Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: शनिबार साहित्य

कथा : सम्बन्ध विच्छेद

Posted on October 23, 2021 by Salokya

-शशांक लामा- जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्। तिनको हात समात्दै मैले भनें: तिमीसित एउटा कुरा गर्नुछ। तिनी बसिन् र चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो वाक्य बन्द भयो। तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो – म… Continue reading

कथा : ऐंठन

Posted on June 5, 2021 by mysansar

– अनन्त लम्साल – पुसको एक निर्मम बिहान, प्रस्टै उज्यालो भइसकेको थिएन । सडक वरिपरिका मान्छेहरू देख्दा, म जस्तै सबै गरिबीको रापले भुट्भुटिएर झिसमिसेमैं शितलताका खातिर निस्किएका हुन् कि भन्ने पनि लाग्यो । कसैलाई वाहनले तानिरहेको थियो भने कोही आफ्नै दुई पयरका सहायतामा घस्रिरहेका थिए । कोही फोहोरको थुप्रोमा आगो लगाउने प्रयत्न गर्दै धुवाँको मुस्लोमा… Continue reading

कथा : बाँध

Posted on July 11, 2020July 11, 2020 by mysansar

-शुषमा मानन्धर- “लेखिका महोदया, कतै म तिम्रो कथाको कुनै पात्र त बनेको छैन?” होटलमा बिहान ब्रेकफास्ट लिँदा सागरले हाँस्दै प्रश्न गरेको थियो। म एक लेखिका हुँ र लेख्नेहरुसँग यस्तो प्रश्न गरिनु कुनै अस्वाभाविक पनि हैन। “पहिला पढ्नू न।” मैले कुरालाई अँध्यारैमा टुङ्ग्याएकी थिएँ। उपन्यासको बाँकी रहेको अन्तिम भाग भर्खरै लेखिसकेकी छु। मनको निकै ठूलो भार… Continue reading

कथा : मोबाइल र श्रीमती

Posted on June 27, 2020 by mysansar

– प्रकाश अविनाश – करिब तीन चार महिनादेखि उनको व्यवहार अनौठो देखिन थालेको थियो । खास गरी मोबाइल फोनको सन्दर्भमा । यसअघि उनको मोबाइल कहाँ रहेको हुन्थ्यो उनैलाई थाहा हुने थिएन, धेरै जसो मेरो मोबाइलबाट कल गरेर पत्ता लगाउनु पर्थ्यो । जहाँ जति बेला जसले पनि खोलेर हेर्न, गेम खेल्न, कल गर्न सक्थ्यो , किनकि… Continue reading

थुक्क! मेरो सपनाको अमेरिका!!

Posted on December 7, 2019 by mysansar

-हरि घिमिरे, भर्जिनिया- सागर त्यसबेला सुखी परिवारको अभिभावक। छोरा र छोरी विज्ञान विषय लिएर आइ.एस्सी. उत्तीर्ण गरेका। श्रीमती कलेजमा पढाउने। आफू पनि सरकारी कलेजको कमर्शको प्राध्यापक,बोर्डिङ् स्कूलको संस्थापक, निजी कलेजको प्रिन्सिपल। कुनै कमी थिएन जीवन सञ्चालन गर्ने पद्धतिमा। सागरलाई अमेरिका जाने धून चढ्यो। उसले कयौं प्रयास गर्‍यो। तर सफल हुन सकेको थिएन। आफ्ना सम्पूर्ण नजिकका… Continue reading

कथा : लिपिस्टिकको दाग

Posted on June 15, 2019June 18, 2019 by mysansar

– शुषमा मानन्धर – ऊ लुगामा साबुन दल्दै थिई । उसका आँखा, श्रीमानलाई मनपर्ने कमिजमाथिको दागमा प¥यो । त्यहाँ, ओठको बान्की देखिने गरी रातो लिपस्टिकको दाग लागेको थियो । त्यसरी लिपस्टिकै लाग्ने गरी ऊ श्रीमानसँग कहिल्यै टाँसिएकी थिइन । उसलाई झनक्क रीस उठ्यो । पछिल्लो पटक उनले त्यो कमिज कहिले लगाएका थिए, उसले सम्झन खोजी… Continue reading

लघुकथा : ग्लानी

Posted on March 9, 2019 by mysansar

– ऋचा लुइँटेल – हामी बसेको घर नजिकै जमिन्दार छिमेकी थिए। उनीहरुका सामु हाम्रो हैसियत भनेको दिनदुःखी, बिचरा। जमिन्दारको जेठो छोरो इन्जिनियर अस्ट्रेलिया। दुई छोरी अमेरिका। कान्छो छोरो जापान। बूढाबूढी सधैं सुकिला। जमिन्दार बज्यैले लगाउने जस्तो सारी आमालाई किनिदिन खोजेको, के सकिन्थ्यो। हामीले वर्ष दिन जहानैलाई लुगा किन्न पुग्ने पैसाभन्दा महँगो सारी लाउँथिन बज्यै। कानमा… Continue reading

कथा : जब स्वर्गका राजा बने यमराज

Posted on February 16, 2019 by राजु अधिकारी

यमराजलाई मरेका मान्छेहरूसँग दिनदिनै व्यवहार गर्दा एक दिन दिक्क लागेछ। यस्तो पनि जिन्दगी हो? सायद तेत्तिस कोटि देवताहरू मध्य सबभन्दा व्यस्त उनी नै होलान् तर त्यत्रो काम गर्दा पनि कसैले पनि उनलाई राम्रो नजरले हेर्दैन। अझ मर्त्य लोकका जीवात्माहरुका लागि त उनी त शत्रु नै हुन्। यस्तो काम पनि कसैले गर्छ? ठोक्दिन्छु राजीनामा भनेर दृढ… Continue reading

सपनामा निर्मला : पापमोचन

Posted on January 19, 2019January 19, 2019 by mysansar

-राजु अधिकारी – एक जना व्यापारीको घरमा अतिथि बनेर टन्न मार्सीको भात खाएर आएर मस्त सुतेका उनलाई राति सपनामा निर्मला पन्तले तर्साइन। च्यातिएका लुगा, रक्ताम्य शरीर अनि लथालिङ्ग कपालकी निर्मलाले सपनामा उनलाई भन्दै थिइन- ‘मलाइ न्याय चाहियो। मलाइ थाहा छ, तिमीले नै मेरो बलात्कारी र हत्यारालाई लुकाएर राखेका छौ। यदि तिमीले मलाइ न्याय दिएनौ भने… Continue reading

कथा : सपनीमा दसैँ

Posted on October 27, 2018 by mysansar

– झलक पौडेल – ” आफ्नै गाउँ फर्की आए ” भन्ने एउटा पुरानो नेपाली फिल्मको धुनले म बियुझीए । मेरो पाँच बर्से छोरोले खासै नेपाली बोल्न नजाने नि , हामी दशैको लागि नेपाल जाँदै छौ भने पछि उसले मम्मीलाई भनेर आलरमको घण्टी चेन्ज गरेको रहेछ । मेरो छोरो यही जर्मनीमा नै जन्मेको । उ अझ… Continue reading

मेरो बलात्कार भएको छ

Posted on October 23, 2018October 20, 2018 by mysansar

-शुषमा मानन्धर- “मेरो बलात्कार भएको छ ।” कुरा सुनेर पहिले त ऊ निकै झस्की । नपत्याएझैँ मेरो अनुहार हेरी। “चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा र निधार खुम्च्याउँदै निहुरिएर भनी, “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ, अझ उसमाथि तिमीजस्तो स्मार्टको?” “तिमीसँग कहिल्यै झूठ बोलेको छु र? त्यही बताउन त आज यहाँ बोलाएको हुँ। के ममाथि… Continue reading

कथा : बलिको बोकाको पुकारा

Posted on October 19, 2018 by mysansar

-राजु अधिकारी – आज उसको मर्ने दिन। उसलाई सबै थाहा छ, उसले सबै कुरा बुझ्छ तर ऊ बोल्न र आफ्ना भावनाहरू अन्य माध्यमबाट व्यक्त गर्न असमर्थ छ। पशु हुनुको सजाय त्यही हो। जतिसुकै पिडा भए पनि जतिसुकै छटपटी भए पनि उसको त्यो पिडा र छटपटी कसैले बुझ्न सक्दैन या बुझ्न चाहँदैन। पाँच दिन अगाडी मात्रै… Continue reading

कथा : माछो माछो- भ्यागुतो

Posted on October 6, 2018October 7, 2018 by mysansar

-राजु अधिकारी- एक दिन हापुर खोलामा माछा मार्न जाँदा माझी माइलोले खोलाको रहमा बडेमानको माछो देख्यो। हापुर खोलो त्यति ठुलो थिएन त्यसैले त्यहाँ त्यति ठुला माछा पाइन्नथे। चरिंगा, सेताला र सैयाँ नै त्यहाँका मुख्य माछा थिए अनि कहिलेकाही बाम माछाले पनि दर्शन दिन्थे। त्यसैले उसले त्यो रहमा त्यति ठुलो माछो पहिले कहिले देखेको थिएन। त्यति… Continue reading

कथा : पत्नीव्रता

Posted on September 22, 2018September 22, 2018 by mysansar

-राजु अधिकारी- ‘मामु पतिव्रता भनेको के हो?’ दुई कक्षामा पढ्ने छोरीले एक दिन स्कुलबाट आउँदा आउँदै सोधेको प्रश्न सुन्दा उसलाई अचम्म लाग्यो। यति सानै उमेरमा उसले त्यति गम्भीर प्रश्न सोधेकी थिई। ‘कसले सोध्यो?’ उसले छोरीलाई काखा हाल्दै सोधी। ‘जसले सोधे पनि भन्स्यो न, पतिव्रता भनेको के हो?’ छोरीले जिद्दी गरी। आजभोलि जताततै तिजको चहल पहल… Continue reading

कथा : ठूलो मान्छे

Posted on September 1, 2018 by mysansar

-राजु अधिकारी – सानो छँदा उसलाई ठुलो मान्छे बन्ने रहर थियो। त्यसमा खास गरी दुईवटा कुराले भूमिका खेलेको थियो। पहिलो कुरो त ठुलो मान्छेहरूले गर्ने कतिपय कृयाकलापहरुमा उसलाई रोकावट थियो जुन उसले गर्न चाहन्थ्यो। केही रमाइलो चिज गर्न खोज्यो ‘यो ठुलो मान्छेले गर्ने काम हो, तँ अझै सानै छस् ठुलो भए पछि गर्लास्’ भनेर आमा… Continue reading

कथा : ब्रह्मनालबाट प्रत्यक्ष प्रसारण

Posted on August 25, 2018August 25, 2018 by mysansar

-डा. सुमन राज ताम्राकार- म अहिले ब्रहृमनालमा लम्पसार छु । मलाई कात्रो र रामराम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा’छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एकपछि अर्को गर्दै ओइरिरहेका छन् । पालैपालो पानी ख्वाउने क्रम जारी छ, अर्थात् हुँदैछ । हाम्रो त्यस्तो… Continue reading

कथा : कैलाशमा गणतन्त्र

Posted on August 18, 2018August 18, 2018 by mysansar

-राजु अधिकारी- भगवान् शिवको पार्वतीसँग बिहे नहुँदै उनका परिवार भने पनि साथीहरू भने पनि नन्दी, भ्रिंगी, भूतप्रेत र गणहरू नै थिए। त्यति बेला उनीहरूलाई महादेवले स्वतन्त्र छोडिदिएका थिए। उनीहरूले आफूले गर्न चाहेको कुरा गर्थे, खान चाहेको कुरा खान्थे, डुल्न चाहेको ठाउँमा डुल्थे। महादेवलाई ध्यानमा बस्दैमा फुर्सदै हुँदैनथ्यो, उनीहरूको वास्ता गर्ने समय कहाँ हुनु? केही काम… Continue reading

कथा : उत्तराधिकारी

Posted on August 11, 2018 by mysansar

-राजु अधिकारी – आफूले एकीकरण गर्न सुरु गरेको देशको हालत देखेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई निकै चिन्ता लागेछ।कत्रा कत्रा सपना बोकेर देश निर्माणमा खटेका थिए उनी र उनका सहयोगीहरू तर आज देश केटाकेटीले घरकुली खेलेको पाराले चलेको देख्दा उनलाई रुन मन लागेछ। तर रोएर समस्या त समाधान हुँदैन, केही त गर्नु प-यो भनेर उनले कालु… Continue reading

कथा : श्री ३ गिद्ध

Posted on August 4, 2018 by mysansar

– जगदीश घिमिरे – एकदम मध्यान्ह्र पनि कैलेकाहीं गोधुलीजस्तै धमिलो देखिन्छ । चालीस डिग्री सेन्टीग्रेडभन्दा तातो त्यो जेठ हुनु पर्दछ र हुनु पर्दछ आँखाको विस्तारभरि छरिएको बलौटे भूमिको सतहबाट समय समयमा लुको झोक्काले धूलाको ज्वार चुल्याउँदै बगाउँदै गरेको । यौटा मरेको भैंसालाई बल्लतल्ल लढियामा लादेर घरतिर फर्किरहेको लढीवान, यस्तोमा, एकदम मध्यान्हमा पनि, सारा आकाश गोधूलीजस्तै… Continue reading

कथा : मलमासको अन्त्यमा

Posted on July 28, 2018 by mysansar

– केडी रेम्नीसीङ – ‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग परिचय भयो । आज उसैको स्पोन्सरसिपमा खान आकी छिन् मसरुम पिज्जा । आफ्नै… Continue reading

Posts navigation

  • 1
  • 2
  • 3
  • 4
  • …
  • 11
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme