Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सबको आँखा एमालेमा, रेग्मीको नेतृत्व लगभग निश्चित

Posted on February 15, 2013February 16, 2013 by Salokya

अपडेट (फेब्रुअरी १६): प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने अनौपचारिक सहमति दलहरुबीच भइसकेको र त्यसलाई शुक्रबार औपचारिकता दिइने भनिएको थियो। शुक्रबार दिनभर भाइको बिहेमा व्यस्त हुनुपरेको कारण देशमा के भइरहेको छ केही पनि थाहा भएन। आज बिहान यसो समाचार हेर्दा त कुरा जहाँको तहीँ रहेछ। एमाले केन्द्रीय समितिको बैठकले केही निर्णय गर्न नसकेका कारण शुक्रबारको चार… Continue reading

खिलराज रेग्मी बन्लान् त ?

Posted on February 14, 2013February 14, 2013 by Salokya

माओवादीको प्रस्ताव अनुसार प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी परिषद् बन्न संभव छ कि छैन ? आज नेपाली कांग्रेसले औपचारिक निर्णय गरेर एउटा दिशा लिएको छ। एमाले केन्द्रीय कमिटीको औपचारिक निर्णय आउन बाँकी छ। त्यसो त टाउके नेताहरुले अस्ति नै यो विषयमा सहमति गरिसकेको भनिए पनि पार्टीहरुबीच आन्तरिक छलफलका क्रममा विरोधका आवाज उठेपछि तत्काल सहमति… Continue reading

किन पछि हट्न बाध्य भयो सरकार?

Posted on February 13, 2013February 13, 2013 by Salokya

इतिहासमै कुनै सरकारले गर्न सकेको एक सिलिन्डरमा ६३० रुपियाँको मूल्यवृद्धि गरी क्रान्तिकारी छलाङ लगाएको सरकार २४ घण्टा पनि नबित्दै पछि हट्न बाध्य भयो। एकैछिन अघिसम्म मूल्यवृद्धिले सर्वसाधारण उपभोक्तालाई असर पर्दैन भनी ट्विट गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईले आवश्यक पूर्व तयारी नभएकोले अर्को व्यवस्था नभएसम्म यो दोहोरो मूल्य स्थगित भएको ट्विट गर्न पुगे। आखिर किन? वास्तवमा यो… Continue reading

ग्यासको भाउमा रु ६३० को ‘क्रान्तिकारी छलाङ’

Posted on February 12, 2013February 13, 2013 by Salokya

अपडेटः चौतर्फी विरोधपछि सरकारले मूल्यवृद्धि तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ। बिहानैदेखि यसको विरोधमा विद्यार्थीहरु उत्रेपछि राजधानीका सडकहरुमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो। सहरी उपभोक्ताहरुको भान्सामा नभई नहुने वस्तु खाना पकाउने ग्यासको भाउमा सरकारले क्रान्तिकारी छलाङ मारिदिएको छ। सरकार फेर्ने कुरा चलिरहेको बेला झ्याप्प लाएर एकै सिलिन्डरमा ६३० रुपियाँ भाउ बढाइएको हो। यति धेरै रुपियाँले… Continue reading

प्रधानमन्त्री बिनाको निर्दलीय शासनमा सहमति खोज्दै

Posted on February 12, 2013February 12, 2013 by Salokya

अहिले दलहरुबीच लामो समयदेखि विद्यमान राजनीतिक संकटको हल खोज्ने विषयमा सहमति खोजिँदैछ। दलहरुले एकअर्कालाई नमान्ने भएपछि अहिलेको स्थिति कुकुरको झगडामा न्यायाधीश बन्ने बाँदरले रोटी उछिट्याएको सानैमा हजुरआमाले सुनाएको कथा जस्तै बन्ने देखिएको छ। याद होला नि तपाईँहरुलाई पनि त्यो कथा- दुई कुकुरले एउटा रोटी भेट्टाउँछन्। रोटी बराबरी भाग लगाउने विषयमा कुरा नमिल्दा उनीहरु न्याय खोज्न… Continue reading

अस्ट्रेलियामा देखिएको नेपाली ‘वीरता’

Posted on February 11, 2013February 11, 2013 by Salokya

वीरताको चिनो, वीरको सन्तान…लगायत नेपाली वीरताका गीतहरु थुप्रै छन्। शायद् यस्तै गीत सुनेर रगत उम्लिएका एक नेपाली विद्यार्थीले पराई भूमिमा उल्टो खालको वीरता देखाउँदा आफै संकटमा परेका छन्। माथि फोटोमा देखिएका ‘वीर’को नाम सञ्जय पन्त हो। गएको हप्ता उनले सिड्नीको पार्क भ्यु होटलमा देखाएको तान्डव हो यो। र, यसलाई होटलको सिसिटिभीले खिचेको हो। कम्ता उपद्रो… Continue reading

धत् फटाहा माओवादी ! खै लाज ?

Posted on February 10, 2013February 11, 2013 by Salokya

देशमा राजनीतिक अन्यौल त छ नै, त्यसमाथि नेताहरुले जे बोल्दिँदा पनि हुने भएको छ। नेताहरु घरी एकथोक बोल्छन्, घरी त्यसैलाई खण्डन गर्छन् वा जोक गरेको भनेर उडाउँछन्। बोलीको टुङ्गो नै नभएका यस्ता नेताहरुलाई हामीले झेल्नुपरिरहेको छ। हिजैमात्र हेर्नुस् न, माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग शीर्ष नेताहरुको वार्तापछि शितल निवासबाट बाहिर निस्कँदा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने… Continue reading

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (४)

Posted on February 10, 2013January 26, 2013 by mysansar

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading

दुबईमा नेपालीलाई यौन दुर्व्यवहारको आरोप

Posted on February 10, 2013February 10, 2013 by mysansar

महिला हिंसासम्बन्धी खबरहरु देशका विभिन्न भागबाट लगातार आइरहेकै बेला विदेशबाट पनि त्यस्तै एउटा खबर आएको छ। दुबईबाट आएको यो खबरमा यौन दुर्व्यवहार त्यहाँ पुगेका एक नेपाली कामदारले गरेको आरोप लगाइएको छ। आरोप लगाउने युवती भने फिलिपिनो हुन्। ‘गल्फ न्युज’ले जनाए अनुसार २२ वर्षकी फिलिपिनोले आफू काम गर्ने रेस्टुरेन्टमा ३३ वर्षका नेपाली कुकले फकाउने, ठाउँकुठाउँ समात्ने… Continue reading

कथाः रुप

Posted on February 9, 2013February 10, 2013 by mysansar

– प्रकाश अविनाश श्रीमान्, विगत दुई महिनादेखि फोन सम्पर्क र मेल पनि नगरी बसेपछि आज अचानक मेरो यो पत्र पाउँदा आश्चर्यमा अवश्य पर्नुभयो होला। के गर्ने ? अवस्था त्यस्तै भएर हो। कुरालाई धेरै नलम्ब्याइकन भन्नुपर्दा म जोसँग यहाँ आएकी थिएँ, उसको भाइको छोराले मलाई मन परायो र रहँदा बस्दा मैले पनि मन पराएँ। विगत दुई… Continue reading

बाबुरामले सरकार छाड्ने? नचिताउनुस्

Posted on February 8, 2013 by mysansar

माओवादीले महाधिवेशनपछि नयाँ फर्मूला ल्याएर चुनावी सरकार बनाउन आफूले सत्ता छाड्छन् भन्ने धेरैले सोचेका थिए। त्यहाँमाथि प्रचण्डले महाधिवेशनको उदघाटनमै अब कांग्रेस र एमालेले अस्वीकार गर्नै नसक्ने सहमतिको नयाँ फर्मूला ल्याउने भनेपछि सबैले के होला त्यस्तो भनेर अनुमान गर्न थालेका थिए। फर्मूला रहेछ बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने। विपक्षीहरुले आज गरेको आमसभामा त्यसको विरोध गरे। बाहिर-बाहिर सरकार… Continue reading

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर समस्या समाधान होला?

Posted on February 8, 2013 by mysansar

अहिले नेपालको राजनीतिमा विपक्षी सत्तापक्षको खेलौना भएको छ। सत्तामा रहेको माओवादीले एउटा प्रस्ताव फ्याँक्छ, विपक्षीहरु त्यसैमा प्रतिक्रिया जनाउँदै बस्छ। अहिले फेरि प्रचण्डले एउटा नयाँ प्रस्ताव फ्याँकेका छन्- बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावी नेतृत्वको सरकार बनाउने। आन्दोलनरत विपक्षी पार्टीहरुले यो प्रस्तावबारे पार्टी कै बैठक बसी संस्थागत निर्णय गर्न बाँकी छ। एक लाख उतार्ने भनिएको आजको काठमाडौँको… Continue reading

अँध्यारोमा काठमाडौँ

Posted on February 7, 2013February 7, 2013 by Salokya

देशका अरु भागसहित राजधानी काठमाडौँमा यतिखेर १२ घण्टे विद्युत कटौतिको तालिका छ। बत्ती गएको समय होस् या नगएको, काठमाडौँका सडकमा बत्ती नबलेको जुग भइसक्यो। धेरै भइसक्यो गुड्ने गाडीका हेडलाइटको सहाराले सडकहरु उज्यालिएको। सन् १९८७ मा काठमाडौँमा सार्क शिखर सम्मेलन हुनुअघि काठमाडौँका अधिकांश मुख्य सडकहरुमा बत्तीको व्यवस्था गरिएको थियो। त्यतिबेला दिउँसैजस्तै घाम लागेको झैँ अनुभव गरेका… Continue reading

दिवंगत पत्रकारलाई ‘क्रियाशील’ पत्रकारिता पुरस्कार

Posted on February 6, 2013February 6, 2013 by Salokya

माओवादीले जिउँदै गाडेका दैलेखका पत्रकार डेकेन्द्रराज थापा अहिले चर्चामा छन्। प्रायश्चित गर्न चाहन्छु भन्नेलाई पनि क्यास र ड्यास दुवै माओवादीदेखि प्रधानमन्त्री र महान्यायाधिवक्तासम्मले बचाउन चाहेर नाङ्गिएको संसारले देखेकै हो। यही कारण दैलेखमा भएको तनाव तपाईँ हामीहरुलाई थाहा नै छ। सामान्यतया मानिस मृत्युपछि सम्झनामा मात्र रहन्छ। तर डेकेन्द्रको मृत्युपछि पनि देशको राजनीतिक घटनाक्रमलाई नै क्रियाशील बनाइराखेकोले… Continue reading

दर्शन रौनियारको जवाफ – ‘तलब हैन, पकेट खर्च दिएको’

Posted on February 6, 2013February 6, 2013 by Salokya

एक नेपाली दिदी फूलामाया विष्टले अमेरिकी सांसद बन्न उम्मेदवारी दिएका दर्शन रौनियारमाथि लगाएका आरोपहरुको जवाफ आज उनले इमेलबाट दिएका छन्। ब्लग छापिएको दुई दिनपछि उनले स्पष्टिकरण पठाएका हुन्। ब्लग छापिनुअघि पठाइएको इमेल स्पाममा गएकोले त्यतिबेला जवाफ पठाउन नसकेको उनको भनाई छ। ब्लग छापिएलगत्तै उनले विष्टलाई फोन गरी यो मामिलालाई नचर्काउन आग्रह गर्दै पासपोर्टसहितको कागजात छिट्टै… Continue reading

प्रचण्डको नजरमा विपक्षी ‘लिडर’ को ?

Posted on February 5, 2013February 5, 2013 by Salokya

भंग भइसकेको संविधान सभाको निर्वाचनले सबैभन्दा ठूलो दलको रुपमा ल्याएको एमाओवादीका अध्यक्ष प्रचण्डले विपक्षी नेता कसलाई मान्दा रहेछन् ? कांग्रेस सभापति सुशील कोइराला ? एमाले अध्यक्ष झलनाथ खनाल ? कांग्रेस नेताहरु रामचन्द्र पौडेल वा शेरबहादुर देउवा ? एमाले नेताहरु माधव नेपाल वा केपी ओली ? अहँ। तपाईँ अचम्म हुनुभयो होला। विपक्षी नेताहरु यिनै त हुन्… Continue reading

परिवर्तनको नेपाली मार्गदर्शन

Posted on February 4, 2013 by mysansar

-विक्रम नेपाली- नेपालको विशिष्ट भू-राजनीतिक अवस्था अनि रगतमा नै क्रान्तिकारी स्वभाव हुने आम नेपालीहरुको स्वभावले गर्दा यहाँ जति क्रान्तिकारी विचारधारा वा सिद्धान्त मौलाउछ त्यति नै समाजबादको खोक्रो आदर्श टिक्नै सक्दैन । दक्षिणपन्थीहरु झुल्किन्छन तर त्यो लामो समय टिक्नै सक्दैन, कारण – जनताको क्रान्तिकारी स्वभाव अनि विशिष्ट भू-राजनीतिक अवस्थिति । दक्षिणपन्थीहरु वा क्रान्तिकारीको खोल ओडेकाहरु अब… Continue reading

दर्शनलाई नेपाली दिदीको दह्रो आरोप

Posted on February 4, 2013February 6, 2013 by Salokya

अमेरिकामा थुप्रै नेपाली मूलका मानिस बसोबास गर्छन्। तर दर्शन रौनियारको एउटा छुट्टै पहिचान छ। गत वर्ष अमेरिकी संसद (कङ्ग्रेस)को लागि उम्मेदवारी घोषणा गरेपछि उनको चर्चा अमेरिकामा मात्र हैन, विश्वभरका नेपालीमाझ भयो। राष्ट्रपति बाराक ओबामाको सत्तारुढ डेमोक्रेटिक पार्टीबाट वासिङटन क्षेत्र नम्बर एकबाट उनले दिएको उम्मेदवारी सफल भएन। २ हजारभन्दा पनि कम मत ल्याएर उनी छैटौँ नम्बरमा… Continue reading

बेलायती प्रधानमन्त्रीलाई खुल्लापत्र

Posted on February 3, 2013February 3, 2013 by mysansar

-साक्षात सुशील- नमस्कार डेभिड क्यामेरुन ज्यु, तपाईंले बुझ्ने तपाई कै भाषा भन्दा, मैले बुझ्ने मेरै भाषामा खुल्ला पत्र लेख्दै छु। आवश्यक देखिएको खण्डमा यही पत्रलाई अङ्ग्रेजी भाषामा उल्था गरेर तपाईको टेबलमा पुग्ला भन्ने आशा लिएको छु। क्यामेरुन ज्यु, खै पत्रमा के के मात्र लेखौँ झैँ भएको छ। नेपाल-अङ्ग्रेज युद्धमा भएको अङ्ग्रेजी अमानवीय कार्यबाट सुरु गरौँ… Continue reading

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (३)

Posted on February 3, 2013January 26, 2013 by mysansar

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 259
  • 260
  • 261
  • 262
  • 263
  • 264
  • 265
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme