Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘रञ्जना’ हल त यस्तो पो भएछ गाँठे!

Posted on July 28, 2013July 29, 2013 by Salokya

न्युरोड। हुनत ‘ओल्ड’ भइसक्यो। तैपनि नामैलेमात्र भए नि ‘न्यु’रोड। काठमाडौँको मुख्य ठाउँमध्ये एक। यहीँ छ पिपलबोट। फेसबुक र ट्विटर नहुँदा उहिलेका मानिस आफ्नो कुरा राख्न र अरुको कुरा सुन्न आउने ठाउँ। अर्थात् त्यतिबेलाको ‘सोसल नेटवर्किङ’ गर्ने ठाउँ। त्यही पिपलबोटलाई पिठ्ँयुतिर पारेर अनुहार न्युरोडको सडकतिर पारेर उभिँदा एउटा गल्ली देखिन्छ फसिकेवको- जसलाई रञ्जना गल्ली पनि भनिन्छ।… Continue reading

यो सरकारी अफिस हो कि पार्टी अफिस ?

Posted on July 27, 2013July 27, 2013 by Salokya

फोटोका पात्रहरु चिन्नुभो ? कतिले चिन्नुभो होला, कतिले चिन्नुभएन। अनि ऊ त्यो भित्तामा झुण्ड्याइएका दुई फोटो कसको त तपाईँले चिन्नुभयो नै होला। अब यसो अनुमान लगाउनुस् यो सरकारी अफिस होला कि पार्टी अफिस ? अहँ अहँ, तलतिर कमेन्ट लेख्न हतार गरी नहाल्नुस्। पहिला भित्र क्लिक गरेर बुझ्नुस् कुरा के हो।

कथाः फ्रिडम टु डाइ

Posted on July 27, 2013July 27, 2013 by mysansar

-निर्मल ज्ञवाली- “नमस्कार! म पत्रकार खुशी।” मैले हात जोडेर नमस्ते गर्दै भने “हिजो हजुरलाई अन्तर्वार्ताको लागि फोन पनि गरेकी थिएँ नि !” “नमस्ते! हजुर मलाई याद आयो।” उसले मुस्कुराउँदै अगाडिको कुर्ची देखाउदै भन्यो “बस्नोस न।” एक जना अधबैसे मानिस मेरो अगाडि थियो। सायद उ त्यो कुर्चीमा नबसेको भए मैले चिन्ने थिइन होला। सेतो सिल्क सर्ट,… Continue reading

बेलबारी बर्बरताः संवेदनाहीनहरुमा पश्चात्ताप नै भेटिएन

Posted on July 27, 2013July 27, 2013 by Salokya

बेलबारी बर्बरताबारे स्थानीय पत्रिका र राष्ट्रिय दैनिकहरुमा भइरहेको फलोअप यस्तो छ- -गोकुल पराजुली/ब्लास्ट टाइम्स (धरान)– ‘मुखमा लागेको मोसो धुँदा गइहाल्छ, जुत्ताको माला फुकाल्दा भइहाल्छ तर मेरो छोरोको जीवनमा लागेको दाग कसरी जान्छ ?’ मोरङको बेलबारी–३ करमडाँडाका रामचन्द्र भेटवालले भने। एक महिलासहित दुईजना ‘दलित’ अगुवामाथि भएको दुर्व्यवहारपछि सम्पूर्ण क्षेत्रबाट विरोध भइरहे पनि घटनामा संलग्न स्थानीय गाउँलेहरुमा… Continue reading

विदेशमा बसेर देशको बदनाम गर्नेहरु

Posted on July 26, 2013July 27, 2013 by Salokya

केही दिनअघि फेसबुकमा अपरिचित एक जनाको सन्देश आयो। त्यसमा उनले आफू …. (युरोपको कुनै एउटा सहर) मा रहेको र ब्लगमा दुई वटा आर्टिकल छाप्नु परेको उल्लेख थियो। अझ अचम्म ती ‘लेख’ छापेवापत् पैसा पनि दिउँला भनिएको थियो। विशेष कारणवश त्यो छाप्नुपरेको भन्दै ठूलो सहयोगको आशा गरेको लेखिएको थियो। विस्तृत जानकारी जवाफ आएपछि दिउँला लेखिएको रहेछ।… Continue reading

भानु जयन्तीमा न्युयोर्कका मेयरको चासो

Posted on July 26, 2013July 26, 2013 by mysansar

बीसौँ वर्षदेखि अमेरिकामा बस्दै आएका नेपालका नेपाली भाषीहरुलाई लाज लगाउँदै नेपालीभाषी भुटानी शरणार्थीहरुले आएको २/३ वर्षमै ‘भानु जयन्ती’ कसरी मनाउनु पर्छ भनेर देखाइदिएका छन्। नेपाली भाषीहरूको यो जातीय दिवसमा यसपालि अमेरिकी पदाधिकारीहरु पनि राम्ररी सहभागी भए – न्यू हेम्सायरमा भएको भानु जयन्तीमा। आफूले भने न्यूयोर्कका मेयर ब्लूमबर्गलाई “भानु जयन्ती”को शुभकामना दिलाउन लगाउनु भन्दा बढी केही… Continue reading

माइसंसारमा मुख्य सचिवको कमेन्ट

Posted on July 26, 2013July 26, 2013 by Salokya

सन् २००५ मा ब्लगिङ थालेयता आफूले लेखेको ब्लगको विषयमा चासो देखाएर उच्च सरकारी अधिकारीले फोन गरेको मात्र नभई सम्बन्धित ब्लगमा कमेन्ट समेत गरेको पहिलो संयोग बेलबारी बर्बरता कान्डमा परेको छ। मुख्य सचिव लीलामणि पौड्यालले आज बेलबारी बर्बरताः दोस्रो दिन कसले के भने ? शीर्षकको ब्लगमा कमेन्ट गर्दै मूलधारे मिडियामा यो खबर आउनुअगाडि नै माइसंसारमा ब्लग… Continue reading

बेलबारी बर्बरताः कसले उकास्यो भिडलाई यस्तो गर्न ?

Posted on July 25, 2013July 26, 2013 by mysansar

अपडेटः ती दुई पत्रकारविरुद्ध मोसो दलिएका पीडित मनोज विकले किटानी जाहेरी दिएका छन्। उनले ती पत्रकारविरूद्धअनुमतिविना भिडियो अपलोड गरी बेइज्जत गरेको भन्दै जाहेरी दिएका हुन्। यससम्बन्धमा जागरण मिडिया सेन्टरले गरेको कुराकानीको अडियो सुन्न क्लिक गर्नुस्। ********************************************************* बेलबारी बर्बरता अहिले राष्ट्रिय मुद्दा भइसकेको छ। यही घटनाको चुरो कुरो बुझ्न आज ‘साझा सवाल’को टिम बेलबारी पुग्यो। ‘साझा… Continue reading

चार दिनपछि बल्ल देख्यो मिडियाले बेलबारी बर्बरता

Posted on July 25, 2013July 25, 2013 by Salokya

सोमबार मोरङको बेलबारी जस्तो सुगम ठाउँमा भएको घटना देशका सबैजसो प्रमुख मिडियाले चार दिनपछि बिहीबार बल्ल देखेको छ। कथित साना जातिका दलितहरुमाथि भएको यो अत्याचारलाई अझै पनि नेपाली समाजका प्रभावशाली भनिने ‘एलिट’हरुले देख्या नदेख्यै गरिरहेका छन्। कनकमणि दीक्षित, रवीन्द्र मिश्र जस्ता ‘अगुवा’ सञ्चारकर्मीहरुलाई पनि यो घटनाले नछोएकैले त होला यो ब्लग लेखिँदासम्म एउटा स्टायटस र… Continue reading

बेलबारी बर्बरताः दर्जन दलित संस्था आजदेखि देशव्यापी आन्दोलनमा

Posted on July 25, 2013July 25, 2013 by Salokya

मोरङको बेलबारी जस्तो सुगम ठाउँमा सोमबार भएको घटनालाई देशका सबैजसो प्रमुख मिडियाले तीन दिनपछि आज बिहीबार बल्ल सुसूचित गर्न भ्याएका छन्। सबैजसो राष्ट्रिय पत्रिकाले यसबारे समाचार बनाएका छन्। तर जनताका लागि राजनीति गर्ने भन्ने दल र त्यसका नेताहरुले अहिलेसम्म एक शब्द खर्च गर्न आवश्यक ठानेका छैनन्। यसैबीच दलित अधिकारका लागि कार्यरत एक दर्जन संघसंस्थाले आजदेखि… Continue reading

बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के ?

Posted on July 24, 2013July 25, 2013 by Salokya

मोरङको बेलबारीमा भएको बर्बर घटनामा संलग्न भएको भन्दै छ जना अहिले प्रहरी हिरासतमा छन्- जीवन भेट्वाल, अमित भेट्वाल, चन्द्रकला भेट्वाल, सेबिका भेट्वाल, अम्बिका भेट्वाल र कमला भेट्वाल। उनीहरुलाई सार्वजनिक अपराध ऐन र जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। पीडित अहिले प्रहरी संरक्षणमा छिन्। जागरण मिडिया सेन्टरले उनीसँग कुरा गरेको छ।… Continue reading

बेलबारी बर्बरताः दोस्रो दिन कसले के भने ?

Posted on July 24, 2013July 24, 2013 by Salokya

मोरङको बेलबारीमा भएको बर्बर घटनाबारे दोस्रो दिन महत्त्वपूर्ण रह्यो। बिहानै कान्तिपुर राष्ट्रिय दैनिकले यसलाई फोटोहरुसहित प्रमुख समाचार बनायो भने राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति प्रकाशित गर्‍यो। नाम सार्वजनिक नगर्न अनुरोध गर्दै माइसंसारलाई पठाइएको भिडियो मुख्य सचिवको आग्रहमा मैले इमेलमा पठाइदिएको थिएँ। उनले सुरक्षा निकायलाई फरवार्ड गरिदिएका छन्। भिडियो हेरेरै दोषीलाई कारबाही गर्न यसले सघाउला। दोस्रो दिन… Continue reading

बेलबारी बर्बरताः छ जना पक्राउ, सातलाई मुद्दा

Posted on July 24, 2013July 24, 2013 by Salokya

मोरङको बेलबारीका स्थानीय बासिन्दाले बर्बर यातना दिएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्रेको छ। सात जनाविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरिसकेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आफूलाई बलात्कार गर्न खोजेको उजुरी प्रहरीमा गर्दा झुटो आरोप लगाएको भन्दै उल्टै पीडित २३ वर्षकी युवतीलाई उनीहरुले कुट्दै लुगाच्याती तथानाम गाली गरेका थिए। अनि मोसो र… Continue reading

‘रत्‍नपार्क रमिता’ जस्तो नहोस् बेलबारी बर्बरता कान्ड

Posted on July 24, 2013July 24, 2013 by Salokya

सोमबार भएको बेलबारी बर्बरता कान्डका फोटोहरुसहितको प्रमुख समाचार देशको राष्ट्रिय दैनिक कान्तिपुरले आज बुधबार छापेको छ। ठूला मिडियाले समेत प्राथमिकता दिएपछि बेलबारी बर्बरताका दोषीहरुलाई कारबाही गर्न दबाब बढ्ने आशा गर्न सकिन्छ। हिजै मुख्य सचिव लीलामणि पौडेलले मलाई फोन गरी यो घटनामा दोषीलाई कारबाही गर्न निर्देशन दिएको तर ठूला मिडियाले यो समाचार नदिएकोमा आश्चर्य व्यक्त गरेका… Continue reading

बेलबारी बर्बरताः आखिर किन भएको रहेछ यो घटना ?

Posted on July 23, 2013July 24, 2013 by Salokya

ज्ञान बाँड्ने ठाउँ विद्यालयमा बेलबारी ३ का स्थानीय बासिन्दाले सोमबार एक अबला नारीमाथि गरेको अमानवीय, बर्बर व्यवहारलाई देशका कुनै पनि ठूला मिडियाले कभर गरेनन्। राति ७ बजेर २४ मिनेट जाँदा मुख्य सचिव लिलामणि पौडेलले मोबाइलमा फोन गरेपछि मूलधारे मिडियाले बाल दिए पनि यो घटनामा राज्यको आँखासम्म त पुगेको रहेछ है भन्ने भयो। मुख्य सचिवलाई प्रहरी… Continue reading

बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो

Posted on July 23, 2013July 26, 2013 by Salokya

एक २३ वर्षीया दलित युवती सफाइ दिँदैछिन्। चारैतिर आफूलाई सभ्य भन्न रुचाउने तर व्यवहार हेर्दा पशुजस्ता समाजका सदस्यहरु छन्। आक्रोशमा छन्, केरकार गर्दैछन्। युवतीको कोही छैन। श्रीमान् पनि वैदेशिक रोजगारीका लागि बाहिर रहेछन्। आफूलाई स्थानीय एक युवकले जबर्जस्ती गर्न खोजेको उजुरी प्रहरी चौकीमा दिएकी रहिछिन् उनले। त्यो झुटो भन्ने दावी त्यो जंगली भिडको रहेछ। त्यही… Continue reading

सावधान, सिम ह्याक गरी तपाईँको मोबाइलमा अपराधीले कब्जा जमाउलान्

Posted on July 22, 2013July 22, 2013 by Salokya

मोबाइल फोन प्रविधिमा एउटा ठूलै सुरक्षा खोट पत्ता लागेपछि विश्वका आधा अर्ब मोबाइल फोन असुरक्षित देखिएका छन्। सिम कार्ड ह्याक गरी ती मोबाइलहरुलाई ह्याकरहरुले पूर्ण रुपमा नियन्त्रण लिन सक्छन्। यसरी नियन्त्रणमा लिइएका मोबाइलबाट उनीहरुले फोन गर्न सक्छन्, तपाईँको मोबाइलको सिममा भएका सबै जानकारी पाउन सक्छन् र आर्थिक अपराधसमेत गर्न सक्छन्। साइबर सेक्युरिटीमा यसलाई ठूलै चुनौतिका… Continue reading

कार्टुन- सन्जीव लम्साल

Posted on July 22, 2013July 22, 2013 by mysansar

यस्ता पनि गुरु

Posted on July 22, 2013July 22, 2013 by mysansar

आज गुरु पूर्णिमा। गुरुप्रति श्रद्धा र आभार प्रकट गर्ने दिन। गुरुले हामीलाई जीवनमा अघि बढ्न महत्त्वपूर्ण ज्ञान दिएका हुन्छन्। तर आफ्ना विद्यार्थीलाई यातना दिएर गोरुचुटाइ गर्ने गुरुहरु पनि हुन्छन्। यातनासहितको सिकाइबारे पवन न्यौपानेको ब्लग- ‘के सिकाउँदैछौं हामी बालबालिकालाई ?’ प्रसंग १ : आजभन्दा करिब २ दशक अघि फर्कन मनलाग्यो। स्कुले जीवन। गाउँकै सरकारी स्कुल थियो।… Continue reading

साइनीलाई सहयोग गर्न ब्याङ्क खाता

Posted on July 22, 2013July 22, 2013 by mysansar

यस पटकको पिजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा फोटो स्टोरीतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल वीरेन्द्र बज्राचार्यका फोटो समेटिएको आफूले खुबै दुःख पाएको ठान्नुभएको छ ? पेम्बासित आफूलाई दाँजी हेर्नुस् त पढेर धेरैले उनलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए। पेम्बा र भावना लामाकी छोरी साइनीको उज्ज्वल भविष्यका लागि हामी सहयोग गर्न चाहन्छौँ, ब्याङ्क खाता… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 249
  • 250
  • 251
  • 252
  • 253
  • 254
  • 255
  • …
  • 284
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme