Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: यताउताबाट

२०७२ वैशाख १२ मा नढलेको प्रसुति गृह २०७३ वैशाख १२ मा ढलाइयो

Posted on April 25, 2016 by mysansar

२०७२ वैशाख १२ मा प्रसुति गृह ढलेन। भूकम्पले भवन जर्जर बनायो। तर ढलेन। रातो स्टिकर लागेको भवन राखेर पनि के गर्नु। तर भत्काउन पनि सकिएन। २०७३ वैशाख १२ मा बल्ल यो भवन नियन्त्रित रुपमा भत्काइयो। जगलाई चारैतिरबाट खनेपछि डोजरले तानेर भवन भत्काइयो। इकान्तिपुरमा यसबारे थप फोटो र भिडियो छन्।

अमेरिका बस्ने ‘रुन्चे नेपाली’लाई खुत्रुक्कै पार्ने गरी १२ थरीले दिएको दनक

Posted on March 21, 2016 by mysansar

अचेल एउटा गजबको व्यङ्ग्य साइट चलेको छ-१२ थरी। छद्मनामबाट चलेको यो साइटले आफ्नो बारेमा घोषणै गरेको छ– ‘हामी खोइरो खन्नकै लागि आएका हौं, विशेषगरी तिनीहरुको जो आडम्बरी छन्, जो बाहिर आदर्शका कुरा गर्छन् र भित्र भित्रै त्यही आफ्नै आदर्शको बलात्कार गर्छन्। कसैले यसलाई खराब गर्नेलाई खबरदारी भन्लान् तर हामी यसलाई खबरदारी भन्दैनौं, किनकी हामी यो… Continue reading

सामान्य ज्ञानमा असामान्य कुरा : दिमाग भ्रष्ट पार्ने शिक्षाको एउटा उदाहरण

Posted on January 28, 2016 by mysansar

-राम लोहनी- आज छोरीले मलाई ‘सामान्य ज्ञान’ को एउटा “असामान्य” प्रश्न सोधी- Who ‘is’ the light of the world? आफूलाई थाहा भएको फर्‍याकफुरुक लवजमै सुनिन्थ्यो। कुरा त मैले बुझेकै थिएँ। मैले भनें “गौतम बुद्ध”। होइन, होइन, मिलेन, मिलेन — छोरीले भनी। बुद्ध त light of Asia पो हो। Light of the world त जिजस क्राइस्ट… Continue reading

रामकुमारी झाँक्री भन्छिन्- बाबुरामको नाममा नयाँ शक्ति जन्मनु नयाँ बोतलमा पुरानै रक्सी हाल्नु जस्तै

Posted on November 3, 2015November 3, 2015 by Salokya

बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ मा एमाले नेतृ रामकुमारी झाँक्री पनि जाने भन्ने खबर सोसल मिडियामा खुबै भाइरल भएको तपाईँले पनि देख्नुभयो होला। आजभोलि सामाजिक सञ्जालमा देखिने सबै कुरा सत्य हुँदैनन्। झाँक्रीको विषय पनि यस्तै भयो। मंगलबार राति फेसबुकमा लामो स्टायटस लेख्दै उनले यसको खण्डन गरेकी छिन्। पढौँ उनको भनाई जस्ताको तस्तै – प्रिय साथीहरू !… Continue reading

चीनबाट इन्धन ल्याउन यसरी सम्भव छ

Posted on October 27, 2015October 27, 2015 by mysansar

-सोम खनाल- चीन बाट तेल आयात गर्दाको अनुमानित अर्थवस्था काठमाण्डौ – बिदूर – ६५ किमि बिदूर- रसुवागढी- अनुमानित ९० किमि रसुवागडी- केरुङ् – अनुमानित १५० किमि केरुङ् – सिगात्से – ४८० किमि जम्मा दूरी: ७८५ किमि एकतर्फी, १५७० किमि दुईतर्फी रित्तो र भारसहितको गाडी गुड्ने औषत गती ३५ किमि प्रति घण्टा मान्दा जम्मा लाग्ने समय:… Continue reading

भन्ने एक थोक, गर्ने अर्कै थोक

Posted on October 19, 2015October 20, 2015 by mysansar

पेट्रोलियम पदार्थका ठाउँमा अरू इन्धन चलाउने । इन्धनका लागि भारतमाथि मात्र भर नपर्ने । उत्तरका नाका खोल्ने । भारतले नाकाबन्दी गरेपछि परेको समस्या समाधान गर्ने अनेक उपाय सामाजिक सञ्जालले धमाधम दिइरहेका छन् । तर विस्तारै तेल पाइएपछि, गाडी चढ्न पाएपछि र ग्यास बाल्न पाएपछि यी उपाय बिर्सिएलान् जसरी यस अघिको नाकाबन्दीका बेला पत्ता लागेका उपाय… Continue reading

फास्ट ट्र्याकको अङ्कगणित

Posted on October 7, 2015October 7, 2015 by mysansar

प्रश्न : अहिले भनिएको लगानी कति? उत्तर : ११२ अर्ब प्रश्न : कतिमा बन्छ? उत्तर : ८० अर्ब प्रश्न : कति फरक पर्‍यो? उत्तर : ३२ अर्ब प्रश्न : किन फरक पर्‍यो? उत्तर : आफैं बुझौं।

बलात्कार मिलापत्रमा बिचौलिया

Posted on August 7, 2015 by mysansar

-छेटु शेर्पा- चैनपुरबजारस्थित एउटा घरमा गएको असोजमा आफूलाई नागरिक अगुवा बताउनेहरूसहितको भेलामा ‘पाँच लाखभन्दा थोरैमा हुँदैन’ भन्दै मोलमोलाइ हुँदै थियो। एक १२ वर्षीया बालिका बलात्कृत भएको घटनालाई मिलाउन पाँच लाख रुपैयाँ माग भयो। एक घन्टा ‘बार्गेनिङ’ चलेपछि अन्ततः दुई लाख ७५ हजारमा कुरा मिल्यो। उनीहरूले एक लाख रुपैयाँ लेनदेन गरेर बाँकीको तमसुक बनाए। जघन्य अपराध… Continue reading

हरे शिव शिव, के देख्नु परेको :P

Posted on December 4, 2014December 4, 2014 by Salokya

भगवान शिवका तपाईँले अनेक रुप देख्नुभो, सुन्नुभो होला। अनि भगवान शिवका धेरै थरिका मूर्तिहरु पनि देख्नुभो होला। तर मलाई लाग्दैन, तपाईँले अहिलेसम्म यस्तो खालको रुप भएको कुनै मूर्ति अहिलेसम्म देख्नुभएको छ। यी शिवजीको हातमा मोबाइल छ, अनि सुट प्यान्टमा गजबसित पो ठाँट्टिएका छन् त।

गाउँगाउँमा पुगेको मोबाइल र इन्टरनेटले यस्ता विकृति पनि सँगै ल्यायो

Posted on December 4, 2014December 4, 2014 by mysansar

-लक्ष्मी गौतम- ०७१ साउन दोस्रो साता पाँचथर लुम्फाबुङकी ६ वर्षीया रसिला (नाम परिवर्तन) लाई छिमेकी १४ वर्षीय किशोरले मकैबारीमा बोलाएर बलात्कार गरे। बलात्कृत बालिकाका अभिभावकले जाहेरी दिएपछि पक्राउ परेका ती किशोरले मोबाइलफोनमा अश्लील भिडियो हेरेपछि उत्तेजना रोक्न नसकी बालिका बलात्कार गरेको बयान दिए। पाँचथर अस्पतालमा उपचार गराइरहेको अवस्थामा भेटिएकी रसिलाले बताएअनुसार छिमेकी ती किशोरले आफूलाई… Continue reading

… र, म आज विदेशिएँ

Posted on October 28, 2014October 28, 2014 by mysansar

-होमनाथ ढकाल- नमस्कार म कहिले शिखर, कहिले सम्राट र कहिले अमिर उपनामले परिचित थिंए जनयुद्धताका। जम्मा थोरै १५ बर्ष अभ्यास गरेँ कम्युनिस्ट क्रान्तिकारी पार्टीमा। अन्याय, अत्याचार, थिचोमिचो र शोषणविरुद्ध न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने महान सपना बोकेर (कम्युनिस्ट हो तो ऐसा क्रान्तिकारी भन्दै) हाम्फालेँ। प्रचन्ड, बाबुराम र वैद्य मिलेर बनेको माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टी भएपछि… Continue reading

कुटनीतिक मर्यादा कुन चराको नाम हो (भाग ३)

Posted on September 30, 2014October 1, 2014 by mysansar

विदेश भ्रमणमा नेपालको लथालिङ्गे पाराको एउटा अर्को नमूना एक जनाले भेट्टाएका छन्। पढौँ।

सिके राउतको बलि चढाउँदैमा नेपाल स्वतन्त्र, सार्वभौम र समृद्ध हुन्छ?

Posted on September 27, 2014September 28, 2014 by Salokya

-जीवन क्षेत्री- देश र समाजका शत्रुहरुको सुचीमा एक, दुई र तीन स्थानमा आफैं पर्ने नैतिकता टाट पल्टिसकेका मन्दबुद्धिहरुले समाजको ध्यान अन्यत्र मोडेर आफ्नो अकर्मण्यता लुकाउन सिके राउतलाई एउटा बहाना बनाएको मेरो ठम्याइ छ । यति सरल सत्य नबुझेर युवाको एउटा जमात यस्तो कुरा गदैछ मानौं नेपालका तमाम समस्याको जड खाली सिके राउत नामको एउटा व्यक्ति… Continue reading

युके लाहुरेको सपना बोकेर दौडनेलाई यो कुरा थाहा छ?

Posted on July 11, 2014July 11, 2014 by mysansar

-तेज राई- हुनत, भनिन्छ, ‘सपना नदेख्नु आफुले आफैलाई गरिने ठुलो अपराध हो।’ अमेरिकी लेखक तथा कवि ह्यारी केम्प (1983-960) ले भनेका थिए, ‘त्यो गरीब होइन जोसँग एकै पैसा छैन, तर जोसँग सपना छैन, त्यो महा-गरीब हो।” सपना (Dream) को बारेमा धेरैले थुप्रै लेखेका छन् र बेस्ट सेलर पनि बनाएका छन्। तर आज “युके लाहुरे”को ठुलो… Continue reading

सेकुवा स्वादिलो लाग्छ? यो हेर्न नछुटाउनुस्

Posted on June 26, 2014 by mysansar

सेकुवा भनेपछि हुरुक्कै हुनेहरु धेरै यो सहरमा छन्। निकै रुचाइने भएर न धेरै बिक्री हुन्छ सेकुवा। खसी, राँगा, भेडा, बाख्रा, कुखुरा हाँस, जेसुकैको होस्- सेकुवा प्रिय छ धेरै मांसाहारीका लागि। तपाईँ पनि त्यस्तैमा पर्नु हुन्छ भने न्युज २४ टिभीले यो साता बजाएको अनुसन्धानमूलक रिपोर्ट हेर्न छुटाउनु भएको त छैन ? सेकुवा पोल्ने कोइला वा त्यसलाई… Continue reading

स्विस बैँकमा नौ अर्ब थुपार्ने को?

Posted on June 20, 2014June 21, 2014 by mysansar

स्विट्जरल्यान्डको बैँकमा नेपालीहरुको नौ अर्ब २२ करोड रुपियाँ अर्थात आठ करोड ५० लाख स्विस फ्र्याङ्क जम्मा रहेको खुलेको छ। स्विजरल्यान्डको केन्द्रीय बैंक (हाम्रो नेपाल राष्ट्र बैँक जस्तो क्या) स्विस नेसनल बैंकले प्रकाशित गरेको बैंक्स इन स्विजरल्यान्ड २०१३ रिपोर्टमा नेपाली नागरिकको नाममा यति धेरै रकम रहेको खुलेको हो। अरु विवरण बैँकहरुले गोप्य राख्ने भएकोले कसको कति… Continue reading

के दौरासुरुवाल लगाएर आउलान् त मोदी नेपालमा?

Posted on June 18, 2014 by mysansar

भारतको इन्डिया टुडेले उनीहरुका प्रधानमन्त्री नरेन्द्र मोदीको गोप्य फोटो एल्बम भन्दै नेपाल भ्रमणमा आउँदा लगाउने यो दौरासुरुवालको फोटो राखेको छ। के साँच्चै यस्तै पहिरनमा उनले नेपाल भ्रमण गर्लान् त ?

किन ब्राजिलीहरु विश्वकपको विरोध गर्दैछन् ?

Posted on June 18, 2014 by mysansar

अहिले सबैको आँखा विश्वकपमा छ। नेपालीहरु पनि रातरातभर नसुतेर विश्वकपमा रमाइरहेका छन्। आफूले समर्थन गरेको देशका जर्सी र झण्डा बोकेर र्‍याली निकालेको समेत देखिएको छ। विश्वकप भइरहेको देश ब्राजिलको चमकदमक पनि कम देखिएको छैन। पहेँलो जर्सीमा सजिएका च्वाँक केटीहरु! जताततै उज्यालो। विश्वकपको विरोध ब्राजिलमा भइरहेको छ भन्ने खबर पनि सानोतिनो समाचारका रुपमा पढ्नु भएको होला।… Continue reading

सीमा मिचियो! सीमा मिचियो!! तर नेपालको मिचिएको हैन, भारतको सीमा नेपालले मिचेको रे

Posted on June 9, 2014June 9, 2014 by Salokya

सँधै भारतले नेपालको सीमा मिचेको भन्ने खबरमात्र सुनेर दिक्क भएकाहरुले आज भारतीय मिडियाको एउटा समाचार देखेर छक्कै परे होलान्। समाचारमा भनिएको छ- नेपालले भारतको सीमा मिच्यो। भारतको डिएनए न्युज एजेन्सीले लेखेको खबरमा नेपालले सीमा मिचेपछि एकताका डेढ सय विद्यार्थी हुने एउटा स्कूल अहिले खाली भएको उल्लेख छ। अहो, सुशील कोइराला सरकारले यसलाई उपलब्धिको सूचीमा राख्न… Continue reading

वामदेवको डोरी : राजुप्रसादको फन्दा

Posted on June 2, 2014June 2, 2014 by mysansar

-उमेश चौहान- सरकारी अधिकारी राजुप्रसाद साहले देशका गृहमन्त्रीप्रति आक्रोश पोख्न जुन शब्द चयन गरे, त्यो सतत आपत्तिजनक छ । उनीमाथि कानुनअनुसार कारबाही हुनुपर्छ भन्नेमा विवेकशील समाजले असहमति राख्नै सक्दैन । तर, सडकको डोरी नाघ्न खुट्टा उठाउने उनै वामदेवले राजुप्रसादमाथि कुन नैतिकताका आधारमा कानुनको डन्डा उठाउन सके ? आफैँ लाखौँ जनताको प्रश्नको कठघराभित्र मौन बसेर एउटा… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme