स्वयम्भूमा देउताको मूर्ति चोरी हुनबाट जोगाउन फलामे जाली हालिएको छ। केही दर्शनार्थीले जालीभित्रै सिक्का चढाउँछन्। तर त्यही जालीभित्रैबाट एक बालकले चलाखीका साथ देउतालाई चढाइएको सिक्का चोर्न सफल हुन्छन्। आज बिहान स्वयम्भूमा यो दृश्य देख्दा गजब लाग्यो। हेर्नुस् भिडियो र साथमा स्वयम्भूका केही फोटोहरु।
Category: समाचार/विचार
पहिलो नेपाली कृषि इञ्जिनियर रहेनन्
नेपालका प्रथम कृषि इञ्जिनियरका रुपमा परिचित संरक्षणविद् हुतराम वैद्यको मंगलबार बिहान ९४ वर्षको उमेरमा निधन भएको छ। २००७ सालमा भारतको इलाहावाद विश्वविद्यालयबाट उनले कृषि इञ्जिनियरिङ गरेका थिए। उनी बागमतीविज्ञ पनि मानिन्थे। बागमती बारे उनका निकै लेखहरु छापिएका छन्। अहिले हरेक शनिबार बिहान बागमती सफा गर्ने गरिन्छ। तर उनले त्योभन्दा धेरै वर्षअघि एक्लै बागमती सफा गर्ने… Continue reading
मोन्सान्टोसँग सम्बन्ध समाप्त भइसक्यो, अब विदेशबाट बीउ ल्याउँदैनौँ : चौधरी ग्रुप
चौधरी ग्रुप अन्तर्गत रहेको सिजी सिड्स एन्ड फर्टिलाइजर्सले अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोसँगको सम्बन्ध एक वर्षअघि नै समाप्त भइसकेको बताएको छ। मूलधारे मिडियाले चुइँक्क नगरे पनि विश्व मै बदनामी कमाएको कम्पनीका बीउ बेच्न लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना बढ्दै जाँदा सिजी सिड्सले आज पत्रकार सम्मेलन गर्दै यो नयाँ कुरा अगाडि ल्याएको हो। पत्रकार सम्मेलनको अध्यक्षता सिजी… Continue reading
मोन्सान्टो वर्षौँअघि नेपाल भित्रिसकेको रहेछ…र नेपाली किसानलाई बर्बाद पारिसकेको रहेछ
यो फोटो तपाईँले कतिको याद गर्नुभएको छ। ‘कान्तिपुर’को पहिलो पेजमा यो फोटोसँगै एक गरिब किसानको पीडा छापिएको थियो- ‘मेरो त सर्वस्वै भयो’ शीर्षकमा। यस्तो थियो शंकरपुर-९, सर्लाहीका हीरा कोइरालाको पीडा- आफ्नो नाममा जम्मा ६ कट्ठा जमिन मात्र भएको म गरिब किसान हुँ । हाइब्रिड मकै लगाउँदा राम्रै आम्दानी हुने देखेर अर्काको जमिनसमेत ठेक्कामा लिई रिनपान… Continue reading
टियुको यो कस्तो लापरवाही !
-दिप्स- गएको मंसिर ३० गते त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर व्यवस्थापन विषयअन्तर्गतको परीक्षामा सोधिएको प्रश्नपत्र हो माथिको। यसको ५ नम्बरको प्रश्न हेर्नुस् त।
मोन्सान्टो किन ?
-सास्चा फुलर- दुई वर्ष अघि अमेरिकी सहयोग निकाय युएसएडले नेपालको कृषि तथा सहकारी मन्त्रालय र मोन्सान्टोसँग साझेदारीमा एउटा पाइलट मकै उत्पादन परियोजनाको घोषणा गर्दा उही वाक्कलाग्दा तर्कहरु हामीले सुनेका थियौँ- थप पोषणदायी खाद्यान्न, खाद्य सुरक्षा हुने र कम रसायनको आवश्यकता। अरु ठाउँमा जस्तै, हाइब्रिड बीउ र जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म्स (जिएमओ) लाई पहिलो पटक प्रयोग गर्दा… Continue reading
Exclusive [Company Confidential] : यस्तो थियो नेपाल पस्ने मोन्सान्टोको गेमप्लान
विश्वमै बदनाम अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई अब चौधरी ग्रुपले काँध थापेर नेपाल भित्र्याउँदैछ। तर, त्यसअघि सरकारसँगै मिलेर अमेरिकी सहयोग नियोग युएसएडले मोन्सान्टोलाई योजनावद्ध रुपले नेपाल भित्र्याउन पूरै गेमप्लान तयार पारिसकेको थियो। योजना अनुसारको काम भएको भए यतिबेलासम्म चितवन, नवलपरासी र काभ्रेका माटोमा मोन्सान्टोका मकैका बीउहरुले जरा गाडिसकेका हुन्थे। तर, जनस्तरमा भएको चर्को विरोधका कारण सरकार… Continue reading
‘हाइब्रिड’को नाममा चौधरी ग्रुपले मोन्सान्टो भित्र्याउने पुष्टि
नेपालको कानुनमा विद्यमान व्यवस्था टेकेर विश्वभर बदनाम अमेरिकी कम्पनी मोन्सान्टो नेपाल भित्रन लागेको छ। अनि यसलाई काँध थापेर नेपाल ल्याउने काम चौधरी ग्रुपले गर्ने पुष्टि भएको छ। चौधरी ग्रुपका तर्फबाट सिजी सिड्सका अध्यक्ष वसन्त चौधरीलाई उद्धृत गर्दै आइतबार राति जारी विज्ञप्तिमा नेपाल सरकारको कानुन अनुसार र बीउ गुणस्तर निर्धारण केन्द्रको अनुमति लिएरै मोन्सान्टोको ‘अन्तर्राष्ट्रिय गुणस्तरको’… Continue reading
विवादित कम्पनी मोन्सान्टोको बीऊ चौधरी ग्रुपले बेच्ने
देशभर चर्को विरोध भएपछि कृषि मन्त्रालयले नेपालमा मोन्सान्टो बीऊ प्रयोग नगर्ने भन्दै हात झिकिसकेको अवस्थामा चौधरी ग्रुप यसको बीऊ बेच्न अघि सरेको छ। कान्तिपुरमा आज प्रकाशित विज्ञापनमा ‘मोन्सान्टोको मकैको बीऊ बेच्न तयार रहेको’ भनिएको छ। दुई वर्षअघि कृषि मन्त्रालयकै अग्रसरतामा मोन्सान्टोको बीऊ प्रयोग गर्ने योजना बनेको थाहा पाएपछि देशभर विरोध चर्किएको थियो। भारतमा समेत यसको… Continue reading
विद्यार्थीलाई के भन्ने, गुरु नै यस्तो भएपछि..
बजारमा थेसिस बिक्रीमा राखिएको विज्ञापन देखिन्छ र विद्यार्थीहरु थेसिसमा चोरी गर्छन् भनेर के चिन्ता गर्नु, जब गुरुहरु नै यस्ता काम गर्छन्। टियु र केयुका चार जना गुरुलाई चोरेको आरोपमा सजाय दिइएको छ। एक जनाले त थेसिसको कभरमात्रै परिवर्तन गरेका रहेछन्। हेर्नुस् युजिसीको विज्ञप्ति।
सिएनएन, वासिङटन पोस्ट, ल मोन्द अब नेपालीमा
माथिको स्क्रिनसट अमेरिकी समाचार संस्था सिएनएनको वेबसाइटको हो। सिएनएनको अङ्ग्रेजी भाषाको वेबसाइट तपाईँहरुले देख्नुभएको होला। नेपाली भाषामा सिएनएन त अहिलेसम्म देख्नुभएकै छैन होला। अब संभव भएको छ। गुगलले आफ्नो अनुवाद सेवामा आजदेखि नेपाली भाषासमेत थपेपछि अब केही शब्द वा वाक्यमात्र हैन, सिङ्गै वेबसाइटसमेत नेपालीमा अनुवाद गरेर हेर्न मिल्छ। मेसिनबाट गरिएको यो अनुवाद ठ्याम्मै भने मिल्दैन।… Continue reading
भुत्ते खुकुरीको भरमा रु. २,३०,६०,०००/- अनि लुटिँदैन?
एक पटक इतिहास सम्झिउँ है। २०३० साल जेठ २८ गते बिहान ८ बजे शाही नेपाल वायुसेवा निगमको ९-एनएबीबी ट्वीनअटर विमान विराटनगरबाट काठमाडौँ उड्दै थियो। त्यसमा यात्रुहरु मात्र हैनन्, नेपाल राष्ट्र ब्याङ्कको ३० लाख भारतीय रुपियाँ पनि थियो। पूर्व क्षेत्र र भारतबाट जम्मा हुने त्यो रकम काठमाडौँस्थित राष्ट्र ब्याङ्कको केन्द्रीय कार्यालयमा ल्याइँदै थियो। विमानमा सशस्त्र क्रान्तिका… Continue reading
स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कको यो के पारा ?
-विजय मल्ल- म विगत पाँच वर्षदेखि स्विट्जरल्यान्डमा बस्दै आएको छु। स्विस ब्याङ्किङ सिस्टमबाट म निकै प्रभावित छु। त्यसैले त यहाँको ब्याङ्किङ सेवा विश्वमै उदाहरणीय मानिन्छ। हालै मैले स्विट्जरल्यान्डको युबीएस ब्याङ्कबाटबाट नेपालको स्टायन्डर्ड चार्टर्ड ब्याङ्कको कुमारीपाटी शाखास्थित मेरो खातामा पैसा पठाएको थिएँ। पैसा इ ब्याङ्किङबाट अक्टोबर २८ मा पठाएको थिएँ। आशा थियो २/३ दिनमा त्यो नेपाल… Continue reading
रामबहादुरलाई समयले कता लग्ला?
-चर्चित ढुंगेल/अनन्त पोखरेल- यसअघिको रामबहादुरको रामकहानी नपढ्नुभएको भए क्लिक गर्नुस् दोहा–सात वर्षसम्म मजरामा एउटै दैनिकी भोग्दैआएका रामबहादुर नेपाली अघिल्लो शनिबार रातको साढे दस बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। बाहिर निस्कँदा उनको स्वागतार्थ नुवाकोट चैनपुरदेखि श्रीमती, ज्वाई र कान्छो छोरो ब्यग्र प्रतिक्षामा थिए। घाँस काट्दा र पानी ओसार्दा कतारको घामले कालो भइसकेको उनको अनुहार खुसीले जुन… Continue reading
[अर्मला अन्धविश्वास] नागले मान्छेको भाषामा भनेछ- बाउलाई मारेर बिचल्लीमा पारेकोले तिमीहरुलाई नि बिचल्लीमा पार्छु, छोड्दै छोड्दिनँ
पोखरा उपमहानगरपालिकासँगै जोडिएको अर्मला गाविसका खेतहरुमा धमाधम सिङ्कहोल (जसलाई भूगर्भविद्हरु नेपालीमा भुवान भन्ने गर्छन्) बन्दै गर्दा त्यसको आ-आफ्नो हिसाबले व्याख्या गर्नेहरु निस्किएका छन्। शु्क्रबार र शनिबार त्यहाँ पूजा पनि गरियो। नाग मारेको कारण त्यहाँ यस्तो भएको भनेर धामीहरुले भनेका छन् रे भन्ने त त्यहीँ पुग्दा स्थानीय बासिन्दाले बताएका थिए। माइसंसारलाई इमेलमा प्राप्त एउटा भिडियो भने… Continue reading
लौ आफ्नै आँखाले हेरेर पत्याउनुस्, पोखराका जमिन कसरी प्वाल परिरहेको छ [भिडियोहरु]
पोखरा उपत्यकाभित्र पर्ने अर्मला गाविस पोखरा उपमहानगरपालिकासितै जोडिएको छ। महेन्द्र गुफाबाट अलिकति पर पुग्यो भने आजभोलि निकै चर्चामा रहेको यो ठाउँ पुगिन्छ। त्यहाँ ५० भन्दा बढी ठाउँमा जमिन प्वाल परेर सिङ्कहोल देखिएको छ। त्यहाँ म पुग्दा जे जस्तो देखेँ, आफ्नै आँखाले हेरे जसरी हेर्नुस् तलका केही सम्पादन नगरिएका भिडियोहरुमा।
इयु उडान प्रतिबन्धः चीनलाई मात्र दोष दिने कि आफ्नो गल्ती पनि हेर्ने?
युरोपका २८ वटा देश सम्मिलित युरोपियन कमिसनले हिजोदेखि नेपालका सबै एयरलाइन्समाथि प्रतिबन्ध लगाएको छ। हिजो सार्वजनिक गरिएको प्रेस विज्ञप्ति अनुसार नेपालका कुनै पनि एयरलाइन्सले युरोपका यी २८ वटा देशभित्र र त्यहाँसम्म उडान गर्न पाउने छैनन्। तत्कालका लागि यसले खासै कुनै असर गरिहाल्ने भने हैन। किनभने हाम्रा निजी एयरलाइन्सहरु त के राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्ससमेत युरोप… Continue reading
पोखरामा के देखियो यस्तो अचम्म !
पोखरा उपत्यकाभित्र रहेको उपमहानगरपालिकाको उत्तरी छेउसित जोडिएको अर्मला गाविसको आगेखेत, मजुवा, खहरे खोला, बिर्ताखेत क्षेत्रका ठाउँठाउँमा ठूलासाना गोलाकार खाल्डाहरु (सिङ्कहोल) देखिएका छन्। Continue reading पोखरामा के देखियो यस्तो अचम्म !
चुनावमा तीन किसिमको धाँधली भयोः एमाओवादी
संविधान सभाको दोस्रो निर्वाचनमा एमाओवादीको ठूलो पराजयको कारण धाँधलीमात्रै पक्कै हैन। एमाओवादीकै नेता तथा कार्यकर्ताको व्यवहार र त्यसबाट उत्पन्न निराशा, जनता उनीहरुको आश र त्रासबाट मुक्त हुनुलगायत अनेक कारणहरु छन्। ती कुराहरुमा ध्यान नदिई एकोहोरो धाँधलीको मात्रै आरोप लगाउनुले हरुवा गोरुको छेरुवा दाउ भन्ने उखानमात्रै सम्झाउँछ। तर यो नेपालमा चुनाव धाँधलीरहित हुँदैनन्। स्वयं माओवादीले अत्यधिक… Continue reading
१५ जना सभासद् चुन्न पुग्ने भोट खेर गयो
निर्वाचन आयोगले हिजो गरेको पत्रकार सम्मेलनमा बदर मत प्रतिशत कम हुनुमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको तर्क गरियो। मलाई त यो कूतर्क जस्तै लाग्यो। अघिल्लो चुनावमा भन्दा थोरै प्रतिशतले बदर मत प्रतिशत कम हुँदैमा त्यसलाई मतदाता शिक्षा कार्यक्रमको प्रभावकारितासँग जोड्न मिल्दैन। हाम्रै घर छेउछाउका कतिपय सहरी बासिन्दाले समेत कसरी मत दिने थाहै पाएका थिएनन् र… Continue reading