Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

रेग्मी अब कता जाने ?

Posted on February 7, 2014February 7, 2014 by mysansar

माघ २७ गते व्यवस्थापिका संसदमा हुने मतदानले देशका नयाँ कार्यकारी प्रमुख चुनिनेछ। त्यसपछि अन्तरिम चुनावी मन्त्रिपरिषद् स्वतः निस्क्रिय हुनेछ। साथै प्रधान न्यायाधीश खिलराज रेग्मीको मन्त्रिपरिषद् अध्यक्ष पद पनि जानेछ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश छँदाछँदै कार्यपालिकाको पनि प्रमुख हुनु शक्ति पृथक्कीकरणको सिद्धान्त विपरीत हुन्छ भन्दै बार एसोसिएसन लगायतको विरोध हुँदाहुँदै उनी राजीनामा नदिई अध्यक्ष बनिरहे। चुनाव… Continue reading

यसरी भेटिएछ महँगो सुगा, हातहातै पाए $ २ हजार

Posted on February 6, 2014 by Salokya

आइतबारको दिन कान्तिपुरमा सुगा हराएको एउटा विज्ञापन छापिएको थियो। २० हजार+ भ्याट लाग्ने त्यो रङ्गीन विज्ञापनमा सुगा भेट्टाएर फर्काउनेलाई २ लाख रुपियाँ पुरस्कार दिने लेखिएको थियो। माइसंसारमा त्यही दिन यसबारे एउटा ब्लग लेखिएको थियो। यससम्बन्धी थप समाचार अरु कतै आएन तर त्यही ब्लगको कमेन्टमा केही पाठकले अरु जानकारी बाँडे। विनय महर्जनले आफ्नो साथी शक्ति प्रधानलाई… Continue reading

के माघ २७ मा प्रधानमन्त्री नचुनिन सक्छ?

Posted on February 6, 2014February 6, 2014 by Salokya

चुनाव भएको मङ्सिर ४ मा। पुस सकिएर माघ पनि सकिन आँट्दा बल्ल देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। अब अरु चलखेल नभए माघ २७ मा प्रधानमन्त्रीको कुर्सीमा एक जना नेता बस्नेछ। प्रधानमन्त्रीको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएपछि यो निश्चित भएको हो। अहिलेसम्मको स्थितिमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार संसदीय दलका नेता… Continue reading

वामदेवको साथ पाएर ओलीले पछारे खनाललाई

Posted on February 4, 2014February 4, 2014 by Salokya

अन्ततः दोस्रो ठूलो दल नेकपा एमालेको संसदीय दलको नेता पनि बहुमतको प्रक्रियाबाटै आज चुनिएको छ। संसदीय दलको नेता यसअघि सँधै सर्वसम्मतिमै एमालेले चुन्दै आएको थियो। सहमतिका लागि हिजो राति अबेरसम्म र आज बिहान पनि भएको दौडधुपले केही नतिजा नदिएपछि अपराह्न भएको निर्वाचनको नतिजा केपी ओलीको पक्षमा रह्यो। पार्टी अध्यक्ष झलनाथ खनाललाई ओलीले पछाडि पार्नुको पछाडि… Continue reading

चुनौतिः योभन्दा लामो वाक्य कसले लेख्न सक्छ?

Posted on February 3, 2014February 3, 2014 by Salokya

देशमा सहमतीय सरकार बन्ने भएन, बहुमतीय सरकार बन्ने भो। सहमति नभएपछि सहमतीय सरकार कहाँ बन्छ त, यो त सबैले थाहा पाएकै कुरा हो। रमाइलो कुरा त राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा पो छ त। विज्ञप्तिको सार हो- धारा ३८ (१) अनुसारको सहमतीय सरकार बन्ने भएन। त्यसैले धारा ३८ (२) अनुसारको बहुमतीय सरकार बनाउने प्रक्रिया सुरु… Continue reading

कसले छाप्यो सुगा भेट्टाउनेलाई २ लाख पुरस्कार दिने विज्ञापन?

Posted on February 2, 2014February 3, 2014 by Salokya

कान्तिपुर दैनिकमा आज एउटा गजबको विज्ञापन छापिएको छ। एउटा सुगाको फोटोसहित बालुवाटार क्षेत्रबाट हराएको त्यो सुगा भेट्टाएर फिर्ता गर्नेलाई दुई लाख रुपियाँ पुरस्कार दिने भनिएको छ। पशुपंक्षी हराउँदा यति धेरै रकम पुरस्कार दिने घोषणा गरिएको विज्ञापन यसअघि मैले देखेको थिइनँ। कहिलेकाहीँ कुकुर हराएकोमा ५० हजारसम्मको विज्ञापन देखिएको थियो। तर २ लाख पुरस्कार ? को होला… Continue reading

माघ १९ : यसरी भएको थियो त्यो ‘कू’

Posted on February 2, 2014February 2, 2014 by Salokya

२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी सत्ता तीन वर्षका लागि आफ्नै हातमा लिने घोषणा गर्दा परिस्थिति सामान्य थिएन। घोषणालगत्तै ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क पनि विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म बन्द नै रहे। विमानस्थल पनि बन्द गरिएको थियो। केबल टिभी बन्द थिए। टेलिभिजन… Continue reading

विश्वले चिन्ने टिभी फिलरमा सीमित

Posted on February 1, 2014February 1, 2014 by mysansar

‘निरन्तर न्यूजको रफ्तारमा’ भनिरहने न्यूज २४ टेलिभिजनको आन्दोलनको असर शुक्रबार राति ८ बजेदेखि स्क्रीनमा देखिएको छ। बिहीबारदेखि आन्दोलनमा रहेका प्रस्तोताहरुको मागलाई सम्बोधन नगरी शुक्रबार राती एक्कासी व्यवस्थापन पक्षले टेलिभिजनबाट बिदा (राजीनामा) भइसकेकी अनिता सिलवाललाई समाचार पढ्नका लागि बोलाएपछि आन्दोलनले यस्तो रुप लिएको हो। अब विश्वले चिन्नेछ नेपाल भन्दै गिनिज बुकमा नाम लेखाएको टिभी यसअघि पनि… Continue reading

९० करोडको मल किन्ने हुति कसैको भएन

Posted on January 30, 2014January 30, 2014 by Salokya

माइसंसारका पुराना पाठक हुनुहुन्छ भने पक्कै याद हुनुपर्छ तपाईँलाई, दुई वर्षअघि पुतलिसडकको व्यापारिक भवन स्टार मल लिलामीमा राखिएको बारे ब्लग। एक अर्बभन्दा बढी मूल्याङ्कन गरिएको यो भव्य मल किन्ने हुति अहिलेसम्म कुनै धनवान व्यक्ति वा समूहको भएनछ। लिलामको बोलपत्र हाल्न मिल्ने म्याद थपाथप गर्दागर्दै दुई वर्षपछि आज फेरि बेच्नु पर्‍यो, लौ न किन्न आऊ भन्दै… Continue reading

बुद्धि बंगारा नभाको मान्छेको बुद्धि हुन्छ कि हुँदैन?

Posted on January 30, 2014January 30, 2014 by Salokya

बुद्धि ब‌ंगारासँग मान्छेको बुद्धिको केही सम्बन्ध हुन्छ ? हुन्छ भन्ने ठानेरै त होला, धेरैले निकै दुःख दिइरहने भए पनि बुद्धि बंगारा निकाल्न मान्दा रहेनछन्। काठमाडौँ बस्ने एउटा नाम चलेको अफिसमा काम गर्ने व्यक्तिले आफ्नो छोराको साह्रै दुःख दिइरहेको बुद्धि ब‌ंगारा उखेल्न मानेनन्। रातबिरात दाँत दुख्यो भनेर डाक्टरलाई फोन आउने रहेछ। उनले दाँत निकाल्न सल्लाह पनि… Continue reading

ब्यान्ड बाजाले हिन्दी गीत हैन, पञ्चे बाजाले ‘मलाई अमेरिका यही, जापान पनि यही’ बजाउने गर्छ पोखरामा

Posted on January 30, 2014January 30, 2014 by Salokya

पोखरा एउटा गजबको ठाउँ हो। पर्यटकीय नगरी भएकोले यहाँका बासिन्दा आधुनिकतासँग नजिकिनु अनौठो हैन। तर उनीहरुले आफ्नो परम्परा पनि गजबले जोगाइराखेका छन्। पोखरा उपत्यकामात्र हैन, उपमहानगरपालिकाभित्रै पनि त्यो देख्न सकिन्छ। एउटा उदाहरणमात्रै यहाँ प्रस्तुत गर्न लाग्दैछु। अहिले माघ। बिहेको सिजन। काठमाडौँमा देखिने धेरै बिहेमा ब्यान्ड बाजा घन्कन्छन्। गीत पनि हिन्दी फिल्मका बढी रुचाइन्छन्। तर पोखरामा… Continue reading

नेपालः समलिङ्गीका लागि स्वर्ग ?

Posted on January 29, 2014January 29, 2014 by Salokya

छिमेकी देश भारतमा सर्वोच्च अदालतले समलिङ्गी यौन सम्बन्धलाई गैरकानुनी भन्दै आजिवन कारावाससम्मको सजाय हुने फैसला सुनाएको थियो। अधिकारकर्मीहरुको विरोधपछि सरकारले फैसला पुनरावलोकन गर्न याचिका दायर गर्ने बताएको थियो। हिजो त्यो याचिकालाई पनि सर्वोच्चले अस्वीकार गरिदियो। पश्चिमा धेरै देशमा पनि समलिङ्गी सम्बन्ध र विवाहलाई मान्यता छैन। तर हाम्रो देश नेपाल भने यो मामिलामा निकै अगाडि छ।… Continue reading

मधेसी-माओवादीको चियर्स

Posted on January 28, 2014January 28, 2014 by Salokya

जेपी गुप्ताले आज सार्वजनिक गरेका दुई फोटो फेसबुकमा निकै चर्चित भएको छ।

भिआइपी पछि अब सिआइपी पनि

Posted on January 27, 2014 by Salokya

भिभिआइपी र भिआइपीहरुको बारेमा त तपाईँले सुन्नुभएकै होला, भोग्नुभएकै होला। अब नेपालमा पहिलो पटक सिआइपी पनि भएका छन्। भिआइपी-सिआइपी भनेर लय मिलाइएको हैन। महत्त्वपूर्ण व्यवसायिक व्यक्ति अर्थात् Commercially Important Person (CIP) का रुपमा अब नेपालमा ३४ जना हुनेछन्। राष्ट्रपतिले आज उनीहरुलाई सम्मानसहित प्रमाणपत्र दिए। के के सुविधा पाउँछन् त सिआइपीहरुले ? अन्तराष्ट्रिय विमानस्थलमा ‘भिआइपी’हरुले झैँ… Continue reading

बन्लान् त १९ गतेभित्र सुशील सहमतीय प्रधानमन्त्री?

Posted on January 26, 2014 by Salokya

दुई वटा चुनाव जितिसके सुशील कोइरालाले। संविधान सभाको चुनाव र आज भएको संसदीय दलको नेताको चुनाव। अब के उनी माघ १९ गतेभित्र सबैको सहमतिमा संसदमा चुनावै नगरी प्रधानमन्त्री बन्न सफल होलान् त ? आफ्नै दलमा सहमति हुन नसकेर बहुमतीय आधारमा नेता चयन गरिएका कोइराला देशका सहमतीय प्रधानमन्त्री बन्न सफल होलान् त ?

सुको कि शेबदे ? चुनिए कोइराला

Posted on January 26, 2014January 26, 2014 by Salokya

अपडेट: नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको चुनावमा सुशील कोइराला विजयी भएका छन्। अब अरु चलखेल नभए उनी नै आगामी प्रधानमन्त्री बन्ने निश्चित छ। मतगणना परिणाम: कोइराला: १०५ देउवा: ८९ माइसंसारका पाठकले पनि कोइरालालाई नै बढी मत दिएका थिए। कस्तो लाग्यो त तपाईँलाई यो नतिजा ?

डाक्टर गोविन्द केसीलाई बचाऊ !

Posted on January 18, 2014January 18, 2014 by Salokya

हरेक वर्ष जस्तो एक जना डाक्टर आमरण अनसन बसिरहेका हुन्छन्। माग एउटै हुन्छ- चिकित्साशास्त्र अध्ययन संस्थान (IOM) लाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने। पछिल्लो पटक सन् २०१२ को अगस्तमा उनी अनसन बसेका थिए। ६ दिनपछि बाबुराम भट्टराईको सरकार माग पूरा गर्न बाध्य भयो। माग अनुसार तुलनात्मक रुपमा स्वतन्त्र छविका मानिने डा. प्रकाश सायमि नियुक्त भए। त्रिविका पदाधिकारीको… Continue reading

लामो समय बाँच्ने हो ? यसो गर्नोस्

Posted on January 17, 2014January 17, 2014 by mysansar

प्राय हामी सबैलाई खानेकुरामा चाहे बिहान होस् या बेलुका? अलि अलि चिल्लो, पिरो खादा खेरि “जिभ्रो मै झुन्डिने” मसलादार तरकारी र अचार नभई खाना रुच्दैन । अझै भन्नु पर्दा तराईबाट फोहर ल्याएको जस्तो झिंगा भन्कने गरि ट्रकमा हालेर ल्याएको(चपाउन पनि मेसिन चाहिने) जस्तो भैसीको मासु होस् या बर्ड फ्लु लागेको कुखुराको मासु प्राय अनिबार्य हामी… Continue reading

अब खाता बन्द गर्दा बैंकले शुल्क लिन नपाउने

Posted on January 16, 2014 by Salokya

धेरै भएको छैन, केही अघि मात्रै सामाजिक सञ्जालमा एउटा खबर निकै चर्चामा थियो। एक ग्राहकले मेगा बैँकले आफ्नो खाता बन्द गर्दा ५ हजार रुपियाँ लिएको प्रमाणसहित फोटो फेसबुकमा पोस्ट गरे। खाता खोल्दा सून्य पैसामा खोल्ने अनि बन्द गर्दा ५ हजार रुपियाँ लिने भन्दै व्यापक आलोचना भयो। मेगा बैँक आफैले प्रष्टिकरण दिन बाध्य भयो। खाता बन्द… Continue reading

आत्मकथाले छेक्यो नबिल बैंकको ६० करोड नाफा

Posted on January 14, 2014January 15, 2014 by mysansar

नेपाल राष्ट्र बैंकले नेपालका धेरै नाफा कमाउने संस्थाहरुमध्येमा पर्ने नबिल बैंक र एनसेललाई नाफावापतको लाभांश रकम विदेश लैजान रोक लगाएको छ। नबिल बैंकमा विदेशी कम्पनी एनबी इन्टरनेशनल र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा मुख्य प्रवर्ध्नक युरोपेली कम्पनी टेलियासोनेरा रहेको छ। आखिर किन रोक्यो त राष्ट्र बैंकले ती कम्पनीलाई नाफा लैजान ? राष्ट्र बैंक उच्च स्रोतले… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 144
  • 145
  • 146
  • 147
  • 148
  • 149
  • 150
  • …
  • 177
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme