Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

क्यास माओवादीविरुद्ध ‘शहरी विद्रोह’

Posted on September 7, 2013September 7, 2013 by Salokya

सवा ११ बजेतिर कलंकी चोक पुग्दा त्यहाँको स्थिति अचम्मको थियो। कलंकीको भ्रष्टाचारी पुल (चीनले बाटो फराकिलो पारिदिन्छ भनेर थाहा हुँदाहुँदै बनाएको भएर) मुनि निन्याउरो अनुहारमा क्यास माओवादीका एक लोकल नेता भाषण गर्दै थिए। ‘परिआए रगतको बलिदान गर्न पनि पछि हट्नु हुन्न’ भन्ने शब्दमात्र जोशिलो भएर के गर्नु, त्यो शब्द उच्चारणको शैलि हारेको सिपाहीको जस्तो थियो।… Continue reading

विज्ञापन हेर्दा पैसा पाइने !

Posted on September 6, 2013September 6, 2013 by Salokya

मोबाइलमा एसएमएसबाट ताइँ न तुइँका विज्ञापनहरु आएको देखेर दिक्क हुनुहुन्छ भने तपाईँलाई एउटा खराब खबर- अब तपाईँको मोबाइलमाथि उद्योगी/व्यापारीहरुको आक्रमण हुँदैछ। कम्पनीहरुले छानी-छानी तपाईँको मोबाइलमा कसैले फोन गर्ने बित्तिकै भिडियो विज्ञापन बजाइदिने छन्। तर, एउटा राम्रो खबर पनि छ- ती विज्ञापन हेरिदिएवापत् तपाईँले पैसा पनि पाउनु हुनेछ। अडियन्सलाई लोभ्याएर, फकाएर, सम्झाएर कुनै कुरामा आकर्षित बनाई… Continue reading

बेलबारी बर्बरता बिर्साउने व्यवहार

Posted on September 6, 2013September 6, 2013 by Salokya

मोरङको बेलबारीको जुन ठाउँमा एउटी दलित महिलामाथि समाजै खनिएर दुर्व्यवहार गरिएको थियो, ठीक त्यही ठाउँमा छ हप्तापछि हिजो फूलमाला र अबिर दलेर स्वागत गरियो। गएको जुलाई २३ मा बलात्कार प्रयासको गलत आरोप लगाएको भन्दै माया सार्की र उनलाई सहयोग गर्ने मनोज विश्वकर्मालाई कुटपिट गर्दै जुत्ताको माला लगाएर मोसो दलिएको थियो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी… Continue reading

भारतले नेपाल सामु घुँडा टेक्यो, नेपाल २ भारत १

Posted on September 5, 2013September 5, 2013 by Salokya

अनिल गुरुङ र जुमानु राईको गोलले २० वर्षपछि साफमा नेपालले चीर प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन भारतलाई फुटबलमा पराजित गर्ने गौरव प्राप्त गरेको छ। (पछिल्लो पटक सार्क देशमात्र सम्मिलित क्षेत्रीय प्रतियोगितामा नेपालले १९९३ मा भारतलाई हराएको थियो। साफ प्रतियोगिताबाहेक पनि नेपालले पछिल्लो पटक भारतलाई हराएको सात वर्षअघि अर्थात् २००६ को एएफसी च्यालेन्ज कपमा हो। त्यतिबेला नेपालले… Continue reading

विमल घर्ती मगरको गोलले पाकिस्तानलाई रोक्न नेपाल सफल, सेमिफाइनल प्रवेश अझै सुनिश्चित छैन

Posted on September 3, 2013September 4, 2013 by Salokya

१६ वर्षीय विमल घर्ती मगर नेपालको हिरो बनेका छन्। उनकै गोलले ९० मिनेटसम्म अग्रता लिएको पाकिस्तानलाई नेपालले बराबरीमा रोक्न सफल भयो। ६६ औँ मिनेटमा टङ्क बस्नेतको ठाउँमा मैदानमा छिरेका विमलले इन्जुरी टाइममा गोल गरी नेपालको नाक जोगाए। रङ्गशालामा उपस्थित हजारौँ दर्शक बराबरीलाई पनि जित नै जस्तो ठानी घर फर्किए। यद्यपि यो खेलले नेपालको वास्तविक स्थिति… Continue reading

विदेशमा काम गरिरहेकाहरु छुट्टीमा नेपाल आएर फर्कनु पर्दा के-के गर्नुपर्छ ?

Posted on September 3, 2013September 3, 2013 by Salokya

अख्तियारको कारबाहीपछि विदेश जाने नेपालीहरुले पाइरहेको दुःखबारेको ब्लगमा माइसंसारका पाठक डिल्ली, जीवन थापा र पारस ठकुरीले छुट्टीमा नेपाल आएर विदेश फर्कनेहरु वा नयाँ जान चाहनेहरुका लागि के कस्ता कागजात आवश्यक पर्छन्, त्यसबारे माइसंसारमा नै उल्लेख गरिदिए राम्रो हुन्थ्यो भनेर सुझाव दिएका थिए। दशैँमा नेपाल आउन चाहिरहेका अन्य धेरैको मनमा पनि यस्तै खुल्दुली लागेको हुनसक्छ। त्यसैले… Continue reading

पोखरामा २५ वटा क्यासिनो छ रे !

Posted on September 2, 2013September 2, 2013 by Salokya

भएको एउटा क्यासिनो पोखरा ग्रान्ड त सरकारले बजेटमा शतप्रतिशत ‘रोयल्टी’ बढाएपछि खर्च धान्न नसक्ने भन्दै गत साउनदेखि बन्द भएको बेला पोखरामा २५ वटा क्यासिनो छ भनेपछि कसलाई हाँसो नउठ्ला। कसैले जोक गरेर भनेको भए त लौ त नि भन्न हुन्थ्यो। ‘आपको रखे आगे’ भन्दै समाचार बजाउने एबिपी न्युज (पहिलेको स्टार न्युज) को वेबसाइटमा राखिएको समाचारमा… Continue reading

कोस्टा रिकामा भगुवा पठाउने स‍ंस्थाले ‘चोरको खुट्टा काट’ भन्दा खुट्टै पो उचाल्यो

Posted on September 1, 2013September 2, 2013 by Salokya

आपसी सम्बन्ध विस्तार गर्ने भन्दै युनिभर्सिटी अफ कोस्टा रिकामा National Institute of Natural Sciences का आधिकारिक व्यक्तिका रुपमा गएका चार जना बेपत्ता भएर कोस्टा रिकामा ठूलो हङ्गामा भइरहँदा सो संस्थाले भने ‘एकतर्फी, हचुवा, नियोजित र संस्थाको बदनाम गर्ने मनस्थितिबाट’ ब्लग लेखिएको आरोप लगाएको छ। फेसबुक स्टायटसमार्फत् गरिएको ‘औपचारिक खण्डन’ यति काइते छ कि त्यसमा न… Continue reading

सिङ्गो काठमाडौं जलेको त्यो दिन

Posted on September 1, 2013September 1, 2013 by Salokya

आज तपाईँहरुलाई म पुरानो दिनको स्मरण गराउन जाँदैछु। नौ वर्षअगाडि (२०६१ भदौ १६ मा) आज कै दिन काठमाडौं निकै तनावग्रस्त थियो। सिङ्गो काठमाडौं जलेको थियो। इराकमा नेपाली दाजुभाइ मारिएका कारण आक्रोशित जनसाधारण सडकमा उत्रिएका थिए। त्यतिबेला मैले खिचेका केही तस्वीर र नेटबाट संकलन गरिएका तस्वीर र मेरो व्यक्तिगत डायरीबाट निकालिएका केही अंशहरु तपाईँ यो ब्लगमा… Continue reading

काठमाडौँ बेस्कन हल्लाएको महसूस भयो

Posted on August 31, 2013August 31, 2013 by Salokya

मध्यरात हुनै लाग्दा भूकम्पले काठमाडौँ बेस्कन हल्लाइदियो। भूकम्पका कारण धेरै ठाउँमा मानिसहरु घरबाहिर निस्केर सुरक्षित ठाउँमा बसेका थिए। ठूलो भूकम्प आएको केही समयपछि हल्का केही भूकम्पका धक्का महसूस भए। अहिलेसम्म भूकम्पबाट क्षति भए/नभएको बारे केही थाहा हुन सकेको छैन। शक्तिशाली कम्पन ११ बजेर ३४ मिनेटतिर भएको थियो। भूकम्पले घरहरु मात्र हैन सोसल मिडियासमेत हल्लाएको थियो।… Continue reading

वैज्ञानिक अनुसन्धानको नाममा मानव तस्करी धन्दा

Posted on August 29, 2013September 1, 2013 by Salokya

अपडेट १: वेबसाइट अहिले सुचारु गरिएको छ। अपडेटः भगुवा पठाउने स‍ंस्थाको वेबसाइट बन्द- कोस्टा रिकामा बेपत्ता हुने गरी चार जना नेपाली पठाउने संस्थाले आज अपराह्नदेखि आफ्नो वेबसाइट बन्द गरेको छ। वेबसाइटमा अहिले ‘बन्दै गरेको छ, पछि आउनु होला’ लेखिएको छ। आज बिहान यो ब्लग लेख्नुन्जेल साइट सुचारु थियो। हत्त न पत्त वेबसाइट बन्द गरेबाट पनि… Continue reading

कोस्टा रिका हल्लाइदिने चार नेपाली

Posted on August 28, 2013August 29, 2013 by Salokya

स्थानीय एक विश्वविद्यालयको निमन्त्रणामा गएका चार नेपालीले पूरै कोस्टा रिका हल्लाइदिएका छन्। उनीहरु एकाएक बेपत्ता भएपछि उनीहरुलाई बोलाउने युनिभर्सिटी अफ कोस्टा रिकाका रेक्टर मिडियालाई जवाफ दिँदै हैरान भइरहेका छन् भने प्रहरीले उनीहरुको खोजी तीव्र पारेको छ। झण्डै ४६ लाख मात्रै जनसंख्या भएको देशमा यसरी आप्रवासी हराएपछि निकै गम्भीर रुपमा लिइने रहेछ। त्यसैले कोस्टा रिकाको सर्वोच्च… Continue reading

यसरी दुःख दियो मलाई अध्यागमनले

Posted on August 27, 2013August 27, 2013 by mysansar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा धमाधम कर्मचारी पक्राउ गरिरहेको छ। यसै क्रममा धेरै कर्मचारीहरु अध्यागमन विभागका पनि रहेका छन्। नेपालको अध्यागमन यात्रुहरुलाई अनावश्यक झण्झट दिने गरेकोमा बदनाम छ। घुस खाने मात्र हैन, इज्जत लुट्ने काम पनि अध्यागमन कै कर्मचारीहरुबाट भएको जगजाहेर छ। अहिले जुन कर्मचारी अख्तियारको हिरासतमा छ, त्यही मध्येका एकबाट पीडित भएकी थिइन्… Continue reading

वाक फर नेपाल- नेपालका लागि पदयात्रा गर्ने होइन त?

Posted on August 27, 2013September 2, 2013 by उत्तम बाबु श्रेष्ठ

अपडेट: पछिल्ला सहयोगीहरु स्याटेलाइट $१०१, शुशिल जोशी $५०, तिर्थ घले $३०, बसन्त गिरी $२०, भोला शर्मा $१५, सारा श्रेष्ठ $१५, अजय ढकाल $२५, लक्ष्मण गुरुङ्ग $२०,भाष्कर अधिकारी $२०, शशि पैाडेल $३०, नाम खुलाउन नचाहने $२५, मनि श्रेष्ठ $६५, इच्छा,आकांक्षा न्यैापाने $३०, किशेार जेाशी $५०, स्वरूपा ढकाल $२५, सागर प्रसांइ $२५, विष्णु परियार $१०, सुबेाध अधिकारी… Continue reading

इन्जिनियरपछि श्री ३ (एमाओवादी-कङ्ग्रेस-एमाले) कर्मचारी पनि अख्तियारको विरोधमा, आन्दोलनको धम्की

Posted on August 26, 2013August 26, 2013 by Salokya

देशमा वक्तव्य युद्ध चल्या छ अहिले। अख्तियार अकस्मात‌् जागेर कारबाही तीव्र बनाएर धमाधम कर्मचारी समात्न थालेपछि इन्जिनियरहरुले विज्ञापनै छापेर गरेको विरोधका बारेमा हिजो ब्लग पढिहाल्नुभयो। इन्जिनियरपछि श्री ३ दल (एमाओवादी-कङ्ग्रेस-एमाले) का कर्मचारी पनि विरोधमा उत्रिएका छन्। अरु कुरामा भए यी दलको कुरा कहिल्यै मिल्दैन। तर स्वार्थ एक भएपछि तीनै दलका कर्मचारी संगठन मिलेका छन्। एमालेको… Continue reading

अध्यागमन कर्मचारी र इन्जिनियर रिसाएर छुट्टी, इन्जिनियर थुने देश विकासमा गम्भीर असर पर्ने चेतावनी

Posted on August 26, 2013August 26, 2013 by Salokya

अख्तियार जागेर विद्युत प्राधिकरण, अध्यागमन र वैदेशिक रोजगार विभागमा भ्रष्टाचारको छानबिन गर्न भकाभक मान्छे पक्रन थालेपछि अध्यागमन कर्मचारीहरु र इन्जिनियरहरु रिसाएर छुट्टी! अध्यागमनका कर्मचारीहरुले ‘अख्तियारको आदेश छैन’ भन्दै विदेश जान लागेका १७० जनालाई रोकेको खबर आज अन्नपूर्णमा छापिएको छ। बिचरा अख्तियारको रिस सोझासाझा विदेश जान लागेकाहरुमाथि पोखिएछ। त्यसैगरी ट्रान्सफर्मर भ्रष्टाचार कान्डमा इन्जिनियरहरुलाई पक्रेको विरोधमा इन्जिनियरहरुले… Continue reading

पञ्चबलिमात्र हैन, उद्‌घाटन खेल अघि गोलपोस्टमा कुखुरा काटेर रगत चढाइँदो रहेछ

Posted on August 26, 2013August 26, 2013 by Salokya

साफ च्याम्पियनसिपमा भाग्यले नठगोस् र दशा टरोस् भनेर एन्फाले मध्यरात दशरथ रङ्गशालाको उत्तरी भागमा पञ्चबलि दिएको खबरले धेरै जना छक्क परेको देखियो। पञ्चबलि अर्थात् भेडा, बोका, हाँस, कुखुरा र अन्डाको भोग। दशा टार्नलाई गरिएको यो कामबाहेक हरेक जस्तो महत्त्वपूर्ण प्रतियोगिताको उद्‌घाटन खेल अगाडि दुईतिरैको गोलपोस्ट र खेल सुरु हुनुअगाडि बल जहाँ राखिन्छ, त्यहाँ कुखरा काटिन्छ… Continue reading

अमेरिकामा डलर टिप्ने धुनमा पाएको दुःख

Posted on August 25, 2013August 25, 2013 by Salokya

कोस्टा रिकाको नाम अधिकांश नेपालीहरुले विश्वकप फुटबल हुँदामात्रै सुन्छन्। त्यसबाहेक कोस्टा रिका न कुनै समाचारमा आउँछ, न नेपालीले नै चासो दिन्छन्। तर होइन, एउटा अर्को समूह छ, जसलाई कोस्टा रिका एकदमै महत्त्वपूर्ण छ। उही एनी हाउ पैसा कमाउ, पैसा कमाउन एनि हाउ अमेरिका जाउवालाहरुको समूह। सक्ने र पहुँच भएकाहरु त सेमिनार, पढाइ अनेक बहानामा भिसा… Continue reading

बिएलको बर्थ थेमा सिडिओको छापा ! भोज गर्दा होस गर्नुस् है – तिर्नुपर्ला जरिवानाको डोज, जेलको कुरा अलग्गै

Posted on August 24, 2013August 24, 2013 by Salokya

शुक्रबार व्यापारी बिएल शर्मा (उही अनमोल क्याटरिङका मालिक, नेपालका बिलिनियर विनोद चौधरीका ससुरा क्या त) को बर्थ डे पार्टी राजधानीमा मनाउँदै गर्दा सिडिओको नेतृत्वमा छापा मारियो। पाँच सय जना हाइक्लासका मान्छेहरु रहेछन् भोजमा। अन्नपूर्णमा यससम्बन्धी समाचार हेर्नुस्। सिडिओले ‘सामाजिक सुधार ऐन उल्लंघन भएको छ-छैन निरीक्षण गर्न आएको, गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्छौँ’ भनेका रहेछन्। पाँच… Continue reading

लौ न के सुन्नुपर्‍यो नि – बेलायतका लागि पूर्व राजदूत नै रेफ्युजी बनेर पो बसेका रैछन्

Posted on August 24, 2013August 24, 2013 by Salokya

विदेशका विभिन्न देशमा नक्कली शरणार्थी बन्नेहरुलाई खुसीको खबर- तपाईँहरुको नेतृत्व अब उच्च पदस्थ कर्मचारीले गर्दैछन्। बेलायतका लागि नेपालका पूर्व राजदूत मुरारीराज शर्मा अहिले बेलायतमा राजनीतिक शरणार्थीको हैसियतमा छन्। त्यही उल्लेख भएको बेलायती पासपोर्टसमेत उनले लिइसकेको दि हिमालयन टाइम्सले खुलासा गरेको छ। एक्सक्लुसिभ न्युजमा टिएचटि लेख्छ– नेपाल फर्केपछि आफ्नो ज्यानमा खतरा हुन्छ भन्ने दावी गरेर उनले… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 150
  • 151
  • 152
  • 153
  • 154
  • 155
  • 156
  • …
  • 175
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme