Continue reading

पत्रकारिताको बहस शुरु गरौँ

Posted on January 28, 2013 by mysansar

-शिरीश खरेल- चार/पाँच साल अगाडिको एउटा प्रसंग। त्रिभुवन बिश्वविद्यालयको एउटा कार्यक्रममा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई जान नदिन एमाले अखिलका विद्यार्थीले नाराबाजी गरे। तनावपूर्ण अवस्थामा एकजना माओवादी अखिलका कार्यकर्ता फुत्त निस्केर आन्दोलनकारीको प्रतिकार गर्न थाले। दिक्दार मानेका प्रहरीले ती कार्यकर्तालाई पछि हट्नुस् मात्रै भनेका थिए, तिनले घाँटीमा भिरेको कार्ड अगाडि तेर्स्याएर भने – म पत्रकार, किन पछि… Continue reading

कतारमा आजदेखि न्युनतम तलब २८ हजार+

Posted on January 28, 2013January 26, 2013 by mysansar

कतारमा जाने कामदारको न्युनतम तलब आजदेखि बढेको छ। सात दिनअघि राजपत्रमा प्रकाशित भएको सूचना अनुसार अदक्ष, अर्धदक्ष, दक्ष र उच्च दक्ष गरी चारै तहका कामदारको न्युनतम तलब आजदेखि बढेको हो। खाडीका अन्य देश साउदी अरब, युएई र कुवेतको न्युनतम तलब सरकारले यसअघि नै बढाइसकेको छ। कतारमा बढेको तलब अनुसार अदक्ष कामदारले न्युनतम तलब २८ हजार… Continue reading

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (२)

Posted on January 27, 2013January 27, 2013 by mysansar

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading

मनपरी विज्ञापन छाप्नेको अगाडि सरकार लाचार

Posted on January 27, 2013January 28, 2013 by Salokya

‘कान्तिपुर’ को शनिबारे अंकमा सरकारले पहिलो पेजमा नै एउटा रङ्गिन विज्ञापन छाप्यो। शीर्षकै छ- ‘अनधिकृत र अतिरञ्जनापूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण नगर्ने बारेको सूचना।’ श्रम तथा रोजगार मन्त्रालयको यो विज्ञापनमा ‘वैदेशिक रोजगारीसम्बन्धी सूचनाहरु आधिकारिकता पुष्टि बिना नै अनधिकृत रुपमा प्रकाशन तथा प्रसारण हुने गरेको’ भनिएको छ। अर्थात् मिडियाले जेपिटी (जे पायो त्यही) विज्ञापन छाप्ने गरेको… Continue reading

‘सीते’ – एक यथार्थ!

Posted on January 26, 2013January 26, 2013 by mysansar

-सुरेश ‘समान’- मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भनेको। हजुरामाले आस मार्नु भा छैन। ” कान त त्यो के जाती मेसिन आएपछी सुनुला, आँखा नि देख्न छोडे नाती” अस्ती भर्खर भन्नुभयो। “तैले के के सुन्छस, के के… Continue reading

चार दिन बन्द हुँदा नि कसैले वास्ता गरेन

Posted on January 25, 2013January 26, 2013 by Salokya

देशमा अहिले दुई वटा विषयमात्रै चर्चामा छ। पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण र दैलेख, जहाँबाट २२ पत्रकार विस्थापित भए त्यहाँका सबै पत्रपत्रिका र एफएम बन्द हुने गरी। अनि अर्को विषय- विपक्षीहरुको आन्दोलन। आजदेखि त्यो आन्दोलन राजधानीकेन्द्रितसमेत भएको छ। मिडियामा यही विषयमा समाचार छापिन्छन्। तात्तातो बहस यही विषयमा भइरहेका छन्। तर यही देशको पूर्वी भागको एउटा… Continue reading

सम्पति लुकाउनेको सार्वजनिक बेइज्जत, क-कसले लुकाए? आउनुस् कुरीकुरी गरौँ !

Posted on January 24, 2013January 25, 2013 by Salokya

सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफ्नो वा परिवारको नाममा रहेको सम्पति स्रोतसहित खुलाएर पेश गर्नुपर्ने कानुन छ। आर्थिक वर्ष सकिएको ६० दिनभित्र यो बुझाइसक्नुपर्छ। नबुझाए पाँच हजार रुपियाँ जरिवाना मात्र हैन, गैर कानुनी सम्पति रहेछ यिनीहरुको भन्ने अनुमानमा अनुसन्धानसमेत गर्न सकिन्छ। तर यसरी सम्पति विवरण नबुझाई सम्पति लुकाउनेहरुको संख्या भने आम्मामा कति धेरै ! उपप्रम नारायणकाजी… Continue reading

कर्णेल कुमार लामा छुटाउने प्रयास असफल

Posted on January 24, 2013January 24, 2013 by Salokya

बेलायतमा मानव अधिकार हननको अभियोगमा पक्राउ परेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामालाई छुटाउन नेपाल सरकारले गरेको कुटनीतिक तथा कानुनी पहल तत्कालका लागि असफल भएको छ। कुटनीतिक पहलका क्रममा बेलायती पदाधिकारीहरुले अदालती प्रक्रियामा गइसकेको विषयमा हस्तक्षेप गर्न नमिल्ने जवाफ दिएका थिए। धरौटीमा भए पनि छुटाउन सरकारले ५० हजार पाउन्ड (६८ लाख रुपियाँभन्दा बढी) को जोहो… Continue reading

दैलेखमा आ-आफ्नै दाउ

Posted on January 23, 2013January 24, 2013 by Salokya

आज दैलेखमा जे भयो, त्यो आउँदा दिनमा देशका अन्य भागमा हुनसक्ने दृश्यको झल्को हो। दैलेख अब पत्रकार डेकेन्द्र थापालाई जिउँदै पुर्ने अपराधीहरुविरुद्ध न्याय खोज्ने ठाउँमात्र हैन, यही घटनाको आडमा सत्तारोहण गर्न र्‍याल चुहाउने विपक्षीहरु र आफ्नो भाग लुट्न आउने डरले विपक्षीलाई पेल्नुपर्छ भन्ने सरकारपक्षीयहरुको चेपुवामा परिसकेको छ। विपक्षीहरुले सरकार ढाल्ने सडक आन्दोलनको सुरुवात दैलेखबाट गर्नु… Continue reading

होसियार ! साउदी प्रहरीबाटै लुटिएला !

Posted on January 23, 2013January 23, 2013 by mysansar

-विष्णु बैकुण्ठे, साउदी अरब- प्रहरी भन्ने बित्तिकै राष्ट्रिय ढिकुटीको नून खाएर जनतालाई पहरा दिने जनसेवी व्यक्तिलाई बुझिन्छ । देशमा सत्य सेवालाई सुरक्षित राख्न अथवा विद्रोह वा अशान्तिलाई टाढै राखी देशमा समानताको अवसर श्रृजना गर्न अनवरत रूपमा लागिपरेका राष्ट्रसेवकलाई प्रहरीको दर्जा दिइएको छ । यस किसिमको उपमा वा दर्ज्यानी पाएका सेवकहरूलाई नेपालमा मात्र नभएर विश्वमा नै… Continue reading

कसले यी मूर्ति चोरेर अमेरिका पुर्‍यायो?

Posted on January 21, 2013January 22, 2013 by Salokya

तपाईँले छेउमा देखिरहनुभएको मूर्ति वज्रपाणीको हो। काठमाडौँ उपत्यकाका अज्ञात कलाकारले यसलाई १० औँ शताब्दीको अन्त्यदेखि ११ औँ शताब्दीको सुरुवाती वर्षताकाको बीचमा बनाएको विश्वास गरिएको छ। तर यो मूर्ति अहिले काठमाडौँमा छैन। अमेरिकाको कुन चाहिँ धनाढ्यको निजी संग्रहमा यो कला सजिएको छ। यी र यस्ता काठमाडौँ उपत्यकाका नेवार कलाकारहरुले बनाएका प्राचीन सम्पदारुपी कलाहरुको प्रदर्शनी अहिले अमेरिकाको… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 260
  • 261
  • 262
  • 263
  • 264
  • 265
  • 266
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme