अन्ततः दोस्रो संविधान सभाको पहिलो बैठक बस्ने मिति तय भयो। तर मन्त्रिपरिषद्का अध्यक्ष र राष्ट्रपतिको जुङ्गाको लडाइँ भने अझै सकिएको छैन। त्यसो त यो विषय अहिले अदालत पुगेको छ। सोमबार सुनुवाई हुँदैछ। तर राष्ट्रपतिले चीसै पानीले नुहाउन लास्टमा आफूले अह्राएर प्रधानमन्त्रीले बोलाउने बीचको बाटो रोज्न खोजे। शितलनिवासमै बोलाएर उनले प्रधान न्यायाधीशसमेत रहेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज… Continue reading
Category: समाचार/विचार
यी हुन् समस्याग्रस्त सहकारी संस्था
बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोग २०७० मा हालसम्म उजुरी परेका समस्याग्रस्त ६३ सहकारी संस्थाहरुको सूची मिति २०७०।८।२४ मा अध्यक्ष वा सन्चालकलाई झिकाउने आदेश भएको १ ओरेन्टल को अपरेटिभ लि, मैतीदेवी २ एक्जिम बहुउद्देश्यीय सहकारी संस्था लि, थापाथली ३ गुण मल्टिपरपोज को अपरेटिभ लि ,पुल्चोक , ललितपुर ४… Continue reading
पसले बिनाको पसल
भित्रपट्टी जाली अनि सिसा, बलियो फलामे ग्रिल/बलियो सटरले बारेर बनेको पक्की पसल होस् या घरमा जतिनै ताल्चा मारेर गार्ड राखे पनि दिनदहाडै चोरी हुने हाम्रो देश नेपालमा पसले बिनाको पसलको कल्पनासम्म पनि गर्न सकिँदैन। जतिसुकै बलियो चाबी लगाए पनि फोरेरै छाड्छन चोरहरुले। त्यसैले देउताको मूर्तिसमेत फलामे बारले छेकेर ताल्चा ठोकेको देखिन्छ। तर अति विकसित जापानमा… Continue reading
नेताको ‘सवारी’ यसरी चल्छ अचेल
पेनड्राइभ र एन्टिभाइरस बढी बिक्ने हाट बजार अर्थात् क्यान इन्फोटेकमा सँधै झैँ यसपालि पनि निकै भिड रह्यो। हिजो हाटबजारको अन्तिम दिन नेकपा एमालेका दुई नेताको ‘सवारी’ भएको थियो। एउटै पार्टीका दुई नेता झण्डै एकै समयमा आए पनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व गृहमन्त्री केपी ओली सँगै आएका थिएनन्। पहिला माधव नेपाल भित्र पसे अनि… Continue reading
‘ह्वेन आइ ह्याभ इन्टेलिजेन्स, अटोमेटिकल्ली माइ ब्युटी कम आउट’
नेपालमा थुप्रै किसिमका ब्युटी कन्टेन्स्टहरु हुन्छन्। कति ब्युटी कन्टेस्ट त तपाईँ हामीलाई थाहा पनि हुन्न। कुनै कुनै ब्युटी कन्टेस्टका आयोजकहरु भने भाग्यमानी हुन्छन्, उनीहरुले प्रचारका लागि कुनै एउटा टिभी समातेका हुन्छन्। टिभीले पनि अलिकति पैसा पायो भने यस्ता कार्यक्रम लाइभ प्रसारण गरिदिन्छन्। एउटा त्यस्तै ब्युटी कन्टेस्ट रैछ मिस्टर एन्ड मिस बेलर। खै कुन्नि के हो… Continue reading
अब भोट हाल्दा उम्मेदवार अस्वीकार गर्न पाइने
यसअघि मतदान गर्दा उपलब्ध उम्मेदवारहरुमध्ये एक जनाको चुनाव चिह्नमा छाप लगाउनु पर्ने हुन्थ्यो। अब मतदाताले समग्रमा सबै उम्मेदवारलाई अस्वीकार गर्न पाउने अर्थात् माथिका कुनै पनि हैनन् भन्नेमा पनि भोट हाल्न पाउने भएका छन्। सर्वोच्च अदालतले आइतबार यस्तो व्यवस्था कानुन बनाएर लागू गर्न सरकारलाई आदेश दिएको हो।
अब काठमाडौँको एयरपोर्टमा टल्कने नयाँ ट्याक्सी
विदेशबाट नेपाल आउने स्वदेशी होस् या विदेशी सबैलाई दिक्क लगाउने काम एयरपोर्टबाटै सुरु हुन्थ्यो। अध्यागमन र भन्सारको झमेलाबाट पार पाउने बित्तिकै ट्याक्सीले दुःख दिन्थ्यो। ट्याक्सी पनि कुन जमानाका थोत्रा। देख्दै मूड अफ हुने! अब धन्दा नमान्नुस्। आजदेखि काठमाडौँको एयरपोर्टमा फोर्ड र मारुतीका नयाँ सुविधाजनक ट्याक्सी चल्न थालेका छन्। पुराना थोत्रा सबै गाडीको ठाउँ अब नयाँ… Continue reading
पहिलो बैठक बोलाउनेमा बेकार बहस किन ?
चुनाव भएको एक महिनाभन्दा बढी भइसक्यो, नयाँ सरकार बन्ने र संविधान सभाको पहिलो बैठक बस्ने सुरसारै छैन। बरु नेताहरु र राष्ट्रपतिसमेत एउटा बेकारको बहसमा अल्झिएका छन्- पहिलो बैठक बोलाउने कसले भन्नेबारे। पहिलो बैठक आफैले बोलाउन पाउनु पर्ने, अन्तर्राष्ट्रिय अभ्यास यही भएको भन्दै राष्ट्रपति दलका नेताहरुलाई भेट्नमा व्यस्त छन्। मलाई त यो कुनै ठूलो कुरा जस्तो… Continue reading
यस्तो बनाउनु छ विष्णुमति नदीलाई
[beforeafter] [/beforeafter] नयाँ वर्षको पहिलो दिन एउटा गजबको सपना देखेँ। ढलमति बनिसकेको विष्णुमति नदीमा निलो पानी बगिरहेको थियो। कालिमाटी सालिक नजिकैको पुलबाट अस्ति विष्णुमति नदीको बाटो खनेको र त्यही दिन काठमाडौँ महानगरपालिकाको विष्णुमति नदी सुधार कार्यक्रमको प्रतिवेदन हेरेकोले यस्तो सपना देखेको हुनुपर्छ। माथि तपाईँले देखिरहनुभएको फोटोमा विष्णुमति नदीको अहिलेको रुप र सुधार कार्यक्रमले कल्पना गरेको… Continue reading
सन् २०१३ का १३ अनौठा खबर
सन् २०१३ ले बिदा लिएर गइसक्यो। गएको वर्षका १३ वटा अनौठा खबर यसो बुझिराखम् न- १) भाँडाको रङ्गले स्वादमा असर पार्दो रैछ भोक मिठो कि भोजन भन्नेबारे स्कूलमा हामीले धेरै वादविवाद गर्यौँ। अब भाँडाको रङ्ग मिठो कि त्यसमा भएको खानेकुरा मिठो भन्ने बहस गरौँ। युरोपका वैज्ञानिकहरुले भाँडाको रङ्गले त्यसमा राखिएका खानेकुराको स्वादमा असर पर्ने प्रमाण… Continue reading
घाँसको भागवन्डा नमिलेर गाई टुक्रियो, समानुपातिकले सबैतिर लफडा, को-को परे समानुपातिकमा ?
प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ एक सिट नजिते पनि समानुपातिकतर्फ २४ सिट जितेको कमल थापा नेतृत्वको राप्रपा नेपाल आज टुक्रिएको छ। अघिल्लो निर्वाचनमा भन्दा २० सिट बढी हुने गरी जनताले गाईमा दिएका लाखौँ भोटको अपमान गर्दै समानुपातिक सिटको भागवण्डा नमिलेर पार्टी टुक्रिएको हो। आफू निकट नेताका छोरा, बुहारीलाई सभासद बनाएर पार्टीका लागि खट्नेहरुलाई बेवास्ता… Continue reading
चुरोट साहुहरु बल्ल परे माकुरी जालैमा
सँगैको फोटो ध्यान दिएर हेर्नुस्। क्यान्सरले फोक्सो कुहिएको यो डरलाग्दो फोटोले अब चुरोटका बट्टाको ७५ प्रतिशत भाग ढाक्नेछ। हेरौँ हेरौँ लाग्ने आकर्षक डिजाइनसहितका चुरोटका बट्टाहरु अब एकादेशका कथा हुनेछन्। अब छुँदै र किन्दै घिन लाग्ने फोटो भएका बट्टामा चुरोट हुनेछ। केहीलाई लाग्दो हो- के फरक पर्छ र, चुरोट खानेले आखिर खाइहाल्छ क्यारे। गलत! केही फरक… Continue reading
मोन्सान्टोलाई बिना कारण रोक्न मिल्दैन : सरकार
कृषि विकास मन्त्रालयले विश्वमै बद्नाम मोन्सान्टोका बीउ नेपालमा भित्रिसकेको आधिकारिक रुपमा स्वीकार्दै बिना कारण यसलाई रोक्न नमिल्ने बताएको छ। आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले नेपालले World Trade Organization, International Treaty on Plant Genetic Resources for Food and Agriculture, Convention on Bio-diversity जस्ता अन्तरराष्ट्रिय सन्धि सम्झौतामा सदस्य राष्ट्रको हैसियतले सहमति जनाई सकेको भन्दै यसले बहुराष्ट्रिय कम्पनीका… Continue reading
खराब विज्ञान आकर्षक समाचार बनेपछि !
सधै कृषिपानाको चौथाईमा सिमित नेपालका किसान र उनीहरुका कुराहरु यतिखेर चर्चाको शिखरमा छ । ठुला ब्रोडसिटदेखि विभिन्न अनलाइनसम्म गएको तीन सातायता मोन्सान्टो, जिएमओ, वीउविजन र खाद्यसुरक्षा सम्वन्धी बहसले भरिएका छन् । चौधरी घरानाले भित्राउनै लागेको बदनाम अमेरिकी कम्पनी मोन्सान्टोको आनुवांषिक परिवर्तन गरिएको मकैको विरोध भएपछि उक्त चर्चा एकएक चुलिएको हो । उक्त कम्पनी आनुवासिंक वीउ… Continue reading
कोरियाली केटाको जालमा परेका नेपाली चेलीहरु
२६ वर्षकी ….तामाङको बिहे ५० नाघेका एक अधवैँशे कोरियालीसँग भएको थियो। तीन महिनाअघि उनी कोरिया आएकी थिइन्। सुरुमा त उनी निकै खुसी थिइन्। कोरियाली पतिले काम पनि गर्न दिएका थिए। एक दिन उनी घरमा ढिला फर्किएकी थिइन्। पतिले उनलाई नराम्रोसँग पिटे, टाउको भित्तामा ठोक्काए र घरबाट निस्के। उनी त्यो रात र भोलिपल्ट दिनभर बेहोस् भइन्।… Continue reading
‘मनकामना’ वर्षको टप टेन फिल्मको सूचीमा
मनकामना केबल कारको यात्रा तपाईँहरुमध्ये धेरैले गरिसक्नुभएको होला। त्यही केबल कारभित्रैका यात्रुहरुलाई पात्र बनाएर बनाइएको एउटा फिल्म बीबीसीका टम ब्रुकको यो वर्षकै उत्कृष्ट १० फिल्मको सूचीमा परेको छ। Stephanie Spray र Pacho Velez को निर्देशनमा बनेको यो फिल्म नेपाली र अङ्ग्रेजी भाषामा छ। ११८ मिनेटको यो फिल्म आजभोलि डिजिटलको जमाना चलिरहेको भए पनि १६ एमएममा… Continue reading
काठमाडौँका कुन-कुन ठाउँमा पार्किङ निःशुल्क ?
काठमाडौँ महानगरपालिका बोर्डलाई पार्किङ निःशुल्क बनाउने अधिकार छैन, यसरी निःशुल्क गराउने हो भने सयौं व्यवसायी बेरोजगार हुन्छन् भन्दै पार्किङ ठेकेदारहरुले अदालतमा मुद्दा ठोकेपछि पुस १ गतेदेखि लागू गर्ने तयारी भएको निःशुल्क पार्किङ योजना अलपत्र परेको थियो। मुद्दा ठोकेपछि पुनरावेदन अदालतले अर्को आदेश नहुन्जेल सित्तैमा पार्किङ गराउने योजना कार्यान्वयन गर्ने प्रक्रियालाई अघि नबढाउन अन्तरिम आदेश दिएको… Continue reading
भगवानकै अगाडि चोरी !
स्वयम्भूमा देउताको मूर्ति चोरी हुनबाट जोगाउन फलामे जाली हालिएको छ। केही दर्शनार्थीले जालीभित्रै सिक्का चढाउँछन्। तर त्यही जालीभित्रैबाट एक बालकले चलाखीका साथ देउतालाई चढाइएको सिक्का चोर्न सफल हुन्छन्। आज बिहान स्वयम्भूमा यो दृश्य देख्दा गजब लाग्यो। हेर्नुस् भिडियो र साथमा स्वयम्भूका केही फोटोहरु।
पहिलो नेपाली कृषि इञ्जिनियर रहेनन्
नेपालका प्रथम कृषि इञ्जिनियरका रुपमा परिचित संरक्षणविद् हुतराम वैद्यको मंगलबार बिहान ९४ वर्षको उमेरमा निधन भएको छ। २००७ सालमा भारतको इलाहावाद विश्वविद्यालयबाट उनले कृषि इञ्जिनियरिङ गरेका थिए। उनी बागमतीविज्ञ पनि मानिन्थे। बागमती बारे उनका निकै लेखहरु छापिएका छन्। अहिले हरेक शनिबार बिहान बागमती सफा गर्ने गरिन्छ। तर उनले त्योभन्दा धेरै वर्षअघि एक्लै बागमती सफा गर्ने… Continue reading
मोन्सान्टोसँग सम्बन्ध समाप्त भइसक्यो, अब विदेशबाट बीउ ल्याउँदैनौँ : चौधरी ग्रुप
चौधरी ग्रुप अन्तर्गत रहेको सिजी सिड्स एन्ड फर्टिलाइजर्सले अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोसँगको सम्बन्ध एक वर्षअघि नै समाप्त भइसकेको बताएको छ। मूलधारे मिडियाले चुइँक्क नगरे पनि विश्व मै बदनामी कमाएको कम्पनीका बीउ बेच्न लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना बढ्दै जाँदा सिजी सिड्सले आज पत्रकार सम्मेलन गर्दै यो नयाँ कुरा अगाडि ल्याएको हो। पत्रकार सम्मेलनको अध्यक्षता सिजी… Continue reading