“उहिलेका कुरा खुइलिए” भन्ने उखान एकदम सटीक र प्रगतिशील छ। यसलाई धेरै प्रसंगमा अर्थपूर्ण प्रयोग गर्न सकिन्छ। त्यसमाथि पनि विज्ञानमा चाख राख्नेहरुलाई त यो सदैब नयाँ अनुसन्धान र आविस्कार को आधार नै हो। हो उहिलेका धेरै मनगढन्ते कुराहरु खुइलिसकेका छन्। त्यसरी नै मान्छेको मोटोपन सम्बन्धी धारणा पनि खुइलिसकेको छ। उहिले-उहिले गर्दन हालेका र भुँडी लागेका… Continue reading
Category: विज्ञान ब्लग
विज्ञान ब्लग : के हो त रगत समूह भनेको?
आधारभूत रुपमा रगतको रंग रातै हुन्छ तर देखिने रातोपन भने छालाको रंग, रगतमा हुने अक्सिजनको मात्रा, र प्राणी अनुसार केही मात्रामा फरक हुन्छ। मूलतः रगतमा ४ वोटा तत्वहरु-प्लाज्मा (Plasma), राता रक्त कणिका (Red Blood Cells), सेता रक्त कणिका (White Blood Cells), र प्लेटलेट्स (Platelets) आदि हुन्छन्। रगतमा करिब ६०% प्लाज्माको मात्रा हुन्छ भने ४०% रक्त… Continue reading
विज्ञान ब्लग : कसरी पर्छ त पानी?
बुझ्ने कोसिस गरियो भने थुप्रै कुराहरु सजिलैसंग बुझिन्छ | आफ्नो ज्ञान पनि बढ्छ र सन्तुष्टि पनि मिल्छ | आजको युगमा साधारण हिसाबले जीबनयापन गर्न पनि धेरै कुरा जान्नु पर्ने भैसकेको छ | एउटा साधारण पाठ्यक्रममा सबै कुरा अट्न पनि सक्दैनन र स्कूलकोमात्र भरपर्ने हो भने ज्ञानक्षेत्र फराकिलो बन्न पनि सक्दैन | सिकेको कुरा अपूर्ण अर्थात्… Continue reading
विज्ञान ब्लग : किन हुन्छ त पुरुषको बोली मोटो र महिलाको मसिनो?
मानिसको मुखबाट निस्कने आवाजले उसको सामाजिक परिवेश, व्यक्तित्व, आत्मविश्वास, सोच, शैक्षिक स्तर, संवेग लागायतका थुप्रै कुराहरु दर्शाइरहेको हुन्छ। आवाजमा मिठोपन र अरुलाई प्रभाव पार्ने क्षमता पनि हुन्छ। उच्च व्यक्तित्व होला जस्तो व्यक्तिको पनि बोलीको आवाजले व्यक्तित्व फिक्का हुने अथवा सामान्य लाग्ने व्यक्तिको पनि बोलीकै आवाजको गुणको कारणले व्यक्तित्व प्रभाविलो हुने अवस्था पनि हामी सबैले महसुस… Continue reading
उच्च रक्तचाप, अल्प रक्तचाप
छाती छाम्यो भने पनि प्रस्ट थाहा हुन्छ, अझ कसैको छातीमा कान टाँसेर सुन्यो भने त ठूलै आवाजले धड्केको सुनिन्छ मुटु। हाम्रो बोलीचालीको भाषामा त्यसलाई मुटु चलेको भनिए पनि वास्तवमा त्यो मुटुले रगतलाई शरीरका विभिन्न भागमा पुर्याउनको लागि जोडले धकेलेको हो। हाम्रो शरीरका हरेक कोषले जीवित रहनको निमित्त आवस्यक पर्ने तत्वहरु जस्तै खाना, हावा आदि रगत… Continue reading
कस्ता सपनाको के अर्थ हुन्छ?
-गौतम उदय- हामीले देख्ने सपनाहरुलाई गनेरै यति वटा हुन्छन् भनी नम्बर लाउन त सकिन्न, तैपनि मोटामोटी रुपमा करिब यस्ता प्रकृतिका भनेर निश्चित घेराभित्र पार्न भने सकिन्छ। सपना भनेको नै हाम्रा ५ ज्ञानेन्द्रीयहरु-आँखा, कान, नाक, जिब्रो, छालाले अनुभब गरेका बिषयबस्तुहरुलाई हाम्रो मस्तिष्कले जोडेर भावनात्मक, सम्बेदनात्मक तथा नयाँ ज्ञान (Learning) सम्बन्धि अर्थ लगाउन खोजिरहेको एक प्रक्रिया हो।… Continue reading
सपना र ऐँठन : अर्थ र यथार्थ
सपना पनि सबै समाजका मान्छेको सोँच र भावनामा क्षणिक, तर गहिरो प्रभाव पर्ने कुराहरु मध्ये पदर्छ। मान्छेले मात्र होइन निदाउने जति सबै प्राणीहरुले देख्छन अनगिन्ती सपनाहरु। तर सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रुपमा विकसित भैसकेकोले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका एकदम फरक हुन्छ। मस्तिष्कको बिकसित स्वरुप, प्रयोग, र सपनाको प्रकारमा अनुपातिक… Continue reading
अचम्मका मौरी : तपाईंलाई कुन तथ्य अचम्मको लाग्ला!
यावत् बस्तु नबनाए पनि, तेरोमेरो भनी साँधसीमा नलगाए पनि, सानोठुलोको विभेद नगरे पनि, धन दौलत नथुपारे पनि करोडौं बर्षदेखी मज्जाले चलेको छ मौरीको जीवन ! मौरी मुख्यतया ९ बर्गमा विभाजित छन, झन्डै २० हजार प्रकारका हुन्छन, र संसारका हरेक भागमा पाहिन्छन् | यिनीहरुको खानाको श्रोत मधुरस (Nectar) र पराग (Pollen) हो | तत्काल चाहिने इन्धनको… Continue reading
चिनी रोग, प्याङक्रिअस, र इन्सुलिन
हामीले खाएको खाना आमासयमा पुगेपछि हाइड्रोक्लोरिक अम्ल (hydrochloric acid) र खानलाई छिट्टै गलाउन सक्ने अन्य थुप्रै रासायनतत्त्वहरु (Enzymes) मिलेर गलाउँछन्। गल्नु भनेको खानाका ठुलाठुला अणुहरु मसिना बन्नु हो अथवा ग्लुकोस (Glucose) भन्ने एक प्रकारको मसिनो चिनीमा परिणत हुनु हो। यही प्रक्रियालाई साधारण भाषामा हामीले पच्नु भन्छौं। खाएको खाना आमासयमा मसिनो बनेपछि सानो आन्द्रामा जान्छ। सानो… Continue reading
हिसाब नजान्ने अर्थमन्त्रीहरु
चुरोट लगायतका सूर्तीजन्य पदार्थको सेवनले के-के रोग लाग्छ हामी सर्वसाधारणले एक-एक गरी सबै जानिराख्नु जरुरी छैन। जानिसाध्य पनि छैन जबकि सुर्तीमा मात्रै ३ हजार भन्दा बढी प्रकारका रसायनहरु पाइन्छन्। त्यही सुर्तीमाथि उत्पादन गर्ने कम्पनीहरुले मान्छेमा सेवन गर्ने बानी परोस, र हाम्रो सामान सदैव बिकिराखोस् भनी कलुषित मनसायले मिसाउने विभिन्न रंग तथा बास्नादार रासायनिक मिश्रणसमेत भएको… Continue reading
पशुपन्छी र किराले कस्तो देख्छन् त यो संसार
प्रकाशको हिसाबले संसारका सबै वस्तुहरुलाई, प्रकाश दिने (luminous) र प्रकाश परेपछि टल्किने (non-luminous) गरी, मुख्य २ भागमा बाँड्न सकिन्छ। सूर्य, तारा, बिजुली, आदि luminous हुन् भने चन्द्रमा, रुख, ढुंगा, माटो आदि non-luminous हुन्। luminous वस्तुहरुले प्रकाश फालिरहेका हुन्छन् भने non-luminous वस्तुहरुले आफूमा परेका प्रकाशका कतिपय किरणलाई सोस्छन भने कतिपयलाई बिभिन्न मात्रा, कोण र दुरीमा फर्काइरहेका… Continue reading
किन हामी रंगिन वस्तु पनि रातमा काला देख्छौं ?
आँखा छन् र पो संसार छ, नहुँदा त सबै अन्धकार न छ! यति भनेपछि आँखाको महत्व बताइराख्न परेन। तथापि मानव आँखाका विभिन्न भाग र तिनीहरुको काम गर्ने तरिकाचाहिं चर्चा गरौँ। प्राणीहरुका आँखा १० भागमा वर्गीकृत छन्। ती मध्ये हाम्रा आँखा “क्यामरा जस्ता आँखा’ हुने प्राणी समूह अन्तर्गत पर्दछन्। मतलब हाम्रा आँखाको काम गर्ने तरिका धेरै… Continue reading
रसायन हालेर पकाएको आँप यसरी चिनौँ
रसायन हालेर पकाएको फलफूलका कारण टाउको दुख्ने, रिंगाटा लाग्ने, निद्रा लाग्ने, मुड फेरिने, मानसिक दुबिधा हुने, Cerebrum भन्ने दिमागको भागमा पानी जम्ने र पक्षघात समेत हुने सम्भावना हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन (WHO) ले खाद्यान्न सम्बन्धि कुरामा यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। कानुनी प्रतिबन्ध त नेपाल भारतमा पनि छ होला, तर कार्यान्वयन कसले गर्ने ?… Continue reading
यसरी जान्छ भूकम्प
करिब ४ अरब ५७ करोड बर्ष पहिले बिभिन्न ग्यास र अन्य पदार्थका ठोस कणहरु बोकेको नेबुला नामक बिशाल बादल अगाडि बढ्दै गर्दा आफैले आफ्नो तौल धान्न नसकी बिचमा भित्रतर्फ भासिएर गुरुत्वाकर्षणको कारणले भुमरी परी त्यही भुमरीमा घुमिरहँदा बल्ने ग्यासहरू जति एक ठाउँमा जम्मा हुँदैहुँदै एउटा बिशाल आगोको डल्लो बनेको, र त्यही डल्लो नै पछि सूर्यमा… Continue reading
नेभिगेसन यन्त्र नै नचाहिने मसहुर पाइलटहरु
“हजारौं किलोमिटर टाढाबाट चुनामी आउँदै गरेको जटिल कुरा समेत कुनै यन्त्रबिना थाहा पाउन सक्ने, सुंडको दबाबले आफ्नो शरीर धान्न सक्ने वा नसक्ने जमिन चाल पाउने, विशाल शरीर, चारवोटा खुट्टा, त्यसमाथि थपुवा सुंडसमेत भएको, तर अहिलेसम्म आलुधरि पोलेर खान नजान्ने हात्ती जस्ता जनावरलाई, अनि कोइली जस्ता कागको फुल समेत चोर्न सक्ने चराहरुलाई, जसरी मानिसको पूर्खा अस्ट्रालोपिदकस्… Continue reading
चट्याङ बुझौँ, चट्याङबाट बचौं
एकथरी मान्छेमा चट्याङ पर्दा हलोको फाली जस्तो फलामको वस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन। अर्काथरी मान्छेमा ठूलो आवाज जहाँ खस्छ, त्यहीँ नै चटयाङ पर्छ भन्ने धारणा छ। यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो। तथ्य के हो भने जब बादलबाट माइनस चार्जको विशाल लहरो पृथ्वीमा आउँछ, यो एउटा कुलो… Continue reading
मापसेको भित्री चुरो
अल्कोहल धेरै प्रकारका हुन्छन्। अन्न तथा फलफूलमा मर्चा अथवा मर्चाकै काम गर्ने ब्याक्टेरिया हालेर कुहाएर जाँड बनाई त्यसैबाट बनाइने हामीले पिउने रक्सीचाहिँ खासमा एथनल हो। ब्याक्टेरिया भन्नेबित्तिकै हानिकारकमात्र हुँदैनन, थुप्रै प्रकारका लाभदायक पनि हुन्छन्। दही जमाउने, सेल फुलाउने पनि ब्याक्टेरिया नै हुन्। हाम्रो ठुलो आन्द्रामा पनि करिब ४०० प्रकारका लाभदायक ब्याक्टेरिया हुन्छन्। अन्न तथा फलफुलमा… Continue reading
धर्तीदेखि चर्पीसम्मको यात्रा
हाम्रा भन्ने तरिकाहरु मिठा छन्, तथ्यको नजिकै पनि पुग्छौं, तर गहिराइमा डुब्ने त्यति बानी छैन हाम्रो। परिणामस्वरूप तथ्य हात पार्न चुक्छौँ। अरु त कुरै छाडौं, शरीरका सबै अंगहरु समेत आफ्नै भाषामा भन्न नपाई अरुका शब्दहरु सापट लिएर भन्न बाध्य हुनु भनेको हामी विज्ञानमा कमजोर भएको प्रमाण हो। सुन्दा भने तितो लाग्छ ! वाक्कै आउलाजस्तो भयो,… Continue reading
संसार हल्लाउने सिद्धान्त
विज्ञान नपढ्ने मान्छेको पनि सोंच त वैज्ञानिक हुन सक्छ नि ! विज्ञान भन्ने बित्तिकै हामीहरुमध्ये धेरैजसोले केवल biology, physics र chemistry मात्र सोंच्दछौँ। विज्ञानका त थुप्रै हाँगाबिंगा पो छन् त ! मुख्यतया विज्ञान ५० किसिमका छन, हाँगाबिंगा समेत गनेर कसैकसैले त ६३३ प्रकारका सम्म पुर्याएका छन्। त्यस्तै वैज्ञानिक परिणाम भन्ने बित्तिकै भ्यागुता चिरेर, बाँदर वा… Continue reading
सम्भोगसँग जोडिएका रहस्यहरु
साधारण तरिकाले सोंच्दा वा भन्दा अन्य कुराहरु यथावत रहे कुनै निश्चित अवस्थामा र निश्चित उमेरभित्रमा पुरुष र महिला बिचमा गरिने शारीरिक सम्पर्कको माध्यमबाट एउटा नयाँ जीवन शुरु हुन्छ। हुन पनि यो कुरा ठिकै हो। तर सम्भोगसंग जोडिएर आएका, सुखानुभूति बाहेकका, प्रक्रियागत र जैविक कुराहरुलाई गहिरिएर हेर्ने हो भने यो साँच्चिकै आश्चर्यलाग्दो छ। जब पुरुष उमेरको… Continue reading