गएको हप्ता एउटा मोटरसाइकलले बच्चालाई ठक्कर दिएपछि पृथ्वी हाइवे जाम भएको भोगेपछि लेखेको ब्लग पढ्नुभएको थियो। यो हप्तादेखि भने जागिर माग्दै हाइवे जामको खबर सुन्नुपर्नेछ। बेरोजगारलाई रोजगार चाहियो, नभए बेरोजगार भत्ता चाहियो भन्दै वैशाख २५ देखि मुख्य मुख्य हाइवेमा चक्काजाम गरिँदैछ। चक्काजामको व्यापक पोस्टरिङ गरिएको छ। चक्काजाम वैशाख २५ देखि भनिएको छ, केही घण्टाका लागि… Continue reading
वायुसेवा निगम, एयरबस र भविष्य
-हार्दिक गुरुङ- १७ नोभेम्बर २००९, दुबई एयरशो, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका तत्कालिन अध्यक्ष सुगतरत्न कंसाकारले यूरोपेली जहाज निर्माता एयरबससँग नयाँ जहाज किन्ने सम्झौता गर्दा म प्रसन्न भएको थिएँ। साढे दुई दशकपछि किन्न लागेका नयाँ विमानहरुको सम्झौता दुबई एयरशो जस्तो भब्य हवाई ब्यापारिक मेलामा सम्पन्न भएको र संसारभरिका हवाई मिडियामा पाएको चर्चाले त गौरवान्वित नै… Continue reading
क्रिकेटले दिएको खुशी
राजनीति लगायत हरेक कुराले निराशा जन्माइरहेका बेला नेपालीहरु फेरि एक पटक खुशी हुने मौका पाएका छन्। यो खुसी फेरि पनि क्रिकेटले नै दिएको हो। नेपालले लगातार दोस्रो पटक आइसीसी विश्व लिग जितेको छ। पोहोर डिभिजन ४, यस पटक डिभिजन ३। यस पटकको विजय अलि नाटकीय थियो। सुरुका दुई खेलमा लगातार पराजय भोगेपछि नेपाली फ्यान निराश… Continue reading
लोकमान सिंह कार्की अख्तियार प्रमुख
अन्ततः विवादको चुलीमा रहेका, राजाको शासन कालमा मुख्य सचिव पड्काएका लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन खिलराज रेग्मीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिश गरेको छ। संवैधानिक नियुक्तिको माओवादीको कोटामा रहेको यो भागमा प्रचण्डको इच्छाले लोकमान नियुक्त भएका हुन्। बीचमा दलहरुबीच नै विवाद आए पनि, एमालेले लोकमान नमान्ने भने पनि, सुशील कोइरालाले… Continue reading
पत्नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्नी कस्ती ?
तपाईँलाई थाहा छ पत्नी कति किसिमका हुन्छन्? बौद्ध ग्रन्थमा पत्नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्नीहरुको बारेमा बयान गरेका हुन्। कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको… Continue reading
हाइवेका हामी ‘अपराधी’ यात्रु
पोखराबाट काठमाडौँ फर्कँदै थियौँ। टुरिस्ट बस हुइँकिँदै थियो आफ्नो गतिमा। बिहानको नास्ता खाने बेला हुनहुन लागेको थियो। घच्याक्क बस रोकियो तनहुँको जामुनेमा। अगाडि केही अरु गाडी थिए। पछाडि पनि गाडीको लामो लाइन भइसकेको रहेछ। ‘जाम’ भो रे ! के भएको रहेछ भनेर बुझ्न गयौँ। सडकको बायाँ छेउमा एउटी बच्ची रोइरहेकी थिइन्। स्थानीय केहीले उसलाई सम्झाइरहेका… Continue reading
माकुनेको प्रचण्ड शल्यक्रिया
भनिन्छ अग्लो रुखलाई ज्यादै नै बतास लाग्छ। शारीरिक रुपमा औषत नेपाली उचाइका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सैद्धान्तिक वा राजनीतिक रुपमा देशमा कांग्रेस र एकीकृत माओवादीमात्रै प्रभावशाली रहेको र त्यस परिप्रेक्ष्यमा एमाले भन्ने पार्टीको अस्तित्व गौण रहेको सन्दर्भलाई उत्तेजनात्मक भाषण शैलीमा उजिल्ाएपछि प्रचण्ड गर्जन उपर निकै बतास लागेको छ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डको… Continue reading
गाउँ फर्कने दिन
-मनोज कार्की- भोजपुर। ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, ………… सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको घडी किनेथें, अलिक कम इरिटेशन होला भनेर। तैपनी आजकाल मलाई सबै भन्दा घ्रिणा लाग्ने केही छ भने त्यो तेही Alarm… Continue reading
कल्चरल फ्युजन र कन्फ्युजन
१५ दिनमै दोस्रो पटक पोखरा। यो शहर दोस्रो घर हो मेरो लागि। यस पटक दिदीको बिहेका लागि आएको। बेहुली दिदी लिएर जन्ती काठमाडौँ फर्किसक्यो, हामी भने यतै छौँ। दिदी र भिनाजु दुवै एकै जातिको भए पनि स्थान भिन्नताका कारण संस्कृति फरक रहेछ। हरेक जातिको आ-आफ्नै संस्कृति र परम्परा भए पनि जुन ठाउँमा बसोबास गर्यो, त्यही… Continue reading
राष्ट्रिय झण्डाको उपयोग कि दुरुपयोग?
-मनीष दुवाडी- मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो। विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ। नेपाली विकिपिडियाका अनुसार विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन। झन्डाको स्वरूप त अहिलेको जस्तै थियो। तर मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउथे। सरकारी कार्यालयमै… Continue reading
सगरमाथामा ‘फाइट’
अहिले सगरमाथा चुचुरोमा जान हाम्री एक हिरोइन र हिरो तल्लीन छन्। ‘भिलेन’ गएका छैनन्। तर पनि पछिल्लो पटक आएको समाचारमा त सगरमाथामा ‘फाइट’ पो भएको भन्छ त। सगरमाथामा फाइट ? सुन्दा अचम्म लाग्छ। तर साँच्चै यस्तो भएको भन्छ हिमालीसन्चार। क-कसको फाइट पर्या रैछ त नि ? हाइ अल्टिच्युड वर्कर (आरोहीका लागि बाटो बनाउने शेर्पाहरु) र… Continue reading
किन भत्किए यी घर ?
फोटोका घरहरु ध्वस्त देखिएका छन्। नझुक्किनुस्, मनकामना केबल कार चढ्ने ठाउँनजिकै कुरिनटारका यी घरहरु भूकम्प वा विस्फोटका कारण यसरी भत्किएका हैनन्। कारण अर्कै छ।
अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने हो ? मंगल ग्रह जान दरखास्त हालिहाल्नुस् !
यो हप्ताभरी हामीले हिरोइन निशा अधिकारी र हिरो अर्जुन कार्कीको सगरमाथा आरोहणमा उठेको विवाद बारे चर्चा गर्यौँ। सगरमाथामा राख्न बाँकी रेकर्ड धेरै छैनन्। बरु अन्तरिक्षमा अहिलेसम्म कोही नेपाली गएका छैनन्, त्यतातिर पो ट्राइ मार्ने हो कि! अहिले एकदमै मौका छ। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। त्यसका… Continue reading
राष्ट्रपति रामवरण यादवबारे गजबको किताब
-राजु महर्जन- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबारे वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंहले लेखेको पुस्तकबारे ब्लग पाठकमाझ निकै ‘हिट’ भएपछि यो ब्लगको विषय जुटेको हो। उनै महोदयले करिब डेढ बर्षअघि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको पनि जीवनी लेखेका थिए। मैले Dr. Ram Baran Yadav: An Illustrious President शीर्षकको त्यो किताब पढेको छु र… Continue reading
न्युयोर्कमा सोलुखुम्बु
-शशांक लामा, न्युयोर्क- तपाईं के लिनुहुन्छ? सोल्जा(नुनको चिया),गुलियो चिया, कफी- रोजी रोजीको चियाहरु थियो। हातमा थर्मस बोकेर बसभित्र ओहोर दोहोर गरिरहेका महिलाहरु बक्खु, वाङ्जुक, पाङ्देन र गरगहनाले सजिएका थिए भने पुरुषहरु पनि बक्खु,तुतुङ र पाक्स्य टोपीमा ठाँटिएका थिए। फेब्रेवरी 21 आईतवार बिहान 7 बजेको समय न्युयोर्कस्थित ज्याक्शनहाइटको 69 street मा पार्क गरिराखेको greyhound बसभित्र दह्रो… Continue reading
निशाले सगरमाथा चढ्न पाउने, तर हैसियत ‘चिनियाँ टोलीको हेल्पर’ हुने
सगरमाथा चढ्न भनेर तामझामका साथ गएको तर अनुमति नलिएको खुलेपछि आधार शिविरमै अलपत्र परेको, फर्काउने भन्ने खबरबीच आज पर्यटन मन्त्रालयका ‘लेखापाल’लाई उद्धृत गर्दै आएको समाचारमा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई सरकारले सगरमाथा चढ्न नरोक्ने भएछ। पर्यटन मन्त्रालयका प्रवक्ता यो चुप बसेको बेला यो विषयमा बोल्ने अधिकारै नभएको ‘लेखापाल’को मुखबाट आएको (वा दिन लगाइएको)… Continue reading
नायिका निशा कसरी ठगिइन्? जुनिताको खुलासा- सगरमाथा आरोहणमा यसरी हुँदो रहेछ ठगी
नायिका निशा अधिकारीले काठमाडौँमा पत्रकार सम्मेलनै गरेर सगरमाथा आरोहण गर्ने जानकारी दिँदै त्यता लागिन्। त्यसो त उति नाम नसुनिएका नायक अर्जुन कार्की पनि सगरमाथा चढ्ने भन्दै उनीभन्दा अगाडि नै त्यता लागेका थिए। तर नाम र ग्ल्यामर अनि विजयकुमारको शब्दमा ‘भूँइतले बैँक’को कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गतको सहयोग समेत पाएका कारण निशाको चर्चा ज्यादा थियो। हिजो अचानक… Continue reading
आफ्नै बाइक/गाडीले ट्रायल दिन नपाइने
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनलाई लिने परीक्षा प्रणालीमा निकै ठूलो परिवर्तन गरेको छ। क्रान्तिकारी परिवर्तन भन्दा हुन्छ। मोटरसाइकल, स्कूटरको लाइसेन्स लिनलाई पहिला नागबेली आकारमा पाँच वटा डण्डी घुमाउनु पर्थ्यो। कुन चाहिँ विद्वानको बुद्धि हो कुन्नि, त्यस्तो नागबेली बाटो वास्तविक जीवनमा कहाँ हुन्छ कुन्नि- वर्षौँदेखि यस्तै ट्रायल हुँदै आउँदै थियो। त्यस्तो बाटो… Continue reading
बाई बाई अन्तरिम
प्रकृतिले एकातिर पठाइदिएको छ सुन्दर वसन्त ऋतु तर मध्य पहाड र तराईतिरको खडेरीले लिन छाडेको छैन निर्दोषको ज्यूधन खडेरी लम्बिए अनिकालको खतरा ज्यूँका त्यूँ नै छ। भीषण आगलागीको लहर र सुख्खापनको धिराम नलागने सधै चिसिइरहने सर्वोच्च शिखर सगरमाथाको देशमा झै सुनिनेछैन प्रदेशका फूदन्तिहरु अजवको गजव भएको छ देश नेपाल। बितेका आठ वर्ष खासगरी २०६२/०६३ को… Continue reading
कथा : नियति
– दीपा राई पुन/बोस्टन- समय चिप्लदै गइरहेछ-ओरालै ओरालो। समय उक्लदै गइरहेछ -उकालै उकालो। कहाँसम्म उक्लने हो ? प्रत्येक रिक्तताहरु भरिएकै छ हिजो,अस्ति,आज। केवल रिक्तताहरुमा रित्तो भरिएकै छ। आस्थाका भाषणहरु अनास्थाको वस्तीमा,बलिदानको इतिहासले मुखमा माड नलाग्दो रहेछ। जीवन भोगाइका खाटाहरुले दुख्ने मुटुलाई त दुख्छ। सपनाका साना पोकाहरु थाम्न नभ्याउँदै -बिपना विशाल पहाड भई उभिएको छ। ऊ… Continue reading