Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

अमेरिकामा तीन दिने आमहड्ताल र चक्काजाम

Posted on October 12, 2013October 12, 2013 by Salokya

The American people are sick and tired of the corruption that is destroying America! We therefore declare a GENERAL STRIKE on the weekend of October 11-13, 2013! Truck drivers will not haul freight! Americans can strike in solidarity with truck drivers! विपक्षी रिपब्लिकन र सत्तापक्षीय डेमोक्रेटहरुको राजनीतिक खिचातानी र मेरो गोरुको बाह्रै टकाबीच अमेरिका सरकार… Continue reading

नालायक निर्वाचन आयोग !

Posted on October 11, 2013October 11, 2013 by Salokya

आउँदो मंसिर ४ गते देशमा दोस्रो पटक संविधान सभाको निर्वाचन हुँदैछ। मतदानको दिन अब ३९ दिन मात्रै बाँकी छ। तर अहिलेसम्म देशभर कुन क्षेत्रमा को-को उम्मेदवार छन् र उनीहरुको निर्वाचन चिह्न के हो भन्ने बारे ज्ञान पनि मतदाताहरुलाई छैन। निर्वाचन आयोग त यति नालायक साबित भएको छ कि आफैले घोषणा गरेको उम्मेदवारको अन्तिम नामावली प्रकाशन… Continue reading

खुमबहादुर दाइ, जिन्दावाद !

Posted on October 9, 2013October 9, 2013 by Salokya

१११ किलोको माला। पञ्चे बाजा। नाचगान। अनि खुमबहादुर दाइ जिन्दावादको नारा। राजधानीमा आज एउटा उत्सव मनाइयो। भ्रष्टाचारी जेल गएर फर्केको महान अवसरमा। गाडीमा राखेर नगर परिक्रमा गराइयो सजाय काटेर फर्किएका भ्रष्टाचारीलाई। सयौँ सहभागी भए उनको शोभायात्रामा, नाचगान चल्यो, नाराबाजी भयो। देखाइदिए खुमबहादुरले आफ्नो तागत।

संविधान सभा (भाग-२)

Posted on October 8, 2013October 8, 2013 by Salokya

पहिलो हुने निर्वाचित हुने संविधान सभा भाग २ निर्वाचन केही तथ्याङ्क।

बन्दले अमेरिकामा बिजोग

Posted on October 5, 2013October 5, 2013 by Salokya

अपडेटः विकेन्डको विदामा विरलै बस्ने प्रतिनिधि सभाको शनिबारको बैठकले एकमतले विधेयक पास गरेको छ, जसले आठ लाख सरकारी कर्मचारीलाई जति दिन बन्द भए पनि तलब दिने ग्यारेन्टी गर्नेछ। सन् २०११ मा नेपालमा एउटा दलले बन्द गर्न आह्वान गर्दैगर्दा तत्कालीन अमेरिकी राजदूत स्कट एच डेलिसीले फेसबुकमा सार्वजनिक रुपमा आलोचना गरे। बन्द गर्नेहरुलाई भिसा नदिने कुरा पनि… Continue reading

कतारमा ‘सबै नेपाली सुरक्षित र पूर्ण सम्मानित’ छन् भन्नेले सच्याए – म दूतावासको सल्लाहकार हैन

Posted on October 4, 2013October 4, 2013 by Salokya

“हामी जोड दिएर भन्न चाहन्छौँ कि सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित छन्।” “We also stress that all Nepali workers are safe and fully respected” -Mohammad Ramadan कतारमा रहेका सबै नेपालीको सुरक्षा र सम्मानको ग्यारेन्टी लिने यी बन्धुलाई बेलायती समाचार एजेन्सीले employed by the Nepali government as a legal advisor अर्थात् नेपाल सरकारले कानुनी… Continue reading

कतारमा नेपालीको दुःख – गधालाई नेपालीले जोतेको हो कि ‘गधा’हरुले नेपालीलाई जोताएका ?

Posted on October 4, 2013October 4, 2013 by Salokya

विश्वव्यापी प्रभाव रहेको बेलायती पत्रिका गार्डियनले ‘आधुनिक दासता’ सम्बन्धी समाचार सामाग्री शृङ्खला तयार पार्ने क्रममा अहिले कतारमा नेपाली आप्रवासी कामदारहरुले पाइरहेको दुःख खुलासा गरिरहेको छ। युएनमा सम्म यो कुरा उठेको छ। गार्डियनले ती सत्य उजागर गर्नुअघि पनि नेपाली छापामा यस्ता दुःख आएकै थिए। तर यसले अहिले जस्तो विश्वव्यापी प्रभाव पार्न सक्दैन थियो। अहिले कतारलाई विश्वकप… Continue reading

सुदर्शन भन्छन्- मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन

Posted on October 4, 2013October 4, 2013 by Salokya

अमेरिकाको ‘फ्याउरे खबर’ च्यानलले अपाङ्ग अधिकारकर्मी सुदर्शन सुवेदीलगायतलाई उडाएर बनाएको कार्यक्रमपछि विश्वभरका नेपालीहरु बहस गर्दैछन्। उनी आफै भने यसमा के भन्छन् त ? बिहीबार राति उनले फेसबुकमा लेखेका छन्- मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन। म अंग्रेजी बोल्ने सीपभन्दा पनि कसरी अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सीप सिक्न समय खर्चिन चाहन्छु। ‘फ्याउरे… Continue reading

आत्मसमर्पण ?

Posted on October 2, 2013October 3, 2013 by Salokya

“गलत रिपोर्टहरुमा उल्लेख गरिएका सबै कुरालाई हामी अस्वीकार गर्छौँ। हामी यस्तो छाप्नेहरुलाई आफ्ना अनुचित लक्ष्य र अजेन्डाका हासिल गर्न नेपाली कामदारको उपयोग नगर्न आग्रह गर्छौँ।” “हामी जोड दिएर भन्न चाहन्छौँ कि सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित छन्।” माथिका दुई भनाई बेलायतको गार्डियन पत्रिकाले छापेको कतारमा नेपाली कामदारलाई दाससरह व्यवहार गरिएको खोजमूलक समाचारबारे नेपाल… Continue reading

गिज्याउने हो? ल गिज्याउनुस् तर वास्तविकता पनि बुझ्नुस्

Posted on October 2, 2013October 4, 2013 by Salokya

अमेरिकाको फ्याउरे खबर (Fox News) को जसलाई पनि उडाउने कार्यक्रममा एक जना नेपाली पनि परेछन्। Fox News का Jesse Watters ले पाए तपाईँलाई पनि उडाउँथे। हामी चैँ के विधि सिरियस भा’का। सरकारदेखि लिएर सरकारी कर्मचारीसम्मलाई गाली गर्दैछौँ। सुदर्शन सुवेदी कुनै सरकारी कर्मचारी थिएनन्, डिप्लोम्याट थिएनन्। सरकारी पैसामा घुम्न गएका पनि थिएनन्। उनी राष्ट्रिय अपाङ्ग महासंघ… Continue reading

ड्यास माओवादीको कोठामा के देखियो गाँठे !

Posted on October 2, 2013 by Salokya

उहाँलाई चिन्नुहुन्छ ? धेरैले चिनेकै हुनुपर्छ। नचिन्नेले पनि ध्यान दिएर याद गरिराख्नुस् यिनी ड्यास माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ हुन्। एमाओवादी फुटेपछि मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेकपा-माओवादी बनेको थियो। अर्को खेमाले त्यसलाई उडाउन नाममा रहेको ड्यासलाई जोडेर ड्यास माओवादी भन्न थालेका हुन्। ड्यासहरु पनि के कम, अर्को पक्षलाई क्यास माओवादी भन्न थाले। यो त… Continue reading

जनताको आँखामा यसरी छारो हालेको थियो चौधरी ग्रुपले

Posted on October 1, 2013October 3, 2013 by Salokya

चौधरी ग्रुपको वाइवाइ चाउचाउ निकै लोकप्रिय छ। तर उसलाई त्यो लोकप्रियताले पनि नपुग्दो रहेछ। त्यही भएर जनताको आँखामा छारो हालेर चाउचाउबारे गैरकानुनी गलत दावी गरेको प्रमाण माइसंसारले फेला पारेको छ। यो त्यस्तो कसुर थियो, जसमा कारबाही भएको भए सञ्चालक बढीमा छ महिनाका लागि जेलमा जाकिन सक्थे। तर धन हुनेलाई चइन, चइन; गरिबलाई चमेली लाग्दछ अइन।… Continue reading

पत्रिकामा छापिएको समाचार फेसबुकमा सेयर गर्दा सम्पादकलाई हत्कडी, ५५ करोड क्षतिपूर्ति दावी

Posted on October 1, 2013October 1, 2013 by Salokya

असार ९ गतेको अङ्कमा काठमाडौँबाट छापिने ‘सेयर बजार’ साप्ताहिकले ‘निर्वाण चौधरी यौनकान्डमा’ शीर्षकमा एउटा समाचार मुखपृष्ठमा छाप्यो। लौ न त्यो न्युज पढ्नै पाइएन, फेसबुकमा सेयर गर न भनेर एक जना साथीले त्यसका सम्पादक दिनेश आचार्यलाई भने। ल त नि भनी उनले समाचार फेसबुकमा सेयर गरिदिए। फेसबुकमा राखिएको यही समाचारले विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको… Continue reading

टेलिकमको मोबाइल बन्द हुनु बदनियत कि लापरवाही?

Posted on September 29, 2013October 15, 2013 by Salokya

शनिबार बिहान उठ्ने बित्तिकै हेर्दा अधिकांशको मोबाइल चलेको थिएन। कतिले ज्ञानेन्द्रको पालामा मोबाइल काटिएको कुरा सम्झिएर केही अप्रिय घटना पो हुन लाग्यो कि भन्ने शंका गरे। बिहान ६ बजे देखि ९:३० सम्म देशभर नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा अवरुद्ध भएको थियो। कसरी त्यसो भयो? यो कसैको बदनियत थियो कि लापरवाही? यो पत्ता लगाउन सरकारले छानबिन… Continue reading

चुनाव प्रचारमा युट्युब : पहिलो भिडियो प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरको

Posted on September 29, 2013September 30, 2013 by Salokya

यस पटकको चुनाव छ वर्षअघिको जस्तो हुने छैन भन्ने त सबैलाई थाहा भएकै हो। गाउँतिर उस्तै होला तर सहरमा यस पटक सूचनाप्रविधिको निकै प्रयोग हुनेछ। चुनावी प्रोपागान्डाका लागि विभिन्न रङ्गमा वेबसाइटहरु देखिएका छन्। त्यस्तै सोसल मिडियाको धेरै नै उपयोग/दुरुपयोग हुने निश्चित छ। दुरुपयोगको कुरा गर्दा सोसल मिडियामा हुँदै नभएका हल्लालाई पनि भाइरल बनाएर फैलाउन सजिलो… Continue reading

अर्कालाई डिपोर्ट गराउन खोज्दा आफै पदच्युत

Posted on September 28, 2013September 28, 2013 by Salokya

‘खुला जेल’ भन्ने राजदूत फिर्ता, भनाउने नारायण श्रेष्ठ कतारको कालो सूचिमा गार्डियनको अनुसन्धानमूलक सामाग्रीमा नेपाली कामदारले कतारमा पाइरहेको दुःख सार्वजनिक भएकै समयमा त्यहाँका नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने सरकारले निर्णय गर्‍यो। गार्डियनको त्यो समाचारसँगै यसलाई पनि जोडेर पश्चिमा मिडियाले प्रचार गरे। त्यही प्रचारको पछि लागेकाहरु मायाकुमारी शर्माले कतारलाई खुला जेल भनेर ठीकै त भनेका… Continue reading

यसरी ‘दास’ बनाइँदैछ नेपालीलाई खाडीमा

Posted on September 26, 2013September 26, 2013 by mysansar

बेलायतको गार्जियन पत्रिकाले कतारमा नेपाली कामदारहरुको पीडालाई विश्वसामु उजागर गरिदिएको छ। ‘विश्वकप दास’ को उपमा दिइएको छ उनीहरुलाई। पश्चिमा राष्ट्रहरुले कतारमा विश्वकप गर्न नदिने अभियानका रुपमा यस्तो समाचार आएको शंका गर्नेहरु पनि छन्। जे भए पनि यसले विश्वको गरिबतम मुलुकका नागरिकलाई धनी देशहरुले गरेको चरम शोषणलाई उजागर गरेको छ। कतारमात्र हैन खाडीका अन्य देशहरुमा पनि… Continue reading

कतारमा नेपाली कामदारको करुण कथा

Posted on September 26, 2013September 26, 2013 by mysansar

नेपाली मिडियामा कतारका लागि नेपाली राजदूत छाएकी छिन्। माओवादी कोटामा नियुक्त भएकी राजदुतले प्रचण्डले फर्कन भन्दा पनि मानिनन् रे। तर बेलायती मिडियाले भने बुधबार कतारमा रहेका नेपाली श्रमिकको पीडा खोतलेको छ। उनीहरुलाई दास जस्तो व्यवहार गरिएको देखाएको छ। गार्जियनमा छापिएको यो फिचरले जोकोही पनि नेपालीको मन रुवाइदिन्छ। पिट प्याटिसनले नेपाल र दोहा गएर यो फिचर… Continue reading

हेल्सिन्की र मुम्बईका इमान्दार, लिस्बनका बेइमान

Posted on September 25, 2013September 25, 2013 by Salokya

रिडर्स डाइजेस्ट म्यागेजिनले एउटा गजबको सामाजिक सर्वेक्षण गरेको छ। अलिकति पैसा, परिवारका फोटो र सम्पर्क ठेगानासमेत राखिएको पर्स विश्वका १६ देशका शहरका प्रमुख स्थानमा छाडियो। कुन कुन ठाउँका बासिन्दाले त्यो टिपेर त्यहाँ भएको ठेगानामा सम्पर्क गरी फिर्ता दिए, त्यसैलाई इमान्दारिताको आधार बनाइयो। यो सर्वेक्षणमा नेपालका कुनै पनि शहरलाई समावेश गरिएको थिएन। हाम्रोमा बसमा भेट्टाएको लाखौँ… Continue reading

ल भन्नुस्, तपाईँको विचारमा चुनाव होला कि नहोला

Posted on September 25, 2013September 25, 2013 by Salokya

सँगैको फोटो एक जुगमा एक दिन आउने भनेर उतिबेला प्रचार गरिएको संविधान सभा निर्वाचनको भोट खसाल्दै गर्दाको हो। समय क्रमले हामी नेपालीले एकै जुगमा दुई पटक संविधान सभाको भोट खसाल्न पाउने भएका छौँ, जुन विश्वको इतिहासमा कहिल्यै पनि भएकै थिएन। मङ्सिर ४ मा हुने भनिएको निर्वाचनका लागि यतिबेलासम्म उम्मेदवार मनोनयन दर्ता सुरु भइसक्नु पर्ने थियो।… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 148
  • 149
  • 150
  • 151
  • 152
  • 153
  • 154
  • …
  • 175
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme