Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: विज्ञान ब्लग

विज्ञान ब्लग : क्यान्सर पत्ता लगाउन चुम्बक

Posted on January 8, 2016January 1, 2016 by mysansar

-छविलाल रिजाल- चुम्बकीय पदार्थहरुको उपयोगिताको इतिहास धेरै लामो छ। अहिले भने चुम्बकीय पदार्थहरुको उपयोगिता र महत्व्र ह्वात्तै बढेर गएको छ। विशेष गरी नयाँ उपकरणहरुको विकासले यसको उपयोगिता बढ्दै गएको हो। मेरो १५ वर्षको अनुसन्धानमा चुम्बकीय पदार्थहरुको उपयोगिता यति धेरै बढेर गएको यसअघि कहिल्यै अनुभव गरेको थिइनँ। हो, कम्प्युटर क्षेत्रमा, चुम्बकीय सेन्सर (जीएमआर सेन्सरको नाममा चिनिन्छ,… Continue reading

नेपाली ‘गुगल-बोय’ आदित्य: कति यथार्थ कति भ्रम?

Posted on July 30, 2015July 30, 2015 by विज्ञान बा

नेपाली गुगल-बोय भनेर पनि चिनिने आदित्य दाहाल उनको असाधारण क्षमताका कारण चर्चित छन्। बिशेष दिमागी अवस्थाका या दिमागी चोट लागेका केही व्यक्तिहरुको विलक्षण गणितीय क्षमता हुन्छ जसलाई सभाण्ट सिन्ड्रोम भनिन्छ। रिपोर्टहरु हेर्दा लाग्छ, आदित्य यस सभाण्ट वर्गमा पर्दैनन्। उनी औसत भन्दा निकै मेधावी तर अरु हिसाबले सामान्य नै लाग्छन्। उनी भर्खर ५ टेकेका बालक हुन्… Continue reading

विज्ञान ब्लग : मान्छेभन्दा बुद्धिमानी

Posted on February 10, 2015 by mysansar

प्राय सबै समाजमा परापूर्वकालदेखि नै कागको बारेमा राम्रा नराम्रा उल्लेख्य द्रष्टब्यहरु प्रयोग गरिएको पाइन्छ | साइतका कुरा, बेसाइतका कुरा, सुसमाचारका कुरा, कुसमाचारका कुरा आदिआदि ! बाइबलमा एलिया (Elijah) भनिने अगम्बक्तालाई जंगलमा कागले खान खुवाएर बचाएको उल्लेख छ भने इस्विसम्बत १ को हाराहारीमा एसप (Aesop) नामक कथाकारले घैंटोमा रहेको तर चुच्चोले नभेटिने पानी पिउनको लागी कागले… Continue reading

विज्ञान ब्लग : कसको माया बढी ?

Posted on January 19, 2015January 19, 2015 by mysansar

सानो छँदा कसैकसैले “तिमीलाई कसको बढी मायाँ लाग्छ? बाबाको की, आमाको कि, दाइको कि, भाइको कि, बहिनीको ?” भनेर कसैले सोध्दा अकमक्क परेको क्षण याद भैरहेको छ मलाई यति बेला। कसको भन्ने ! सबै बराबर ! कुनैकुनै प्रश्न सुन्दा जति सजिला हुन्छन, जवाफ दिन त्यति नै गाह्रो ! “फोक्सो कि, कलेजो कि, मुटु ठुलो” भनी… Continue reading

विज्ञान ब्लग : झुस महिमा

Posted on January 12, 2015 by mysansar

-विप्र- बुलबुल : कता हो ? सिमसिम : यतै त हो । अनि कस्तो छ त एलर्जी अहिले ? बुलबुल: ओखती गरेपछि ठिक भयो नि सिमसिम: के खानु भयो त औषधी ? एन्टीहिस्टामिन नै त होला नि, हैन ? बुलबुल: हो, एन्टीहिस्टामिन, बेनाड्रिल खाएँ केही चक्कीहरु। अनि यो एन्टीहिस्टामीन नै किन नि? सिमसिम: हुन त… Continue reading

विज्ञान ब्लग : झुस भनी नगर हेला, झुस कै पर्लाउ है फेला

Posted on January 3, 2015January 2, 2015 by mysansar

– विप्र – सिमसिम: नमस्कार, बुलवुलजी, के छ हो हालखवर ! बुलवुल: के हुनु नि । ह्यॉ तपॉईलाइ नमस्कार फर्काउन मुद्णपाटी (कीवोर्ड) चलाँउ कि ढाड र पाता कनाएर बसौं जस्तो भ’को छ आफुलाइ चैं ! सिमसिम: हैन, के भयो र त्यस्तो ? हुन त आफ्नो मखमली जिउ कनाउन छोडेर त्यस्तो खस्रो मुद्रणपाटी चलाउन जॉगर नै… Continue reading

विज्ञान ब्लग : जाडोमा छालाको हेरचाह

Posted on December 28, 2014December 28, 2014 by mysansar

विज्ञानको एउटा कोणबाट हेर्दा कुनै पनि मान्छे अर्को मान्छे भन्दा एकदमै फरक देखिन्छ भने अर्को कोणबाट हेर्दा झन्डै दुरुस्तै ! शरीरमा पाइने पदार्थ अथवा तत्व (Genetic Material) को हिसाबले हेर्दा कुनै दुईजना मान्छेको बिचमा ३० लाख भन्दा पनि बढी भिन्नता हुन्छन भने DNA को हिसाबले हेर्दा सबै मान्छे ९९.९% उस्तै हुन्छन्। चिम्पान्जी र मान्छेको समेत… Continue reading

ख्याती हत्याको वैज्ञानिक कारण

Posted on December 22, 2014 by mysansar

स्मरण, गति, एकाग्रता, आनन्द आदि क्रियाकलापलाई संचलान, निर्देशन र नियन्त्रण गर्ने हाम्रो मस्तिष्कका फरक-फरक भागलाई आफ्नो कार्यक्षेत्र अनुसार बिभिन्न सर्किटहरुले सृंखलाबद्ध किसिमले जोडेका हुन्छन् | यसलाई Reward System भनिन्छ | जब हामी मिठो खाना खाएर सन्तुष्टि हुने, जित तथा उपलब्धी जस्ता कुरामा खुसी हुने, तथा यौनिक कार्यजस्तो उत्तेजना र मजा आउने कार्यमा संलग्न हुन्छौं, त्यस्तो… Continue reading

विज्ञान ब्लग : हबल अन्तरिक्ष दुरबिनले भेटेको परमेश्वरको आँखा

Posted on December 15, 2014 by mysansar

हबल अन्तरिक्ष दुरबिन (Hubble Space Telescope) ले ब्रमाण्डको बारेमा आज यति धेरै जानकारी दिन सकेको छ की यस मार्फत प्राप्त तस्बीर तथा तथ्यांक (Data) लाई आधार बनाएर १० हजार भन्दा बढी त लेख र सोध-पत्र नै तयार भएका छन्। अचम्म र आश्चर्य लाग्ने बिभिन्न आकाशीय पिण्ड, ग्रह, छुद्रग्रह, उल्का; जन्मिदै गरेका, पूर्ण स्तरमा बिकसित भएका, मर्दै… Continue reading

विज्ञान ब्लग : रिस शान्त पार्ने औषधिहरु

Posted on December 7, 2014December 8, 2014 by mysansar

रिस तथा रिस उठ्नुलाई अहिलेको सामाजिक परिप्रेक्षमा झट्ट हेर्दा नराम्रो अथवा नकारात्मक मानिए पनि जीवको अस्तित्व रक्षाको इतिहासमा रिसले नै सबैभन्दा ठुलो भूमिका निर्बाह गरेको छ | कुनै यस्तो समय थियो जहाँ मानिसले सिंह, बाघ, भालु लगायतका हिंश्रक जन्तुसंगै बस्नु पर्थ्यो | यस्ता जनावरसंगको जम्काभेटमा सकेसम्मको ठुलो आवाजले नाचिच्च्याउने हो भने र रिसले जलेको रौद्ररुप… Continue reading

विज्ञान ब्लग : रिस उठ्नु तपाईंको कमजोरी होइन

Posted on November 30, 2014December 1, 2014 by mysansar

मानव मन भनौ या मस्तिष्कमा पैदा हुने लाज, डर, ईख, प्रेम, घृणा, इर्षा, रिस, आदि संवेगहरुको बिकास एकैचोटी नभई फरक-फरक समय र परिस्थितिमा भएको हो। जस्तो की “डर” प्राणी स्तनधारी प्राणीमा बिकास हुनुभन्दा पहिलेदेखि नै तात्कालिन प्राणीको मस्तिष्कको भागमा बिकसित र अवस्थित थियो। प्राणी स्तनधारीमा परिणत भई बच्चालाई दूध खुवाउन थालेपछि उसमा “माया” जागृत, र… Continue reading

विज्ञान ब्लग : जाडो मौसममा किन रुघाखोकी लाग्छ ?

Posted on November 23, 2014 by mysansar

जतिसुकै सफा खानेकुरा भए पनि अथवा जतिसुकै सफा वाताबरण देखिए पनि त्यसमा अझै प्रसस्त मात्रामा ससाना जीवाणु रहेका हुन्छन, जुन हाम्रो नाङ्गो आँखाले देख्न सकिन्न | रुघाखोकी लगायत बिभिन्न रोगहरु फैलाउने भाइरसहरु पनि हाम्रो नाङ्गो आँखाले देख्न सकिन्न | गर्मीको समयमा हावामा पानीको मात्रा अथवा पानीका कणहरुको मात्रा धेरै हुन्छ, र धेरैजसो हावामा रहने जीवाणुहरु… Continue reading

विज्ञान ब्लग : बेग्लै जगतका रमाइला कुराहरु

Posted on November 9, 2014 by mysansar

कुनै पनि आफूलाई पूर्ण थाहा नभएको बिषयमा आफ्नो चित्त नबुझ्दासम्म लागिरहने र सदैब कहीं न कहीं, कतै न कतै, कुनै न कुनै रुपमा फरक कुराहरुको महसुस गर्न चाहने इच्छा, अनि तत्परता पनि मान्छे यतिबिघ्न बिकसित हुनु पछाडिका २ वोटा थप कारणहरु हुन् | सदैब एकै प्रकारका (Stereotype) कुराबाट मान्छे खुसी हुन पनि सक्दैन र उसले… Continue reading

विज्ञान ब्लग : कस्तो हुन्छ त सम्भोगको बेला मस्तिष्कको गतिविधि !

Posted on November 3, 2014November 4, 2014 by mysansar

तथ्य सदैब लुक्न सक्दैन। केही समयको लागी बंग्याउन सकिए पनि त्यसले बिस्तारै आफ्नो आकार लिन्छ-लिन्छ। दबाउन वा पछार्न खोजियो भने त झन् हावा भरिएको भकुण्डोझैँ जति बल गरेर दबायो त्यति माथि उफ्रिन्छ। कुनै पनि कुरा जान्न खोज्नु मान्छेमा हुने एकदमै सकारात्मक पक्ष र एउटा अर्को नयाँ आविष्कारको थालनी हो। समाज बिकासको इतिहास हेर्दा कुनै बिशेष… Continue reading

विज्ञान ब्लग : किन फुल्छ मान्छेको कपाल

Posted on October 27, 2014October 28, 2014 by mysansar

हामीले प्रयोगशालामा Single Viewing Condition मा light-dark रंगका १००० तहहरु, Red-green का १०० तहहरु, र Yellow-blue का १०० तहसम्म देख्न सक्छौं। जसको अर्थ हामीले (१,०००x१००x१०० = १०,०००,०००) १ करोड प्रकारकासम्म रंग देख्न सक्छौं। अझ आधुनिक कम्प्युटरले त १ करोड ६१ लाखजति रंग देखाउन सक्छ। यसकै आधारमा आधुनिक टेलिभिजन तथा कम्प्युटरमा पिक्सलको निर्धारण गरिन्छ। तर यसको… Continue reading

किन खुइलिन्छ पुरुषको मात्र तालु !

Posted on October 20, 2014October 22, 2014 by mysansar

तालुखुइले मान्छे भाग्यमानी, बुद्धिमानी अथवा दुवै, हुन्छ अथवा हुँदैन त्यो त विज्ञानले पत्ता लगाएको छैन, ज्योतिषलाई सोध्नु पर्छ। तर मान्छेको शरीरमा रौँ कसरी उम्रिन्छ, किन पातलो हुन्छ, र किन झर्छ भन्नेचाहिं करिब-करिब पत्ता लगाएको छ। हाम्रो शरीरको हत्केला, पैताला र अरु केही अंगबाहेक अन्य भागको छालाको भित्री सतहको धेरै ठाउँमा कतै अत्यधिक बाक्ला र कतै… Continue reading

विज्ञान ब्लग : केही विज्ञान केही फिक्शन !

Posted on October 13, 2014 by mysansar

जनमानसमा ठुलो असन्तुस्टी अथवा सन्त्रास फैलिनसक्ने सम्बेदनशील कुराहरु सत्यतथ्य भए पनि सकभर आफैले औपचारिक घोषणा नगर्ने, र गरे पनि घुमाउरो पाराले, अनि बिस्तारै-बिस्तारै गर्ने कुटनीति सबै प्रकारका सरकारको हुन्छ | टनकपुर सम्झौतामा नेपालले पाउने बिजुली करोडौं वाट (Watt) र भारतले पाउने बिजुली केही हजार मेगावाट (Megawatt), जापानमा फुकुशिमाको आणविक भट्टी नै पग्लेर ५०० किलोमिटरसम्म रेडियोधर्मी… Continue reading

विज्ञान ब्लग : पृथ्वीका जीव र पृथ्वी नै समाप्त हुनसक्ने केही अवस्था

Posted on October 5, 2014October 6, 2014 by mysansar

अघिल्लो हप्ताको ब्लगमा अबको १ अरब बर्षभित्र प्राणी र बनस्पतीको अस्तित्व नै समाप्त हुनेगरी यो पृथ्वी तात्ने यथार्थ कुरा समेट्दा कतिपय पाठकज्यू निराश हुनु भएछ ! त्यस्तो हुन्छ | आफूले नभोगेको कुनै प्रलयकारी कुरा हुनेनै भएपछि सबैलाई त्यस्तो लाग्छ | तथापि तथ्य छोप्न तथा बंग्याउन मिल्दैन | तथ्यले निरासता र खुसियालीसंग सम्बन्ध राख्दैन | सूर्यको… Continue reading

विज्ञान ब्लग : को, अनि के नै अजम्मरी हुँदोरैछ र!

Posted on September 29, 2014September 29, 2014 by mysansar

हाम्रो घरको सानो बगैंचामा रंगीबिरंगी फूल फुल्ने “अजम्मरी” नामको एउटा फूलको बोट थियो, जसको फूल भने ताजैमा सुकेकोजस्तो देखिन्थ्यो | सानैमा एकदिन आमालाई “किन यो फूलको नाम अजम्मरी भएको आमा ?” भनी सोधेको “यसको फूल कहिलै मर्दैन त्यसैले यसलाई अजम्मरी भनिएको हो” भनेर जवाफ दिनु भयो | “होइन होला !” भनेको त तुरुन्तै पिँधतर्फ केही… Continue reading

विज्ञान ब्लग : ऋतु परिवर्तन हुने कारणहरु !

Posted on September 21, 2014September 22, 2014 by mysansar

देश, समाज र संस्कार अनुसार बेग्लाबेग्लै किसिमले ऋतुहरुको संख्या र नामाकरण गरिएको पाइन्छ। हिन्दू समाज अनुसार बैदिककार्य गर्नलाई शुभ मानिएको समयलाई, र महिलाहरु रजस्वला भएको अवस्था, साथै गर्भधारण गर्न योग्य समयलाई पनि ऋतु भनिन्छ। प्राकृतिक अवस्थानुसार बर्षभरिको २-२ महिनामा फेरिने वातावरणीय स्थिति वा त्यस अनुसार हुने समय-परिवर्तनको अवस्थालाई ध्यानमा राखी २ महिनाको एक ऋतु बनाई-बसन्त,… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme