मानौँ तपाईँ नेपाली नागरिक हुनुहुन्छ। तपाईँका आमा र बाबु पनि नेपाली नागरिक। त्यही हिसाबले तपाईँको नेपाली नागरिकता वंशज पनि छ। तर तपाईँले अमेरिका वा कुनै देशको नागरिकता लिनुभयो र यहाँको नागरिकता त्याग्नुभयो। के पछि फेरि तपाईँ नेपालै आएर बसेमा यहाँको राष्ट्रपति वा प्रधानमन्त्री बन्न सकिन्छ? के छ यससम्बन्धी व्यवस्था संविधानको मस्यौदामा?
Category: संविधान बहस
संविधान मस्यौदा : दूरदर्शीको रोचक उदाहरण राष्ट्रपति र उपराष्ट्रपति एकै पटक खाली हुने परिकल्पना
धेरै समयसम्मको ल्याङ्गल्याङ्गपछि अन्ततः संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पेश भएर सार्वजनिक भएको छ। संविधानका विभिन्न प्रावधान हेरेर अब हामी बहस गर्न सक्छौँ। संविधानको मस्यौदा पढ्न पाउनु भएको छैन भने भित्र लिङ्क राखेको छु। संविधान पढेपछि तपाईँलाई लागेका कुरा कमेन्टमा वा यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ। वा इमेल गर्नुहोला [email protected] जनताको सुझावसहित परिमार्जन गरिसकेपछि बल्ल अन्तिम… Continue reading