Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

दुई वर्षभित्र के देख्नु पर्‍यो !

Posted on September 24, 2013 by Salokya

हाम्रा प्रधानमन्त्रीहरु, मन्त्रीहरु अनि नेताहरु भाषणमा के के भन्दै हिँड्छन्, त्यसको लेखाजोखा कसैले राख्या छैन होला। जसले राख्छ, ऊ पागल हुन बेर लाउँदैन। कहिले के बोलिदिन्छन् कहिले के! अस्ति भर्खरैको त कुरा, ड्यास माओवादी निर्वाचनमा आउने भए मिति सार्न सकिन्छ भन्ने सुनिएको थियो। अनि केही दिनपछि त धर्तीको कुनै शक्तिले पनि तोकिएको निर्वाचनको मिति सार्न… Continue reading

खिलराजले पनि युएनबाहिर कालो झण्डाको सामना गर्नुपर्ने

Posted on September 24, 2013September 24, 2013 by mysansar

देशको विषम परिस्थितिमा संविधान सभाको निर्वाचन गराउने गहन जिम्मेवारी बोकेर कार्यपालिकाको समेत जिम्मेवारी सम्हालेका प्रधान न्यायाधीश खिलराज रेग्मीलाई संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका जान जरुरी नभएको टिप्पणी गर्नेहरु निकै छन्। बीचमा त अन्तरिम चुनावी परिषद्का अध्यक्ष रेग्मी न्युयोर्क नजाने हल्ला पनि चल्यो। लगत्तै खण्डन पनि भयो- रेग्मी जाने बरु गृहमन्त्री चाहिँ नजाने! जानु… Continue reading

भारतलाई तह लगाउन गिरीको ‘जङ्गबहादुर फर्मूला’

Posted on September 23, 2013September 23, 2013 by Salokya

कान्तिपुरका सम्पादक सुधीर शर्माको महँगो (मोटो गाता हजार, पातलो ७ सय) पुस्तक ‘प्रयोगशाला’ आइतबार अन्नपूर्ण होटलमा विमोचन भयो। विमोचन कार्यक्रम बडा रमाइलो भो। गगन थापा मोडरेटर रहेको कार्यक्रममा प्राध्यापक ध्रुवकुमार, प्रचण्ड र प्रदीप गिरी वक्ता थिए। स्रोता चाहिँ भएभरका भिआइपीहरु। वर्तमान प्रधानसेनापतिदेखि पूर्व प्रधानसेनापतिसम्म। नेताहरुदेखि पत्रकारसम्म। कार्यक्रममा भएको बहस पनि रमाइलै थियो। प्रचण्डभन्दा कङ्ग्रेस नेता… Continue reading

फ्लाइओभर त हैन, यति पैदलमार्ग चैँ बन्यो

Posted on September 21, 2013September 21, 2013 by Salokya

बानेश्वरमा फ्लाइओभर यही वर्षको अन्त्यसम्ममा बन्ने भन्ने खबर पोहोर तपाईँहरुले पढ्नुभएको होला। वर्ष फेरियो, तर सडकको अनुहार फेरिएन। यो वर्षको बजेटमा त फ्लाइओभरका लागि पैसै छुट्याएको देखिएन। ६० करोड लाग्ने भनिएको फ्लाइओभर यो वर्ष पनि यही वर्ष बन्छ भन्न छाडिएको छैन। फ्लाइओभर त हैन, थापाथली-तीनकुने सडक विस्तारको महिनौँपछि यतिको पैदल यात्रु मार्ग चैँ देखिएको छ।… Continue reading

अमेरिकी सेनाको विमान किन आयो काठमाडौँमा?

Posted on September 19, 2013September 19, 2013 by Salokya

अमेरिकी वायु सेना (US Air Force- USAF) को एउटा विमान आज दिउँसो २ बजेर २५ मिनेट जाँदा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर साँझ ५ बजेर ८ मिनेटमा फर्किएको छ। USAF अमेरिकी सेनाको हवाई युद्धमा प्रयोग हुने विभाग हो। जमिनमा रहेका सेनालाई आकाशबाट सहयोग प्रदान गर्न पनि यसको प्रयोग गर्ने गरिन्छ। सन् २०१२ को तथ्याङ्क… Continue reading

अघिअघि यो, पछिपछि बर्खी बारेकाहरु!

Posted on September 19, 2013September 19, 2013 by Salokya

बुधबार राति काठमाडौँमा गजबको जुलुस निस्कियो। अघिअघि यो सेतो मुकुन्डो लगाएको मान्छे थियो, जसका दुवै हात अरुले नै पक्रेका थिए। पछिपछि थिए बर्खी बारेकाहरु, अर्थात् सेतो पहिरन लगाएकाहरु। काठमाडौँको मुख्यमुख्य भाग परिक्रमा गर्‍यो यो जुलुसले। के हो त यो?

आइतबार अमेरिकामा नेपालको लागि पदयात्रा

Posted on September 19, 2013September 19, 2013 by mysansar

यही सेप्टेम्बर २२ आइतबार अमेरिकाको बोस्टनमा हुने वाक फर नेपाल कार्यक्रमको मिति नजिकिँदै गर्दा कार्यक्रम उत्साहप्रद र ऐतिहासिक हुने आयोजकहरुले बताएका छन्। स्थानीय रिभेरको समुद्री तटमा हुने यस कार्यक्रममा हालसम्मको टिकट बिक्री र अनलाइन दर्ताको गणितलाई हेर्ने हो भने करिब ५०० जना पदयात्रीहरु संलग्न हुने अनुमान छ। अनलाइन दर्ता र वाकर स्पोन्सरबाट अहिलेसम्म करिब ११… Continue reading

इन्द्रजात्राका तीन व्याख्या

Posted on September 18, 2013September 18, 2013 by Salokya

आज इन्द्रजात्राको मुख्य दिन। साताव्यापी मनाइने इन्द्रजात्राका क्रममा काठमाडौँको एउटा व्यस्त चोक मरुमा हरेक वर्ष देखिने यो एउटा दृश्य- एउटा मूर्तिलाई अग्लो ठाउँमा सबैले देखिने गरी यसरी बाँधेर राखेको ! यसलाई कसरी व्याख्या गर्ने त ? हेरौँ केही व्याख्या- मोर्डन व्याख्याः अन्त ब्रो, त्यो स्टायच्यु चैँ खासमा इन्द्र ब्रो को हो के। इन्द्र के- किङ… Continue reading

नास्टले पायो १० हजारको नारा

Posted on September 16, 2013September 16, 2013 by Salokya

गएको अगस्तमा माइसंसारले राखेको एउटा ब्लग तपाईँहरु धेरैलाई याद हुनुपर्छ। विज्ञान तथा प्रविधिको विकास हेर्ने जिम्मा पाएको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट- पहिलेको रोनास्ट)ले विज्ञान दिवस मनाउनलाई सर्वसाधारणबाट नारा आह्वान गरेको थियो। यसका लागि सरकारी मुखपत्र गोरखापत्रको पहिलो पेजको महँगो ठाउँमा विज्ञापन छापेको थियो नास्टले। सित्तैमा हैन, नारा खोजिदिएवापत् तपाईँलाई पुरस्कार पनि दिने भनिएको… Continue reading

यात्रुसहितको बसमा आगो लगाउने वैद्य माओवादी किन एक शब्द बोल्दैन? अरु पार्टी पनि किन रमितामात्रै हेर्दै ?

Posted on September 15, 2013September 15, 2013 by Salokya

धुलिखेलमा वैद्य माओवादीका कार्यकर्ताले देखाएको बर्बर व्यवहारको आलोचना आइतबार दिनभर भयो। गर्न पनि अति नै गरेका हुन्। चुनावको विरोधमा यो माओवादीले अस्ति काठमाडौँ बन्द गर्‍यो, अब किस्ताबन्दीमा क्षेत्रक्षेत्र बन्द गर्दै हिँड्दैछ। यसै क्रममा आज त्यो ठाउँमा बन्द रहेछ। यसै क्रममा काठमाडौँबाट मेलम्ची जाँदै गरेको एउटा यात्रुवाहक बसलाई रोकेर भित्र छिरी यात्रु हुँदाहुँदै पेट्रोल छर्केर जलाइदिएछन्।… Continue reading

हे दैव, कस्तो कलियुग लागेको- के के मात्र देख्नु परेको!

Posted on September 14, 2013September 14, 2013 by mysansar

देशमा रोजगार छैन। त्यसैले धेरै विदेश हान्निएका छन्। उताबाट रेमिट्यान्सको पोको मात्र आउँदैन, अनेक थरि प्रत्यक्ष/अप्रत्यक्ष सामाजिक समस्या पनि निम्त्याउँछ। प्रमाणका रुपमा त्यस्ता समाचारहरु हामीले हेर्दै आएकै हौँ। तर स्याङ्जामा यो महिना भएको एउटा घटनाले भने हदै नाघेको छ। यौन विकृतिका अहिलेसम्म सुन्दै आएका खबर भन्दा बिल्कुल फरक! सभ्य समाजमा सोच्न पनि नसकिने घटना कान्डका… Continue reading

वाइवाइ – आखिर भएको के हो दाइ?

Posted on September 13, 2013September 13, 2013 by Salokya

भर्खरै बेस्ट ब्रान्डको अवार्ड थापेको चौधरी ग्रुपको सिजी फुड्सले उत्पादन गर्ने वाइवाइ चाउचाउबारे पछिल्ला केही दिनमा निकै कुरा सुनिएको छ। ‘नयाँ पत्रिका’ र ‘कान्तिपुर’ दैनिकले यसबारे समाचारसमेत छापे। वाइवाइ उत्पादक सिजी फूड्स आफैले पनि आजको पत्रिकामा विज्ञप्ति छापेरै यसबारे सार्वजनिक जानकारी गराएको छ। खासमा वाइवाइमा भएको चाहिँ के हो त ?

कोस्टा रिकामा गिरफ्तार आठ नेपाली अझै थुनामा

Posted on September 12, 2013September 12, 2013 by Salokya

‘एनी हाउ पैसा कमाऊ, पैसा कमाउन एनी हाउ, अमेरिका जाऊ’ लाई जीवनको आदर्श वाक्य ठान्नेहरु र त्यसैको शोषण गर्ने मानव तस्करहरुको जालमा जानी जानी फँसेका आठ नेपालीको बारेमा केही जानकारी माइसंसारले पाएको छ। उनीहरु दुई महिनादेखि कोस्टा रिकाको जेलमा छन्। गएको जुलाई २० मा कोस्टा रिकाका दलालहरुले अमेरिका जाने अवैध बाटोमा पर्ने त्यो देशको सीमा… Continue reading

सेप्टेम्बर ११ को यो फोटोभित्र लुकेको रहस्य

Posted on September 11, 2013September 12, 2013 by Salokya

यो फोटो सम्झनुभएको छ ? १२ वर्षअघि आज अर्थात् सेप्टेम्बर ११ का दिन वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी आक्रमणपछि त्यो गगनचुम्बी भवनबाट हाम्फाल्दै गरेको फोटो हो यो। फोटो पछाडिको कथा झन् रोचक छ, फोटो खिच्ने फोटोग्राफर आफै एउटा इतिहास हुन्, आलोचना पनि चर्को खेप्नु पर्‍यो यो फोटोले, हाम्फाल्ने को हो भनेर पत्ता लगाउन पत्रकारहरुलाई कति… Continue reading

एनसेलको माउ कम्पनीलाई ४० करोड क्रोनर घाटा, सुमार्गीको हेलो नेपालको सेयर बेच्ने

Posted on September 11, 2013September 11, 2013 by Salokya

निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलको माउ कम्पनी युरोपको टेलिया सोनेराले ४० करोड स्विडिस क्रोनर घाटा खाएर अजय सुमार्गीसँग किनेको ‘हेलो नेपाल’को कम्पनी नेपाल स्याटेलाइटको सेयर बेच्ने भएको छ। बुधबार टेलिया सोनेराले यो घोषणा गरेको हो। टेलिया सोनेराले नेपाल स्याटेलाइटको सेयर झोदर इन्भेस्टमेन्ट नामको कम्पनीलाई बेचेको हो।

कार्टुन- सुशील कार्की

Posted on September 11, 2013September 11, 2013 by mysansar

शैक्षिक दलालले फँसाएका पीडित विद्यार्थीहरुको मौरिससबाट करुण पुकार- सुनिदिने कोही छ कि छैन ?

Posted on September 10, 2013September 10, 2013 by Salokya

नेपालीको समर्थनमा मौरिससका बासिन्दाको अनसन तपाईँहरुले पत्रपत्रिकामा मौरिससमा पढ्ने, काम पाइने भन्दै लोभ्याउने खालका विज्ञापन प्रशस्तै देख्नुभएको होला। यस्तै विज्ञापनबाट आकर्षित हुनेहरुलाई शैक्षिक दलालहरुले भएका नभएका आश्वासन दिएर मोटो रकम कुम्ल्याएर मौरिसस पठाउँछन्। तर त्यहाँ पुगेपछि विद्यार्थीहरुको हालत कस्तो हुन्छ? सोच्नै नसकिने कहालिलाग्दो ! अहिले थुप्रै नेपालीहरु त्यहाँको एउटा सार्वजनिक पाटीमा र त्यहाँ नअटाएर बाहिर… Continue reading

कालजयी गीतमा बाँचिरहनेछन् फत्तेमान

Posted on September 10, 2013September 10, 2013 by Salokya

गायक फत्तेमान राजभण्डारी साह्रै बिरामी परेको खबर आएको धेरै दिन नबित्दै आज एकाबिहानै उनको मृत्युको खबर आयो। क्यान्सर तेस्रो चरणमा पुगेपछि मात्रै पत्ता लागेका कारण ७७ वर्षको उमेरमै उनको भौतिक देहको अन्त्य भयो। तर गायक फत्तेमान र उनको सुमधुर स्वर कहिल्यै मर्नेछैन। कालजयी गीतमा अझै सदियौँसम्म बाँचिरहनेछन् फत्तेमान।

यसरी हार्‍यो नेपाल

Posted on September 8, 2013September 9, 2013 by Salokya

नेपालको पोस्टमा छिरेको यही एकमात्र गोलले नेपाल अफगानिस्तानसँग साफ च्याम्पियनसिपको सेमिफाइनलमा १-० ले पराजित भयो। हेर्नुस् अफगान खेलाडीले यसरी हानेको फ्रि किक किरण चेम्जोङले समाते पनि बल फुत्किएको थियो। अनि छेउमै भएको गोल गर्ने खेलाडी अहमदीलाई रोक्ने/छेक्ने कोही थिएन। 

बुद्ध जन्मभूमि विवादमा जिटिभी बन्द केबलवालाको सनकमा, नेपालको जवाफ १०० रुपियाँको नोटमा !

Posted on September 8, 2013September 9, 2013 by Salokya

भारतको जिटिभीमा बुद्ध सम्बन्धी सिरियल आज आइतबारदेखि सुरु भयो। तर कार्यक्रमको प्रचारका क्रममा बुद्ध भारतमा जन्मिएको भन्ने अन्तर्वार्ताको भिडियो सार्वजनिक भएपछि नेपालीहरुले विरोध गरे। त्यसै पनि पत्रकार चिरन्जीवी पौडेलले व्यङ्ग्य हाने जस्तो- ‘एउटा औसत नेपालीको आधा उमेर गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर चिच्याउँदैमा बित्छ।’ सिरियलका कलाकार कबिर बेदीले हिजै माफी पनि मागे। सिरियलमा के… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 149
  • 150
  • 151
  • 152
  • 153
  • 154
  • 155
  • …
  • 175
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme