Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको

Posted on October 23, 2013October 24, 2013 by Salokya

समानुपातिक उम्मेदवारका नमूनाः सर्वोच्चले हत्यारा ठहर गरेका ढुंगेल, नागरिकता विवादमा परेका लामा, भुवन केसी, शम्भु थापा, टिके सभासद् बन्दिनँ भन्दै हिँडेका खनाल दोस्रो स‍ंविधान सभा निर्वाचनका लागि एक सयभन्दा बढी दलहरुले समानुपातिक उम्मेदवारहरुको सूचि बुझाएका छन्। दलहरुले बढीमा ३३५ जना उम्मेदवारको सूचि बुझाउँछन्। तर ती सबै समानुपातिकबाट सभासद् बन्न पाउँदैनन्। सूचिमा रहेको क्रम अनुसार दलले… Continue reading

एनआरएनको नेतृत्व शेष घलेलाई

Posted on October 22, 2013October 22, 2013 by Salokya

स्थापनाको एक दशकपछि यसैपालि नेपालमा विधिवत् दर्ता भएको गैर आवासीय नेपाली स‌ंघ (एनआरएन) को नेतृत्व शेष घलेको हातमा आएको छ। स्थापना कालदेखि नै सर्वसम्मतिबाट हुँदै आएको नेतृत्व चयन यसपटक भने चुनावी प्रक्रियामा गएको थियो। सुरुमा अध्यक्ष पदका पाँच आकांक्षी भए पनि रामप्रताप थापा, हितमान गुरुङ र रामेश्वर शाहले नाम फिर्ता लिएपछि तेन्जी शेर्पा र शेष… Continue reading

विश्वकै ठूलो धार्मिक वाकाथन- दीपङ्खा

Posted on October 19, 2013October 19, 2013 by mysansar

शुक्रबार एकाबिहानै ३ बजे ललितपुरबाट सुरु भएको दीपङ्खा यात्रालाई विश्वकै ठूलो धार्मिक वाकाथनका रुपमा पनि लिइन्छ। यो गज्जबको परम्परा अनुसार यस पटक करिब एक लाख सहभागी छन्। यो ब्लग तयार पार्दा यात्रामा सहभागीहरु बौद्धमा आराम गरिरहेका ‌छन्। बिहान ३ बजे पशुपति र गुह्येश्वरीको गेट खुलेपछि यात्रा फेरि सुरु हुनेछ। उनीहरुले उपत्यकाका महत्त्वपूर्ण स्थानमा ६० किलोमिटरभन्दा… Continue reading

दोहोरो नागरिकतासँगै नेपाललाई करपनि

Posted on October 18, 2013October 18, 2013 by उत्तम बाबु श्रेष्ठ

उत्तमबाबु श्रेष्ठ वेलायतको प्रसिद्ध अखबार गार्डियनले कतारमा रहेका नेपाली कामदारहरुका दर्दनाक कहानी छापेको करिब महिना दिन वितिसक्दा पनि त्यसको प्रभाव देशभित्र र बाहिर अझै सेलाइसकेको छैन् । यति नै खेर कतारमा दास जीवन विताउनेदेखि अष्ट्रेलियादेखि वेलारुससम्म र अमेरिकादेखि वेलायतसम्म दाम कमाउने, नाम चम्काउने नेपालीहरुको साझा संस्था भनेर दावी गरिने गैर आवासिय नेपाली संघको छैटैा विश्व… Continue reading

कामदारको भिडियो खिच्ने कतार पुलिसको फन्दामा

Posted on October 17, 2013 by mysansar

कतारमा आप्रवासी कामदारहरुलाई दाससरह व्यवहार गरी काममा लगाइएको खुलासा बेलायती पत्रिका गार्डियनले गर्‍यो। विश्वभर यो खबर फैलियो,कतारको आलोचना भयो। सबभन्दा पीडित नेपाली कामदार थिए। नेपालमा पनि यो खबरलाई निकै चासोका साथ हेरियो।कतार ड्यामेज कन्ट्रोल गर्न तर्फ लाग्यो। त्यसलाई साथ दिए नेपालकै ‘सप्लाइ’ धन्दावालाहरुले। कतार एनआरएनका अगुवाले विरोध गर्दागर्दै पनि लन्डन र अमेरिकामा विरोध प्रदर्शन भयो।… Continue reading

भिसाको लोभमा हजारौँ डलर मात्र गुमेन, नेपालीहरुले पाए ज्यान मार्ने धम्कीसमेत

Posted on October 16, 2013October 16, 2013 by Salokya

वर्क भिसा मिलाइदिन्छु भनी नेपाली विद्यार्थीहरुबाट हजारौँ डलर कुम्ल्याउने तर भिसा मिलाइदिन नसकेपछि सम्झौतास्वरुप रकम फिर्ता नदिने मात्र हैन, ज्यान मार्ने धम्कीसमेत दिएको खुलासा भएको छ। अस्ट्रेलियाको एबिसी टेलिभिजनमा सोमबार प्रसारण भएको लेटलाइन कार्यक्रममा दुई नेपाली छात्रा छवि भुसाल लामिछाने र शिव निरौलाले आफूहरु ठगिएको बताए। त्यस्तै एक नेपाली छात्रले आफूलाई ज्यान मार्ने धम्की आएको… Continue reading

पायलिनले बनाएको खल्लो दशैँ, बाढीको खतरा?

Posted on October 14, 2013October 14, 2013 by Salokya

शनिबार राति करिब नौ बजे पायलिन चक्रवातले भारतको उडिसास्थित तटीय क्षेत्रमा प्रहार गर्‍यो। एकदम खतरनाक आँधी थियो त्यो। तर, पूर्व तयारीका कारण क्षति व्यापक हुन पाएन। पायलिनकै प्रभावले नेपालका पूर्व र मध्य क्षेत्रमा आइतबार साँझदेखि पानी पर्न थाल्यो। झन् दशैँको महत्त्वपूर्ण दिनमा त बिहानैदेखि पानी परेको पर्‍यै। टीका लगाउन आफन्तकहाँ जानु पर्नेहरुलाई साह्रै पिरल्यो यसले।… Continue reading

विजया दशमीको शुभकामना! कसरी मनाउनु भयो?

Posted on October 14, 2013October 15, 2013 by Salokya

भारतको तटीय क्षेत्रमा आएको चक्रवातको प्रभावले हिजैदेखि नेपालका अधिकांश भागमा पर्न थालेको पानीका बीच यस पटक हिले दशैँ मनाइँदैछ। दशैँको सबैभन्दा महत्त्वपूर्ण दिन विजया दशमी सोमबार मान्यजनबाट टीका र आशिषसहित मनाइँदैछ। पानीले बाधा पुर्‍याए पनि रोक्न सक्ने कुरा पक्कै हैन यो। तपाईँले चाहिँ आफू बसेको ठाउँमा कसरी दशैँ मनाउनु भयो ? आफ्नो अनुभव तल कमेन्टमा… Continue reading

१५ लाख बाहिरिँदा पनि काठमाडौँ यस्तो

Posted on October 13, 2013October 13, 2013 by Salokya

यो वर्ष दशैँका लागि काठमाडौँको सडक मार्गबाट मात्रै १५ लाख बाहिरिने अनुमान छ। हिजो महाअष्टमिको दिनसम्म १३ लाख ५५ हजारभन्दा बढीले राजधानी छाडिसकेको ट्राफिक प्रहरीको तथ्याङ्क छ। काठमाडौँ उपत्यका बाहिरिँदा ट्राफिक प्रहरीले गाडी नम्बर र यात्रु संख्या दर्ता गर्ने गर्छ। त्यसैबाट यस्तो तथ्याङ्क आएको हो। तर १५ लाख बाहिरिँदा पनि काठमाडौँका मुख्य स्थान पहिले जस्तो… Continue reading

ठूलाठालुहरुलाई फोकटमा मासु

Posted on October 13, 2013October 13, 2013 by Salokya

योगेश्वर अमात्यले गीतै गाएका छन्- दशैँ नै हो कि यो मेरो दशा…! त्यही गीतमा छोरो भन्छ- बा, यसपालि घोर्ले खसी ल्याउनु पर्छ ल। बाउले जवाफ दिन्छ- खालास बजिया घोर्ले खसी, पैसा न सैसा टिकी ट्याँसट्याँस! औसत नेपालीको वास्तविकता हो यो। कतिले त रहर पुर्‍याउन ऋणै गर्दा रहेछन्। सानातिना नागरिकहरुको यो गति भए पनि देशका उच्च… Continue reading

कतारको एनआरएनले रोक्न खोज्दाखोज्दै पनि लन्डनस्थित कतार दूतावासबाहिर प्रदर्शन

Posted on October 13, 2013October 13, 2013 by Salokya

कतारमा कार्यरत नेपाली आप्रवासी कामदारलाई दास सरह व्यवहार गरिएकोबारे बेलायती अखबार गार्डियनले खोजमूलक समाचार छापेपछि उत्पन्न तरङ अझै कम भएको छैन। यसले कतारको एनआरएन र अरु देशका एनआरएनबीच मतभेद पनि चुलिएको छ। गुगल र याहू ग्रुपमा विभिन्न देशका राष्ट्रिय संयोजन समितिका सदस्यहरु (एनसिसी) बीच भएका इमेल कुराकानीमा कतारको एनसिसी र सल्लाहकारहरुले लन्डनस्थित कतार दूतावासबाहिर प्रदर्शन… Continue reading

अमेरिकामा तीन दिने आमहड्ताल र चक्काजाम

Posted on October 12, 2013October 12, 2013 by Salokya

The American people are sick and tired of the corruption that is destroying America! We therefore declare a GENERAL STRIKE on the weekend of October 11-13, 2013! Truck drivers will not haul freight! Americans can strike in solidarity with truck drivers! विपक्षी रिपब्लिकन र सत्तापक्षीय डेमोक्रेटहरुको राजनीतिक खिचातानी र मेरो गोरुको बाह्रै टकाबीच अमेरिका सरकार… Continue reading

नालायक निर्वाचन आयोग !

Posted on October 11, 2013October 11, 2013 by Salokya

आउँदो मंसिर ४ गते देशमा दोस्रो पटक संविधान सभाको निर्वाचन हुँदैछ। मतदानको दिन अब ३९ दिन मात्रै बाँकी छ। तर अहिलेसम्म देशभर कुन क्षेत्रमा को-को उम्मेदवार छन् र उनीहरुको निर्वाचन चिह्न के हो भन्ने बारे ज्ञान पनि मतदाताहरुलाई छैन। निर्वाचन आयोग त यति नालायक साबित भएको छ कि आफैले घोषणा गरेको उम्मेदवारको अन्तिम नामावली प्रकाशन… Continue reading

खुमबहादुर दाइ, जिन्दावाद !

Posted on October 9, 2013October 9, 2013 by Salokya

१११ किलोको माला। पञ्चे बाजा। नाचगान। अनि खुमबहादुर दाइ जिन्दावादको नारा। राजधानीमा आज एउटा उत्सव मनाइयो। भ्रष्टाचारी जेल गएर फर्केको महान अवसरमा। गाडीमा राखेर नगर परिक्रमा गराइयो सजाय काटेर फर्किएका भ्रष्टाचारीलाई। सयौँ सहभागी भए उनको शोभायात्रामा, नाचगान चल्यो, नाराबाजी भयो। देखाइदिए खुमबहादुरले आफ्नो तागत।

संविधान सभा (भाग-२)

Posted on October 8, 2013October 8, 2013 by Salokya

पहिलो हुने निर्वाचित हुने संविधान सभा भाग २ निर्वाचन केही तथ्याङ्क।

बन्दले अमेरिकामा बिजोग

Posted on October 5, 2013October 5, 2013 by Salokya

अपडेटः विकेन्डको विदामा विरलै बस्ने प्रतिनिधि सभाको शनिबारको बैठकले एकमतले विधेयक पास गरेको छ, जसले आठ लाख सरकारी कर्मचारीलाई जति दिन बन्द भए पनि तलब दिने ग्यारेन्टी गर्नेछ। सन् २०११ मा नेपालमा एउटा दलले बन्द गर्न आह्वान गर्दैगर्दा तत्कालीन अमेरिकी राजदूत स्कट एच डेलिसीले फेसबुकमा सार्वजनिक रुपमा आलोचना गरे। बन्द गर्नेहरुलाई भिसा नदिने कुरा पनि… Continue reading

कतारमा ‘सबै नेपाली सुरक्षित र पूर्ण सम्मानित’ छन् भन्नेले सच्याए – म दूतावासको सल्लाहकार हैन

Posted on October 4, 2013October 4, 2013 by Salokya

“हामी जोड दिएर भन्न चाहन्छौँ कि सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित छन्।” “We also stress that all Nepali workers are safe and fully respected” -Mohammad Ramadan कतारमा रहेका सबै नेपालीको सुरक्षा र सम्मानको ग्यारेन्टी लिने यी बन्धुलाई बेलायती समाचार एजेन्सीले employed by the Nepali government as a legal advisor अर्थात् नेपाल सरकारले कानुनी… Continue reading

कतारमा नेपालीको दुःख – गधालाई नेपालीले जोतेको हो कि ‘गधा’हरुले नेपालीलाई जोताएका ?

Posted on October 4, 2013October 4, 2013 by Salokya

विश्वव्यापी प्रभाव रहेको बेलायती पत्रिका गार्डियनले ‘आधुनिक दासता’ सम्बन्धी समाचार सामाग्री शृङ्खला तयार पार्ने क्रममा अहिले कतारमा नेपाली आप्रवासी कामदारहरुले पाइरहेको दुःख खुलासा गरिरहेको छ। युएनमा सम्म यो कुरा उठेको छ। गार्डियनले ती सत्य उजागर गर्नुअघि पनि नेपाली छापामा यस्ता दुःख आएकै थिए। तर यसले अहिले जस्तो विश्वव्यापी प्रभाव पार्न सक्दैन थियो। अहिले कतारलाई विश्वकप… Continue reading

सुदर्शन भन्छन्- मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन

Posted on October 4, 2013October 4, 2013 by Salokya

अमेरिकाको ‘फ्याउरे खबर’ च्यानलले अपाङ्ग अधिकारकर्मी सुदर्शन सुवेदीलगायतलाई उडाएर बनाएको कार्यक्रमपछि विश्वभरका नेपालीहरु बहस गर्दैछन्। उनी आफै भने यसमा के भन्छन् त ? बिहीबार राति उनले फेसबुकमा लेखेका छन्- मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन। म अंग्रेजी बोल्ने सीपभन्दा पनि कसरी अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सीप सिक्न समय खर्चिन चाहन्छु। ‘फ्याउरे… Continue reading

आत्मसमर्पण ?

Posted on October 2, 2013October 3, 2013 by Salokya

“गलत रिपोर्टहरुमा उल्लेख गरिएका सबै कुरालाई हामी अस्वीकार गर्छौँ। हामी यस्तो छाप्नेहरुलाई आफ्ना अनुचित लक्ष्य र अजेन्डाका हासिल गर्न नेपाली कामदारको उपयोग नगर्न आग्रह गर्छौँ।” “हामी जोड दिएर भन्न चाहन्छौँ कि सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित छन्।” माथिका दुई भनाई बेलायतको गार्डियन पत्रिकाले छापेको कतारमा नेपाली कामदारलाई दाससरह व्यवहार गरिएको खोजमूलक समाचारबारे नेपाल… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 150
  • 151
  • 152
  • 153
  • 154
  • 155
  • 156
  • …
  • 177
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme