Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

नक्कली भ्याट बिलमा व्यापारी दोषी

Posted on September 4, 2012 by Salokya

नक्कली भ्याट बिल कान्डमा सरकारले निर्धारण गरेको जरिवाना चित्त नबुझेर त्यसलाई उल्ट्याउन पाइएला कि भनेर राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्न गएका व्यापारीहरुले त्यहाँबाट पनि लोप्पा खाएर फर्कनु परेको छ। न्यायाधीकरणले व्यापारीविरुद्ध फैसला गरेका चार कम्पनीको मुद्दामा कुख्यात व्यापारिक घराना चौधरी ग्रुपको अरुण कन्टिनेन्टल र त्रिवेणी ग्रुपको विश्वकर्मा सिमेन्टसमेत पर्छ। पूर्व सभासद विनोद चौधरीका कान्छा भाइ अरुण… Continue reading

पेप्सीको यो के गति?

Posted on September 3, 2012September 3, 2012 by mysansar

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, नेपालगञ्जमा स्थानीय पसलबाट किनेको पेप्सीमा यस्तो पो देखियो। हेर्नुस् त, बोतलभित्र के हो यस्तो।

जाने हैन त काठमाडौँ- हेटौडा सुरुङ मार्गमा ?

Posted on September 2, 2012September 2, 2012 by Salokya

काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने त झन् १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटोबाट भने द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ।

गोरु काट्नेलाई १२ वर्ष जेल, ठीकै हो कि भयो झेल ?

Posted on September 1, 2012September 1, 2012 by mysansar

वर्ष दिन अघि गोरु काटेको अभियोगमा प्रहरीले पक्रेका तीन जनालाई पर्वतको जिल्ला अदालतले १२ वर्ष जेल सजाय दिएको छ। मुलुकी ऐनको चौपायाको महल ११ मा जानीजानी गाईगोरु काटेको ठहरेमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। देश धर्म निरपेक्ष भएको घोषणा भए पनि यो ऐनमा कुनै परिवर्तन गरिएको छैन। त्यसैले कानुनमा उल्लेख भएको अधिकतम सजायभन्दा… Continue reading

अमेरिकी कम्पनीले नेपालमा पेट्रोल खोज्ने

Posted on August 30, 2012August 30, 2012 by Salokya

के नेपालीले नेपाल कै पेट‌्रोल प्रयोग गर्ने दिन आउला ? के खाडीको हैन, विराटनगर, राजविराज वा जनकपुरमा उत्खनन् गरिएको पेट्रोलियम पदार्थ प्रयोग होला? वर्षौँ भयो नेपालीले यस्तो सपना देखेको! स्कूले शिक्षामा समेत हामी नेपालमा पेट्रोलियम पदार्थको खानी रहेको पढ्थ्यौँ। तर अहिलेसम्म पेट्रोलियम पदार्थको प्रयोग बारे ठोस काम हुन सकेको थिएन। अहिले अलिकति आश जगाउने काम… Continue reading

बीबीसी पत्रकारविरुद्ध पाँच मुद्दामा आज सुनुवाई

Posted on August 30, 2012September 1, 2012 by Salokya

अपडेटः घरेलु हिंसा, अदालतको मानहानी र सम्बन्ध विच्छेदको मुद्दामा सुनुवाईपछि न्यायाधीशले यसै मुद्दासँग सम्बन्धित सबै नयाँ मुद्दालाई एकीकृत रुपमा पेश गर्न आदेश दिए। नयाँ मुद्दामा सुरेन्द्रले अदालतको मानहानी, गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् भने चरिनाले यौन दुर्व्यवहार, साइबर धम्की/मानहानीको नयाँ मुद्दा दायर गरेकी छिन्। अब यी सब मुद्दालाई एकीकृत गरी २५ सेप्टेम्बरमा अर्को सुनुवाई… Continue reading

अमेरिका पुग्ने चोर बाटोको व्यथा

Posted on August 29, 2012August 29, 2012 by Salokya

पनामाबाट कोस्टारिका आउँदै गरेका सात जना नेपाली र उनीहरुलाई तस्करी गर्दै गरेका एक कोस्टारिकन नागरिक गत अगस्तको दोस्रो साता पक्राउ परे। त्यही समाचार कोस्टारिकाका मिडियामा आउँदा त्यहाँ यसरी विदेशी नागरिकलाई ओसार पसार गरिन्छ भन्ने देखाउन यो फोटोको प्रयोग गरिएको हो। फोटोमा मानिसहरुलाई सामान जसरी एउटा ट्रकमा कोच्चाइएको छ। भुक्तभोगीहरु भन्छन्, यो त अलि खुला, राम्रै… Continue reading

विकास थापाले पाए सफाइ

Posted on August 28, 2012August 29, 2012 by Salokya

सँधै अरुका खबर लेख्ने इकान्तिपुरले २०६७, भदौ १६ मा एउटा खबर आफ्नै हाउसभित्रको छाप्यो– विकास थापा कान्तिपुरबाट बर्खास्त। जलस्रोत बिटमा नाम कहलिएका विकास थापामाथि सहकर्मी मैना धितालमाथि ‘गाली गलौज र अश्लील शब्द प्रयोग गरी इमेल पठाएर अपराध गरेको ठहर’ गर्दै कान्तिपुरले बर्खास्त गर्ने निर्णय गरेको थियो। र, खबर त्यही निर्णयको आधारित भएर महत्वका साथ छापिएको… Continue reading

अमेरिकाको बढाइचढाइ बखानले निम्त्याएको आपत

Posted on August 28, 2012August 28, 2012 by Salokya

अमेरिकाको मेरिल्यान्डमा एक नेपालीले अपार्टमेन्ट नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरे। आत्महत्याका समाचार त नेपालमा पनि प्रशस्तै आउँछन्। नेपालबाहिरका नेपालीहरुको संख्या बढ्दै गएपछि आत्महत्या, मृत्यु, दुर्घटना, पक्राउ जस्ता घटना त हुने नै भए। फेरि कुनै पनि हत्यामा हत्या गर्ने दोषी भए झैँ आफ्नै हत्या गर्ने आत्महत्यामा पनि ऊ आफै दोषी हुन्छ। तैपनि कुनै पनि हत्या कारण… Continue reading

फेसबुकमा ‘बुङ्गा बुङ्गा’ गर्न खोज्दा खोरमा

Posted on August 27, 2012August 28, 2012 by Salokya

बुङ्गा बुङ्गा पार्टी गर्न फेसबुकमा जानकारी राख्‍ने मोरङका एक युवक प्रहरीको फन्दामा परेका छन्। तपाईँलाई अचम्म लाग्न सक्छ, के हो यो बुङ्गा बुङ्गा भनेको? बुङ्गा बुङ्गा शब्द एक ताका अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा थियो। इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको यौन जीवनसँग जोडिएर यो शब्दमा समाचार बन्ने गरेका थिए। प्रष्ट शब्दमा भन्ने हो भने सेक्स पार्टी… Continue reading

बच्चा जन्माउन अपरेसन किन बढ्दैछ ?

Posted on August 27, 2012August 27, 2012 by Salokya

तपाईँको आफन्त, साथीभाइ, छिमेकी कसैको घरमा नयाँ सदस्य जन्मिएको भए एक पटक सोध्नुस्- प्राकृतिक जन्म (नर्मल डेलिभरी) भएको हो कि अपरेसन गरी (सिजेरियन डेलिभरी) भएको हो? सिजेरियन डेलिभिरी भएको हो भने एक पटक फेरि सोध्नुस्- कहाँ लगेको हो डेलिभरी गराउन? धेरै जवाफ तपाईँले निजी अर्थात् नर्सिङ होम पाउनु हुनेछ। नर्मल डेलिभरी भने अधिकांश सरकारी अस्पतालहरुमा… Continue reading

एनसेलले झेल गर्न खोज्दा ५५ लाख जरिवाना

Posted on August 25, 2012August 26, 2012 by mysansar

स्पाइस नेपाल प्रालि अर्थात एनसेलका नाममा मोबाइल सेवा चलाइरहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनीले पुरानो कम मुल्यको बिल देखाएर भन्सार छलेको प्रमाण भेटिएको छ। गुणस्तरीय र ग्राहकमुखी सेवा दिने कम्पनी भनेर नथाक्ने एनसेलले पुरानो बिल देखाएर सात लाख २१ हजार डलरको कर तिर्नुपर्नेमा १ लाख ६८ हजार तिरेको भेटिएको छ। पुरानो बिल देखाएर एनसेलले ५ लाख… Continue reading

नेपालको पासपोर्ट तीन लाख रुपियाँमा बेचिन्छ

Posted on August 25, 2012August 25, 2012 by Salokya

रातो (कूटनीतिक) पासपोर्ट बेचेको अभियोगमा केही पूर्व सभासद्हरु अझै पनि मुद्दा खेपिरहेका छन्। रातो पासपोर्ट अक्सर नेपालीहरुले नै किनेको देखिएको छ। त्यो पनि सहज रुपमा विदेश पस्न पाउने आशामा। यसका लागि ठूलो समूहले सेटिङ मिलाउने गर्छ।  तपाईँहरुलाई लागेको हुँदो हो, रातो पासपोर्टमा सुविधा हुन्छ र त यसको बिक्री हुन्छ। तर त्यसो हैन, रातो मात्र हैन… Continue reading

खुमबहादुरलाई डिस्काउन्टः १९ लाख रुप्पे र ५ महिना कैद

Posted on August 22, 2012August 22, 2012 by Salokya

सर्वोच्च अदालतले साउन ३० गते नै पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै जरिवाना र कैद सजाय तोकेको भए पनि यत्रो दिनसम्म उनी आफ्नै घरमा थिए। यसबीच नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले उनको पक्षमा एउटा वक्तव्य जारी गर्‍यो र समर्थकहरुले हिजो दाङ जिल्ला बन्द गरे। आज चाहिँ उनी अदालतमा उपस्थित भएका छन्… Continue reading

महेश बस्नेतलाई ‘राक्षस’ भन्ने डिएसपीको सरुवा

Posted on August 21, 2012August 21, 2012 by Salokya

फेसबुक स्टायटसमा एमाले भ्रातृ संगठन युवा संघ, नेपालका अध्यक्षलाई सार्वजनिक रुपमा ‘राक्षस’ भने वापत् डिएसपी दीपशमसेर राणाले सरुवा खानु परेको छ। खासमा यो कारबाही त हैन, सरुवा नियमित प्रक्रिया अन्तर्गत नै पर्छ। तर प्रहरीको मुख्य घटना सहायता कार्यदल जस्तो महत्त्वपूर्ण ठाउँबाट ट्राफिक निर्देशनालयमा सरुवा गरिनु अप्रत्यक्ष रुपमा कारबाही नै हो भन्ने चर्चा प्रहरीभित्रै चलेको छ।… Continue reading

हेल्मेट बोकेर बसमा रिङरोड परिक्रमा

Posted on August 19, 2012August 20, 2012 by Salokya

भएको मोटरसाइकल कलंकीको एउटा छेउमा अड्याएर हेल्मेट बोकी कसैले २५ रुप्पे तिरेर बसमा रिङरोड घुम्छ? अस्ति-अस्ति भए मान्छेले ‘पागल’सम्म त स्योर भन्थे होला। अहिले भने अचम्म मान्नुपर्दैन, ‘रहर’ हो यो। काठमाडौँमा शुक्रबारदेखि राति ३ घण्टा नाइट बस चल्न थालेपछि बस चढ्नै छाडिसकेका मान्छेहरु नि यस्तो रहर गरिरहेका छन्। हिजो हामी केही साथीहरु राति यस्तो बसमा… Continue reading

डाक्टर गोविन्द केसीलाई बचाऊ !

Posted on August 18, 2012August 18, 2012 by Salokya

[अपडेट शनिबार दिउँसो ३: अन्ततः नैतिकताको विजय भएको छ। केसीको माग पूरा हुने भएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा. प्रकाश सायमि नियुक्त भएका छन्। उनी तुलनात्मक रुपमा स्वतन्त्र छविका हुन्। केसीको अनसन तोड्न जुस खुवाउन शिक्षामन्त्री गएका छन्।] त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा राजनीतिक भागवण्डाबिना वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने मागसहित आमरण अनसन बसेको… Continue reading

यस्तो रह्यो नाइट बसको पहिलो यात्रा

Posted on August 17, 2012August 18, 2012 by Salokya

६ महिना लामो प्रयासपछि आज रातिदेखि सुरु भयो काठमाडौँमा नाइट बस। यो बसमा पहिलो रातै यात्रा गर्ने इच्छा आज पूरा गरेँ। काठमाडौँको भित्री सहरको यात्रा गर्ने बसहरु वीर अस्पतालअगाडिबाट छुट्ने भए पनि आज पहिलो दिन उद्‌घाटन गर्नुपर्ने भएकोले रत्‍नपार्क, शान्ति बाटिकाअगाडिबाट बस छुट्दै थियो। त्योभन्दा अघि एउटा औपचारिक कार्यक्रम थियो-भाषणबाजीको। उपप्रम तथा स्थानीय विकास मन्त्रालयको… Continue reading

काठमाडौँ शहर, अब नाइट बस चल्छ सरर…

Posted on August 16, 2012August 17, 2012 by Salokya

काठमाडौँ शहर नाममात्रको महानगरका रुपमा रहेको तपाईँ-हामी सबैले अनुभव गरेकै हो। वास्तवमा मेट्रोपोलिटन सिटी भन्ने शब्द नै आफैमा लाज मान्नुपर्ने स्थिति थियो काठमाडौँको अवस्था देख्दा। साँझ पर्न पाएको हुँदैन, सार्वजनिक सवारी साधनमा गुन्द्रुक खाँदिए झैँ मान्छे खाँदिनु पर्छ। रात परेपछि त गाडी नै चल्दैन। महँगो ट्याक्सी चढ्नु बाहेक अरु विकल्प हुँदैन आफ्नै सवारी साधन नभएकाहरुलाई।… Continue reading

खुमबहादुर खड्काबारे कङ्ग्रेसले के भन्यो?

Posted on August 16, 2012August 16, 2012 by mysansar

श्रावण ३२, २०६९ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो। आजको बैठकमा नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, डा.… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 170
  • 171
  • 172
  • 173
  • 174
  • 175
  • 176
  • 177
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme