Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

निर्वाचन क्षेत्रः कतै ८२ हजार मतदाता, कतै ४ हजार

Posted on November 8, 2013November 8, 2013 by Salokya

यसपटकको संविधान सभा निर्वाचनमा यसअघिकै निर्वाचनका २४० क्षेत्रलाई जस्ताको तस्तै राखिएको छ। कूल  १ करोड २१ लाख ४२ हजार ८६५ मतदाता मतदानका लागि योग्य छन्। ती मध्ये कतिले भोट खसाउने हुन्, मंसिर ४ गते मात्रै थाहा हुनेछ। यी २४० निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतदाता भएको जिल्ला मनाङ हो। त्यहाँ जम्मा ४ हजार ७९५ मतदाता छन्।… Continue reading

चुनावमा सिरुपाते खुकुरी?

Posted on November 7, 2013 by Salokya

निर्वाचन आयोगको आचार संहिताले भन्छ- चुनावमा हतियार बोक्न र प्रदर्शन गर्न हुँदैन। गृह मन्त्रालयले पनि हतियार बोके कारबाही गर्ने सूचना निकालेको छ। तर निर्वाचन आयोगकै चुनाव प्रचार सम्बन्धी विज्ञापनले बारम्बार जनतालाई सोधिरहन्छ- सिरुपाते खुकुरीमा लाहा छ कि छैन ? भन्न खोजेको त चुनावमा भोट हाल्न जान लाहा हालेको सिरुपाते खुकुरी बोकेर जानु पर्छ है जस्तो… Continue reading

यस्तो हुने रहेछ मतपत्र

Posted on November 6, 2013November 6, 2013 by Salokya

आउँदो मंसिर ४ गते हुन लागेको संविधान सभाको निर्वाचनमा कस्तो मतपत्र प्रयोग होला त ? आउनुस्, निर्वाचन आयोगले उपलब्ध गराएको नमूना मतपत्र हेरौँ। यस पटक दलहरु बढेकोले समानुपातिकका लागि हल्का रातो रङ्गको मतपत्र निकै ठूलो र लामो हुनेछ। यसमा जम्माजम्मी १२२ वटा दलका चिह्नहरु छन्। प्रत्यक्षमा एक सिट पनि जित्ने हुति नभए पनि विगतमा देशभरबाट… Continue reading

अर्मला ब्लगका कमेन्ट

Posted on November 5, 2013December 5, 2013 by Salokya

अर्मला सिङ्कहोल सम्बन्धी ब्लग का कमेन्टहरु तल लेख्नुस्।

कुन क्षेत्रमा को-को उम्मेदवार ? (विगतको नतिजासहित)

Posted on November 5, 2013November 6, 2013 by Salokya

पहिलो पटक चुनिएको संविधान सभा संविधानै बनाउन नसकी तुहिएपछि विश्वमै कतै नभएको संविधान सभाको दोस्रो पटक निर्वाचन नेपालमा हुन गइरहेको छ। निर्वाचन हुन अब दुई साता मात्रै बाँकी छ। तर अझै पनि धेरैले कुन क्षेत्रमा को-को उम्मेदवार छन्, उनीहरुको चुनाव चिह्न के हो आदि बारे थाहा पाउन सकेका छैनन्। देशभरका ७५ जिल्लाका २४० क्षेत्रका प्रत्यक्षतर्फका… Continue reading

मिठाइ किन्दै हुनुहुन्छ? होस् गर्नुस् है

Posted on November 1, 2013November 1, 2013 by Salokya

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तिहारलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका मिठाइ पसलहरुमा अनुगमन गर्दा के कस्तोसम्म भेटियो, त्यसको सूचि हेर्नुस्। किरा परेको रसबरी, पिठो मिसाइएको खुवा, ढुसी परेको मिठाइ….अनि अरु के के हो के के। हेर्नुस्-

चलाख चराको सम्मान

Posted on November 1, 2013November 1, 2013 by Salokya

हामीले धूमधामका साथ मनाउने रमाइलो चाड तिहार आजदेखि सुरु भएको छ। पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र लक्ष्मीपूजा, चौथो दिन गोवर्द्धन र म्हपूजा र पाँचौँ दिन भाइटीका। हिन्दू नै भए पनि नेपालमा बाहेक यसरी तिहार अरुतिर कतै मनाइँदैन। तिहारको विशेषता नै यही हो। दीपावली र दीवाली त लक्ष्मीपूजालाई मात्र जनाउने शब्द… Continue reading

बालकृष्ण ढुंगेलसहित सात उम्मेदवारविरुद्ध उजुरी

Posted on October 31, 2013October 31, 2013 by Salokya

सर्वोच्च अदालतले हत्याको अभियोग प्रमाणित भएको भन्दै जन्मकैदको फैसला सुनाए पनि खुलेआम हिँडिरहेका बालकृष्ण ढुंगेलसहित सात जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। एमाओवादीले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा २६५ नम्बरमा ढुंगेलको नाम राखेको थियो। स‌ंविधान सभा निर्वाचन अध्यादेशको दफा १९ अनुसार उनी उम्मेदवार बन्न पाउँदैनन्। यससम्बन्धी विस्तृत ब्लग यहाँ क्लिक गरी पढ्नुस्। ढुंगेलविरुद्ध एमाले नेतृ… Continue reading

पर्वतमा २७, सोलुखुम्बुमा ११ जना हार्ने निश्चित

Posted on October 31, 2013October 31, 2013 by Salokya

आउँदो संविधान निर्वाचन भाग २ का निश्चित निर्वाचन क्षेत्रका सबै उम्मेदवारहरु र उनीहरुको निर्वाचन चिह्न बारे जान्न पनि रमाइलै हुन्छ। यसअघि काठमाडौँ उपत्यकाका तीन जिल्लाका उम्मेदवारहरुको जानकारी राखिएको थियो। पाठकहरुले पर्वत, सोलुखुम्बु र जुम्लाको पनि जानकारी राख्न माग गरे अनुसार आज यी तीन जिल्लाका उम्मेदवारहरु र विगतको नतिजा लिएर आएको छु। अरु कुनै जिल्लाको पनि… Continue reading

बानेश्वरमा किन भागाभाग?

Posted on October 31, 2013October 31, 2013 by Salokya

नयाँ बानेश्वर चोकबाट पुरानो बानेश्वर जाने बाटो। स‍ंविधान सभा भवनको गेटबाट अलि अगाडि गइसकेपछि बाटो बन्द थियो। सवारी साधन रोके पनि मान्छेको आवतजावत त भइ नै हाल्छ। अलि अगाडि गएपछि मान्छेहरु दौडादौड गर्दै थिए। धुलोको मुस्लो पनि देखियो। अगाडि केही पनि नदेखिने, धुलो अलिकति हट्दा मान्छेहरु दौडादौड गरिरहेको पो देखिने। आखिर किन रहेछ त यस्तो… Continue reading

भक्तपुरमा ६२ र ललितपुरमा १०७ जना हार्ने निश्चित

Posted on October 30, 2013October 30, 2013 by Salokya

आउँदो संविधान सभा निर्वाचन भाग २ मा भक्तपुर जिल्लाबाट ६२ जना र ललितपुर जिल्लाबाट १०७ जना हार्ने निश्चित भएको छ। भक्तपुरबाट जम्मा २ जना निर्वाचित हुनेछन् जसका लागि पुरुष ५४ र महिला १० गरी ६४ जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी ललितपुरबाट जम्मा निर्वाचित हुने ३ जना हो तर त्यहाँ पुरुष ९४ र महिला १६ गरी… Continue reading

काठमाडौँमा ३५५ जना हार्ने निश्चित

Posted on October 29, 2013October 31, 2013 by Salokya

यस पटकको स‍ंविधान सभा निर्वाचनमा काठमाडौँ जिल्लाबाट ३५५ जना उम्मेदवार हार्ने निश्चित भएको छ। काठमाडौँमा जम्मा १० निर्वाचन क्षेत्र छन् र यहाँबाट बढी भोट ल्याएर पहिलो हुने एक एक जना गरी जम्मा १० जना निर्वाचित हुनेछन्। यसको अर्थ ३५५ जनाको हार सुनिश्चित छ। काठमाडौँमा २९० पुरुष र ७५ महिला उम्मेदवार छन्। काठमाडौँ १ मा सबैभन्दा… Continue reading

महिला दर्शकको सार्वजनिक माग- राजेश हमालज्यु, हामीलाई तपाईँको सन्तान चाहियो-चाहियो!

Posted on October 29, 2013October 29, 2013 by Salokya

नेपाल साहित्य महोत्सवको अन्तिम दिन हिरो राजेश हमाल ‘सेलिब्रिटिङ राजेश हमाल’ शीर्षकको एक सेसनमा अतिथि थिए। उनले विभिन्न विषयमा आफ्ना स्पष्ट धारणा राखे। दर्शक दीर्घाबाट प्रश्न आउने क्रममा एक महिला दर्शकले सबैको ध्यान तान्ने गरी एउटा प्रश्न सोधिन्। म एउटा छोटो, मिठो, रोमान्टिक प्रश्न सोध्छु भन्दै परिचय नखुलाएकी ती महिलाले अन्त्यमा जोस्सिएर माग गरिन्- राजेश… Continue reading

जब मह जोडी टुक्रिने संघारमा पुगेको थियो..

Posted on October 28, 2013October 28, 2013 by Salokya

मदनकृष्ण र हरिवंशलाई हामी मह जोडीका रुपमा वर्षौँदेखि हेर्दै आइरहेका छौँ। हामी उनीहरुलाई अलग बनाएर हेर्न सक्दैनौँ। मदनकृष्ण भन्ने बित्तिकै हरिवंश जोडिहालिन्छ, हरिवंश भन्ने बित्तिकै मदनकृष्ण। उनीहरु आफैले पनि आफ्नो जोडीलाई मित्रताको प्रतीकका रुपमा सबैले हेरुन् भन्ने चाहना रहेको बताए। तर दिनपछि रात आउँछ, उज्यालोपछि अँध्यारो आउँछ। सँगै राखिएका भाँडा पनि बज्छन्। के यो जोडीमा… Continue reading

एमाले उम्मेदवारलाई गोली हानी हत्या गर्ने को? एमालेकै नेता, सिभिल इन्जिनियर र पत्रकार पो !

Posted on October 27, 2013October 27, 2013 by Salokya

असोज १८ गते। बिहान साढे ११ बजेको थियो। बाराको पथलैया वीरगंज सडकखण्डमा पर्ने चवासती दाना मिल अगाडिको सडक छेउमा भारतीय नम्बर प्लेट भएको एउटा मोटरसाइकल हुँइकिएर आयो। त्यसमा चढेका मान्छेले ताकेर गोली हान्यो- ड्याङ्ग ड्याङ्ग। टाउकोमा गोली लागेका मान्छे त्यहीँ ढले। एकैछिनपछि उनलाई उपचारका लागि नेसनल मेडिकल कलेज वीरगञ्ज लगियो। एफएम, टिभी र अनलाइनहरुमा ठूलो… Continue reading

जासुस जति सबै सय किलो माला लगाउनेका

Posted on October 27, 2013October 27, 2013 by Salokya

हामी विदेशका जासुसी संस्थाबारे खुबै कुरा सुन्छौँ। भारतको ‘र’, पाकिस्तानको ‘आइएसआइ’ बारम्बार समाचारमा आइरहेको हुन्छ। फिल्महरुमा पनि ‘र’ र ‘आइएसआइ’ देखाइएको हुन्छ। अमेरिकाको सिआइए, बेलायतको एमआई फाइभको त झन् के कुरा गराइ भो र। हाम्रो नेपालको राष्ट्रिय अनुसन्धान विभागको हालखबर चाहिँ के छ त ? अहिले भइरहेको नेपाल साहित्य महोत्सवको अपराध लेखन सत्रमा एक दर्शकले… Continue reading

इन्दिरा जोशीले चोलीको हैन राष्ट्रिय गीत गाउँदा..

Posted on October 26, 2013October 26, 2013 by Salokya

इन्दिरा जोशी भन्ने बित्तिकै धेरैको दिमागमा आउँछ चोलीका गीतहरु- चौबन्दी चोली अनि रातो घाँघर.. र उध्रेको चोली..। तर काठमाडौँमा शुक्रबारदेखि सुरु भएको साहित्य महोत्सवमा इन्दिरा फरक अवतारमा पेश भइन्। रातो सारीमा प्रस्तुत भएकी उनी कार्यक्रम सञ्चालिका पनि थिइन्। उनले राष्ट्रकवि माधव घिमिरेको रचना रहेको एउटा राष्ट्रिय गीत पनि गाइन्- नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे…… Continue reading

एक नम्बर बन्न एनसेलको चलाखी

Posted on October 25, 2013October 25, 2013 by Salokya

हिजो मात्रै एउटा समाचार आयो- राजस्व बुझाउनेमा एनसेल पहिलो नम्बरको टेलिकम कम्पनी बन्यो। आधार मानिएको थियो टेलिकमको नियामक संस्था दूरसञ्चार प्राधिकरणको प्रतिवेदन। तर एनसेलले कति रकम बुझायो भन्नेमा चाहिँ समाचार बनाउनेहरु नै अन्यौलमा थिए। अनलाइनखबरलाई पत्याउने हो भने एनसेलले २५ अर्ब ७६ करोड रुपैयाँ राजस्व बुझाएको थियो, अरुलाई पत्याउने हो भने २० अर्ब ७६ करोड… Continue reading

बालकृष्ण ढुंगेल कसरी उम्मेदवार?

Posted on October 24, 2013October 24, 2013 by Salokya

एमाओवादीले बालकृष्ण ढुंगेललाई खस-आर्यको प्रतिनिधित्व हुने गरी समानुपातिक उम्मेदवार बनाएको छ। अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित एमाओवादी उम्मेदवारको बन्दसूचीको २६५ नम्बरमा ढुंगेलको नाम रहेको छ। ढुंगेल उम्मेदवार बन्न पाउँछन् त ?

कुन उम्मेदवार कस्तो गाडीमा हिँड्छन्?

Posted on October 24, 2013 by Salokya

देशमा चुनाव लागेको छ। उम्मेदवारहरुलाई भोट माग्न भ्याइनभ्याइ छ। उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेकै बेला काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारहरुबीच अन्नपूर्ण पोस्टको आयोजनामा बहस कार्यक्रम भयो। यसलाई हिमालय टिभीले पनि प्रसारण गर्छ। क्षेत्र नम्बर ४ एउटा रोचक प्रतिस्पर्धाको अपेक्षा गरिएको स्थान हो। यहाँ कांग्रेसबाट गगन थापा, माओवादीबाट नन्दकिशोर पुन ‘पासाङ’ र एमालेबाट निर्मल कुइँकेल… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 149
  • 150
  • 151
  • 152
  • 153
  • 154
  • 155
  • …
  • 177
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme