Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: पुस्तक

वडामहारानी चिढ्याउने त्यो अन्तर्वार्ता : उद्योगपति मणिहर्षदेखि तस्कर र मिडिया टाइकुनसम्मका अन्तर्वार्ता

Posted on October 28, 2021October 28, 2021 by mysansar

-किशोर नेपाल- समाचारको रोचक प्रस्तुति र निर्भीकताका कारण देशान्तर साप्ताहिक बन्धुले र मैले सोचेभन्दा निकै कम समयमा लोकप्रिय हुन थालेको थियो । हामी जतिसुकै निष्पक्ष हुन खोजे पनि पाठकले हामीलाई काङ्ग्रेसको आधिकारिक समाचार दिने काङ्ग्रेससँग निकट साप्ताहिक भनेर चिन्दथे । देशान्तरमा म किशुनजीसँग नजिक थिएँ, शिव अधिकारी गिरिजाप्रसाद कोइरालाको समर्थक समूहमा । हामीले काङ्ग्रेसका मामिलामा… Continue reading

मदन पुरस्कारका लागि पुस्तकहरु कसरी छानिन्छन् र पुरस्कार घोषणा कसरी हुन्छ? यस्तो रहेछ प्रक्रिया

Posted on August 22, 2020August 22, 2020 by Salokya

हालसम्म मदन पुरस्कार प्राप्त पुस्तकहरुको कभर। साभार : मदन पुरस्कार गुठी नेपालको साहित्य जगतमा सबैभन्दा चर्चित पुरस्कार हो- मदन पुरस्कार। अक्सर यो पुरस्कार विवादमा पनि पर्ने गर्छ। उत्कृष्ट कृतिमाथि अन्याय गरेर निकम्मा लेखक पुरस्कृत भएको आरोप पनि लाग्ने गर्छ। यस्तै आरोपहरुका बारेमा दीपक सापकोटाले कमलमणि दीक्षितसित गरेको कडा सवाल-जवाफ यो लिङ्कमा पढ्न सक्नुहुन्छ। चार वर्षअघि… Continue reading

रअका पूर्व अधिकारीको नेपाल किताब : हात्ती आयो फुस्सा ! काल्पनिक उपन्यासलाई लिएर मच्चाइएको कोकोहोलो

Posted on September 7, 2019September 7, 2019 by Salokya

यो हप्ता एउटा समाचार अनलाइनहरुमा र छापामा समेत निकै चर्चामा आयो। ती समाचारहरुका अनुसार भारतीय खुफिया एजेन्सी रअका एक पूर्व पदाधिकारीले किताब लेखेर नेपालमा राजतन्त्र हटाउने काम आफूहरुले गरेको खुलासा गरे रे। अझ नागरिक दैनिकमा त ‘नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग हातेमालो गरेको’समेत लेखिएको रहेछ। अहो,… Continue reading

के हो सुविन भट्टराईको उपन्यास ‘प्रिय सुफी’ को कभर पेज विवाद?

Posted on September 26, 2018September 29, 2018 by Salokya

युवामाझ एकदमै लोकप्रिय लेखक सुविन भट्टराईको अर्को कृति ‘प्रिय सुफी’ शनिबार विमोचन भयो। भोलिपल्टदेखि यसको कभर पेज विवादमा पर्‍यो। रिपब्लिका अङ्ग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरेले आफ्नो ट्विटमा एउटा हङ्गेरियन पुस्तक र प्रिय सुफी दुवैको कभर राख्दै लेखेका थिए- फरक छुट्याउनुस्! प्रकाशकलाई थाहा नै नदिई बदमासी गरे जस्तो छ है कलाकारले! सामाजिक सञ्जाल हुँदै अहिले त… Continue reading

के अचम्म देख्नुपर्‍यो, किताबको विमोचन पनि ‘निःशुल्क’!

Posted on September 22, 2018September 22, 2018 by Salokya

शनिबार दुई वटा किताबको विमोचन थियो। अहिलेका चलेका दुई प्रकाशकहरुको- दुवै ‘चलेका’ लेखक। फाइनप्रिन्टको प्रकाशनमा युवामाझ लोकप्रिय सुविन भट्टराईको ‘प्रिय सुफी’ नामको किताब। बुकहिलको प्रकाशनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको आत्मसंस्मरण ‘न्याय’। दुई प्रकाशकको प्रचार सामाग्रीमा एउटा अचम्मको समानता देखियो- दुवैले ‘प्रवेश निःशुल्क’ लेखेका थिए। बुकहिलले अङ्ग्रेजीमा फ्रि इन्ट्री लेखेको थियो भने फाइनप्रिन्टले नेपालीमा प्रवेश निःशुल्क।… Continue reading

एमाले नेताको भ्रमण अनुभव : मान्छेले स्वर्ग भन्ने गरेको के यही हो अमेरिका!

Posted on October 3, 2017October 1, 2017 by mysansar

-प्रदीप नेपाल- यहाँ वासिंगटनमा बसेको छ, कमाएको र खाएको छ अनि नेपालको बारेमा नचाहिंदो कचरपचर गरेको छ। जे गरेका छन् नेपालीले नेपालमा, त्यसको फल उनीहरुले बेहोरिरहेका छन्। त्यहाँ बेहोर्नुपर्छ भन्ने डरले अमेरिका भासिएका मानिसले बेकारमा किन पचास खालको टिप्पणी गर्नु हँ? फर्किएर नेपाल जाने, त्यहाँको ढुङ्गा माटोसँग खुरी खेल्ने पनि होइन, यहाँको गाडीमा सुइंकिएर अर्थ… Continue reading

पशुपतिका पहिलो नेपाली मूल पूजारीको पुस्तक प्रचण्डको हातबाट विमोचन हुन सकेन

Posted on April 8, 2017April 13, 2017 by Salokya

अपडेट : प्रम प्रचण्डले चैत ३१ गते यो पुस्तक विमोचन गरेका छन्। डा. विष्णु दाहालले इतिहासमा नाम लेखाए, पशुपतिमा पहिलो नेपाली मूल पूजारीका रुपमा नियुक्त भई पूजाआजा गरेर। त्यतिबेला प्रधानमन्त्री थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’। तर चर्को विरोध र दबाबका कारण प्रचण्ड यो निर्णय सात दिनमै फिर्ता लिन बाध्य भए। उनै पूजारी दाहालले ‘पशुपति सात दिन’… Continue reading

विकास दृष्टिमै यो कस्तो लापरवाही ?

Posted on February 13, 2016 by mysansar

-राम लोहनी- नेकपा एमालेका युवा सांसद रविन्द्र अधिकारीको “समृद्ध नेपाल” शीर्षकको पुस्तकमा ब्यानर छ “युवा राजनीतिज्ञको विकास दृष्टि”। युवा राजनीतिज्ञको विकास दृष्टि भन्ने पदावलिले मेरो ध्यानाकृष्ट गर्‍यो। नेपालको विकास होस् भनेर कामना गर्ने मजस्ता सर्वसाधारण मनुष्य यस्तै जोस जाँगरयुक्त युवा राजनीतिज्ञप्रति आशान्वित छन् जस्तो लाग्छ। पढ्दै जाँदा पृ. २६ मा गत वैशाख बार गतेको भूकम्पलाई… Continue reading

रमेशनाथ पाण्डेको पुस्तकमा १५ गल्ती

Posted on January 15, 2016January 15, 2016 by mysansar

आजभोलिका पुस्तकहरु गजबका हुन्छन्। आफ्नो बिहेमा मरिसकेको मान्छे आएको भनेर लेखे पनि कसैले गल्ती थाहा पाउँदैनन् भन्ने ठान्ने लेखक पनि हुन्छन्। फेरि त्यही पुस्तकले मदन पुरस्कार जितिदिन्छ। हालै बजारमा आएको पूर्वमन्त्री रमेशनाथ पाण्डेको पुस्तकमा पनि यस्तै गल्तीहरु रहेका छन्। एक ठाउँमा उनले मरिसकेका राजदूत भेटेँ भनिएको रहेछ। राम लोहनीले आफ्नो फेसबुकमा पुस्तकमा भेटिएका १५ गल्तीबारे… Continue reading

कुमार नगरकोटीको उपन्यास ‘मिस्टिका’का २० पात्र

Posted on August 29, 2015 by Salokya

कुमार नगरकोटीको पहिलो उपन्यास ‘मिस्टिका’ बजारमा आएको छ। बजारमा अरु उपन्यास जस्तो छैन यो। एउटा निश्चित प्लटै नभएको ‘मिस्टिका’मा डार्क फ्यान्टासी र सर्रियलिज्मको भेउ पाउन सामान्य पाठकलाई गाह्रै पर्छ। ५ सय रुपैयाँ पर्ने ४०८ पृष्ठको यो उपन्यास पढिसक्दा पाठकले प्रश्नैप्रश्न मात्र पाउँछन्, उत्तर भेट्टाउँदैनन्। विमोचनको बेला नै नगरकोटीले भनेका थिए, ‘ नयाँ स्वाद बुझ्न केही… Continue reading

आज समाधिस्थ गरिएका स्वामी प्रपन्नाचार्यले आफ्नो पुस्तकमा येशु हिन्दु हुनसक्ने यी प्रमाण दिएका थिए

Posted on August 21, 2015August 21, 2015 by Salokya

डा. स्वामी प्रपन्नाचार्यलाई शुक्रबार समाधिस्थ गरियो। उनको निधन शुक्रबारै बिहान साढे तीन बजे भएको थियो। ३० वर्षको उमेरमा बल्ल कखग पढ्न सुरु गरेका राई परिवारमा जन्मिएका उनले बनारस संस्कृत विश्वविद्यालयबाट वेदशास्त्रमा आचार्य र विद्यावारिधि गरेका थिए। उनको चर्चित पुस्तक ‘वेदमा के छ?’ मा एउटा च्याप्टर छ- ‘के ईसा पनि हिन्दू नै थिए?’ त्यसमा उनले क्रिश्चियन… Continue reading

नब्बे सालको भूकम्पले अहिले पो निम्तियो भिडन्त

Posted on June 13, 2015June 13, 2015 by Salokya

२०७२ सालको वैशाख १२ मा ठूलो भूइँचालो आयो। यति ठूलो आयो कि यो पुस्ताले अहिलेसम्म भोगेको ठूलो विपत्ति हुनपुग्यो। योभन्दा पहिले यस्तो कहिले भएको थियो भनेर खोज्दै जाँदा पुग्नुपर्ने भयो विक्रम संवत् १९९० सालमा। त्यतिबेला ब्रह्मशमशेरले एउटा किताब लेखेका थिए। त्यो ज्यादै पुरानो किताब कतिको घरमा थियो होला। कतिको घरमा किराले खाइसकेको होला। ७२ सालको… Continue reading

४५ सालको भूकम्पको सम्झना : राहत वितरणमा धाँधली गरेको आरोपमा ह्योजुको हत्या

Posted on May 23, 2015 by Salokya

वैशाख १२ को भूकम्पपछि अहिले जताततै भूकम्पकै कुरा मात्र छ। एक महिना हुन लागिसक्यो तर लगातार आइरहेका सानातिना धक्काहरुले सताउने क्रम जारी छ। ९० सालको भूकम्पबारे ब्रह्म शमशेरको पुस्तक भए जस्तै ४५ सालको भूकम्पबारे खासै त्यस्तो विस्तृत विवरण भएको पुस्तक भेटिँदैन। तर २७ वर्ष अघिको यो विनाशकारी भूकम्पबारे पाका पत्रकार किशोर नेपालको आत्मकथा ‘मेरो समय’… Continue reading

भूमिगत गिरोह भन्दै ज्ञानेन्द्र र धीरेन्द्रविरुद्ध तोप दाग्ने सूर्यबहादुर थापा रहेनन्

Posted on April 16, 2015 by Salokya

एक महिनाअघि मात्रै ८८ औँ जन्मदिन मनाएर उपचारका लागि भारत गएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन बुधबार राति उपचारकै क्रममा त्यहीँको अस्पतालमा भयो। नयाँ पुस्तालाई उनको बारेमा त्यति थाहा नहुन सक्छ। हरेक व्यवस्थामा फिट हुने नेता थिए उनी त्यसैले त राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको पालामा समेत उनी प्रधानमन्त्री भए पाँच पाँच पटक। पञ्चायतकालमा, पञ्चायत… Continue reading

नाक काटिएको थियो कि थिएन? सिनासको पुस्तकमा यस्तो छ

Posted on January 11, 2015January 11, 2015 by mysansar

कीर्तिपुर विजयपछि पृथ्वीनारायण शाहले त्यहाँका जनताको नाक काटेको थियो कि थिएन भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्रद्वारा प्रकाशित ‘कीर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहास’ पुस्तकमा यस्तो लेखिएको छ- दुई दुई पटक कीर्तिपुरबाट नराम्रो हार खाएपछि गोर्खा कीर्तिपुर विजय गर्न केवल सैनिक बलले नसकिने निश्कर्षमा पुग्यो र अन्य उपायले जित्ने कोशिस गर्न थाल्यो। दोस्रो… Continue reading

खुसी : न आत्मकथा, न उपदेशको कृति

Posted on January 6, 2015 by mysansar

-बासु श्रेष्ठ/उडब्रिज, भर्जिनिया- भर्खरै दुइ चर्चित किताब पढि सकें। विजयकुमार पाण्डेको खुसी र रुक्माङ्गद् कटवाल: आत्मकथा एकैसाथ हात परेको थियो। पहिले खुसी पढें। त्यसपछि आत्मकथा। दुवै पढेपछि मलाई के लाग्यो भने दुवै आआफनै प्रकारका छन्। एकार्कासँग तुलना गर्नु व्यर्थ हुन्छ। पहिले खुसी पढेको भएर पहिले खुसीकै कुरा। ‘खुसी’ आत्मकथाको रुपमा मैले ग्रहण गर्न सकिन। यो… Continue reading

विजयकुमारको खुशी पढेपछि

Posted on October 19, 2014October 19, 2014 by उत्तम बाबु श्रेष्ठ

भर्खरै विजयकुमारले लेखेको पुस्तक खुशी पढेर सकाएँ। यसलाई पाठकीय समिक्षा गर्ने जमर्को गरेको छु। विजयकुमारको जीवन अनुभवको पुस्तक खुशीमा हामी जस्ता पाठकले काँचको पर्दामा ठाँटिएर आउने विजयकुमारका पर्दापछाडिका जीवन भोगाइ, उनका आनीबानी र केही हदसम्म उनको जीवन दृष्टीकोण पढ्नसक्छौंँ। विजयकुमारलाई पहिलो पटक टिभीमा देख्दा म सानै थिएँ। तर पनि सम्झन्छु, उनी जोगीमाराबाट त्रिशुलीमा खसेर हराएको… Continue reading

किन यति उग्र भए सिके राउत?

Posted on September 15, 2014 by mysansar

पक्राउ परेका सिके राउत किन देश टुक्र्याउने अभियानमा छन्? उनले के कस्ता कुरा भोगे ? यसबारे उनको आत्मकथामा केही विवरण पाइन्छ। उनको देश टुक्र्याउने अभियानसँग असहमत भए पनि उनको विचार र उनले भोगेका कुरा पनि पढ्न त पर्‍यो नि, परेन ? आत्मकथाको केही अंश- मान्छे हैन मधिसे गाउँमा केही समय बिताएपछि म काठमाडौंका लागि प्रस्थान… Continue reading

मुटुमै फोक्सुण्डो! (पुस्तक अंश : जिन्दगी मुनलाइट)

Posted on May 31, 2014May 31, 2014 by mysansar

-प्रेम बानियाँ- ‘यस्तो पनि हुन्छ? कम्तीमा आफूलाई त चिन्न सक्नुपर्छ नि यार! गरिबले चोरेर ल्याएको गहना भकारोमा लुकाएझै लुकाएर राखेछ! के हो यो? यस्तो सौन्दर्यलाई पनि राजनीतिको पेटिकोटले छोपेर आखिर यतिञ्जेलसम्म लुकाइ राखिस् हैन? अझ कतिञ्जेल छोप्छ्स् यार देखाउनुपर्ने अंगहरु? अनि कतिञ्जेल देखाइरहन्छस् मिलाएर लुकाउन सक्नुपर्ने त्यो दागग्रस्त राजनीतिको छात्ति???’ देशलाई यसरी सराप्दै गर्दा मुटु… Continue reading

पुस्तक अंश : किशोर नेपालको ‘मेरो समय’

Posted on April 26, 2014April 27, 2014 by mysansar

किशोर नेपालको भोलि आइतबार सार्वजनिक हुने ‘मेरो समय’ बाट साभार रोयटर्सका लागि रिपोर्टिङ गर्दा मेरा लागि सबभन्दा ठूलो चुनौती थियो— २०४५ सालको महाभूकम्पको रिपोर्टिङ। भूकम्पको धक्काले भक्तपुरमा केही घर ध्वस्त भएको समाचार पठाउँदा–नपठाउँदै धरान र पूर्वाञ्चलमा भूकम्पबाट भएका धनजनको क्षतिका समाचारहरु ओइरिन थालिसकेका थिए। दिल्ली ब्युरोले मलाई जुनसुकै अवस्थामा धरान पुग्ने आदेश दियो। बसहरु हिँडिसकेका… Continue reading

Posts navigation

  • 1
  • 2
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme