Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

समानुपातिकमा घण्टी कति बज्ला ? हालसम्मको गणना अनुसार कसको कति सिट?

Posted on November 23, 2022November 23, 2022 by Salokya

यस पटकको चुनावमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैको घण्टी बजाएको छ। काठमाडौँका १० सिटमध्ये ४ सिट पहिलो पटक चुनाव लडेको यो दलका उम्मेदवारले जितेको छ। यो ब्लग लेख्दा (मंसिर ६, साँझ ७) बजेसम्म घण्टीले ४ सिट जितिसकेको छ भने ४ वटामा अग्रता लिएको छ। अब धेरैको चासो ११० वटा समानुपातिक सिटमा यो पार्टीले… Continue reading

डिजिटल मतदानको नतिजा : घण्टी अगाडि, सूर्य दोस्रो र रुख तेस्रो

Posted on November 21, 2022November 21, 2022 by Salokya

त्यसो त इन्टरनेटमा गरिने मतदान र ब्यालेट बक्समा लगाइने स्वस्तिक छाप बीच अन्तर त हुन्छ नै। तर डिजिटल मतदान पनि मान्छेले नै गर्ने भएकोले यसले केही न केही संकेत त देखाउला नै, ठ्याक्कै यस्तै नभए पनि। नेपालभर प्रतिनिधि सभा र प्रतिनिधि सभाका लागि मतदान हुँदै गर्दा माइसंसार तपाईँले भोट हाल्न पाउनु भएको भए कुन चिह्नमा… Continue reading

अब कसरी हुन्छ मतगणना ? यस्तो छ सात प्रक्रिया

Posted on November 20, 2022November 20, 2022 by Salokya

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत देशभर मतदान सकिसकेको छ। अब मतगणना कसरी हुन्छ त? त्यसको प्रक्रिया यस्तो छ- १) मतगणनाको सूचना सबै ठाउँको मतपेटिका आएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय उल्लेख गरी सूचना प्रकाशन गर्छन्। तर पुनः मतदान हुने भएमा त्यस्तो मतपेटिका मतगणनास्थलमा प्राप्त नभएसम्म अन्य मतदान केन्द्रको… Continue reading

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया

Posted on November 20, 2022November 20, 2022 by Salokya

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र… Continue reading

भोट हाल्न पाउनु भएन? केमा हाल्नुहुन्थ्यो? डिजिटल मतपत्रमा सहभागी बन्नुस्

Posted on November 20, 2022November 20, 2022 by Salokya

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ का लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ। शुरुवाती समाचार अनुसार मत हाल्नेहरुको संख्या पहिलेभन्दा कम रहेको भनिएको छ। देशबाहिर रहेका र देशभित्रै रहेकाहरुले पनि कतिपय कारणले भोट हाल्न पाएका छैनन्। भोट हाल्न नपाउनेहरुलाई चित्त बुझाउने एउटा मेलो गर्न हामीले एउटा डिजिटल मतपत्र बनाएका छौँ। यस पटकको… Continue reading

रविको राजनीतिक परीक्षा

Posted on November 17, 2022November 21, 2022 by Salokya

गत साउन महिनामा रवि लामिछाने आफ्नो नयाँ पार्टीको संगठन विस्तार गर्न नेपाल घुम्दै गर्दा विभिन्न जिल्लाको अवस्था हेरेर लेखिएको यो लेखको सम्पादित स्वरुप हिमाल खबरपत्रिकाको भदौ २०७९ अंकमा प्रकाशन भएको थियो। यहाँ क्लिक गरी हेर्न सकिन्छ। यहाँ त्यही लेखको पूरा अंश राखिएको हो। स्मरण रहोस्, यो साउनको माहौलमा लेखिएको सामग्री हो। त्यसपछि तीन महिनामा धेरै… Continue reading

चुनावका लागि चार दिन सार्वजनिक विदा भनेर मिडियाले यसरी झुक्याए

Posted on November 16, 2022 by Salokya

के तपाईँले पनि कुनै मिडियामा वा सामाजिक सञ्जालमा मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सरकारले चार दिन सार्वजनिक विदा दिने निर्णय गरेको खबर पढ्नु भएको र त्यसलाई विश्वास गर्नुभएको छ ? त्यसो हो भने तपाईँ भ्रममा पर्नुभयो। खास कुरा त्यसो होइन। यस विषयमा नेपालफ्याक्टचेकले तथ्य जाँच गरिसकेको छ। छुटाउनु… Continue reading

सन्दीप लामिछाने र किशोरीको बयानमा के-के मिल्यो, के-के बाझियो ?

Posted on October 31, 2022October 31, 2022 by Salokya

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कारको केस अब अनुसन्धान सकिएर अदालतमा पुगेको छ। प्रहरीले अनुसन्धान सकाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। अब थुनछेकको बहस हुनेछ। अर्थात् सन्दीपलाई थुनेरै मुद्दाको कामकारबाही अघि बढाउने कि धरौटीमा छाडेर बाहिरैबाट मुद्दा लड्न मिल्ने गराउने टुङ्गो बहसपछि न्यायाधीशले गर्नेछन्। सरकार… Continue reading

निर्वाचन आयोगको अर्को ‘करोड काण्ड’

Posted on October 28, 2022October 28, 2022 by Salokya

अस्ति भर्खर निर्वाचन आयोगमा भएको ‘घिन्ताङ काण्ड’को बारेमा ब्लग पढिसक्नुभो होला। छुटाउनु भएको भए यता क्लिक गरी अझै पढ्न सक्नुहुन्छ। आयोगले त्यो भिडियो डिलिट गरी कुराको इतिश्री गरिसकेको भए पनि खासमा त्यो बेसुरा आवाज कसको हो, त्यस्तो बेसुरा गायन भएको प्रचार भिडियोलाई ओके गर्नेहरु को-को हुन् बारे केही खुल्न सकेको छैन। पत्रकारहरुले पनि खासै चासो… Continue reading

काग कति बाठो ? हेर्नुस् पत्याउनै गाह्रो ६ उदाहरण

Posted on October 23, 2022 by Salokya

हामीले धूमधामका साथ मनाउने रमाइलो चाड तिहार आज कागतिहारदेखि सुरु भएको छ। यसो हेर्दा लाग्न सक्छ, यो कागलाई किन पूजा गर्नुपरेको होला। तर हैन, हाम्रा पूर्वजहरुले बित्थामा कागको पूजा गरेका हैनन्। काग कति बुद्धिमान चरा हो भनेर त वैज्ञानिकहरुले अहिले गरेका अनुसन्धानले पनि प्रष्ट पारेका छन्। नपत्याए भित्र केही उदाहरण पढ्नुस्।

निर्वाचन आयोगमा भिडियो हटाउनु पर्ने गरी ‘घिन्ताङ काण्ड’

Posted on October 22, 2022October 22, 2022 by Salokya

निर्वाचन आयोगले शुक्रबार साँझ आफ्नो सोसल मिडियाहरुमा एउटा भिडियो अपलोड गर्‍यो। आउँदो निर्वाचनमा भोट हाल्न प्रेरित गर्ने यो भिडियो शनिबार बिहानसम्म त्यो एक किसिमले भाइरल भइसकेको थियो। भाइरल हुनु त एक किसिमले राम्रै हो। तर सकारात्मक हिसाबले हैन नकारात्मक प्रतिक्रियाको ओइरो लागेपछि २४ घण्टा नबित्दै आयोगले त्यो भिडियो हटाउन बाध्य भयो। कुरा यत्तिमा मात्र सीमित… Continue reading

प्रचण्ड किन चितवन छाडेर गोरखामा उठ्ने भए ? यी हुन् कारण

Posted on October 7, 2022October 8, 2022 by Salokya

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः यस पटकको चुनावमा चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको समाचार आएका छन्। छोरीलाई दुई पटक मेयर निर्वाचित गराइसकेका र भर्खरै मात्र घर बनाएको प्रचार गरेका प्रचण्ड चितवन छाडेर बाबुराम भट्टराईले छाडेको गोरखा-२… Continue reading

ओलीको नगरमा झापाली साथीले झण्डै डुबाए, गफ भोलिपल्ट ‘भेरिफाइ’ गर्न निस्कँदा..

Posted on September 16, 2022September 16, 2022 by Salokya

पत्रकारहरुलाई फ्याक्ट चेकको बारेमा एउटा क्लास लिइदिनुपर्‍यो भनी झापाबाट निम्तो आएको धेरै समय भइसकेको थियो। यो हप्ता बल्ल समय मिलाइयो। कार्यक्रम सकिएपछि भोलिपल्ट बल्ल फर्कने योजना थियो। त्यो रात आयोजक साथीहरुसँगै इलाममा बस्न जाने कि लामो समय भेट नभएका अर्कै साथीसँग दमकमा बस्ने- दुई विकल्प थियो। इलामको कन्याम अस्ति भर्खरै पनि गइसकेको हुनाले दमकै बस्ने… Continue reading

‘टेलिग्राम’मा आपत्तिजनक नाबालिग यौन सामग्री : खबरदार, अन्तर्राष्ट्रिय दुराचारीको सूचीमा पर्नुहोला !

Posted on September 16, 2022 by क्रान्ति

मेसेजिङ एपहरू जीवनको अभिन्न अङ्ग जस्तै भइसके। चिनेजानेका मानिसहरूदेखि व्यापार गर्नसमेत यस्ता एपहरू अत्यन्तै सहयोगी छन्। हरेकजसो यस्ता एपमा सामूहिक रुपमा विभिन्न मानिसहरूसँग एकैसाथ कुरा गर्ने ‘ग्रुपच्याट’ फिचर पनि राखिएकै हुन्छ र सायद परिवार तथा साथीहरूसँग जोडिन हामीमध्ये धेरैजनाले यसको प्रयोग पनि गरेकै छौं होला। आजकल यस्तै मेसेजिङ एपहरूको सूचीमा ‘टेलिग्राम’ पनि प्रचलित हुँदै गइरहेको… Continue reading

स्मार्ट पोखराको झुर ‘वातावरण मैत्री चौतारो’

Posted on August 12, 2022August 12, 2022 by राजु आचार्य

– राजु आचार्य – हाम्रा पूर्खाहरूले सार्वजनिक क्षेत्रमा चौतारा बनाएर गफिने, सल्लाह गर्ने र थकाई बिसाउने ठाउँ बनाएका थिए। यस्ता ठाउँहरूमा सभा सम्मेलन हुन्थ्यो। गाउँका नीतिनियम बन्थे। यिनै चौतारामा रहेका वर, पिपल पुजिन्थे। चराहरूको आश्रय स्थल बनेको थियो। विक्रम संवत २०३४ सम्म पोखरा उपत्यकामा मात्र ६३२ वटा चौताराहरु रहेको अनुमान गरिन्छ। तर, अहिले चौतारा कहाँ… Continue reading

फेक फेसबुक स्टायटस : मेयर हर्क साम्पाङ किन र कसरी झुक्किए?

Posted on August 5, 2022August 5, 2022 by Salokya

बिहीबार जातीय सद्‍भाव भड्काउने खालको एउटा फेसबुक स्टायटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भयो। स्क्रिनसट मञ्जु भण्डारीको थियो, जो यसपालिको चुनावमा मेयरमा पराजित भएकी थिइन् भने अघिल्लो कार्यकालमा उनी उपमेयर निर्वाचित भएकी थिइन्। अनि त्यो स्क्रिनसटलाई अझै फैलाएका थिए धरान उपमहानगरपालिकाका वर्तमान मेयर हर्क साम्पाङले। स्क्रिनसटका आधारमा मात्र यसलाई सही वा मिथ्या पत्ता लगाउन सम्भव नहुने… Continue reading

एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…

Posted on July 28, 2022July 28, 2022 by Salokya

नारायणगोपालले गाएका थिए- एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। अब यसको रिमिक्स भर्जन सुन्नुस- ‘एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…’ बुझ्नु भएन ? नहतारिनुस् न। म बुझ्ने गरी उदाहरणसहित बताइहाल्छु नि।

हरायो ! हरायो !! ‘अनलाइनखबर’को समाचारबाट ‘एनसेल’ हरायो !

Posted on July 6, 2022July 8, 2022 by Salokya

कर्पोरेट हाउसहरुका कारण पत्रकारितामा कस्तो असर परिरहेको छ र केसम्म हुनसक्छ भन्ने बारे एउटा राम्रो उदाहरण भेटिएको छ। कुरा एनसेलको। एनसेल नेपालको ठूलो विज्ञापनदाता कम्पनी मध्ये एक हो। यसैसँग मुछिएको एउटा घटनामा नेपालकै अग्रणी अनलाइन अनलाइनखबरले छापेको समाचारसम्बन्धी ब्लग हो यो। घटना निकै रोचक छ हेर्नुस्।

गल्ती लुकाउन खोज्ने ‘रुटिन अफ नेपाल बन्द’, बुझ्नु पर्ने कुरा-गल्ती स्वीकार्दा झन् विश्वास बढ्छ

Posted on July 5, 2022July 5, 2022 by Salokya

कसैले माने पनि नमाने पनि ठूलो संख्यामा किशोरकिशोरी र युवा पुस्ताले समाचार स्रोतको रुपमा स्थापित कुनै मिडियालाई होइन, ‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेजलाई पछ्यउँछन्। ठूला मिडियाले समेत इर्ष्या गर्ने गरी लोभलाग्दो इन्गेजमेन्ट र फलोअरको विशाल संख्या योसित छ। काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको विजय पछि ‘रुटिन’मा शक्ति केन्द्रहरुको आँखा पनि परेको छ।… Continue reading

‘मोटे ग्याङ’बाट तर्सिएका सुर्खेतका पत्रकार

Posted on June 15, 2022June 16, 2022 by Salokya

पछिल्ला केही दिनमा ब्लग अपडेट भएन। कारण- म देशका विभिन्न प्रदेशहरुको यात्रामा थिएँ। मनाङबाट सुरु भएको यो यात्रामा देखेका, भोगेका विषयलाई समेटेर ब्लगहरु लेख्ने क्रम अब थाल्नेछु। आइतबार सुर्खेत पुगेको थिएँ। दुई वर्षअघि लकडाउनका बेला रिपोर्टिङका क्रममा रुकुम पश्चिमबाट फर्कँदा सुर्खेतमा एक रात बास बसेको भए पनि खासै केही बुझ्न र घुम्न पाइएको थिएन। यस… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • …
  • 171
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme