Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, अर्जेन्टिनाले मेस्सीको फोटो भएको नोट जारी गरिसकेको छैन

Posted on December 21, 2022December 21, 2022 by Salokya

अर्जेन्टिनाले विश्वकप फुटबल जितेपछि कप्तान लियोनेल मेस्सीको सम्मानमा त्यहाँको बैँकले उनको तस्बिरअंकित नोट जारी गरेको दावी नेपाली अनलाइन र सामाजिक सञ्जालमा भाइरल भएको छ। ती भाइरल सूचनाहरुमा मेस्सीको तस्बिरअंकित १००० पेसो (अर्जेन्टिनी मुद्रा) को नोटमा उनकै हस्ताक्षर पनि रहेको भनिएको छ। तर हाम्रो तथ्य जाँचमा अर्जेन्टिनामा त्यस्तो नोट जारी भइनसकेको देखिएको छ।

राप्रपालाई समानुपातिकमा सबभन्दा धेरै भोट काठमाडौँमा, कम बाजुरामा

Posted on December 19, 2022 by Salokya

अघिल्लो चुनावमा थ्रेसहोल्डसमेत कटाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपालि राजेन्द्र लिङदेनको नेतृत्वमा देशभर राम्रो भोट पायो। प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ नै ७ सिट सित्न सफल उसले समानुपातिकमा पनि देशभरबाट ५ लाख भोट कटाएर पाँचौँ ठूलो दल बन्न सफल भयो। राप्रपाले कुन जिल्लामा कति कति भोट ल्यायो त ? हेर्नुस् यो नक्सामा।

अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएको भन्दै भाइरल भएको फोटोको तथ्य यस्तो छ

Posted on December 18, 2022September 9, 2024 by Salokya

विश्वकप फुटबलको फाइनल नजिकिँदै गर्दा सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ, जसमा अर्जेन्टिनाको झण्डा बोकेका केही व्यक्ति देखिएका छन् र उनीहरुले बेलायत र नेपालको झण्डा जलाइरहेका छन्। अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएको दावी गर्दै सामाजिक सञ्जालमा यो फोटो पोस्ट भएको देखिन्छ। तर हाम्रो तथ्य जाँचमा यो फोटो मिथ्या रहेको देखिएको छ।

समाचार नपढी हेडलाइन हालेपछि नयाँ पत्रिकालाई लाज, अनलाइनमा चाहिँ यस्तो चलाखी

Posted on December 15, 2022 by Salokya

आजको नयाँ पत्रिका हेर्नुभएको छ भने एउटा समाचारले तपाईँको ध्यान पनि तान्यो होला। शीर्षक छ- ४८ वर्षपछि फाइनलमा अर्जेन्टिना। बिचरा नयाँ पत्रिकालाई त्यही हेडलाइनले आज निकै लाज भएको हुनुपर्छ। किनभने हेडलाइन गलत छ। सन् २०१४ मा जर्मनी र अर्जेन्टिनाबीच फाइनल खेल भएको र जर्मनीले उपाधि जितेको तपाईँ हामी धेरैले बिर्सेकै छैनौँ। नेपालका अर्जेन्टिनी फ्यानहरुले हारको… Continue reading

फेसबुकमा भाइरल भएको राजधानी सार्ने हल्लाको तथ्य यस्तो छ

Posted on December 15, 2022 by Salokya

के तपाईँले पनि नेपालको राजधानी काठमाडौँबाट सार्न लागिएको खबर पढ्नु/देख्नुभएको छ? केही दिनदेखि फेसबुकमा यस्ता खबर भाइरल भएका छन्। त्यसमा दावी गरिए अनुसार राजधानी सार्न बहस भएका छन्, भित्रभित्रै सार्ने तयारीसमेत भइसकेको छ। तर नझुक्किनुस्, ती खबर सही होइनन्। यसबारे नेपालफ्याक्टचेकको तथ्य जाँच छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

कतै तपाईँको भोट पनि समानुपातिकमा खेर त गएन? १२ लाख बढी भोट यसरी काम नलाग्ने भयो

Posted on December 9, 2022 by Salokya

मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा तपाईँले समानुपातिकतर्फ कुन चिह्नमा भोट हाल्नुभयो? हैन हैन, भन्नु पर्दैन। गोप्य मतदान हो, किन खोल्नुपर्‍यो र? तर तपाईँको भोट काम लाग्यो कि खेर गयो, त्यो त तपाईँले थाहा पाउनै पर्छ। यो पटक देशभरबाट १२ लाखभन्दा बढी भोट खेर गएको छ। निर्वाचन आयोगमा राखिएको तथ्याङ्कमा हिसाब गर्दा ठ्याक्कै… Continue reading

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा निर्वाचित हुनसक्ने १३ उम्मेदवार

Posted on December 7, 2022December 7, 2022 by Salokya

पूर्व सञ्चारकर्मी रवि लामिछानेले पाँच महिना पहिले मात्र गठन गरेर पहिलो पटक चुनाव लड्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यस पटक ठूलै सफलता पायो। यसले प्रत्यक्षतर्फ ७ सिट मात्र जितेन, समानुपातिकमा ११ लाख भोट कटाएर चौथो ठूलो दल बन्यो। समानुपातिकतर्फ यसले १३ सिट पाएको छ। यी १३ सिटमा उसले निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसारका उम्मेदवारहरु निर्वाचित… Continue reading

यी हुन् समानुपातिकमा कांग्रेसबाट निर्वाचित हुनसक्ने ३२ उम्मेदवार, आरजु देउवा र मञ्जु खाण निश्चित

Posted on December 7, 2022December 7, 2022 by Salokya

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको देशभरको मतगणना मंगलबार सकिएको छ। अब प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार निर्वाचन आयोगले संघीय संसदमा ३३% महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित गर्नुपर्ने महिलाको संख्यासमेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउने छ। संघीय संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा बुझिन्छ। निर्वाचन आयोगले तीन दिनको… Continue reading

समानुपातिकमा एमालेबाट ३४ सांसद को-को बन्लान् ? (सम्भावित सूची)

Posted on December 7, 2022December 7, 2022 by Salokya

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको देशभरको मतगणना मंगलबार सकिएको छ। अब प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार निर्वाचन आयोगले संघीय संसदमा ३३% महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित गर्नुपर्ने महिलाको संख्यासमेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउने छ। संघीय संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा बुझिन्छ। निर्वाचन आयोगले तीन दिनको… Continue reading

प्रत्यक्ष र समानुपातिकको मतगणना सकिँदा : सत्ता गठबन्धन १३६ Vs विपक्षी गठबन्धन १०४

Posted on December 6, 2022 by Salokya

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिँदा सत्तारुढ गठबन्धनलाई २७५ सदस्यीय सदनमा बहुमतको लागि दुई सिट अपुग हुन गएको छ। सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेस, माओवादी, नेकपा एस र राष्ट्रिय जनमोर्चाले मोर्चा बनाएका थिए। पछि त्यसमा लोसपा पनि मिसिएको थियो। यी दलहरुले प्रत्यक्ष र समानुपातिक गरी कूल १३६ सिट जितेका छन् जुन बहुमतबाट दुई… Continue reading

समानुपातिकको मतगणना सकिँदा कुन दलले कति पाउने भए सिट ?

Posted on December 6, 2022December 7, 2022 by Salokya

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको जनाएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले आयोगको वेबसाइटमा राखिएको मत नै फाइनल मत भएको बाह्रखरीलाई बताएका छन्। त्यसो भए मतगणना सकिँदा कुन दलले कति पाउने भए त सिट ? आउनुस्, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा रहेको मत परिणाम विभाजक सूत्र अनुसार हिसाब गरौँ।

मिडियाको गल्ती : राप्रपालाई समानुपातिकमा १७ सिट बाँड्ने ‘नागरिक’ले ‘घण्टी’लाई दियो ७ मात्रै

Posted on December 6, 2022 by Salokya

समानुपातिकको सिट हिसाब निकाल्दा मिडियाले जोडघटाउ बिर्सेर भद्रगोल नागरिक राष्ट्रिय दैनिकको आज (२० मंसिर २०७९) को पहिलो पेजमा ‘समानुपातिकतर्फ १३ लाख मत खेर’ शीर्षकको समाचार छापिएको छ। सो समाचारको ‘क्यारीओभर’ पेज २ मा गरिएको छ। त्यसमा लेखिएको एउटा वाक्यमा ध्यान गयो। लेखिएको थियो- हालसम्मको मत परिणामअनुसार एमालेले करिब ३४ सिट, कांग्रेसको ३२, माओवादी केन्द्रले १४,… Continue reading

समानुपातिक अपडेट : ‘घण्टी’को एक सिट ‘सूर्य’ले खोस्यो, एमाले-कांग्रेसबीच दुई सिटको अन्तर

Posted on December 5, 2022 by Salokya

समानुपातिक अपडेट (मंसिर १९, राति ८:३० बजे) प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। निर्वाचन आयोगको वेबसाइटमा पनि सबै १६५ को नतिजा अपडेट गरिएको छ। समानुपातिकतर्फको मतगणना सकियो कि सकिएन भन्ने बारे कुनै जानकारी राखिएको छैन। तर हामीले सोमबार मध्याह्न १२ बजे निकालेको हिसाब भन्दा २७ हजार ६२४… Continue reading

आगामी सरकार कसको बन्ला ? यस्तो छ समीकरणका ५ सम्भावना

Posted on December 5, 2022December 5, 2022 by Salokya

अन्ततः मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सबै परिणाम १५ दिनपछि आज आएको छ। समानुपातिकतर्फका सदस्य निर्वाचित भएको घोषणा हुन अझै केही प्रक्रिया बाँकी छन्। तर कसको कति सिट आउँछ लगभग अनुमान गर्न सकिने भइसकेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत अर्थात् १३८ सिट कुनै पनि दलको नआएको प्रष्टै भएको छ। यस्तो… Continue reading

समानुपातिक अपडेट : प्रतिनिधि सभाको समानुपातिकका ११० सिटमा कसको कति लाग्ने भयो भाग?

Posted on December 5, 2022December 5, 2022 by Salokya

समानुपातिक अपडेट (मंसिर १९, मध्याह्न १२ बजे) प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। निर्वाचन आयोगको वेबसाइटमा भने यो ब्लग तयार पार्दासम्म दोलखा १ को परिणामको आधिकारिक घोषणा गरिएको छैन जहाँ माओवादी उम्मेदवारको अग्रता कायम छ। यसैलाई आधार मान्दा समानुपातिकतर्फको मतगणना पनि लगभग सकिएर केही हजार भोटको हिसाब… Continue reading

समानुपातिक अपडेट : २४ घण्टामा १४ हजार थप मत गनियो, के नेकपा एसले सिट पाउला?

Posted on December 2, 2022 by Salokya

समानुपातिक अपडेट : शुक्रबार राति ८ बजे प्रतिनिधि सभातर्फ समानुपातिक प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणना लगभग सकिएको छ। अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणनामात्रै बाँकी छ। बिहीबार राति ८ बजेदेखि शुक्रबार राति ८ बजेसम्म २४ घण्टामा निर्वाचन आयोगको वेबसाइटमा १४ हजार मतको तथ्याङ्क मात्रै थप गरिएको छ। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले झण्डै १७… Continue reading

मधेश प्रदेशमा कसको बन्ला सरकार? बहुमत कसैको छैन, १० दलको प्रतिनिधित्व, एमाले ठूलो दल

Posted on December 1, 2022December 7, 2022 by Salokya

मधेश प्रदेशको प्रदेश सभाका लागि भएको निर्वाचनमा रोचक परिणाम आएको छ। सरकार बनाउनलाई आवश्यक ५४ सिट कुनै दलसँग पनि छैन। अर्थात् त्यहाँ कसैको बहुमत आएको छैन तर एक सिट मात्र जित्ने दलहरुसमेत गरी १० दलको प्रतिनिधित्व हुने भएको छ। प्रदेश सभामा सबैभन्दा बढी सिट जितेर एमाले त्यहाँको सबैभन्दा ठूलो दल बन्ने भएको छ। मधेश प्रदेशमा… Continue reading

समानुपातिक अपडेट : १२ घण्टामा गनियो झण्डै दुई लाख मत, ‘कलम’मा ४ हजार पनि थपिएन, थ्रेसहोल्ड कटाउन १७ हजार अपुग

Posted on December 1, 2022 by Salokya

समानुपातिक अपडेट : बिहीबार राति ८ बजे प्रतिनिधि सभातर्फ समानुपातिक प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणना लगभग सकिने चरणमा छ। बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म १२ घण्टामा निर्वाचन आयोगको वेबसाइटमा १ लाख ९२ हजार १९५ मतको तथ्याङ्क थप गरिएको छ। अहिले सबैको चासो माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा सिट पाउँछ कि पाउँदैन… Continue reading

समानुपातिकको गणना लगभग सकियो, सिट पाउन ‘कलम’लाई अझै पुगेन १५ हजार मत

Posted on December 1, 2022 by Salokya

समानुपातिक अपडेट : बिहान ८ बजे प्रतिनिधि सभातर्फ समानुपातिक प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणना लगभग सकिएको देखिन्छ। बुधबार साँझ साढे सात बजेदेखि आज बिहीबार बिहान ८ बजेसम्म निर्वाचन आयोगको वेबसाइटमा ४ हजार ७ सय २२ मतको मात्र तथ्याङ्क थप गरिएको छ। निर्वाचन आयोगले मतगणना प्रगतिको विवरणमा जम्मा मत भनेर राखेको विवरण कूल गणना मत हो… Continue reading

बागमती प्रदेशमा सात पार्टीको प्रतिनिधित्व : कसको बन्ला सरकार?

Posted on November 30, 2022 by Salokya

खासमा प्रतिनिधि सभा र प्रदेश सभा दुई छुट्टाछुट्टै इकाई हुन्। तर दुवैको एकै पटक चुनाव हुँदा प्रतिनिधि सभाले सधैँ प्रदेश सभालाई छायामा पारिरहेको हुन्छ। भोट हाल्ने बेलामा पनि चार चार वटा मतपत्र (प्रतिनिधि सभाका दुई र प्रदेश सभाका दुई) मा छाप लगाउनु पर्ने भएकोले मतदाता कन्फ्युज! प्रतिनिधि सभाले छायामा पारेकोले प्रदेश सभाहरुमा कसको सरकार बन्न… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme