Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो फोटो त फिल्म सुटिङको दृश्य पो रहेछ

Posted on July 14, 2013July 14, 2013 by Salokya

पीजे क्लबले आयोजना गरेको यसपालिको नेपाल फोटो प्रतियोगिता २०६९ मा ‘न्युज’ विधामा जजहरुले अन्तिम चरणमा छानेको तर पुरस्कार नजितेका फोटोहरु हेर्दै गर्दा यो फोटोले एकदमै आकर्षित गरेको थियो मलाई। वाह, आन्दोलनकारी विद्यार्थीको आक्रोशलाई कति गज्जबले क्याप्चर गर्न फोटोग्राफर सफल भएको ! के खाएर हुनु, यो त एक्टिङ पो रहेछ। एउटा चाइनिज फिल्म ‘अप इन द… Continue reading

आदिकवि भानुभक्त आचार्यलाई चिठी (व्यङ्ग्य)

Posted on July 13, 2013July 13, 2013 by mysansar

-राजकुमार लामिछाने,हेटौंडा- आदरणीय कवि ज्यू साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना, मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक शरिरसंग प्रत्यक्ष भेट गर्न नपाएकोमा मलाई औधी दुःख लागी रहेको छ । कच्चा उमेरको बच्चादेखि… Continue reading

विदेश जानेको लर्को, रेमिट्यान्स त आयो तर त्यसैले रेट्यो देशको अर्थतन्त्र, समाज पनि बिग्रँदै

Posted on July 12, 2013July 13, 2013 by Salokya

आर्थिक सर्वेक्षण २०६९/७० ले नेपालमा रोजगारीको स्थिति भयावह भएको देखाएको छ। लामो समयदेखि देशमा कुनै नयाँ उद्योगधन्दा खुल्न सकेको छैन। न कुनै उल्लेख्य विदेशी लगानी नै आएको छ। अनि के गर्ने त ? काम खोज्न बाहिर देशमा जाने। ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि बाहिरिएका छन् र यो क्रम जारी छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको… Continue reading

धारामा थोपो पानी नझरे नि पैसा तिर्नैपर्छ

Posted on July 11, 2013July 11, 2013 by Salokya

जुन सुविधावापत् शुल्क तिर्नुपर्ने हो, त्यो दिँदै नदिए पछि त्यसको शुल्क तिर्नुपर्छ कि पर्दैन। सोझो हिसाबमा पर्दैन। तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले त धारामा थोपै पानी नझरेर धारै प्रयोग गर्न छाडेकालाई पनि अहिलेसम्म तिर्न बाँकी पैसा (मतलब न्युनतम महसूल) तिर्न आओ, नत्र भोलिपर्सि मेलम्ची आउँदा बदला लिन्छौँ भनेर धम्क्याएको यो विज्ञापन आजको गोरखापत्रमा पढ्दा… Continue reading

सुको नजितेका तर राम्रा फोटोहरु

Posted on July 11, 2013July 11, 2013 by Salokya

पीजे क्लबले आयोजना गरेको वार्षिक फोटो प्रतियोगिताका विभिन्न विधामा सर्वोत्कृष्ट हुनेहरुलाई हिजो उपराष्ट्रपति परमानन्द झाले पुरस्कार दिए। सहभागी साढे सात हजारभन्दा बढी फोटोहरुमध्येबाट निर्णायक चरणबाट छानिएका १ सय ५१ उत्कृष्ट फोटोको प्रदर्शनी हिजोदेखि काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यी फोटो हेर्न सकिन्छ। त्यहाँको हलमा झुण्ड्याइएका मध्ये… Continue reading

बिहे गरेर हिस्टेरिया ठीक हुन्छ त ?

Posted on July 11, 2013July 11, 2013 by mysansar

‘एउटी १५–१६ वर्षकी केटी एक्कासि लड्छिन्। उनको दात टम्म कसिएको हुन्छ। आखा चिम्लिएकी छिन् तर बेलाबेलामा हल्का झिमझिम भइरहेको हुन्छ। साथीहरू दौडेर आउछन्। कोही पानी खुवाउने कोसिस गर्छन् त कोही उनको हातखुट्टा चलाउछन्। मुख टम्म पारेकोले पानी खुवाउन गाह्रो हुन्छ र हातखुट्टा निकै कडा भएको भेटिन्छ …… केही मिनेटदेखि आधा एक घण्टा यही स्थिति हुन्छ,… Continue reading

के गाली खाइराख्‍नुभा नेताहरु, यसो (कू) तर्क गर्न नि सिक्नुपर्‍यो

Posted on July 10, 2013July 10, 2013 by Salokya

बहालवाला मन्त्री र पूर्व प्रधानमन्त्रीको मर्यादाक्रम एउटै हो भन्न पनि नजानेर गाली खाइरा’छन् नेताहरु भारतीय विदेश मन्त्री सलमान खुर्सिद नौ घण्टाका लागि नेपाल आउँदा उनी बसेको होटलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, झलनाथ खनाल र शेरबहादुर देउवा लाम लागेर ‘दर्शनभेट’ शैलिमा भेट्न गए। यही कुरालाई लिएर प्रोटोकललाई ध्यान नराखेको भन्दै नेताहरुलाई गाली गर्ने… Continue reading

आफूले खुबै दुःख पाएको ठान्नुभएको छ ? पेम्बासित आफूलाई दाँजी हेर्नुस् त (फोटो कथा)

Posted on July 9, 2013July 9, 2013 by mysansar

पिजे क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगितामा एक लाख जित्ने एउटा फोटो र हजारौँ रुपियाँको पुरस्कार जित्ने अनेकौँ फोटोहरु तपाईँले माइसंसारमा हेरिहाल्नुभयो। यी लगायत पुरस्कार नजितेका अन्य फोटोहरुको प्रदर्शनी बुधबारदेखि काठमाडौँको आर्ट काउन्सिलमा हुँदैछ। प्रतियोगिताको एउटा विधा फोटो कथा पनि थियो। फोटो कथाका लागि ९० वटा शीर्षकमा फोटोहरु सबमिट भएका थिए। ती मध्ये दोस्रो स्थान… Continue reading

भारतीय विदेशमन्त्री आउँदा वैद्य चीनतिर, प्रचण्ड नेपालतिर

Posted on July 9, 2013July 9, 2013 by Salokya

प्रधान न्यायाधीश खिलराज रेग्मीको चुनावी सरकारले भारत सरकारसँग गरेको आपत्तिजनक सम्झौतालाई सर्वोच्चले हालका लागि रोक्न आदेश दिएको छ। त्रिभुवन विमानस्थलको अध्यागमन प्रणाली आधुनिकिकरण गर्ने र लुम्बिनी र पशुपतिनगरस्थित नेपाली भूमिमा भारतीय इमिग्रेसनको चेक प्वाइन्ट राख्न दिने सहमति तत्काललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइएको हो। भोलिदेखि नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश मन्त्री सलमान खुर्सिदलाई न्यायाधीश… Continue reading

बिचरा हामी उपभोक्ता, ठगिएको ठगियै

Posted on July 8, 2013 by mysansar

-प्रेम शर्मा- सुनमा मिसावट गरेर ठग्न पाउनुपर्ने, निम्न गुणस्तरको पानी र निम्न गुणस्तरको दुध बेचेर ठग्न पाउनुपर्ने, ग्यासमा ठग्न पाउनु पर्ने, मिटर बिगारेर मनपरी ट्याक्सी भाडा उठाउन पाउनुपर्ने आदि उदाहरण हामीले देखिसकेका छौँ। उपभोक्तालाई यी मात्र हैन, पाएसम्म सबै ब्यबसायीहरु ठग्न खोज्ने रैछन् भन्ने लाग्न थालेको छ। कतिपय यति “लो प्रोफाइल” छन् कि, झट्ट सुन्दा… Continue reading

कार्टुन- सञ्जीव लम्साल

Posted on July 8, 2013 by mysansar

कुकुर, लाटोकोसेरोदेखि बोका र ढालसम्म चुनाव चिह्न

Posted on July 7, 2013July 7, 2013 by Salokya

सरकारले तोकेको समयमा भए पनि नभए पनि अब चुनाव ढिलोचाँडो हुने नै छ। निर्वाचन आयोगको तयारी चलिरहेको छ। एक जुगमा दुई पटक आउने संविधान सभाको चुनावमा यसपालि अलि अर्कै किसिमको अप्ठेरो परेको छ। पहिलो निर्वाचनमा ७५ दल दर्ता भएका थिए तर जम्मा ५४ दलले मात्रै निर्वाचनमा सहभागी भए। यस पटक संविधान सभा सदस्य बन्न पाए… Continue reading

अमेरिकामा नेपाली विद्यार्थीहरुको मुद्दा के भइरहेको छ?

Posted on July 6, 2013July 7, 2013 by mysansar

-ए. बी. भण्डारी- • सोमबार राजदूत डा. शंकरप्रसाद शर्मासँग कुराकानी गर्ने समय लिएका छौँ। दुई जना धरौटीमा रिहा भइसकेका छन्। बाँकीको सुनुवाई सोमबार हुँदैछ। • हामीलाई अहिले लागेको मुख्य चिन्ता भनेको यदि यो मुद्दामा हामीले हार्ने अवस्था भयो र यो उनीहरूले नजिरका रूपमा लिन पाए भने अमेरिका भरि छरिएर रहेका धेरै नेपाली विद्यार्थी साथीहरूलाई भविष्यमा… Continue reading

कथाः सत्तारुढ नग्नता

Posted on July 6, 2013July 6, 2013 by mysansar

– राजेश नतांश – बिहानै अस्कर वाइल्डको उपन्यास ‘द पिक्चर अफ डोरियन ग्रे’लाई पुनः पाठ गर्दै थिएँ। मानिसको सम्बन्ध र त्यसका प्रभावले व्यक्तिको जीवनमा के कस्तो परिवर्तन आउँछ भन्ने शोधमा लागेको थिएँ। त्यो भन्दा बढी मलाई लर्ड हेनरीको सिद्धान्तमा डोरियन ग्रे आफूलाई कसरी समाहित गर्छ अनि उसका दैत्य स्वभावबारे मलाई खुलस्त हुनुथियो। विद्यार्थीहरुलाई उपन्यासको भावभङि्गमा… Continue reading

तीन अर्बको लगानीमा ठमेलभित्रको ठमेल बनाउने रे

Posted on July 6, 2013July 6, 2013 by mysansar

अस्ति क्युएफएक्स हलमा फिल्म हेर्न जाँदा एउटा विज्ञापन देखेको थिएँ- ठमेलभित्र ठमेल बन्दै भन्दै। नेपालकै ठूलो सपिङ कम्प्लेक्स बन्दै गरेको दावी विज्ञापनमा थियो। के रैछ भनेर बुझ्दा थाहा भयो- यो सात व्यवसायीको संयुक्त लगानीमा बन्न लागेको छायाँ कम्प्लेक्स रहेछ। नेपाल इन्भेस्टमेन्ट बैँकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुमन पान्डे, महेश्वर श्रेष्ठ… Continue reading

फेरि ११ महिने पात्रोको चर्चा

Posted on July 5, 2013July 5, 2013 by mysansar

वर्षमा १२ महिना हुन्छ र ३६५ दिन। हरेक चार वर्षमा एक दिन थपेर ३६६ दिन हुने कुरा पनि सामान्य नै हो। तर वर्षमा ११ महिना ? एक महिना पूरै गायब ! कस्तो होला ? नेपालमा पर्व सुधार गर्न ०६३ मंसिर ८ गते मन्त्रिपरिषद्ले गठन गरेको कार्यदलले सरकारलाई ०६६ को चैत हटाई ११ महिनाको वर्ष लागू… Continue reading

मनाङमा पनि सडक विस्तार

Posted on July 5, 2013July 5, 2013 by Salokya

अहिले सडक विस्तारको लहर चलेको छ। काठमाडौँका विभिन्न भागमा मापदण्डविपरीत बनेका घरटहराहरु भत्काइँदैछन्। गएको महिना मनाङ पुग्दा त्यहाँ पनि सडक वि‌स्तार देख्न पाइयो। हुनत बेसिसहर-चामे सडकमा औपचारिक रुपमा गाडी गुड्‌न थालेको गएको मंसिरमा त हो। तर पनि यो दानाक्यु भन्ने ठाउँमा होटल सञ्चालकले आफै सडक साँघुरो भएको महसूस गरी आफ्नो पर्खाल आफ्नै खर्चमा भत्काएका रहेछन्।

हजुरबालाई लभलेटर

Posted on July 5, 2013 by mysansar

– सुरेश ‘समान’- केही अघि माइसंसारमा हजुरबाको लभलेटर पढिहाल्नुभएको होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। त्यही लभलेटरको जवाफ आज। प्रेमप्रसाद मिश्र जी, तपाईंको पत्र पाएँ। मेरो चिन्ता लिने नि कोही रहेछ – खुशी लाग्यो। बच्चुले सबै पढेर सुनाए। एकफेर पढेर धित मरेन, दोहोर्‍याएर पढ्न लाएँ। साह्रै जाती मान्छे रै’छन, झर्को नमानी पढेर सुनाए ! मैले… Continue reading

अमेरिकाका सडकछाप गरिबहरु (फोटो स्टोरी)

Posted on July 4, 2013July 4, 2013 by mysansar

आर्थिक र भौतिक विकासका लागि विश्वकै मोडेल मानिएको अमेरिकाले यही जुलाई ४ मा ३३७ औं स्वतन्त्रता दिवस मनाउँदैछ। केही अपवाद बाहेक विश्वभरका देश र जनताले अमेरिकी पूँजिवादी अर्थतन्त्र, बहुलवादी समाज र व्यक्तिगत स्वतन्त्रता जस्ता कुरालाई पछ्याएका छन्, अमेरिकी संस्कृतिको ग्लोबलाइजेसनलाई स्वागत गरेकै छन्। ‘मोडेल’ र ‘लिडर’ भएपनि अमरिकी समाज र अर्थतन्त्र दोषमुक्त भने छैन। यहाँ… Continue reading

नौ नेपाली विद्यार्थीलाई अमेरिकामा भिसा फ्रड मुद्दा

Posted on July 4, 2013July 4, 2013 by mysansar

बैँक ब्यालेन्स देखाउने धन्दा नेपालमा खुबै फस्टाएको छ। नाम चलेका बैँकका जिम्मेवार मानिसहरु नै कमिसन खाएर यो धन्दामा छन्। अझ पत्रपत्रिकामा यस्तो कामको विज्ञापनसमेत छापिन्छ। त्यसैले नेपालमा अर्काको पैसा लिएर बैँक ब्यालेन्स देखाउनु खासै अपराधको विषय हैन जस्तो लाग्छ। तर जब यस्तै काम अमेरिकामा हुन्छ, तब दिनदशा बिग्रन्छ। अमेरिकामा नौ जना नेपाली विद्यार्थीलाई अहिले त्यस्तै… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 251
  • 252
  • 253
  • 254
  • 255
  • 256
  • 257
  • …
  • 284
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme