एमाओवादीले माघमा हेटौँडामा तामझामका साथ गरेको महाधिवेशनले उत्पादनको कार्यनीति ल्याएको चर्चाले सगरमाथाको उचाइलाई नै चुनौति देला जस्तो थियो। उत्पादन र निर्माणको ब्युरो बनाएर देशको आर्थिक विकासमा लाग्ने हल्लाबाजी क्या रमाइलो थियो। आज छ महिनापछि फर्केर हेर्दा माओवादीले यो बीचमा के के उत्पादन गर्यो त ? किन गरेन ? ‘विवाद’ त उत्पादन गर्यो नि। सबै उत्पादनमा… Continue reading
कथाः एउटा बिछोड यस्तो पनि…
-झलक पौडेल- मैले फेरि निद्रामा बोनितालाई भेटेँ। रातको दश बजेर सोह्र मिनेट। चन्द्रमाको डिलमा बसेर पृथ्वीतिर खुट्टा झुन्डाउँदै मैलै नारायण गोपालको गीत गाइरहेको थिएँ। ‘प्रियसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ…’ एक्कासी पछाडिबाट बोनिताले मेरा आँखाहरु छोपी। ‘को हो ?’, मैले नचिनेजस्तो गरेँ। तर बोनितालाई नचिन्ने कुरै थिएन। म उसका बास्नाहरुसँग परिचित छु।… Continue reading
आखिर किन बन्द भयो र कसरी फेरि खुल्यो डिस होम ?
बिना कुनै पूर्व जानकारी अकस्मात् बुधबारदेखि नेपालको एक मात्र डिटिएच कम्पनी डिस होमको प्रसारण बन्द भएपछि गाउँघरमा रुवाबासी जस्तै थियो। दुःखजिलो गरी कमाएको पैसाले मनोरञ्जन गर्न जेनतेन छाता ठड्याएका उनीहरु किन प्रसारण बन्द भयो थाहा पाउँदैनन्, के गर्नुपर्छ भन्ने पनि थाहा छैन। डिसहोमले अब अर्कै स्याटेलाइटबाट प्रसारण गर्ने भएकोले छाता मिलाउनु पर्छ, हाम्रा प्राविधिकहरुले घरैमा… Continue reading
निशा गाइडको हैसियतले सगरमाथा चढेको पुष्टि
नेपाल सरकारलाई तिर्नुपर्ने सलामी (रोयल्टी) छल्न नायिका निशा अधिकारीले गाइडको हैसियतमा सगरमाथा चढेको पुष्टि भएको छ। शुक्रबार निशा आफैले फेसबुकमा राखेको प्रमाणपत्रमा स्पष्ट उल्लेख छ- उनको हैसियत ‘चिनियाँ पर्वतारोहण दलको गाइड’ हो। पहिलो पटक सगरमाथा चढ्दै गरेकी निशा आफैलाई त अरुले ‘गाइड’ गर्नुपर्यो होला, उनले के गाइड गरी होलिन्। सगरमाथा चढ्नु ख्यालख्यालको काम हैन, यसमा… Continue reading
गोजी छामेर केबलकार चढ्नुस्
नेपालको पहिलो केबल कार सेवा कम्पनी मनकामना दर्शन प्रा. लिले मनकामना केबल कारको टिकट शुल्क साउन १ गतेदेखि सय रुपियाँ बढाएको छ। अब केबल कारबाट मनकामना पुग्न नेपाली र भारतीयलाई ५ सय ७५ रुपियाँ लाग्नेछ। यो दुईतर्फी भाडा हो। जानेमात्र वा आउनेमात्र भए ३ सय ४५ रुपियाँ लाग्नेछ। बालबालिकालाई ३ सय ५०, विद्यार्थीलाई ४३० र… Continue reading
हैन, के खाले म्यानेजमेन्ट गर्छौँ हामी हँ?
नेपाली आकाशमा नौलो परिवर्तन गर्ने जस्ता ठूल्ठूला कुरा खोकेर तामझामका साथ सुरु भएको बीबी एयरवेजको सञ्चालन अनुमति खारेज भएको छ। नौलो परिवर्तन गर्न नपाउँदै तीन महिनामै यो आकाशमै बिलाउन पुगेको छ। योसँगै लगानीकर्ताको केही अर्ब रुपियाँ पनि झ्वाम् भएको छ। ध्वजावाहकको बिजोग भइरहेको स्थितिमा यो एयरवेज आउने समाचार आउँदा नै शंका लागेको थियो- इन्टरन्यासनल एयरवेजको… Continue reading
हामीसँग नलिने को छ र?
पर्साका व्यापारी किन भूमिगत हुन बाध्य रहेछन् -उमेश पोखरेल- देशमा दश वर्षको द्वन्द्व सकियो। अब शान्तिको पथमा लम्कँदै भनिएको छ। मिडियाले शान्ति निर्माणमा कत्तिको योगदान गरेका छन् वा मिडियाबाट गएको सन्देशले आम जनसमुदायमा कत्तिको सुरक्षित वा त्रस्त महसुस गराएको छ ? योबारे अध्ययन गर्नु थियो। अध्ययनको एक प्रमुख पाटोमा संचारमाध्यमको कारण उद्योगी व्यापारीहरुले कत्तिको सुरक्षित… Continue reading
डिस होमले दियो दुःख
परम्परागत केबल टिभीको राज रहेको सहरबजारमा टेलिभिजन प्रसारणको नयाँ प्रविधि डिटिएच खासै लोकप्रिय नभए पनि ग्रामीण भेगतिर यो निकै चलिसकेको रहेछ। माथिको फोटो मनाङको हो। मनाङको दुर्गम ठाउँमा रहेका घरहरुमा समेत डिस होमका छाता ठडिएको देख्दा छक्क परेको थिएँ। हिजोदेखि डिस होममा एउटा च्यानल पनि नआउने भएपछि बिचराहरुलाई कति पीडा भयो होला! देशभरका दुई लाखभन्दा… Continue reading
कसको तलब कति ?
नयाँ बजेटपछि देशका भिआइपीहरु र सरकारी कर्मचारीको मासिक तलब बढेर कसको कति भएको छ त?
अब तपाईँको पालोः चुनावपछि को एक नम्बर होला?
चुनाव हुने हो कि हैन, शंका अझै भइरहेको बेला मिडियाले भने चुनावपछि यो दल एक नम्बर हुन्छ भन्न थालिसकेको छ। आज मिडियामा चुनावपछि कांग्रेस एक नम्बर, एमाले दुई नम्बर र माओवादी तीन नम्बरमा आउने खबरले तलका सबै कांग्रेसजन मात्र हैन, माथिका वीपी र जीपी कोइरालासमेत हर्षित भएको हुनुपर्छ। ‘अन्तर्राष्ट्रिय संस्था’ ले ३ हजार ८५० जनामा… Continue reading
मतदाताभन्दा मत बढी ल्याउने ‘महान’ नेता
अघिल्लो संविधान सभा निर्वाचनमा बाबुराम भट्टराईले देशभरका अरु ६ सय सभासद्मध्ये सबैभन्दा बढी मत ल्याएर विजयी हुने रेकर्ड राखेका थिए। यस पटक भने उनी कूल मतदाताभन्दा बढी मत ल्याउने महान् नेताको रुपमा अर्को रेकर्ड राख्न सफल भएका छन्। हालै उपाध्यक्ष पद त्यागेर त्यागको अर्को महान् नमूना देखाएर वरिष्ठ नेतामा बढुवा भएका भट्टराईले आफूले ल्याएको मतभन्दा… Continue reading
प्राचीन कालमा विमान ! पत्याउनु भएन ?
राइट ब्रदर्सले ११० वर्षअघि अमेरिकामा विमान उडाउनुभन्दा धेरैअघि पूर्वीय सभ्यताले विमान उडाइसकेको थियो। महर्षि भारद्वाजले आजभन्दा २४०० वर्ष अगाडि लेखेको ” वैमानिक शास्त्र ” भारतको एक मन्दिरमा फेला परेको रहेछ जसमा इन्धनको रुपमा आजका पेट्रोल डिजेल होइन – ताप र प्रकाश शोषण गर्नसक्ने पदार्थको चर्चा गरिएको छ। केही वर्षअगाडि तिब्बतको ल्हासामा भेटिएको संस्कृत भाषामा लेखिएका… Continue reading
त्यति साह्रो निराश पनि नहोउँ…बन्दैछ नेपाल
नेपालमा केही हुँदैन। सब चोर छन्। सब भ्रष्ट छन्। फोहरको डुङ्गुरमा बसेर कसरी वासना आएको छ भन्ने ? नकारात्मकताको बीचमा बसेर कसरी सकारात्मक सोच्ने ? यहाँ केही हुनेवाला छैन। भत्किसक्यो, सिद्धिसक्यो….!! अहिले नेपालमा अधिकांशको विचार यस्तै छ। तर सिकिस्त रोगले थला परेर आफू मर्छु भन्ने थाहाभइसकेको मान्छेलाई बाँच्ने आशा हुन्छ। डुबिरहेको मान्छेलाई एउटा सिन्काले पनि… Continue reading
कार्टुन- सन्जीव लम्साल
पेशाले इलेक्ट्रोनिक तथा कम्युनिकेसन इन्जिनियर सन्जीव लम्साल शोखले कार्टुन बनाउने प्रयास गरिरहेका छन्। अघिल्लो हप्तादेखि उनले माइसंसारमा साप्ताहिक कार्टुन उपलब्ध गराउने वाचा गरेका छन्। पेशागत कार्टुनिस्टहरुले बनाएका कार्टुन हेर्ने बानी परेकाहरुलाई उनको कार्टुन हेर्दा तरकारीमा नुन नपुगेको जस्तो हुनसक्छ। तर जन्मैले कोही सिकेर आउँदैनन्। उनलाई सल्लाह, सुझाव, गाली, ताली र अर्को कार्टुन बनाउन टिप्स पनि… Continue reading
जमिनदारको यौन–शोषणबाट बच्न विवाह
-शान्ता चौधरी- गाउँका अन्य कमलरी असुरक्षित देखेर आमा निकै डराउनुहुन्थ्यो । मेरी आफ्नै दिदी पनि जमिनदारको पन्जामा परिसकेकी थिइन् । त्यसैले पनि आमा चिन्तित हुनुहुन्थ्यो । उमेर पुगेकी, हुर्केकी छोरीलाई अरुको घरमा काम गर्न पठाउने इच्छा त आमालाई पनि कहाँ थियो र ? तर त्यसो नगरी बाँच्ने अर्को उपाय पनि त थिएन । त्यही चिन्ताले… Continue reading
विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन पाइन्छ?
यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ। यस अन्तर्गत अब वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको ३० इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने छैन।… Continue reading
तपाईँ हाम्रो चासोका के रैछ त बजेट भाषणमा ?
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आइतबार राति गरेको बजेट भाषणको प्रति अर्थ मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरेर पढ्दापढ्दै लागेका केही कुरा- सन् २०२२ सम्ममा नेपाललाई विकासशील मुलुकको दर्जामा स्तरोन्नति गर्ने लक्ष्यलाई पनि मनन् गरेको छु (पेज ३) यी त सब भन्ने कुरा न हुन्। पञ्चायत कालमा वीरेन्द्र सरकार पनि सुरुमा सन् २००० सम्म एसियाली मापदण्डमा पुर्याउने भनिबक्सन्थ्यो। त्यो… Continue reading
यो फोटो त फिल्म सुटिङको दृश्य पो रहेछ
पीजे क्लबले आयोजना गरेको यसपालिको नेपाल फोटो प्रतियोगिता २०६९ मा ‘न्युज’ विधामा जजहरुले अन्तिम चरणमा छानेको तर पुरस्कार नजितेका फोटोहरु हेर्दै गर्दा यो फोटोले एकदमै आकर्षित गरेको थियो मलाई। वाह, आन्दोलनकारी विद्यार्थीको आक्रोशलाई कति गज्जबले क्याप्चर गर्न फोटोग्राफर सफल भएको ! के खाएर हुनु, यो त एक्टिङ पो रहेछ। एउटा चाइनिज फिल्म ‘अप इन द… Continue reading
आदिकवि भानुभक्त आचार्यलाई चिठी (व्यङ्ग्य)
-राजकुमार लामिछाने,हेटौंडा- आदरणीय कवि ज्यू साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना, मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक शरिरसंग प्रत्यक्ष भेट गर्न नपाएकोमा मलाई औधी दुःख लागी रहेको छ । कच्चा उमेरको बच्चादेखि… Continue reading
विदेश जानेको लर्को, रेमिट्यान्स त आयो तर त्यसैले रेट्यो देशको अर्थतन्त्र, समाज पनि बिग्रँदै
आर्थिक सर्वेक्षण २०६९/७० ले नेपालमा रोजगारीको स्थिति भयावह भएको देखाएको छ। लामो समयदेखि देशमा कुनै नयाँ उद्योगधन्दा खुल्न सकेको छैन। न कुनै उल्लेख्य विदेशी लगानी नै आएको छ। अनि के गर्ने त ? काम खोज्न बाहिर देशमा जाने। ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि बाहिरिएका छन् र यो क्रम जारी छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको… Continue reading