Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

‘कान्तिपुर’ले दिने भनेको रु २० लाख नगद राशीको नेपालको ‘नोबल’ पुरस्कार यसपालि पनि कसैले पाएन

Posted on February 19, 2014February 20, 2014 by Salokya

[अपडेटः कान्तिपुरका अध्यक्ष कैलाश शिरोहियाले अपराह्न भएको वार्षिकोत्सव सम्बोधनको क्रममा यो पुरस्कारबारे बोलेका रहेछन्। त्यसबारे अपडेट भित्र छ।] ‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौँ। त्यसको अभियान कान्तिपुरले थाल्नेछ । पुरस्कार स्थापना त्यसकै अभियान हो।’ ठ्याक्कै दुई वर्षअघि कान्तिपुर पब्लिकेशन्सको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित… Continue reading

फटाहा को? गार्डियन ? कतार ? कि नेपाली संस्था ??

Posted on February 18, 2014February 18, 2014 by Salokya

साँढेको जुधाई, बाच्छाको मिचाइको पारा भइरहेको छ अहिले। पश्चिमी मिडियालाई कतारले विश्वकप आयोजना गर्न लागेको मन परेको छैन। यो साँचो हो। तर कतारमा नेपाली कामदारहरु शोषणमा परेको पनि साँचो हो। आ-आफ्नै स्वार्थका कारण पश्चिमी मिडियाले उचाल्ने र कतारी मिडियाले छोप्ने काम गर्दा नेपालीहरु बित्थामा मिचाइमा परेका छन्। भर्खरै त्यस्तै भयो। बेलायतको गार्डियनले दुई दिनअघि एउटा… Continue reading

चिनियाँ फिल्ममा नेपाल

Posted on February 18, 2014December 28, 2017 by mysansar

-विष्णुबाबु पौडेल/चीन- दक्षिणी छिमेकीका फिल्महरुमा त नेपाल प्रशस्तै देखाइसकेका छन्। उत्तरी छिमेकीका फिल्ममा भने खासै छैन भन्दा हुन्छ। अहिले चिनियाँ पर्यटकहरु बढेसँगै चिनियाँ फिल्ममा पनि नेपाल देखिन थालेको छ। चिनियाँ नयाँ वर्षको अवसर पारेर रिलिज गरिएको एउटा फिल्म 等风来 जसलाई अङ्ग्रेजीमा Up in the wind भनिएको छ, त्यसको कथा नेपालमा आधारित हो। कमेडी र रोमान्स… Continue reading

के एक वर्षमा सोलारले काठमाडौँलाई लोडसेडिङमुक्त बनाउला?

Posted on February 17, 2014February 18, 2014 by Salokya

देशको राजधानी भन्न नसुहाउने गरी अहिले काठमाडौँमा चर्को लोडसेडिङ छ। भन्नलाई दैनिक १२ घण्टा भनिए पनि राति अबेला आउने बत्तीको समयलाई कसरी गन्नु। दिनभर बत्ती आउँदैन। के यो स्थिति एक वर्षभित्र परिवर्तन हुन सक्ला ? आशाको एउटा झिनो संकेत देखा परेको छ। एक वर्षभित्र काठमाडौंलाई लोडसेडिङ मुक्त गर्ने योजना साथ नेपाल र दक्षिण कोरियाको कम्पनीबीच… Continue reading

हराएको विमान बिहान भेटियो, सबै यात्रुको मृत्यु

Posted on February 17, 2014February 17, 2014 by Salokya

हिजो दिउँसैदेखि हराइरहेको नेपाल एयरलाइन्सको विमान मौसमको प्रतिकूलताका कारण खोज्न सकिएको थिएन। आज बिहान विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। दुर्घटनास्थल अर्घाखाँची नै भए पनि हिजो अनुमान गरिएका ठाउँहरुभन्दा फरक ठाउँमा रहेछ। अर्घाखाँचीको नरपानी र खाँचिकोट गाविसको बीचमा पर्ने मसिने लेकको थाराभन्ने ठाउँमा। दुःखको कुरा, कोही पनि जीवित भेटिएनन्। शव क्षतविक्षत रहेछ। जिउका अङ्गहरु नै… Continue reading

४३ वर्ष पुरानो निगमको विमान दुर्घटना, यही विमान कांग्रेसले ३० सालमा अपहरण गरेको थियो

Posted on February 16, 2014February 17, 2014 by Salokya

काठमाडौँबाट पोखरा हुँदै जुम्ला र त्यहाँबाट नेपालगञ्जसमेत उड्ने सेड्युल भएको विमान पोखराबाट जुम्लातर्फ उड्दै गर्दा सम्पर्कविहीन भयो। त्यसै अवस्थामा अर्घाखाँचीमा दुर्घटना भएको भनेको नेपाल वायुसेवा निगमको ट्विनअटर विमानको फाइल फोटो यही हो। विमानमा एक बच्चा, एक विदेशी र तीन चालक दलका सदस्यसहित १८ जना थिए। एउटा अचम्मको संयोग के परेको छ भने यही 9N-ABB विमान… Continue reading

अमेरिकामा एनजिओ चलाउने नेपालीलाई बाल बलात्कारको अभियोग, मुद्दा अदालतमा दायर हुँदा आरोपी नेपाल टाप ठोके

Posted on February 16, 2014February 16, 2014 by Salokya

अमेरिकाको सियाटलमा त्यहीँ दर्ता भएको एउटा एनजिओ WPPC Nepal अर्थात् नारी संरक्षण तथा सुरक्षा केन्द्रका सहस‍ंस्थापक धन पुनलाई बाल बलात्कारका तीन आरोपमा स्थानीय अदालतमा मुद्दा दायर गरिएको छ। महिला यौन दुर्व्यवहार रोक्न विभिन्न गतिविधि नेपालमा गर्दै नारीको संरक्षण गर्ने उद्देश्य बोकेको एनजिओका संस्थापक भने अहिले अमेरिकामा छैनन्। उनी भागेर नेपाल पुगेको र अझै नेपालमै रहेको… Continue reading

त्यस्तो देश, जहाँका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको ‘भ्यालेन्टाइन’ छैन

Posted on February 14, 2014February 14, 2014 by Salokya

कसैकसैले आयातित पर्व भन्दै धारेहात लगाउने गरे पनि नेपालमा जोडीहरुले भ्यालेन्टाइन्स डे मनाउन थालेको धेरै भइसक्यो। प्रेम त्यसै पनि अन्धो हुन्छ भनिन्छ। प्रेम दिवस मनाउन पनि यताको र उताको के भनिरहनु भन्ने उनीहरुको तर्क हुन्छ। यस पटक भने नेपालमा दुर्लभ स‍ंयोग परेको छ। नेपाल एउटा त्यस्तो देश बनेको छ, जहाँ राज्यका प्रमुख अङ्गको नेतृत्व गर्नेको… Continue reading

एभरेस्ट थ्रिडीको पहिलो फोटो सार्वजनिक

Posted on February 13, 2014February 13, 2014 by Salokya

अर्को वर्ष यही महिना एउटा हलिउड फिल्मले नेपाल र सगरमाथालाई विश्वभर चिनाइरहेको हुनेछ। सन् २०१५ को फेब्रुअरी २७ मा उत्तरी अमेरिकाका थ्रिडी र आइम्याक्स थ्रिडी हलहरुमा रिलिज गरिने फिल्म ‘एभरेस्ट’को पहिलो फोटो गएराति सार्वजनिक गरिएको छ।

कोही सहमति भएको छ भन्ने, कोही छँदै छैन भन्ने- अब सहमति छानबिन कार्यदल बनाए भो

Posted on February 13, 2014February 13, 2014 by Salokya

गृह मन्त्रालयको विवादले गृह कलह बढ्दा प्रधानमन्त्री निर्वाचित भएको आज तेस्रो दिन पनि एक जना बिना विभागीय मन्त्री र प्रधानमन्त्रीको भरमा देश चलिरहेको छ। यो विवाद सुल्झनुको साटो झन् अल्झँदै गएको छ। का‍ङ्ग्रेस नेताहरु त अब गृह मन्त्रालय एमालेलाई दिने गरी सहमति भएकै छैन भन्न थालेका छन्। एमाले भने सहमति भएकै हो का‍ङ्ग्रेसले बेइमानी गर्‍यो… Continue reading

बल्ल आयो राष्ट्रपति कार्यालयको चिटिक्कको वक्तव्य

Posted on February 13, 2014February 13, 2014 by Salokya

राष्ट्रपति कार्यालयबाट आउने विज्ञप्तिहरु सासै अड्‌किने जस्तो गरी तलको पढ्दा माथिको बिर्सने शैलिको लामो हुने गर्थ्यो। यसबारे माइस‍ंसारले यसअघि ब्लग पनि लेखेको थियो। यहाँ हेर्नुस्। बुधबार भने छोटाछोटा वाक्यसहितको चिटिक्क परेको वक्तव्य राष्ट्रपति कार्यालयबाट आयो। प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रपति रामवरण यादवबीच भएको भेटपछि जारी गरिएको वक्तव्य थियो त्यो। हेर्नुस्

पत्नीले अर्कैसँग यौन सम्बन्ध राखेको ठहरे डिभोर्स गर्न पाइने, तीन वर्ष छुट्टिएर बसे पनि डिभोर्स

Posted on February 12, 2014February 12, 2014 by Salokya

सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी वर्तमान कानुनी व्यवस्था महिलाको पक्षमा बढी उदार रहेको गुनासो धेरै पीडित पुरुषहरु गर्ने गर्छन्। पुरुषले चाहे पनि सम्बन्ध विच्छेद गर्न निकै कठिन भएको भन्दै कानुनी व्यवस्था बदलिँदो शैलि अनुरुप नभई भेदभावपूर्ण रहेको आरोप उनीहरुको छ। यसलाई संशोधन गर्नुपर्ने माग उठेको धेरै भइसक्यो। यसमा पटक्कै काम नभएको पनि होइन। २०६७ सालमा नै… Continue reading

झण्डै ‘राजनीतिको नाममा’ शपथ खुवाए कोइरालाले

Posted on February 11, 2014February 11, 2014 by Salokya

प्रधानमन्त्रीको उम्मेदवारी व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने क्रममा सुशील कोइरालाले नेपालको अन्तरिम स‍ंविधान २०६३ भन्नुपर्नेमा २ सय ६३ भनेका थिए। आज राष्ट्रपतिसँग शपथ खाने कार्यक्रममा भने उनले त्यस्तो गल्ती दोहोर्‍याएनन्। तर एमालेले बहिस्कार गरेको र प्रकाशमान सिंहले असन्तुष्टि जनाएर सहभागी हुन नमानेको शपथ समारोहमा एक मात्र बिना विभागीय मन्त्रीका रुपमा डा. रामशरण महतलाई शपथ खुवाउँदा भने… Continue reading

प्रधानमन्त्रीलाई अन्तरिम संविधान थाहा छैन?

Posted on February 11, 2014 by Salokya

के नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई नेपालको अन्तरिम संविधान कहिले जारी भएको थाहा छैन ? विश्वास गर्न गाह्रो छ। तर हिजो संसदमा आफ्नो उम्मेदवारीको प्रस्ताव राख्ने क्रममा उनले त्यस्तै देखाए। सम्बोधन गर्ने क्रममा उनले नेपालको अन्तरिम संविधान दुई हजार त्रिसट्ठी भन्नुपर्ने ठाउँमा दुई सय त्रिसट्ठी पो भने। त्यसलाई उनले सच्याएनन् पनि। आशा गरौँ शपथ ग्रहणमा भने… Continue reading

सुशीलको शपथमा ‘सूर्य’ ग्रहण : एमालेद्वारा शपथ बहिस्कार, सरकारमा पनि नजाने

Posted on February 11, 2014February 11, 2014 by Salokya

गृह मन्त्रालय दिने मौखिक सहमति कार्यान्वयन नभएको भन्दै दोस्रो ठूलो दल नेकपा एमालेले सरकारमा नजाने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको बैठकले कोइरालाको शपथ ग्रहण कार्यक्रमलाई पनि बहिस्कार गर्ने निर्णय गरेको छ। यसले कोइराला सरकार गठनै नभई संकटमा परेको छ। खोलो तरेर लौरो बिर्से संसद सजग हुन्छ भनी ओलीले हिजै चेतावनी दिएको भए पनि तत्काल… Continue reading

खोलो तर्‍यो, लौरो बिर्स्यो नहोस् भन्थे केपी ओली, चोक्टा खान जाँदा झोलमा डुबेर मर्ने पो बनाउन लागे

Posted on February 10, 2014February 11, 2014 by Salokya

शपथ ग्रहण नगर्दै सुशील कोइरालाको सरकार संकटमा परेको छ। कोइरालाको प्रधानमन्त्री पदको उम्मेदवारीको समर्थन गर्दा केपी ओलीले उखानको चेतावनी दिएका थिए- खोलो तर्‍यो, लौरो बिर्स्यो नहोस्। तर घटनाक्रम हेर्दा सुशील कोइरालाले एमालेलाई अर्को उखानले जवाफ दिने जस्तो देखिएको छ- ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’। कोइरालाले सहमतिको मसी सुक्न नपाउँदै एमालेलाई गृह मन्त्रालय दिन… Continue reading

को-को बन्दैछन् मन्त्री ?

Posted on February 10, 2014February 10, 2014 by Salokya

दोस्रो संविधान सभाको निर्वाचनपछि पहिलो पटक सुशील कोइराला जननिर्वाचित प्रधानमन्त्री भए। सुशील कोइरालाको पक्षमा ४०५ विपक्षमा १४८ मत पर्‍यो। शपथ सुरुमा बुधबार हुने कुरा आए पनि मंगलबारै हुने भनिएको छ। मन्त्रीहरु चाहिँ को-को हुँदैछन् त? मन्त्री हुन चाहनेहरुको लिस्ट लामो छ। तर त्यसमध्ये केही चाहिँ कन्फर्म मन्त्रीको लिस्टमा छन्। मन्त्रालयहरुमा दुई ठूला दलले आधा आधा… Continue reading

हुन नसकेका हलिउड हिरो प्रधानमन्त्री

Posted on February 9, 2014February 10, 2014 by Salokya

नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्न अब औपचारिकतामात्रै बाँकी छ। एमालेले समर्थन गर्ने निर्णयपछि नै कोइरालाले सुविधाजनक बहुमत जुटाइसके। सोमबार हुने मतदानमा कोइराला एक जनाको मात्रै उम्मेदवारी परेको छ। बिहान ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा हुने मतदानले उनलाई बहुमतबाट प्रधानमन्त्री निर्वाचित गर्नेछ। नयाँ प्रधानमन्त्रीलाई अलि नजिकबाट चिन्ने हैन त ? केही अघिको मात्रै… Continue reading

सुशील कोइराला प्रधानमन्त्री बन्ने पक्का

Posted on February 9, 2014February 9, 2014 by Salokya

राष्ट्रपतिको चुनाव हुनै पर्ने अडान त्यागेर एमालेले प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुशील कोइरालालाई समर्थन गर्ने औपचारिक निर्णय गरेपछि सुशील कोइराला देशका आगामी प्रधानमन्त्री हुने निश्चित भएको छ। एमाले र कांग्रेस मिले संसदमा सजिलै बहुमत जुट्छ भने अरु केही दल मिलेमा दुई तिहाई पनि पुग्न सक्छ। विगत आठ वर्षमा उनी सातौँ प्रधानमन्त्री हुनेछन्। एमाले कसरी… Continue reading

विज्ञापनको रमाइलो

Posted on February 8, 2014February 8, 2014 by Salokya

पत्रिकाहरुमा कहिलेकाहीँ समाचारभन्दा विज्ञापनहरु रोचक हुन्छन्। एउटा त्यस्तै विज्ञापन आज भेटियो। सार्वजनिक दायित्व भएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले कुनै देशमा काम गर्दा वा काम दिँदा व्यक्तिगत रुचिले दिन पाइन्न। सार्वजनिक सूचना छापेर खुला प्रतिस्पर्धा गराउनु पर्छ। रमाइलो के हुन्छ भने त्यसरी सूचना छाप्दा शर्तहरु भने आफूले चाहे जस्तो राख्न पाइन्छ। देउताहरुबीच प्रतिस्पर्धा भनेपछि ३३ कोटी देउता… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 143
  • 144
  • 145
  • 146
  • 147
  • 148
  • 149
  • …
  • 177
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme