Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उहिले र अहिले

Posted on May 13, 2013May 13, 2013 by Salokya

५४ वर्ष इतिहासका लागि लामो समय हैन। तर यति वर्षमै पनि ठाउँ र मान्छे कति परिवर्तन भइसक्दो रहेछ। माथिका दुई फोटोले यस्तै अन्तर देखाउँछ। दुवै फोटो स्वयम्भु डाँडाबाट देखिएको काठमाडौँको हो।

लोकमानविरुद्ध दुवै बन्द असफल

Posted on May 12, 2013May 12, 2013 by Salokya

लोकमानसिंह कार्की जति खुशी अहिले कोही पनि छैनन् होला। आफूलाई देशको नम्बर वन भन्ने मिडियादेखि सोसल मिडियासम्म अनि नागरिक समाजका नम्बर वन नेताहरुले धुँवाधार विरोध गरे पनि अन्ततः उनले अख्तियार प्रमुखको नियुक्ति पाइहाले। त्यसको विरोधमा नेपाल बन्द गर्न भनी लागिपरेकाहरु समेत बन्द फिर्ता लिन बाध्य हुनपुगे। पुर्पुरोमा लेख्यो भन्दै डोकोमा दूध अड्दैन भन्ने उखानसमेत परिमार्जन… Continue reading

कथाः नियति

Posted on May 11, 2013May 11, 2013 by mysansar

-जलेश्वरी श्रेष्ठ- आज रामदेवीको मृत्यु भएको १३ दिन भयो। १३ दिनको पुण्यतिथिमा आफन्तहरु रामदेवीको घरमा जम्मा भए। श्राद्ध गर्ने ठाउँमा रामदेवीको ढकमक्क गहना लगाएको तरुनी हुँदाको फोटो राखिएको थियो। त्यस फोटोमा बास्ना आउने सेतो फूलको माला लगाइएको थियो। बलेको धूपको बास्ना चारैतिर फैलिरहेको थियो। त्यो फोटो रामदेवीका लोग्ने श्यामदासले भर्खर विवाह हुँदा आफूले दिएका भएभरका… Continue reading

विश्व रेकर्डमा नाम राख्ने न्युज २४ को हरिबिजोग, छैटौँ दिनसम्म पनि आन्दोलन जारी

Posted on May 10, 2013May 12, 2013 by mysansar

‘अब विश्वले चिन्नेछ नेपाल’ नाराका साथ रवि लामिछानेको ६२ घण्टा लामो टक शो प्रसारण गरी विश्व रेकर्ड राखेको न्युज २४ टेलिभिजनको अहिले हरिबिजोग भएको छ। महिनौँदेखि तलब नपाएपछि आन्दोलित बनेका पत्रकार र कर्मचारीहरु नियमित रिपोर्टिङमा गएका छैनन्। नियमित कार्यक्रम नै रद्द गरिएका छन्। व्यवस्थापनले अरु टिभीबाट भिजुअल सापटी मागेर प्रसारण गरिरहेको छ। ‘निरन्तर न्युजमा’ ट्यागलाइन… Continue reading

पतिका आठ प्रकार, तपाईँ कस्तो ?

Posted on May 10, 2013May 10, 2013 by mysansar

भगवान बुद्धले अनाथपिण्डिककी बुहारी सुजातालाई सत्मार्गमा ल्याउन पत्‍नीका सात प्रकार बारे वर्णन गरेको प्रसंगको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न।… Continue reading

बेरोजगारहरुको क्या दामी बाइक बाब्बै !

Posted on May 8, 2013May 9, 2013 by Salokya

संविधान सभा भंग भएर सभासदको जागिर खुस्केपछि पार्टी नीतिविपरीत बेरोजगार युवा संघ, नेपाल गठन गरी एनजिओकरण गरेको भन्दै वाइसिएल संयोजकबाट गलहत्याइएका चन्द्रबहादुर थापा ‘सागर’ले आजदेखि देशका प्रमुख हाइवेहरुमा अनिश्चितकालीन चक्काजाम गरेका छन्। देशैभरका लामो दुरीमा चल्ने सवारी साधन यसबाट प्रभावित भएका छन्। काठमाडौँमा नागढुंगा नाकाबाट कुनै पनि गाडी बाहिरिन र भित्रिन सकेन। हाइवेमा यात्रा गर्ने… Continue reading

रातारात बन्यो लोकमानलाई शपथ खुवाउने कार्यक्रम

Posted on May 8, 2013May 8, 2013 by Salokya

जतिसुकै विरोधका आवाज उठे पनि अख्तियार जस्तो विवादमा पर्नै नहुने भ्रष्टाचारीलाई कारबाही गर्ने संवैधानिक अंगका प्रमुखका रुपमा लोकमानसिंह कार्कीले शपथ लिएका छन् आज बिहान। लोकमानसिंह कार्कीले अख्तियार प्रमुखका रुपमा शपथ मात्रै खाएनन्, सदस्यका रुपमा केशव बराललाई समेत शपथ खुवाए आज। पूर्व एआइजी बराललाई माधव नेपाल सरकारले नियुक्त गरेको थियो। तर प्रमुख आयुक्त नभएपछि अदालतले आदेश… Continue reading

अब जागिर माग्न पनि हाइवे जाम

Posted on May 7, 2013May 7, 2013 by Salokya

गएको हप्ता एउटा मोटरसाइकलले बच्चालाई ठक्कर दिएपछि पृथ्वी हाइवे जाम भएको भोगेपछि लेखेको ब्लग पढ्नुभएको थियो। यो हप्तादेखि भने जागिर माग्दै हाइवे जामको खबर सुन्नुपर्नेछ। बेरोजगारलाई रोजगार चाहियो, नभए बेरोजगार भत्ता चाहियो भन्दै वैशाख २५ देखि मुख्य मुख्य हाइवेमा चक्काजाम गरिँदैछ। चक्काजामको व्यापक पोस्टरिङ गरिएको छ। चक्काजाम वैशाख २५ देखि भनिएको छ, केही घण्टाका लागि… Continue reading

वायुसेवा निगम, एयरबस र भविष्य

Posted on May 6, 2013 by mysansar

-हार्दिक गुरुङ- १७ नोभेम्बर २००९, दुबई एयरशो, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका तत्कालिन अध्यक्ष सुगतरत्न कंसाकारले यूरोपेली जहाज निर्माता एयरबससँग नयाँ जहाज किन्ने सम्झौता गर्दा म प्रसन्न भएको थिएँ। साढे दुई दशकपछि किन्न लागेका नयाँ विमानहरुको सम्झौता दुबई एयरशो जस्तो भब्य हवाई ब्यापारिक मेलामा सम्पन्न भएको र संसारभरिका हवाई मिडियामा पाएको चर्चाले त गौरवान्वित नै… Continue reading

क्रिकेटले दिएको खुशी

Posted on May 6, 2013May 6, 2013 by Salokya

राजनीति लगायत हरेक कुराले निराशा जन्माइरहेका बेला नेपालीहरु फेरि एक पटक खुशी हुने मौका पाएका छन्। यो खुसी फेरि पनि क्रिकेटले नै दिएको हो। नेपालले लगातार दोस्रो पटक आइसीसी विश्व लिग जितेको छ। पोहोर डिभिजन ४, यस पटक डिभिजन ३। यस पटकको विजय अलि नाटकीय थियो। सुरुका दुई खेलमा लगातार पराजय भोगेपछि नेपाली फ्यान निराश… Continue reading

लोकमान सिंह कार्की अख्तियार प्रमुख

Posted on May 5, 2013May 5, 2013 by Salokya

अन्ततः विवादको चुलीमा रहेका, राजाको शासन कालमा मुख्य सचिव पड्काएका लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन खिलराज रेग्मीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिश गरेको छ। संवैधानिक नियुक्तिको माओवादीको कोटामा रहेको यो भागमा प्रचण्डको इच्छाले लोकमान नियुक्त भएका हुन्। बीचमा दलहरुबीच नै विवाद आए पनि, एमालेले लोकमान नमान्ने भने पनि, सुशील कोइरालाले… Continue reading

पत्‍नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्‍नी कस्ती ?

Posted on May 5, 2013May 6, 2013 by mysansar

तपाईँलाई थाहा छ पत्‍नी कति किसिमका हुन्छन्? बौद्ध ग्रन्थमा पत्‍नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्‍नीहरुको बारेमा बयान गरेका हुन्। कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको… Continue reading

हाइवेका हामी ‘अपराधी’ यात्रु

Posted on May 4, 2013May 4, 2013 by Salokya

पोखराबाट काठमाडौँ फर्कँदै थियौँ। टुरिस्ट बस हुइँकिँदै थियो आफ्नो गतिमा। बिहानको नास्ता खाने बेला हुनहुन लागेको थियो। घच्याक्क बस रोकियो तनहुँको जामुनेमा। अगाडि केही अरु गाडी थिए। पछाडि पनि गाडीको लामो लाइन भइसकेको रहेछ। ‘जाम’ भो रे ! के भएको रहेछ भनेर बुझ्न गयौँ। सडकको बायाँ छेउमा एउटी बच्ची रोइरहेकी थिइन्। स्थानीय केहीले उसलाई सम्झाइरहेका… Continue reading

माकुनेको प्रचण्ड शल्यक्रिया

Posted on May 3, 2013May 3, 2013 by सूर्य खड्का

भनिन्छ अग्लो रुखलाई ज्यादै नै बतास लाग्छ। शारीरिक रुपमा औषत नेपाली उचाइका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सैद्धान्तिक वा राजनीतिक रुपमा देशमा कांग्रेस र एकीकृत माओवादीमात्रै प्रभावशाली रहेको र त्यस परिप्रेक्ष्यमा एमाले भन्ने पार्टीको अस्तित्व गौण रहेको सन्दर्भलाई उत्तेजनात्मक भाषण शैलीमा उजिल्ाएपछि प्रचण्ड गर्जन उपर निकै बतास लागेको छ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डको… Continue reading

गाउँ फर्कने दिन

Posted on May 3, 2013 by mysansar

-मनोज कार्की- भोजपुर। ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, ………… सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको घडी किनेथें, अलिक कम इरिटेशन होला भनेर। तैपनी आजकाल मलाई सबै भन्दा घ्रिणा लाग्ने केही छ भने त्यो तेही Alarm… Continue reading

कल्चरल फ्युजन र कन्फ्युजन

Posted on May 1, 2013May 2, 2013 by Salokya

१५ दिनमै दोस्रो पटक पोखरा। यो शहर दोस्रो घर हो मेरो लागि। यस पटक दिदीको बिहेका लागि आएको। बेहुली दिदी लिएर जन्ती काठमाडौँ फर्किसक्यो, हामी भने यतै छौँ। दिदी र भिनाजु दुवै एकै जातिको भए पनि स्थान भिन्नताका कारण संस्कृति फरक रहेछ। हरेक जातिको आ-आफ्नै संस्कृति र परम्परा भए पनि जुन ठाउँमा बसोबास गर्‍यो, त्यही… Continue reading

राष्ट्रिय झण्डाको उपयोग कि दुरुपयोग?

Posted on April 30, 2013 by mysansar

-मनीष दुवाडी- मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो। विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ। नेपाली विकिपिडियाका अनुसार विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन। झन्डाको स्वरूप त अहिलेको जस्तै थियो। तर मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउथे। सरकारी कार्यालयमै… Continue reading

सगरमाथामा ‘फाइट’

Posted on April 28, 2013 by mysansar

अहिले सगरमाथा चुचुरोमा जान हाम्री एक हिरोइन र हिरो तल्लीन छन्। ‘भिलेन’ गएका छैनन्। तर पनि पछिल्लो पटक आएको समाचारमा त सगरमाथामा ‘फाइट’ पो भएको भन्छ त। सगरमाथामा फाइट ? सुन्दा अचम्म लाग्छ। तर साँच्चै यस्तो भएको भन्छ हिमालीसन्चार। क-कसको फाइट पर्‍या रैछ त नि ? हाइ अल्टिच्युड वर्कर (आरोहीका लागि बाटो बनाउने शेर्पाहरु) र… Continue reading

किन भत्किए यी घर ?

Posted on April 28, 2013 by Salokya

फोटोका घरहरु ध्वस्त देखिएका छन्। नझुक्किनुस्, मनकामना केबल कार चढ्ने ठाउँनजिकै कुरिनटारका यी घरहरु भूकम्प वा विस्फोटका कारण यसरी भत्किएका हैनन्। कारण अर्कै छ।

अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने हो ? मंगल ग्रह जान दरखास्त हालिहाल्नुस् !

Posted on April 26, 2013April 26, 2013 by Salokya

यो हप्ताभरी हामीले हिरोइन निशा अधिकारी र हिरो अर्जुन कार्कीको सगरमाथा आरोहणमा उठेको विवाद बारे चर्चा गर्‍यौँ। सगरमाथामा राख्‍न बाँकी रेकर्ड धेरै छैनन्। बरु अन्तरिक्षमा अहिलेसम्म कोही नेपाली गएका छैनन्, त्यतातिर पो ट्राइ मार्ने हो कि! अहिले एकदमै मौका छ। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। त्यसका… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 253
  • 254
  • 255
  • 256
  • 257
  • 258
  • 259
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme