नेपालमा गणतन्त्र स्थापना हुनुअघि नवयुवराजका रुपमा चिनिने र बेलाबेलामा बेबी किङका रुपमा चर्चामा ल्याइने ह्रदयेन्द्र शाहको नयाँ फोटो मंगलबार राति फेसबुकमा सार्वजनिक भएको छ। फोटो ‘हिमानी शाह’को फेसबुकमा राखिएको हो। राजतन्त्र कायम रहँदा उनी राजगद्दीका दोस्रो नम्बरका उत्तराधिकारी थिए। २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदले पास गरेको नयाँ कानुनमा राजाको जेठो सन्तान गद्दीको उत्तराधिकारी हुने व्यवस्था… Continue reading
Category: समाचार/विचार
चुनावमा ‘निल खाने’ महान् उम्मेदवार र दलहरु
यसपालिको संविधान सभा निर्वाचनमा सबैभन्दा बढी भोट पाएर जित्ने उम्मेदवार शेरबहादुर देउवा हुन्। डडेलधुरा १ मा उनले २३ हजार ९ सय २० भोट पाएका थिए। यही चुनावमा एक भोट पनि ल्याउन नसक्ने महान् उम्मेदवार र दलहरु पनि छन्। एक भोट पनि ल्याउन नसक्ने अर्थात् निल खाने उम्मेदवारहरु मध्ये अधिकांश स्वतन्त्र छन्। ती मध्ये पनि धेरै… Continue reading
निर्वाचन आयोगको हचुवा काम, मतगणना सकियो भनेको तीन दिनपछि ६ हजार भोट थपिए
निर्वाचन आयोगले गएको बिहीबार समानुपातिकतर्फको मतगणना सम्पन्न भएको बताएको थियो। आयोगका प्रवक्ता वीरबहादुर राईले फोनमा ९४ लाख ५७ हजार ८ सय ४४ कूल सदर मत मतलाई अन्तिम माने हुने बताएका थिए। ‘एक दुई सय तलमाथि हुनसक्ला तर ठूलो अन्तर हुन्न,’ उनले भनेका थिए। त्यसैलाई आधार मानेर सबै मिडियाले समानुपातिकमा यो पार्टीको यति सिट आउने जानकारी… Continue reading
कसरी ल्यायो ‘गाई’ले यत्रो सिट ?
२०६४ मा संविधान सभामा माओवादीले प्रत्यक्षमा १२० र समानुपातिकमा १०० गरी २२० सिट जित्यो पनि। तर यस पटकको चुनावमा ऊ ८० सिटमा खुम्चन पुग्यो। मधेसकेन्द्रित दलहरु पनि खुम्चिए। कांग्रेस र एमालेले अघिल्लो संविधान सभामा भन्दा सिट बढाएर पहिलो र दोस्रो शक्ति बन्न सफल भयो। त्यसबाहेक यस पटक सफल भएको अर्को कोही छ भने त्यो गाई… Continue reading
कसरी बन्ला सरकार ? कसरी बन्ला संविधान ?
निर्वाचन सकिएको १० दिनपछि लगभग संविधान सभाको संरचना कस्तो हुनेछ भन्ने देखिएको छ। अघिल्लो संविधान सभामा दोस्रो शक्तिका रुपमा रहेको कांग्रेस पहिलो बनेको छ भने त्यतिबेला पहिलो बनेको माओवादी यस पटक तेस्रोमा धकेलिएको छ। तेस्रो रहेको एमाले दोस्रो भएको छ। अघिल्लो पटक माओवादीले प्रत्यक्षमा बहुमत (२४० सिटमा १२०) र समानुपातिकमा १०० सिट पाए पनि उसले… Continue reading
समानुपातिक मतगणना सकियो, सिट यसरी बाँडफाँड हुने- कांग्रेस ९१, एमाले ८४, माओवादी ५४
निर्वाचन आयोगले २४० क्षेत्रकै समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ। यसको तथ्याङ्क निर्वाचन आयोगको वेबसाइटमा अपडेट गरिएको छ। हालसम्म ९४ लाख ५७ हजार ८ सय ४४ कूल सदर मत मतलाई अन्तिम मानिएको छ। निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार जिल्लाबाट संख्या रुजु गर्दा केही सानो तलमाथि हुनसक्छ तर लगभग यही अन्तिम हो। यति समानुपातिक मतको आधारमा… Continue reading
कूल मतदाताको ७७ प्रतिशत सदर मत गनिसक्दा पनि सकिएन समानुपातिक गणना
निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन सकिएपछि औसत ७० प्रतिशत मत खसेको भन्दै यसलाई ऐतिहासिक सफलता भन्दै प्रचार गरेको थियो। त्यही बिहान बाँके ३ को केन्द्रमा मत खसाउने बित्तिकै कांग्रेस सभापति सुशील कोइरालाले यसपालि ७० प्रतिशत जति मतदान हुन्छ भनेर बाइट दिएको टेलिभिजनका फाइलहरुमा सुरक्षित नै होला। प्रत्यक्षतर्फको मतगणना सकिएको यत्रो दिन बित्दा पनि आयोगले… Continue reading
कांग्रेस-एमालेको दुई तिहाई नपुग्ने निश्चित, एकीकृत रुपमा मधेसवादी चौथो शक्ति
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगिसक्दा कांग्रेस र एमालेको कूल सिट मिलाएर दुई तिहाइ बहुमत नपुग्ने झण्डै निश्चित भएको छ। समानुपातिकको सबै मत आज गन्न सकिने निर्वाचन आयोगले जनाएको छ। बिहान ९ बजे ५७ मिनेटमा आयोगले उपलब्ध गराएको ८७ लाख ९ हजार ८३ मतलाई अन्तिम मानी संविधान सभा निर्वाचन अध्यादेश २०७० ले व्यवस्था गरेको गणना विधि… Continue reading
[प्रोजेक्सन अपडेट बुधबार राति १० बजे] गणना सकिनैलाग्दा कांग्रेसको एमालेसितको अन्तर फराकिलो
निर्वाचन आयोगले बुधबार राति ९ बजेर ५१ मिनेट जाँदा अपडेट गरेको तथ्याङ्क अनुसार समानुपातिकतर्फ ८४ लाख ४३ हजार ९५८ सदर मत गनिसकिएको छ। यो भन्नु झण्डै ९९ प्रतिशत हो। लगभग मतगणना सकिएको छ। समानुपातिकमा सुरुदेखि नै एमालेले अग्रता लिइरहेको भए पनि जसरी प्रत्यक्षतर्फ अन्तिममा कांग्रेसले बाजी मार्यो, त्यसरी नै समानुपातिकमा पनि अहिलेको गणनालाई अन्तिम मान्ने… Continue reading
समानुपातिकमा ९२ दलको जमानत जफत हुने
प्रत्यक्षतर्फको मतगणना सकिएर समानुपातिकको गणना अन्तिम चरणमा पुग्दै गर्दा पनि उल्लेख्य मत पाउन नसक्ने ९२ दलको जमानत जफत हुने लगभग निश्चित भएको छ। गन्न बाँकी मतमा उल्लेख्य मत ल्याए भने मात्रै उनीहरु बच्नेछन्। समानुपातिकमा एक सिट पनि नजित्ने दलहरुको जमानत जफत हुने व्यवस्था छ। प्रत्यक्षतर्फ उम्मेदवारले तीन हजार रुपियाँमात्रै धरौटी तिरे पनि हुन्छ तर समानुपातिकका… Continue reading
[प्रोजेक्सन अपडेट राति ९:५२] अघिल्लो अपडेटमा भन्दा फोरम नेपाल, तमलोपा र सदभावनाको प्रगति
निर्वाचन आयोगले राति ९:५२ मा दिएको तथ्याङ्क अनुसार हालसम्म करिब ८५ लाख भोट मध्ये ६३ लाख ९६ हजार ७५ सदर मतको गणना सकिएको छ। अघिल्लो अपडेटमा भन्दा यस पटकको गणनामा तराईकेन्द्रित दलहरु फोरम नेपाल र तमलोपा र सदभावनाको मत ह्वात्तै बढेको छ। त्यसैले कांग्रेस, एमाले र माओवादीको सिट घटेको छ भने यी दलको सिट बढेको… Continue reading
संविधान सभा भाग १ र भाग २ को फरक
संविधान सभा निर्वाचन भाग १ र भाग २ मा प्रत्यक्षतर्फ प्रमुख दलहरुको उपस्थिति कस्तो रह्यो ? हेर्नुस् तलको चार्टमा २०७० र २०६४ मा क्लिक गरी। अब तपाईँको पालो- ६ वर्षको अन्तरालमा यस्तो विपरीत जनमत कसरी आयो? ठूला दल किन साना भए, साना दल किन ठूला भए? आफूलाई लागेको कुरा निर्धक्कसित तल कमेन्टमा लेख्नुस्।
प्रत्यक्षको अन्तिम सिट माओवादीको पोल्टामा, समानुपातिकमा कांग्रेसको एक सिटले अग्रता
मंसिर ४ मा देशभर भएको संविधान सभा निर्वाचन भाग २ अन्तर्गत प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली)तर्फका सबै २४० निर्वाचन क्षेत्रको मतपरिणाम ६ दिनपछि आज सार्वजनिक भएको छ। ४ गते स्थगित भएको सप्तरी २ को एउटा केन्द्रको निर्वाचन शनिबार भएको थियो। आज अर्थात् मंसिर १० सोमबार मतगणना सकियो। यो अन्तिम सिट माओवादीको पोल्टामा गयो। सप्तरी… Continue reading
धाँधलीको हौवा र माओवादीको बुद्धि
निर्वाचन प्रक्रियामा धाँधली भएको आरोप लगाउने माओवादीले एकपछि अर्को गल्ती गर्दैछ। यसले माओवादीलाई रुचाउँदै नरुचाउने ‘एलिट’ को जमातलाई त फाइदा पुगेकै छ, अलि अलि सहानुभूति राख्ने समूहबीच पनि बद्नामी झन् झन् बढ्दो छ। निर्वाचन प्रक्रियामा धाँधली पक्कै हुन्छ। जसले सक्छ, त्यसले धाँधली गर्ने हो। अमेरिका जस्तो देशमा त सन् २००० मा धाँधली गरेर जर्ज बुसले… Continue reading
प्रोजेक्सन अपडेट बिहान १ बजेः समानुपातिकमा एमालेको अग्रता कायमै, गाई सुस्तायो
कस्तो बन्दैछ भावी संविधान सभाको स्वरुप? हालसम्म गणना सकिएका जिल्लाः ९ जिल्लाको १७ वटा निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ। मतगणना सम्पन्न भएका निर्वाचन क्षेत्रहरूमा मनाङ, कास्की १, २, ३, ४, डोल्पा १, पाँचथर २, रसुवा १, धादिङ १, २, ३, डोटी १,२, धनकुटा १, २, गुल्मी १, तनहुँ २, बारा २ र म्याग्दी छन्।… Continue reading
कांग्रेस पहिलो पार्टी बन्ने निश्चित, प्रत्यक्षमा कांग्रेसलाई ६८, एमालेलाई ५८ सिट फाइदा; एमाओवादीलाई ९५ सिट घाटा
कस्तो बन्दैछ भावी संविधान सभाको स्वरुप? निर्वाचन आयोगले आइतबार दिउँसो ४ बजेसम्म उपलब्ध गराएको तथ्याङ्क अनुसार अब प्रत्यक्षतर्फ एक क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ। नतिजा आएका २३९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १०५ सिट जितेको छ। यो अघिल्लो संविधान सभामा माओवादीले जितेको १२० सिटभन्दा १५ कम हो। अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसले ६८ सिट बढी जितेको… Continue reading
राप्रपा नेपालका सेलिब्रिटी उम्मेदवारहरुको जमानत जफत
गणतन्त्रको विरोध गर्दे राजतन्त्र फर्काउनु पर्ने माग गर्दै ८० प्रतिशत हिन्दु भएको देशमा हिन्दुत्वको कार्ड फ्याँक्ने राप्रपा नेपाललाई यस पटक संविधान सभा निर्वाचनले कस्तो स्थितिमा पुर्याउने हो, अहिले नै आँकलन गर्न गाह्रो छ। तर राप्रपाले ३ सिट ल्याइसक्दा पनि कमल थापाको गाई पार्टीले अहिलेसम्म एक ठाउँ पनि प्रत्यक्ष सिट जित्न सकेको छैन। तर बाहिरबाहिर हेर्दा… Continue reading
‘कुकुर’ सबैको पनि जमानत जफत
-राजन केसी- ठ्याक्कै एक साताअघि मैले माइसंसारमा पठाएको एउटा ब्लग छापिँदा सोसल मिडियालाई नै संसार देख्नेहरुलाई आक्रोशित कमेन्ट गरे। यसले दलका अन्धभक्त र यो समूहका अन्धभक्तहरुबीच कुनै फरक नभएको देखायो। कुकुर चिह्नवाला उम्मेदवारहरुको हैसियत यो निर्वाचनले देखाइदिइ हाल्यो। कुकुरवालाका चारै उम्मेदवारले जमानत जफत हुने गरी पराजय भोग्नुपर्यो। सोसल मिडियामा ठूल्ठूला कुरा गर्नेहरु र त्यही ब्लगमा… Continue reading
बल्ल पर्यौ प्रचण्ड कांग्रेसको जालैमा
प्रचण्ड हेरेको हेर्यै भो, कांग्रेसले संविधान लेख्ने भो, बल्ल पर्यौ प्रचण्ड कांग्रेसको जालैमा… काठमाडौँको मतगणनास्थल संविधान सभा भवन बाहिर कांग्रेस समर्थक महिलाहरु यसरी गीत गाउँदै थिए। भिडियो हेर्नुस्
हार स्वीकार्नुको विकल्प छैन प्रचण्ड !
दोस्रो संविधान सभाको चुनावले सबभन्दा घाटा व्यक्तिगत रुपमा प्रचण्डलाई हुनेछ। अबको कदमले उनको नेतृत्व शक्तिको वास्तविक परीक्षण हुनेछ।