Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

खुमबहादुर खड्काबारे कङ्ग्रेसले के भन्यो?

Posted on August 16, 2012August 16, 2012 by mysansar

श्रावण ३२, २०६९ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो। आजको बैठकमा नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, डा.… Continue reading

ठूला मान्छे मुछिएका भ्रष्टाचार कान्डमा यस्तो हुने रैछ

Posted on August 15, 2012August 15, 2012 by mysansar

-नारायण मानन्धर, एन्टी करप्सन एक्सपर्ट- ठूला मान्छेहरु मुछिएका (हाइ प्रोफाइल) भ्रष्टाचारका मुद्दाको टुङ्गो लाग्न कति वर्ष लाग्दो रहेछ ? कस्तो खालको सजाय अदालतले दिने रहेछ ? आउनुस् भर्खरै सर्वोच्च वा विशेष अदालतले फैसला सुनाएका केही मुद्दाहरुको विश्लेषण गरी हेरौँ। १)चिरन्जीवी वाग्ले, पूर्वमन्त्री, नेपाली कङ्ग्रेस मुद्दा प्रक्रियाः अख्तियारले सन् २००० को मार्च १६ मा मुद्दा दर्ता… Continue reading

के-के गुम्यो खुमबहादुर खड्काको?

Posted on August 14, 2012August 14, 2012 by Salokya

सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले आज गरेको फैसलापछि पूर्वमन्त्री खुमबहादुर खड्काको के के गुमेको छ त? – इज्जत (भ्रष्टाचारीको कलंक अब उनको निधारमा सदाको लागि रहनेछ) – करिअर (अबको उनको राजनीतिक करिअरमा विश्राम लागेको छ। भ्रष्ट नेताहरुले नयाँ कानुन ल्याएमात्रै, नत्र त न उनी चुनाव उठ्न पाउँछन्, न मन्त्री, प्रधानमन्त्री लगायत… Continue reading

नेताहरुलाई अदालतले किन माया गर्छ?

Posted on August 14, 2012August 14, 2012 by Salokya

अन्ततः कङ्ग्रेस नेता खुमबहादुर खड्का पनि भ्रष्टाचारी नै ठहर भए। भ्रष्टाचारी भन्यो भने देशभर आन्दोलन चर्काउँछौँ भनेर कङ्ग्रेस नेता र कार्यकर्ताले थर्काउन खोजे पनि अदालतले आफ्नो स्वतन्त्र छवि कायम राख्यो। तर भ्रष्टाचारका मुद्दाहरुमा अदालतका फैसलाहरु हेर्दा नेतालाई किन धेरै माया गर्छ जस्तो लाग्नु स्वभाविक हो। अब हेर्नुस् न, सर्वोच्च अदालतले आज खुमबहादुर खड्कालाई ९४ लाख… Continue reading

खुमबहादुर भ्रष्टाचारी ठहर

Posted on August 14, 2012August 14, 2012 by Salokya

सर्वोच्च अदालते पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई आज भ्रष्टाचारी ठहर गरेको छ। सर्वोच्चले ९४ लाख ७४ हजार १ सय २३ रुपियाँ पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै त्यति रकम जफत र त्यति नै रकम जरिवाना गर्ने सजाय सुनाएको छ। त्यसैगरी उनले डेढ वर्ष जेल पनि बस्नु पर्नेछ। एक वर्ष भ्रष्टाचार गरेकोमा र ६… Continue reading

यस्तो पनि हुँदो रैछ

Posted on August 13, 2012 by Salokya

भूगोल र इतिहासबारे ज्ञान नभएको कुनै अज्ञानीले भनेको भए पो, बेवास्ता गर्नु, यहाँ त एउटा नाम चलेको कम्पनीलाई आएको सिपिङमा समेत यस्तो आपत्तिजनक कुरा पो लेखिएको रहेछ। माइसंसारलाई प्राप्त सिप्रदी अटो पार्टसको नाममा एउटा सिपिङको फोटोमा स्पष्टसँग पाउनेको ठेगानामा सहर काठमाडौँ, राज्य नेपाल र देश भारत लेखिएको छ। सिप्रदी अटो पार्टस् टाटा मोर्टसको स्पेयर पार्टस्… Continue reading

Protected: यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी प्रहरीको फन्दामा नेपाली

Posted on August 12, 2012June 3, 2025 by mysansar

There is no excerpt because this is a protected post.

मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?

Posted on August 11, 2012August 11, 2012 by Salokya

हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम… Continue reading

रेखाको चड्कन खानेको स्पष्टिकरण- मैले नि हानेँ, मुख सुनिन्ने गरी हान्न सक्थेँ, ‘अबला नारी’ भएकोले छाडिदिएँ

Posted on August 10, 2012August 10, 2012 by mysansar

गाइजात्राको अङ्कमा रेखा थापासम्बन्धी अश्लील, अभद्र सामाग्री छापेपछि चर्किएको कान्ड कुटाकुटसम्म पुग्यो। यसअघि रेखा थापाको पक्षबाट मात्र कुरा आइरहेकोमा आज सौर्य दैनिकमा पूरै एक पेजको स्पष्टिकरण कुटाइ खाने पत्रकार चिरन्जीवी पौडेलले लेखेका छन्। त्यसमा उनले लेखेका छन्- ‘अलि बढी उत्तेजित भएको भए उनलाई त्यहाँ मुख सुन्निने गरी पिटेर पठाउन सक्थेँ। तर ‘अबला नारी’ सम्झेर संयम… Continue reading

आज के आएको छ मंगल ग्रहबाट?

Posted on August 10, 2012August 10, 2012 by Salokya

साढे दुई अर्ब अमेरिकी डलर खर्च गरेर सोमबार मंगल ग्रह पुगेको नासाको क्युरियोसिटी रोबोटले आज पठाएको यो रंगिन फोटो झन् रोचक छ। यो ३६० डिग्रीको प्यानोरामा (चारैतिर) को फोटोलाई जुम गरेर (फोटोमा क्लिक गर्नुस्, ठूलो हुन्छ) हेर्नुस् त। पृथ्वीको धुलो, रातो माटो भएको कुनै ठाउँ जस्तो देखिने रहेछ मंगल ग्रह त।

३० वर्ष नपुगेकी महिला खाडीमा काम गर्न जान नपाइने

Posted on August 9, 2012August 9, 2012 by Salokya

सरकारले बुधबार एउटा अनौठो निर्णय गरेको छ- ३० वर्ष पूरा नभएकी महिला खाडी देशहरुमा काम गर्न जान नपाउने। किन यस्तो गरियो रे भन्दा सरकारका प्रवक्ता राजकिशोर यादवले भनेछन्- नेपाली केटीहरु सानै उमेरमा खाडीमा जान्छन्। तिनीहरुलाई त्यहाँ ठूलो शारीरिक तथा मानसिक यातना भइरहेको छ। ३० वर्ष पुगेका महिला महिला पाका हुन्छन्, सही निर्णय गर्न सक्ने हुन्छन्,… Continue reading

लौ आयो मंगल ग्रहबाट नयाँ फोटो

Posted on August 9, 2012August 9, 2012 by Salokya

मंगल ग्रहमा रहेको नासाको क्युरियोसिटी रोबोटले पठाएको दुई फोटोको संयोजित नयाँ फोटो आज सार्वजनिक भएको छ। ब्ल्याक एन्ड ह्वाइट भए पनि यो फोटो यसअघिको जस्तो धमिलो नभई स्पष्ट छ। यसमा मंगल ग्रहको ल्यान्डस्केप स्पष्ट रुपमा हेर्न सकिन्छ। फोटो अवतरण भएको गेल क्रेटरबाटै खिचिएको हो। रोबोट त्यहाँबाट गुडिसकेको छैन। त्यो टाढा देखिएको चाहिँ सार्प नाम राखिएको… Continue reading

महेश बस्नेतले मन्त्रीको टाउको फोर्ने, ओलीले प्रधानमन्त्री टिपेर फाल्ने

Posted on August 8, 2012August 8, 2012 by Salokya

आजको बन्दमा थप एक घण्टा डिस्काउन्ट बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाई आफ्ना नेताहरुलाई राख्‍ने ‘म हान्’ उद्देश्यका साथ एमाले नेताहरुको निर्देशनमा भइरहेको बन्दको चौथो दिन युवा संघ, नेपालले आज उपत्यकामा थप एक घण्टा डिस्काउन्ट दिएको छ। उपत्यकामा यो लगातार चौथो दिनको बन्द हो। यसअघि २० घण्टा डिस्काउन्ट दिएर बिहान ६ बजेदेखि १० बजेसम्म बन्द गर्दै… Continue reading

मंगल ग्रहबाट मंगलबारको दिन पहिलो रंगिन फोटो

Posted on August 7, 2012August 7, 2012 by mysansar

हिजो मंगल ग्रहमा ल्यान्ड गरेको नासाको क्युरियोसिटी रोभरले केही ब्ल्याक एन्ड ह्वाइट फोटोहरु मात्रै पठाएको थियो। आज मंगलबारको दिन भने यसले यो पहिलो रंगिन फोटो पृथ्वीवासीका लागि उपहारका रुपमा पठाएको छ। यो फोटो क्युरियोसिटी ल्यान्ड गरेको गेल क्रेटरको हो। क्यामेराको कभरमा धुलो लागेकोले फोटो धमिलो भएको रहेछ। त्यहाँबाट एउटा भिडियो पनि आएको छ।

अमेरिकामा तीन नेपाली बलात्कार कान्डमा

Posted on August 7, 2012August 7, 2012 by mysansar

अमेरिकामा तीन जना नेपाली युवक एक १६ वर्षकी किशोरीलाई बलात्कार गरेको कान्डमा फँसेका छन्। ह्विटनको अपार्टमेन्टमा गत वर्षको सेप्‍टेम्बर यो कान्ड भएको रहेछ। बलात्कारको अभियोग तीन जना नेपालीलाई लगाइएको छ- २१ वर्षका ज्ञान मगर, २२ वर्षका चेत मगर र २९ वर्षका डम्बर पिठाकोटे। उनीहरुको दुर्व्यवहारबाट पीडित किशोरी नेपाली नै हुन् कि अरु देशको, खुलेको छैन।

पत्रकार कुटिँदा किन पत्रकार दुःखी भएनन्?

Posted on August 6, 2012August 7, 2012 by Salokya

सामान्यतया पत्रकार कुटिँदा अरु पत्रकारहरु कोकोहोलो मच्चाउँछन्, चाहे त्यो जाँड खाएको बेलामा भएको झगडाका कारण कुटिएको होस् वा विकृति पर्दाफास गर्न चलाएको कलमका कारण। यस पटक भने अलि फरक भयो। हिरोइन रेखा थापाले सौर्य दैनिकका एक पत्रकारलाई कुट्दा त्यसरी हात हालिहाल्न चाहिँ नहुने थियो, कानुनी रुपमा अघि गए हुन्थ्यो भन्नेको आवाजै दबियो। बरु पत्रकारहरुले नै… Continue reading

मंगल ग्रहको महंगो यात्रा

Posted on August 6, 2012August 6, 2012 by Salokya

रातो ग्रहका रुपमा चिनिने मंगल ग्रहबारे धेरैले धेरै किसिमका कल्पना गरे। कति कथा र फिल्महरुमा त मंगल ग्रहवासीहरुले पृथ्वीमा आक्रमण गरेको समेत देखाए। यो ग्रह सँधै मानवका लागि क्युरियोसिटी (जिज्ञासा) जगाउने कुरा भइरह्यो। त्यहाँ अहिले जीवन छ होला त ? पहिले जीवन थियो कि ? यही जिज्ञासा मेटाउन मंगल ग्रहका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले… Continue reading

बन्दमा पनि ‘डिस्काउन्ट’

Posted on August 5, 2012August 5, 2012 by Salokya

एमाले नेताहरुको निर्देशनमा यसका युवाको संगठन युवा स‌ंघ, नेपाल (पुरानो नाम युथ फोर्स नेपाल)ले आजदेखि चार दिन गज्जबको ‘बन्द’को आयोजना गरेको छ। बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउन गरिएको यो ‘म हान्’ आन्दोलनलाई केही मिडियाले चक्काजाम भनेर मानहानी गरे पनि वास्तवमा युवा स‍ंघले आयोजना गरेको भने चक्काजाम हैन ‘बन्द’ नै हो। उसको आधिकारिक विज्ञप्तिले पनि त्यही… Continue reading

‘गोरु’ गाई बनी जात्रामा हिँडेको दिन

Posted on August 3, 2012August 3, 2012 by Salokya

आज गाईजात्रा हो। गएको वर्ष मरेका आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि यो पर्व मनाइन्छ। मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन छ आज। सँगैको फोटोमा देखिने अरु कोही नभएर म आफै हुँ। सन् १९८९ मा हो क्यारे म यसरी सहर डुलेको। माइला बुबाको मृत्युपछि परम्पराअनुसार गाई पठाउन म, भाइ र फुपूको छोरा… Continue reading

गाडी सुविधा दिनु नराम्रो, फुटाउनु चैँ राम्रो?

Posted on August 2, 2012August 2, 2012 by Salokya

भूपू भीआइपीलाई सुविधा दिएको विरोधमा गाडी खोस्नेसहित सरकारविरोधी ‘म हान्’ आन्दोलन हाँकिरहेको एमालेको युवा स‌ंघ नेपालले हिजो नयाँ बानेश्वरमा मच्चाएको ताण्डव दृश्य आजको रिपब्लिका दैनिकले फ्रन्टपेजमा छापेको छ। हिजो आधा घण्टे चक्काजाममा उनीहरुले तीन वटा सरकारी गाडी तोडफोड गरे। सुविधा दिनु गलत हो, यसमा त धेरैको सहमति छ। तर जनताको करबाट सुविधा दिनु गलत हो… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 171
  • 172
  • 173
  • 174
  • 175
  • 176
  • 177
  • 178
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme