Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

वाक्कलाग्दो संसार, दिक्कलाग्दो दिन !

Posted on September 17, 2025September 17, 2025 by Salokya

हेडलाइन मेरो हैन। यो अहिले जेन जी आन्दोलनभन्दा अगाडि टिकटकमा ट्रेन्डिङमा रहेको गीतको बोल हो। ब्लगको सुरुमै केरमेट देख्दा अचम्म लाग्यो होला। खासमा मैले यी शब्द आन्दोलन हुनुभन्दा केही दिन अगाडि नै लेखेको थिएँ। तर त्यसलाई पूरा नगर्दै देशमा अकल्पनीय घटना भयो। अहिलेसम्म त ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। सिकिस्त घाइतेहरु बाँकी छन्।… Continue reading

राष्ट्रपतिले ‘बडो जुक्तिले प्राप्त अवसर’ भन्नुको अर्थ के?

Posted on September 13, 2025September 13, 2025 by Salokya

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको हिजो रातिको शपथ ग्रहणसँगै देशमा एक किसिमको अन्यौल हट्यो। आजदेखि निषेधाज्ञा र कर्फ्यु पनि हट्यो। सडकमा सेनाको उपस्थिति पनि देखिएन। एकछिन यसो निस्किएको थिएँ, जलेका भवनहरुमा सरसफाई चलिरहेको छ। बाटोको बीचमा रहेका जलाइएका गाडीहरुलाई छेउमा राखिएको छ। सफा गरे पनि टायर सहित अन्य वस्तु जल्दाको कालो दाग सडकहरुमा कायमै छ। घाइते… Continue reading

देशले पायो पहिलो महिला प्रधानमन्त्री, ६ महिनामा चुनाव होला त?

Posted on September 13, 2025September 13, 2025 by Salokya

ओली–देउवा मिलेर दुई-तिहाईको गणित मिलाउँथे, जेन-जीहरूले पाँच दिनमै त्यो गणितलाई क्याल्कुलेटरबाट delete गरेर नयाँ समीकरण निकालिदिए। एमाले कांग्रेसको झण्डै दुई तिहाईको सरकार विस्थापित गरी नयाँ अन्तरिम सरकार बन्यो जसका प्रमुखका रुपमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले आज राति शितल निवासमा शपथ ग्रहण गरेकी छिन्। हिजो रातभरको हल्ला अनि आज दिनभरको सकसपछि जेन-जीको प्रस्तावमा देशले पहिलो… Continue reading

आतंकित बनाउने फेसबुक लाइभको खास कुरा यस्तो रहेछ

Posted on September 12, 2025September 12, 2025 by Salokya

नेपालमा हल्ला फैलाउन खासै धेरै बहाना चाहिँदैन। फेसबुकमा कसैले लाइभ हाने पुग्छ, बाँकीको काम भने ‘शेयर’ बटनले गरिदिन्छ। भदौ २६ गते राति पनि त्यस्तै भयो। तेजविक्रम कार्की नामका फेसबुक प्रयोगकर्ताले लाइभमा देखाए – “नम्बर प्लेट नै नभएको सेनाको बख्तरबन्द गाडी हेटौडाबाट काठमाडौं जाँदैछ।”

हिजोको ‘नाइट सो’ मा के-के भयो देशमा ? १० बूँदामा

Posted on September 12, 2025September 12, 2025 by Salokya

देश हिजो हल्लैहल्लाले हल्लाएको थियो। तर हिजो रातभर केही महत्त्वपूर्ण कुरा पनि भएको छ जसलाई ‘नाइट सो’ छुटाउनु भएकाहरुका लागि छोटकरीमा १० बूँदामा १. सुशीला कार्की कार्डअन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने कुरा त हुने निश्चित जस्तै भएछ।  जेनजीले उनैलाई बनाउनु पर्ने माग गरेका छन्। राष्ट्रपति पनि सहमत भएछन्। परम्परागत दलहरु पनि सहमत भएछन्। अब… Continue reading

हल्लै हल्लाले हल्लायो देश

Posted on September 11, 2025 by Salokya

सोमबारको जेन जी प्रदर्शनपछि तीव्र गतिमा परिवर्तन हुँदै गरेको देशको राजनीतिक परिस्थिति आज चौथो दिनमा आइपुग्दा हल्लै हल्लाले हल्लाएको छ। पुष्टि कसैले गर्न सकेका छैनन् तर हल्ला त यस्तो छ मानौँ आजै मध्यरातसम्म केही भइसक्छ। कतिले राजा फर्काइसके, कतिले राष्ट्रपतिलाई थुतिसके। कतिले कू नै गराइसके। कतिले श्री एयरलाइन्सको उडान दिल्लीमा अवतरण गराइसके भने कतिले इन्डिगो… Continue reading

देशमा के भइरहेको छ ?

Posted on September 10, 2025September 10, 2025 by Salokya

हेडलाइनको जवाफ खोज्न ब्लग पढ्दै हुनुहुन्छ भने निराश हुनुपर्ने अवस्था छ। देशमा के भइरहेको छ, कसैलाई थाहा छैन। यति छिटो छिटो चेन्ज भयो कि भेउ पाउनै गाह्रो भइरहेको छ। सोमबार जेन जीको शान्तिपूर्ण भनिएको आन्दोलन भड्काइएपछि १, २ गर्दागर्दै १९ जनाको मृत्युको समाचार सुन्नु पर्‍यो। आज बुधबार रातिसम्म आइपुग्दा ज्यान गुमाउनेको संख्या ३० पुगेको पुष्टि… Continue reading

१९ जनाको हत्यापछि कर्फ्यु नाम मात्रको, रोक्न सकेको छैन आक्रोश

Posted on September 9, 2025September 9, 2025 by Salokya

अहिले मैले ब्लगमा यी शब्दहरु लेखिरहँदा राजधानी काठमाडौँ एउटा नेतातन्त्रविरुद्ध आक्रोशको ज्वालामुखी फुटेको ठाउँका रुपमा परिणत भइरहेको छ। यी शब्द लेख्नुभन्दा अगाडि म काठमाडौँका केही ठाउँहरु घुमेको थिएँ। यति आक्रोश थियो, यति पीडा थियो कि के भनौँ। भन्नलाई त सरकारले बिहानैदेखि कर्फ्यु लगाएको घोषणा गरेको थियो। तर कर्फ्युको घोषणा गर्नु र त्यसलाई लागू गराउनुमा फरक… Continue reading

बिना जानकारी खाता रोक्काको गुनासोमा राष्ट्र बैँकले भन्यो- ‘Your complaint is invalid’

Posted on August 31, 2025August 31, 2025 by Salokya

यसअघिको ब्लगमा मैले भदौ ४ गते ग्लोबल आइएमईको मोबाइल एपबाट भुक्तानी गर्न खोज्दा नभएको र पछि ब्याङ्कलाई इमेल गर्दा मात्र अदालतको आदेशमा खाता रोक्का भएको जानकारी पाएको लेखेको थिएँ। (छुटाएको भएको भए पढ्न यहाँ क्लिक गर्नुस्) अदालतले मलाई अहिलेसम्म मेरो ब्याङ्क खाता किन रोक्का भयो भन्ने जानकारी दिएको छैन। अंशचलनको मुद्दामा मैले अंश पाउने फैसला… Continue reading

आफूसँगको युद्ध जित्न खोज्दै : ८२ दिनपछि फेरि शब्दमा

Posted on August 25, 2025August 26, 2025 by Salokya

८२ दिनको मौनता ! जुन ४ मा माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा शीर्षकमा ब्लग लेखिसकेपछि झण्डै तीन महिना मौन रहेँ। मौनता पनि कहिलेकाहीँ चिच्याउँदो रहेछ। म भित्रैभित्र चिच्याइरहेको थिएँ, तर बाहिर लेख्ने हात चलेन। अहँ चल्दै चलेन। ८२ दिनको मौनता केवल मौनता थिएन, त्यो त भित्रैभित्रैको चीत्कार थियो—जसलाई सुन्‍न कसैको कान थिएन। पछिल्लो… Continue reading

फेसबुकमा मान्छे झुक्याउँदै नक्कली डाक्टर निकिता

Posted on May 22, 2025May 22, 2025 by Salokya

फेसबुकमा अहिले एउटा प्रोफाइलको चर्चा छ- डाक्टर निकिता परियार। उनले आफ्नो नाम चाहिँ डाँ निकिता परियार भनेर लेखेको देखिन्छ। ‘डा’को मुन्तिर थोप्लो हुनुपर्नेमा उनले चाहिँ माथि चन्द्रबिन्दू जोडेका छन्। प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत भएको भन्दै धेरैले आफ्नो र उनको वालमा उनलाई ट्याग गरेर बधाई दिइरहेको पनि देख्न सकिन्छ। हल्का खोजी हेर्दा थाहा भयो, भारतीय सोसल… Continue reading

मिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ?

Posted on May 15, 2025May 17, 2025 by Salokya

. केही समय अघिदेखि यस्तो समाचार, फेसबुक स्टायटसहरु तपाईँले प्रशस्तै देख्नुभएको होला। एउटा मात्र अनलाइन होइन, थुप्रै अनलाइनहरुमा यस्तै लेखियो। तर धेरैले लेख्दैमा गलत कुरा साँचो हुने होइन। डम्बरबहादुर दलित समुदायका पहिलो डिआइजी होइनन्, पहिलो को हुन् ? यो खोज्न भने अलि मेहनत गर्नुपर्‍यो। आउनुस् हेरौँ, प्रमाणसहित।

रेशम पक्राउ प्रकरण : एक अधिकृतको मात्र सनक हो कि राज्यले नै प्रवृत्त धारणा बोकेको?

Posted on May 1, 2025May 1, 2025 by mysansar

वैशाख १७ गते रेशम चौधरीलाई गरिएको गिरफ्तारी एक अनधिकृत पत्रको आधारमा, बिना स्पष्ट अदालती आदेश भएको घटनाले नेपालको न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। अदालतमा विचाराधीन मुद्दाका व्यक्तिलाई समेत पक्राउ गर्ने सनकपूर्ण प्रवृत्तिले राज्यका संयन्त्रमा देखिएको स्वेच्छाचारीता र ल्याङफ्याङ्गे कार्यशैली उजागर भएको छ। कानुनका विद्यार्थी प्रवीण भट्टले घटनाका स्रोत, दस्तावेज र मिडिया रिपोर्टहरूको आधारमा यो… Continue reading

रेशम-सर्वोच्च-प्रहरी काण्डमा मिडिया कहाँ-कहाँ चुक्यो?

Posted on May 1, 2025May 1, 2025 by Salokya

आज फिल्ममा पनि हत्तपत्त नदेखिने एउटा अनौठो काण्ड हाम्रो नेपालमा भयो। एक जना नेता करिब चार घण्टा पक्राउ परेर जेल चलानसमेत गरिए। सर्वोच्चको जुन पत्रका कारण उनलाई जेल पठाइएको थियो, त्यो पत्र नै अनधिकृत भएको खुलेपछि पत्र लेख्ने सर्वोच्चकै कर्मचारी अधिकृत उल्टो पक्राउ परे। एक जना ‘सनकमान’को सनकले प्रहरी र सर्वोच्च प्रशासनमात्र हैन, देशै हल्लाइदियो।… Continue reading

अनलाइन पत्रकारहरुको ‘अंकड स्पिड’ काण्ड

Posted on April 16, 2025April 16, 2025 by Salokya

देशलाई ‘अंकड स्पिड’ चाहिएकोमा सरकार ट्रयाक्टरको स्पिडमा भयो रे। केही बुझ्नुभो ? अहँ, बुझिएन। तर धेरै वटा अनलाइन मिडियाहरुले यसैगरी समाचार लेखे हिजो गगन थापाको भाषणमा। गगन थापाले जे बोले पनि समाचार बन्छ। तर के बोलेको भन्ने पत्रकारहरुले थाहा नपाई पनि समाचार बन्दो रहेछ भन्ने चाहिँ हिजो प्रमाणित भयो। आउनुस्, नपढे आधा हैन एक चौथाइ… Continue reading

दुर्गा प्रसाइँ पक्राउ : पुलिस र मिडियाले हामीलाई ‘उल्लु’ बनाए

Posted on April 11, 2025April 11, 2025 by Salokya

दुर्गा प्रसाइँ भारतमा पक्राउ परेको खबर हिजै फैलिसकेको थियो। मिडियामा मात्र होइन, दुर्गा प्रसाइँ लुकेकै अवस्थामा भिडियो र स्टायटसहरु पोस्ट भइरहने फेसबुक पेजबाट समेत ‘आत्मसमर्पण’ गरेको दावी गरियो। तर नेपाल प्रहरीले भने हिजै राति प्रेस विज्ञप्ति जारी गर्दै ‘दुर्गा प्रसाइँ हालसम्म पक्राउ नपरेको’ दावी गरियो। सर्वसाधारण ट्वाँ परे। यसमा मिडिया गलत होइन, प्रहरीले झुक्याएको रहेछ… Continue reading

माइसंसारको दुई दशक पूरा : धन्यवाद सबैलाई !

Posted on April 6, 2025April 7, 2025 by Salokya

सन् २००५ को अप्रिल ६। अर्थात् २०६१ साल चैत २४ गते। यो त्यही दिन थियो, जुन दिन मैले जानी नजानी माइसंसारको पहिलो ब्लग लेख्दै यो यात्राको सुरुवात गरेको थिएँ। मेरो संसार नामबाट माइसंसार सुरु हुँदा, मैले सोचेको थिइनँ—एकदिन यो मेरो संसार नै बन्न पुग्छ। आज इस्वी संवत् र विक्रम संवत् दुवै मिलेको छ। २० वर्ष… Continue reading

न्यायालयको ‘कपिपेस्ट’ आदेश : रवि लामिछानेलाई थुन्ने र सन्दीपलाई छाड्ने आदेशमा भेटिएका हुबहु लाइन

Posted on April 6, 2025April 6, 2025 by Salokya

रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दियो। आदेशको दुई घण्टामै प्रहरी रविको घरमा साइरन बजाउँदै पुग्यो, बेडरुममै पुर्जी दियो र पक्रेर लग्यो। अदालतको आदेश आउने बित्तिकै हाइपर एक्टिभ भएको प्रहरी प्रशासनले रविलाई हिरासतमा राखिसक्दा पनि खासमा के आदेश भएको हो,… Continue reading

बधाई छ नेपाली पत्रकारितालाई: अब चौथो अङ्ग होइन, ‘चौतर्फी आँखा बन्द’ युग सुरु!

Posted on April 2, 2025April 3, 2025 by Salokya

बधाई दिनैपर्छ! नेपाली पत्रकारिताले फेरि एउटा ‘नयाँ आयाम’ चुमेको छ। समाचार खोजेर ल्याउने जमाना गयो, अब त प्रेस ब्रिफिङ कुर्ने पत्रकारिताको युग सुरु भइसकेछ। भर्खरै थाहा भयो — काठमाडौंमै २० जना नागरिकलाई गोली लागेको रहेछ!तर खबर?६ दिनपछि बल्ल आयो, त्यो पनि प्रहरीले पत्रकार सम्मेलन गरेपछि। सोध्न मन लाग्छ — के हामी अझै पनि पत्रकारिताको अभ्यासमै… Continue reading

सरकार भन्छ एउटा, मिडियाहरु हेडलाइन ठोक्छन् अर्को : यो केको संकेत हो ?

Posted on April 2, 2025April 2, 2025 by Salokya

मिडिया भनेको कुनै पनि देशको ‘स्वतन्त्र’ हुँदैन। यसले पक्षधरता लिन्छ नै। नेपाली पत्रकारिताको इतिहास हेर्ने हो भने पनि त्यस्तै नै देखिन्छ। तर त्यस क्रममा तथ्य नै गलत राख्न चाहिँ पाइँदैन। नेपालका नाम चलेका मिडियाहरु गणतन्त्र पक्षधर छन्। राजतन्त्र विरोधी छन्। ठीक छ। मलाई पनि राजतन्त्र भन्दा गणतान्त्रिक व्यवस्था नै ठीक लाग्छ। माइसंसारको जन्म नै तत्कालीन… Continue reading

Posts pagination

  • 1
  • 2
  • 3
  • 4
  • …
  • 175
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme