वाहियात एसएमएस पठाउनेलाई कारबाहीको तयारी
माइसंसारले कुरा उठाएपछि प्राधिकरण तात्तियो, अझै दबाब जरुरी व्यापारीहरुले नोबल पुरस्कार झैँ ठान्ने गरेको बेस्ट ब्रान्ड अवार्डका लागि भोट माग्दै एसएमएस आएपछि गएको बिहीबार टेलिकम, मलाई जेपिटी एसएमएस नपठाऊ ! शीर्षकमा एउटा ब्लग लेखेको थिएँ। त्यसमा तपाईँहरुलाई पनि यस्ता एसएमएस आउँदा दिक्क लाग्छ भने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी गर्न अनुरोध गरिएको थियो। यसले… Continue reading
सचिवलाई देखाइयो यस्ता फोटो
यो पहेँलो चिज के होला ? के अनुमान लगाउनु भयो कुन्नि, यो भुजिया फ्याक्ट्रीको दृश्य हो।
एनसेलले यसरी पचायो ब्यालेन्स
-राजु महर्जन- मेरो भाइ (रबिन महर्जन) को नाममा दर्ता भएको एनसेलको एउटा सिम कार्ड करिब एक वर्षदेखि नचलाई राखेको थिएँ। केही दिनअघि सिम के भएछ, चलाएर हेर्नु पर्यो भनी मोबाइल सेटमा हालेँ। अर्को फोनबाट कल गरी हेरेँ, मिसकल गयो। सोही सिमबाट कल गर्दा ब्यालेन्स नभएको सूचना आयो र मैले रू. १०० रिचार्ज गरेँ। यसैबीच मोबाइलमा… Continue reading
कथाः उत्तरोत्तर स्खलन
-हरि घिमिरे/भर्जिनिया- ऊ नेपालको विशुद्ध गाउँमा जन्म्यो। गाउँकै वातावरणमा हुर्क्यो। त्यहाँको प्राकृतिक सुन्दरतामा रमायो। भीर-पाखा,खोल्सा-झर्ना,वन-जङ्गल,उकाली-ओराली,भञ्ज्याङ्-चौतारी,टार-बेंसी,लेक-खर्क,यिनै हुन्-पहाडीजीवनका सुन्दर पक्षहरु! यहाँ ऊ उन्मुक्त हुँदै बाँच्यो। ओल्लो गाउँ-पल्लो गाउँ,तलको गाउँ-माथिको गाउँ,वारि-पारि नजिकका सबै गाउँमा सबैले सबैलाई चिन्छन्। ऊ पनि चिनिन्छ-फलानाको छोरा,फलानाको नाति, फलानाको भाइ-भतिज….आदि-.आदिका रुपबाट।
‘मेरा इन्डिया’ भन्दै माछापुच्छ्रे हिमाल !
डिस्कभरी नेटवर्क्स एसियाको स्वामित्वमा रहेको भारतीय टेलिभिजन च्यानल ‘एनिमल प्लानेट इन्डिया’ ले नेपालको माछापुच्छ्रे हिमाललाई ‘ये मेरा इन्डिया’ बोलको गीतमा देखाइरहेको छ। भारतको स्वतन्त्रता दिवस आउँदो अगस्त १५ तारिखदेखि सुरु हुने नयाँ कार्यक्रम ‘ये मेरा इन्डिया’को प्रचार गर्न बनाइएको सामाग्रीमा हाम्रो शान माछापुच्छ्रे हिमाललाई देखाइएको हो। अङ्ग्रेजी र हिन्दी भाषामा प्रसारण हुने यो च्यानल भारत… Continue reading
प्राचीन कालमा टेलिफोन
-सुशील गौतम- प्राचीन कालमा विमान ! शीर्षकको ब्लग केही हप्ता अघि पढ्नुभएको थियो। (छुटाउनु भएको भए यहाँ क्लिक गर्नुस्) मित्रले ‘ॠषिहरूले टेलिफोन बनाएका थिए रे’ अति नै अपत्यारिलो वाक्य झैँ गरेर व्यङ्ग्य गर्न खोज्नुभएको रहेछ। मित्र, प्राप्त प्रमाणहरू भन्छन् त्यो बेलाका ॠषिहरूले ग्राहम बेलको जस्तो टेलिफोन मात्र होइन, भर्खर दक्षिण कोरियाको सामसुङको टिमले खोज गरेको… Continue reading
विज्ञानको विकास गर्न नास्टले पायो दिव्य ज्ञान- नारा लगाएपछि हुने रैछ सबैले जान
नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्र सँधै उपेक्षित रहँदै आएको छ। गठबन्धन सरकार बनाउँदा अरु मन्त्रालयको लागि हानाथा हुन्छ, तर विज्ञान मन्त्रालयमा कसैको ध्यान जाँदैन। कुकुरलाई हड्डी फाले जस्तै मन्त्री हुन चाहनेलाई पदका लागि पद दिने हिसाबले यसमा मन्त्री बनाइन्छ। विज्ञान तथा प्रविधिको विकास हेर्ने जिम्मा पाएको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट- पहिलेको रोनास्ट) को… Continue reading
रीमाले भनिन्- ‘त्यो हल्ला हो’, त्यसो भए यो के हो त ? सुन्नुस् अडियो प्रमाण
बेल्जियममा कार्यक्रमका लागि बोलाएर हाम्रा कलाकारहरुलाई आयोजक र त्यहाँका नेपाली दर्शकहरुले बेवास्ता गरेर हरिबिजोग बनाइदिएको सुनेपछि चिन्ता लागेर ‘तोइत्, त्यस्तो नि गर्ने? कलाकार भन्या त देशका गहना पो त। त्यसरी अपमान नगरौँ न’ भनेर हिजो ब्लग माइसंसारमा राखेका थियौँ। कलाकारकै भलो होस् भनेर घटना विवरण राख्दा उल्टै कलाकारहरुले त माइसंसारलाई नै पो गलत भने बा!… Continue reading
टेलिकम, मलाई जेपिटी एसएमएस नपठाऊ !
हिजो साँझ पाँच बजेपछि नेपाल टेलिकमको जिएसएम मोबाइलमा एसएमएस आएको जनाउ दिँदै आवाज बज्यो। के जरुरी मेसेज आएछ हँ भनी हत्त न पत्त हेर्दा त उही व्यापारीहरुको उनीहरुले नोबल प्राइजभन्दा बढी ठान्ने गरेको नेसनल एक्सिलेन्स अवार्डको लागि भोट मगाई रहेछ। झनक्कै रिस उठ्यो। मेरो व्यक्तिगत मोबाइल नम्बर व्यापारीलाई विज्ञापनका लागि बाँड्ने अधिकार नेपाल टेलिकमलाई कसले… Continue reading
सुशील दा साइड लाग्दा…(क्याप्सन लेख्नुस्, लाइक जित्नुस्)
कसैकसैले नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले राजकीय सम्मान पाएको विश्लेषण गरिरहँदा ऋषि धमला स्वयंले दिल्लीबाट फेसबुकमा अपलोड गरेको यो फोटो सामाजिक सञ्जालमा खुबै ठट्टाको विषय बनेको छ। अब तपाईँको पालो, यो फोटो हेरेर तपाईँको दिमागमा फुर्ने सिर्जनात्मक व्यङ्ग्यमिश्रित क्याप्सन लेख्नुस्। सबभन्दा बढी लाइक पाएको क्याप्सनलाई फोटोमुनि राखिनेछ। गालीगलौजका कमेन्ट त जसले नि गर्छन्, त्यस्ता कमेन्ट… Continue reading
बेल्जियमका नेपालीले आफ्नै कलाकारलाई बाल दिएनन्, तीन नेपाली कलाकारको हरिबिजोग !
-सन्तोष न्यौपाने/ बेल्जियम- केही दिन मात्रै अगाडिको कुरा। बेल्जियमको ब्रुज शहरमा हिन्दी चलचित्र पिकेको सुटिङ थियो। धेरै नेपालीहरु भारतीय कलाकार हेर्नका लागि तँछाड मछाड गर्दै पुगे। कति त आफनो काम थाति राखेर उनीहरुको एक झलक दर्शन गर्न दौडिए। थ्री इडियट्स जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका निर्देशक राजकुमार हिरानीलाई हेर्नकै निम्ति घुँइचो लाग्यो। हिन्दी फिल्मका कलाकारहरुलाई… Continue reading
माइसंसारलाई धम्की कायमै, सहयोगको अपील
‘विदेशमा बसेर देशको बदनाम गर्नेहरु’ शीर्षकको ब्लगमा नक्कली शरणार्थी बन्ने बढ्दो प्रवृत्तिबारे रिपोर्ट छापिएपछि लन्डननजिकैको सहर कोलचेस्टर बस्ने नेपाली नारायण तिमल्सिनाले धम्की जारी राखेका छन्। सुरुमा २४ घण्टाभित्र ब्लग डिलिट गर्न धम्की दिने यिनले पछि ठमेलमा (गुन्डासित) कुरा गरिसकेको, काठमाडौँमा एक फोन गरेर अस्पताल पुर्याइदिने धम्कीसम्म दिएका थिए। मेरो संसार नामको अर्कै साइट बनाई त्यसमा… Continue reading
भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन
सोमबार काठमाडौँ उपत्यकामा गथांमुगः चाड मनाइयो। यो दिन फलामको औँठी, लैँचा (मेहन्दी) लगाइन्छ र भूतको पुत्ला जलाइन्छ। आजको रात तन्त्रमन्त्रको कुविद्या सिक्नेहरु औँलामा मैनबत्ती बालेर आउँछन् भन्ने कथा ठूलाले सुनाउँदा सानोमा खुब डर लाग्थ्यो। भूतप्रेतको कुरा अहिले अलि अपाच्य लागे पनि यो हाम्रो परम्पराले स्वीकारेको विषय हो। पश्चिमी संस्कृतिमा पनि भूतप्रेतकै हालोइन पर्व मनाउने गरिन्छ।… Continue reading
बुद्ध मूर्ति विवाद अब अदालतमा
बुद्ध मूर्ति र अदालत फेरि एक पटक समाचार बन्न पुगेको छ। नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा बुद्ध मूर्ति प्रतिस्थापन गरिएको समाचारको केही महिनामै सुर्खेतको कांक्रेविहारको बुद्ध मूर्ति विवाद अदालतमा पुगेको छ। त्यो ठाउँमा बुद्ध मूर्ति राख्न पाइने कि नपाइने फैसला अब अदालतले गर्नेछ। बुद्ध मूर्ति राख्न पाउनु पर्ने भन्दै ठूलो संख्यामा बौद्ध धर्मावलम्बीहरुले सिंहदरबार घेरे लगत्तै… Continue reading
कार्टुन- सन्जीव लम्साल
मृत्यु छ आँखैभरि
-देवेन्द्र भट्टराई- ‘मेरा क्या होगा डाक्टर’साप?’ ‘आप भि डक्टर हो, सब पता है ना। भगवानका दुवा करो, उपरवालाका भरोसा करो।’ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको एउटा कुनोमा क्लान्त मुद्रामा बसेका छन्- डा.चित्रप्रसाद शर्मा वाग्ले। आफ्नो स्वास्थ्य स्थितीको पछिल्लो रिपोर्टबारे डाक्टरको ‘आश्वासन’ उनले भर्खरै सुनेका छन्। साथमा श्रीमानको हात छोएर बसिरहेकी श्रीमती पुजा पराजुलीका आँखामा आँशुको… Continue reading
न्युयोर्कमा एमाले प्रवासी मन्चको बन्द सत्र
-शशांक लामा – पशुपतिको मूलगेटमा ‘केवल हिन्दूहरुको लागि’ लेखिए झैँ हिजो न्युयोर्कमा एमाले प्रवासी मन्चले पनि ‘केवल एमालेको लागि’ जस्तो ब्यहोरा प्रदर्शन गरे। भन्ने बेलामा प्रवासी नेपाली मन्च सबै प्रवासीको साझा हो भनेर गूड्डी हाँके, छापामा लेखे। तर लेखेको मसी नसुक्दै त्यो सबै प्रवासी नेपालीको साझा मन्च नभएर केही मुठ्ठिभर एमालेहरुको मन्च रहेछ भन्ने कुरो… Continue reading
बुद्ध मूर्ति राख्न नदिन बन्द; साई, इसाई र मुस्लिम पनि आन्दोलनमा
सुर्खेतको कांक्रेविहारमा सम्पूर्ण कागजी प्रक्रिया मिलाएर अनुमति लिएरै संरक्षित क्षेत्रभन्दा बाहिर पुरातात्विक महत्वका वस्तुलाई कुनै असर नपर्ने गरी बुद्ध मूर्ति स्थापना गर्ने कार्य थालिएको बारे प्रमाणसहितको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ। बुद्ध नेपालमा जन्मिएको भनेर गर्व गर्ने, अमिताभ बच्चनले बुद्ध नेपालमा जन्मेको भन्दियो भनेर उफ्रने नेपालीहरुलाई संरक्षित वनको एउटा कुनामा… Continue reading
बाहुनको थकाली भान्छाघर- कति इमान्दार व्यापारी !
सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली। हरेक फूल (जाति) का आ-आफ्नै विशेषता छन्। थकाली मुस्ताङको थाकखोलामा गढ भएको एउटा जाति हो। यो जातिको खाना नेपाल भर प्रख्यात छ। थकाली खाना भनेपछि मान्छे यसै हुरुक्कै। यही प्रतिष्ठा कै कारण थकाली भान्सा घर खोल्ने क्रम देशभर बढ्दो छ। तर यो यो विशेषता भएको खानालाई मात्र थकाली… Continue reading