अमेरिकाको फ्याउरे खबर (Fox News) को जसलाई पनि उडाउने कार्यक्रममा एक जना नेपाली पनि परेछन्। Fox News का Jesse Watters ले पाए तपाईँलाई पनि उडाउँथे। हामी चैँ के विधि सिरियस भा’का। सरकारदेखि लिएर सरकारी कर्मचारीसम्मलाई गाली गर्दैछौँ। सुदर्शन सुवेदी कुनै सरकारी कर्मचारी थिएनन्, डिप्लोम्याट थिएनन्। सरकारी पैसामा घुम्न गएका पनि थिएनन्। उनी राष्ट्रिय अपाङ्ग महासंघ… Continue reading
Category: समाचार/विचार
ड्यास माओवादीको कोठामा के देखियो गाँठे !
उहाँलाई चिन्नुहुन्छ ? धेरैले चिनेकै हुनुपर्छ। नचिन्नेले पनि ध्यान दिएर याद गरिराख्नुस् यिनी ड्यास माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ हुन्। एमाओवादी फुटेपछि मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेकपा-माओवादी बनेको थियो। अर्को खेमाले त्यसलाई उडाउन नाममा रहेको ड्यासलाई जोडेर ड्यास माओवादी भन्न थालेका हुन्। ड्यासहरु पनि के कम, अर्को पक्षलाई क्यास माओवादी भन्न थाले। यो त… Continue reading
जनताको आँखामा यसरी छारो हालेको थियो चौधरी ग्रुपले
चौधरी ग्रुपको वाइवाइ चाउचाउ निकै लोकप्रिय छ। तर उसलाई त्यो लोकप्रियताले पनि नपुग्दो रहेछ। त्यही भएर जनताको आँखामा छारो हालेर चाउचाउबारे गैरकानुनी गलत दावी गरेको प्रमाण माइसंसारले फेला पारेको छ। यो त्यस्तो कसुर थियो, जसमा कारबाही भएको भए सञ्चालक बढीमा छ महिनाका लागि जेलमा जाकिन सक्थे। तर धन हुनेलाई चइन, चइन; गरिबलाई चमेली लाग्दछ अइन।… Continue reading
पत्रिकामा छापिएको समाचार फेसबुकमा सेयर गर्दा सम्पादकलाई हत्कडी, ५५ करोड क्षतिपूर्ति दावी
असार ९ गतेको अङ्कमा काठमाडौँबाट छापिने ‘सेयर बजार’ साप्ताहिकले ‘निर्वाण चौधरी यौनकान्डमा’ शीर्षकमा एउटा समाचार मुखपृष्ठमा छाप्यो। लौ न त्यो न्युज पढ्नै पाइएन, फेसबुकमा सेयर गर न भनेर एक जना साथीले त्यसका सम्पादक दिनेश आचार्यलाई भने। ल त नि भनी उनले समाचार फेसबुकमा सेयर गरिदिए। फेसबुकमा राखिएको यही समाचारले विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको… Continue reading
टेलिकमको मोबाइल बन्द हुनु बदनियत कि लापरवाही?
शनिबार बिहान उठ्ने बित्तिकै हेर्दा अधिकांशको मोबाइल चलेको थिएन। कतिले ज्ञानेन्द्रको पालामा मोबाइल काटिएको कुरा सम्झिएर केही अप्रिय घटना पो हुन लाग्यो कि भन्ने शंका गरे। बिहान ६ बजे देखि ९:३० सम्म देशभर नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा अवरुद्ध भएको थियो। कसरी त्यसो भयो? यो कसैको बदनियत थियो कि लापरवाही? यो पत्ता लगाउन सरकारले छानबिन… Continue reading
चुनाव प्रचारमा युट्युब : पहिलो भिडियो प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरको
यस पटकको चुनाव छ वर्षअघिको जस्तो हुने छैन भन्ने त सबैलाई थाहा भएकै हो। गाउँतिर उस्तै होला तर सहरमा यस पटक सूचनाप्रविधिको निकै प्रयोग हुनेछ। चुनावी प्रोपागान्डाका लागि विभिन्न रङ्गमा वेबसाइटहरु देखिएका छन्। त्यस्तै सोसल मिडियाको धेरै नै उपयोग/दुरुपयोग हुने निश्चित छ। दुरुपयोगको कुरा गर्दा सोसल मिडियामा हुँदै नभएका हल्लालाई पनि भाइरल बनाएर फैलाउन सजिलो… Continue reading
अर्कालाई डिपोर्ट गराउन खोज्दा आफै पदच्युत
‘खुला जेल’ भन्ने राजदूत फिर्ता, भनाउने नारायण श्रेष्ठ कतारको कालो सूचिमा गार्डियनको अनुसन्धानमूलक सामाग्रीमा नेपाली कामदारले कतारमा पाइरहेको दुःख सार्वजनिक भएकै समयमा त्यहाँका नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने सरकारले निर्णय गर्यो। गार्डियनको त्यो समाचारसँगै यसलाई पनि जोडेर पश्चिमा मिडियाले प्रचार गरे। त्यही प्रचारको पछि लागेकाहरु मायाकुमारी शर्माले कतारलाई खुला जेल भनेर ठीकै त भनेका… Continue reading
यसरी ‘दास’ बनाइँदैछ नेपालीलाई खाडीमा
बेलायतको गार्जियन पत्रिकाले कतारमा नेपाली कामदारहरुको पीडालाई विश्वसामु उजागर गरिदिएको छ। ‘विश्वकप दास’ को उपमा दिइएको छ उनीहरुलाई। पश्चिमा राष्ट्रहरुले कतारमा विश्वकप गर्न नदिने अभियानका रुपमा यस्तो समाचार आएको शंका गर्नेहरु पनि छन्। जे भए पनि यसले विश्वको गरिबतम मुलुकका नागरिकलाई धनी देशहरुले गरेको चरम शोषणलाई उजागर गरेको छ। कतारमात्र हैन खाडीका अन्य देशहरुमा पनि… Continue reading
कतारमा नेपाली कामदारको करुण कथा
नेपाली मिडियामा कतारका लागि नेपाली राजदूत छाएकी छिन्। माओवादी कोटामा नियुक्त भएकी राजदुतले प्रचण्डले फर्कन भन्दा पनि मानिनन् रे। तर बेलायती मिडियाले भने बुधबार कतारमा रहेका नेपाली श्रमिकको पीडा खोतलेको छ। उनीहरुलाई दास जस्तो व्यवहार गरिएको देखाएको छ। गार्जियनमा छापिएको यो फिचरले जोकोही पनि नेपालीको मन रुवाइदिन्छ। पिट प्याटिसनले नेपाल र दोहा गएर यो फिचर… Continue reading
हेल्सिन्की र मुम्बईका इमान्दार, लिस्बनका बेइमान
रिडर्स डाइजेस्ट म्यागेजिनले एउटा गजबको सामाजिक सर्वेक्षण गरेको छ। अलिकति पैसा, परिवारका फोटो र सम्पर्क ठेगानासमेत राखिएको पर्स विश्वका १६ देशका शहरका प्रमुख स्थानमा छाडियो। कुन कुन ठाउँका बासिन्दाले त्यो टिपेर त्यहाँ भएको ठेगानामा सम्पर्क गरी फिर्ता दिए, त्यसैलाई इमान्दारिताको आधार बनाइयो। यो सर्वेक्षणमा नेपालका कुनै पनि शहरलाई समावेश गरिएको थिएन। हाम्रोमा बसमा भेट्टाएको लाखौँ… Continue reading
ल भन्नुस्, तपाईँको विचारमा चुनाव होला कि नहोला
सँगैको फोटो एक जुगमा एक दिन आउने भनेर उतिबेला प्रचार गरिएको संविधान सभा निर्वाचनको भोट खसाल्दै गर्दाको हो। समय क्रमले हामी नेपालीले एकै जुगमा दुई पटक संविधान सभाको भोट खसाल्न पाउने भएका छौँ, जुन विश्वको इतिहासमा कहिल्यै पनि भएकै थिएन। मङ्सिर ४ मा हुने भनिएको निर्वाचनका लागि यतिबेलासम्म उम्मेदवार मनोनयन दर्ता सुरु भइसक्नु पर्ने थियो।… Continue reading
दुई वर्षभित्र के देख्नु पर्यो !
हाम्रा प्रधानमन्त्रीहरु, मन्त्रीहरु अनि नेताहरु भाषणमा के के भन्दै हिँड्छन्, त्यसको लेखाजोखा कसैले राख्या छैन होला। जसले राख्छ, ऊ पागल हुन बेर लाउँदैन। कहिले के बोलिदिन्छन् कहिले के! अस्ति भर्खरैको त कुरा, ड्यास माओवादी निर्वाचनमा आउने भए मिति सार्न सकिन्छ भन्ने सुनिएको थियो। अनि केही दिनपछि त धर्तीको कुनै शक्तिले पनि तोकिएको निर्वाचनको मिति सार्न… Continue reading
खिलराजले पनि युएनबाहिर कालो झण्डाको सामना गर्नुपर्ने
देशको विषम परिस्थितिमा संविधान सभाको निर्वाचन गराउने गहन जिम्मेवारी बोकेर कार्यपालिकाको समेत जिम्मेवारी सम्हालेका प्रधान न्यायाधीश खिलराज रेग्मीलाई संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका जान जरुरी नभएको टिप्पणी गर्नेहरु निकै छन्। बीचमा त अन्तरिम चुनावी परिषद्का अध्यक्ष रेग्मी न्युयोर्क नजाने हल्ला पनि चल्यो। लगत्तै खण्डन पनि भयो- रेग्मी जाने बरु गृहमन्त्री चाहिँ नजाने! जानु… Continue reading
भारतलाई तह लगाउन गिरीको ‘जङ्गबहादुर फर्मूला’
कान्तिपुरका सम्पादक सुधीर शर्माको महँगो (मोटो गाता हजार, पातलो ७ सय) पुस्तक ‘प्रयोगशाला’ आइतबार अन्नपूर्ण होटलमा विमोचन भयो। विमोचन कार्यक्रम बडा रमाइलो भो। गगन थापा मोडरेटर रहेको कार्यक्रममा प्राध्यापक ध्रुवकुमार, प्रचण्ड र प्रदीप गिरी वक्ता थिए। स्रोता चाहिँ भएभरका भिआइपीहरु। वर्तमान प्रधानसेनापतिदेखि पूर्व प्रधानसेनापतिसम्म। नेताहरुदेखि पत्रकारसम्म। कार्यक्रममा भएको बहस पनि रमाइलै थियो। प्रचण्डभन्दा कङ्ग्रेस नेता… Continue reading
फ्लाइओभर त हैन, यति पैदलमार्ग चैँ बन्यो
बानेश्वरमा फ्लाइओभर यही वर्षको अन्त्यसम्ममा बन्ने भन्ने खबर पोहोर तपाईँहरुले पढ्नुभएको होला। वर्ष फेरियो, तर सडकको अनुहार फेरिएन। यो वर्षको बजेटमा त फ्लाइओभरका लागि पैसै छुट्याएको देखिएन। ६० करोड लाग्ने भनिएको फ्लाइओभर यो वर्ष पनि यही वर्ष बन्छ भन्न छाडिएको छैन। फ्लाइओभर त हैन, थापाथली-तीनकुने सडक विस्तारको महिनौँपछि यतिको पैदल यात्रु मार्ग चैँ देखिएको छ।… Continue reading
अमेरिकी सेनाको विमान किन आयो काठमाडौँमा?
अमेरिकी वायु सेना (US Air Force- USAF) को एउटा विमान आज दिउँसो २ बजेर २५ मिनेट जाँदा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर साँझ ५ बजेर ८ मिनेटमा फर्किएको छ। USAF अमेरिकी सेनाको हवाई युद्धमा प्रयोग हुने विभाग हो। जमिनमा रहेका सेनालाई आकाशबाट सहयोग प्रदान गर्न पनि यसको प्रयोग गर्ने गरिन्छ। सन् २०१२ को तथ्याङ्क… Continue reading
अघिअघि यो, पछिपछि बर्खी बारेकाहरु!
बुधबार राति काठमाडौँमा गजबको जुलुस निस्कियो। अघिअघि यो सेतो मुकुन्डो लगाएको मान्छे थियो, जसका दुवै हात अरुले नै पक्रेका थिए। पछिपछि थिए बर्खी बारेकाहरु, अर्थात् सेतो पहिरन लगाएकाहरु। काठमाडौँको मुख्यमुख्य भाग परिक्रमा गर्यो यो जुलुसले। के हो त यो?
आइतबार अमेरिकामा नेपालको लागि पदयात्रा
यही सेप्टेम्बर २२ आइतबार अमेरिकाको बोस्टनमा हुने वाक फर नेपाल कार्यक्रमको मिति नजिकिँदै गर्दा कार्यक्रम उत्साहप्रद र ऐतिहासिक हुने आयोजकहरुले बताएका छन्। स्थानीय रिभेरको समुद्री तटमा हुने यस कार्यक्रममा हालसम्मको टिकट बिक्री र अनलाइन दर्ताको गणितलाई हेर्ने हो भने करिब ५०० जना पदयात्रीहरु संलग्न हुने अनुमान छ। अनलाइन दर्ता र वाकर स्पोन्सरबाट अहिलेसम्म करिब ११… Continue reading
इन्द्रजात्राका तीन व्याख्या
आज इन्द्रजात्राको मुख्य दिन। साताव्यापी मनाइने इन्द्रजात्राका क्रममा काठमाडौँको एउटा व्यस्त चोक मरुमा हरेक वर्ष देखिने यो एउटा दृश्य- एउटा मूर्तिलाई अग्लो ठाउँमा सबैले देखिने गरी यसरी बाँधेर राखेको ! यसलाई कसरी व्याख्या गर्ने त ? हेरौँ केही व्याख्या- मोर्डन व्याख्याः अन्त ब्रो, त्यो स्टायच्यु चैँ खासमा इन्द्र ब्रो को हो के। इन्द्र के- किङ… Continue reading
नास्टले पायो १० हजारको नारा
गएको अगस्तमा माइसंसारले राखेको एउटा ब्लग तपाईँहरु धेरैलाई याद हुनुपर्छ। विज्ञान तथा प्रविधिको विकास हेर्ने जिम्मा पाएको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट- पहिलेको रोनास्ट)ले विज्ञान दिवस मनाउनलाई सर्वसाधारणबाट नारा आह्वान गरेको थियो। यसका लागि सरकारी मुखपत्र गोरखापत्रको पहिलो पेजको महँगो ठाउँमा विज्ञापन छापेको थियो नास्टले। सित्तैमा हैन, नारा खोजिदिएवापत् तपाईँलाई पुरस्कार पनि दिने भनिएको… Continue reading