Category: समाचार/विचार
बल्ल ट्र्याकमा आउने भो राजनीति
धेरैले मंसिर ४ मा चुनाव हुने ठानेकै थिएनन्। अन्तिम समयसम्म पनि सारिएला कि भन्ने शंका कतिले गरेका थिए। विशेष गरी वैद्य माओवादी नेतृत्वको मोर्चाले गरेको हड्ताल र विस्फोटका घटनाहरुले यो शंकालाई बल पुर्याएको थियो। तर उनीहरुको चुनाव बहिस्कारको आह्वान र आतंकलाई बेवास्ता गर्दै विभिन्न अवरोध छिचोलेर साहसका साथ जनता मतदानका लागि ओइरिए र इतिहासमै सबैभन्दा… Continue reading
इतिहासमै सबैभन्दा बढी मतदान, अब के हुँदैछ ?
वैद्य माओवादी नेतृत्वको ३३ दलीय भन्ने मोर्चाको विरोध र लामो बन्द अनि विस्फोटनका घटनाबीच १२२ दल सहभागी संविधान सभाको दोस्रो निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान भएको छ। नेपालको निर्वाचन इतिहासमै यो सबैभन्दा बढी मतदान हो। यसअघि २०४८ मा ६५.१५, २०५१ मा ६१.८६, २०५६ मा ६५.७९, अघिल्लो संविधान सभा निर्वाचन २०६४ मा समानुपातिक तर्फ ६३.२९ र… Continue reading
माइसंसार भर्चुअल मतदानको परिणाम
नेपालमा उत्साहजनक रुपमा मतदाता सहभागी भएको संविधान सभाको दोस्रो निर्वाचन सम्पन्न भएको छ र अब परिणामको अनुमान र खुल्दुली सुरु भएको छ। माइसंसारले मध्यरात १२ बजेदेखि साँझ ५ बजेसम्म खुला गरेको भर्चुअल मतदानमा नेपाली काङ्ग्रेसको रुख चिह्नलाई सबैभन्दा बढी मत परेको छ। माओवादीको हँसिया हथौडा र एमालेको सूर्य नजिक नजिक रहेका छन् भने राप्रपा नेपालको… Continue reading
भोट हाल्ने कसरी ? मत बदर नहोस् है
५ लाख ६० हजार ११ ४ लाख ७ हजार ४ सय ६२ यो दुई संख्या गत संविधान सभाको निर्वाचनमा क्रमशः प्रत्यक्ष र समानुपातिकतर्फ बदर भएका मतको हो। साढे पाँच लाखभन्दा बढी मानिसले भोट कसरी दिने भन्ने नै जानेका रहेनछन् भन्ने यसबाट बुझिन्छ। भोट कसरी दिनुपर्छ भनेर समेत अर्बौँ बजेट भएको निर्वाचन आयोग, लाखौँ कार्यकर्ता भएका… Continue reading
संविधान सभा निर्वाचन २०७० लाइभ अपडेट
तपाईँ माइसंसारको नयाँ अपडेट हेर्न सकिरहनुभएको छैन भने कृपया Ctrl+Shift की एकैपटक थिचेर refresh वा reload पनि सँगै थिच्नुस्। लाइभ अपडेटका लागि भित्र क्लिक गर्नुस्। लाइभ अपडेट अब बन्द गरिएको छ।
वैद्यको बन्दले बित्थामा गुमेको ज्यान
आर्यघाटमा दनदन एउटा शव जलिरहेको छ। यो ठाउँमा शव जलाउनकै लागि ल्याइने हो। कुनै नयाँ कुरा हैन शव जल्नुमा। तर शवसँगै मन पनि जलेका छन्। एउटा सोच्दै नसोचेको घटनाले यो परिवारमाथि बज्रपात नै भयो। संविधान सभाको निर्वाचन बहिस्कार गर्न आन्दोलन चलाइरहेको वैद्य माओवादीको उपहार थियो यो शव। उनीहरुले थोपरेको यातायात बन्दमा गाडी चलाउनु राजु देउजाको… Continue reading
म भोट हाल्छु !
बहिस्कारवादी ड्यास माओवादीको पेट्रोल बम आक्रमणबाट घाइते भएका ट्रक चालकको मृत्युपछि मंसिर ४ मा मतदान गर्ने मेरो दृढता अझ बलियो भएको छ। गोप्य मतदानमा भोट जसलाई हाले पनि यो भोट चुनाव बहिस्कारविरुद्धको भोट हुनेछ। आतंकको विरोधमा हुनेछ।
गाडी जलाएपछि जनताको आक्रोश (भिडियो)
अपडेटः बारामा पेट्रोल बम आक्रमणमा परेका एक ट्रक चालक राजकुमार क्षेत्रीको आज बिहान टिचिङ अस्पतालमा निधन भएको छ। कात्तिक २८ गते निजगढ पथलैयामा ट्रकमा आक्रमण हुँदा तीन जना घाइते भएका थिए। आफूले थोपरेको बन्द मानेन भनेर नाबालकसमेत जल्ने गरी पेट्रोल बम हान्दा पनि ‘यसलाई स्वभाविक रुपमा ग्रहण गर्नुपर्छ भन्ने हामीलाई लाग्छ भन्नुस्’ भनी मोहन वैद्य… Continue reading
वैद्यले रिसाउँदै के भने ?
चुनाव बहिस्कारको आन्दोलन चलाइरहेको ड्यास माओवादीका अध्यक्ष मोहन वैद्यले बन्द हड्ताल रोक्न सर्वोच्च अदालतले दिएको आदेशप्रति आक्रोश व्यक्त गरेका छन्। आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अदालतलाई नमान्ने र आन्दोलन पनि नरोकिने बताए। चुनाव हुन्छ भन्ने निश्चित अझै नभएको भन्दै उनले भइहाले पनि अर्को आन्दोलन गर्ने बताए। गुडिरहेको गाडीमा पेट्रोल बम हानेर निर्दोष यात्रुहरुलाई… Continue reading
अर्बौँ रुपैयाँ उडाउन निर्वाचन आयोगलाई गाह्रो, कन्सर्ट गरेरसमेत सकाउन थाल्यो
संविधान सभाको दोस्रो निर्वाचनको नाममा अर्बौँ रुपैयाँ नेपालमा ओइरिएको छ। विदेशी दातृसंस्थाबाट समेत ओइरिएको पैसा सकाउन निर्वाचन आयोगलाई धौ धौ परेको जस्तो छ। त्यसैले त निर्वाचन आयोगले कन्सर्टसमेत गर्न थालेको छ। अनि त्यसका विज्ञापन पत्रिकामा पनि दिन थालेको छ। काठमाडौँका तीन दरबार क्षेत्रमा यी कन्सर्ट गरेवापत् कति रकम सकिएको हो, के निर्वाचन आयोगले यसको पारदर्शी… Continue reading
संविधान सभा भाग २
संविधान सभा भाग २ केही तथ्याङ्क।
अब आतंकको सहारा
वैद्य माओवादीले मंसिर ४ गतेसम्मका लागि आह्वान गरेको दिनरात २४ सै घण्टा यातायात बन्दको अवज्ञा हुन थालेपछि तर्साउनका लागि आतंकको सहारा लिन थालेको छ। आजै सर्वोच्च अदालतले बन्द हड्ताल नगर्न नेकपा-माओवादीलाई अन्तरिम आदेश जारी गरेको छ। थप भित्र।
अलविदा ! दयानन्द सर
उत्तमबाबु श्रेष्ठ दयानन्द सरको बारेमा अस्कल क्याम्पसमा विएस्सी पढ्दाताका धेरै सुनिन्थ्यो तर उहाँसँग प्रत्यक्ष कुराकानी हुने मौका कहिल्यै भएन उहाँ र मेरो बिषय उस्तै भएतापनि । विएस्सी सकेर त्रिभुवन विश्वविद्यालयको केन्द्रिय वनस्पति विभागमा एमएस्सीको विद्यार्थी बनेर जाँदा उहाँ त्यस विभाग छोडेर तात्कालिन रोनाष्ट (हालको नाष्टको) उपकुलपति भएर गइसक्नु भएको रहेछ । वनस्पति विभागको कार्यक्रममा आक्कल… Continue reading
दोस्रो दिनमा वैद्यको बन्द
वैद्य माओवादीले हिजो आम हड्ताल गरेर आज मंगलबारदेखि चुनावको दिनसम्म दिनरात चौबिसै घण्टा यातायात बन्द गर्ने उर्दी जारी गरेको थियो। अनि भनेको थियो रिक्सा, ठेलागाडा र साइकल मात्र चल्न दिन्छौँ। तर हिजोको तुलनामा धेरै सार्वजनिक सवारी साधन समेत चले राजधानीमा। माइक्रोमा पेट्रोल बम हानेर, बाटोमा कागज कोचेको प्रेसर कुकर छाडेर आतंक मच्चाउन खोजे पनि धेरैले… Continue reading
चुनावको दिन झन् खतराको बन्द
मंसिर ४ गते पनि वैद्य बाजेको ड्यास माओवादीले गाडी चल्न नदिने गरी यातायात बन्दको घोषणा गरेको छ। त्यो दिनको बन्द भने भव्य सफल हुने निश्चित छ। किनभने त्यो दिन वैद्य बाजेका कार्यकर्ता सडकमा उत्रनै पर्दैन, सरकार आफैले बन्द गराउनेछ। मंसिर ४ गते गाडी त के, मोटरसाइकल पनि चलाउँछु भन्ने कल्पना नगर्नुस्। त्यो दिन गाडी चलाउनु… Continue reading
वैद्यको बन्द
कस्तो रह्यो त वैद्य माओवादीको पहिलो दिनको आम हड्ताल ? भोलिदेखि के छ कार्यक्रम ? सरकार के भन्छ ? देशभर के भयो ? हेर्नुस्
ट्राफिक चुनावमा, म्यादी सडकमा अनि परिणामः जाम
आज काठमाडौँमा दिनभर किन भयो सडक जाम ? कारण हेर्नुस् र परिणाम पनि भिडियोमा हेर्नुस्।
नोटको सट्टा पानी झार्ने ‘एटिएम’
दुई दशकअघिसम्म पनि ‘पानी बेच्ने’ कुरा असंभव लाग्थ्यो हामीलाई। धत्, पानी पनि बेच्छन्? कसले किन्छ ? यस्तै सोच्थे मानिसहरु। धार्मिक कारणले पनि पानी बेच्न हुन्न, प्यास लागेकालाई सित्तैमा दिनुपर्छ भन्ने मान्यता थियो शायद्। तर यो बीचमा जनसंख्या यति धेरै बढ्यो सहरहरुमा कि पानीको आपूर्ति पर्याप्त हुनै सकेन। अनि सुरु भयो प्लास्टिकका बोतलमा पानी बेच्ने काम।… Continue reading
आइफोनको जालमा फँसेका नेपालीको दुःखदायी कथा
महँगो फोनका रुपमा आइफोनको विश्वव्यापी क्रेज छ। फोटो खिच्न र फोन गर्नमात्र उपयोग गरे पनि धाक देखाउन आइफोन चलाउने नेपालीहरुको पनि कमि छैन। आधा लाखभन्दा बढी पर्ने यो फोन हेर्दा जति आकर्षक देखिन्छ, त्यो बनाउन लाग्ने श्रमिकहरुको पसिना र उनीहरुको व्यथा झन् भयावह छ। केही अघि बजारमा आएको आइफोन फाइभ बनाउने क्रममा एक नेपाली श्रमिक… Continue reading