Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: यताउताबाट

भूगोल नबुझेको पत्रकारले समाचार लेख्दा ‘अनलाइनखबर’ आफूमात्र डुबेन, अरुको पनि भयो बिजोग

Posted on January 28, 2022January 28, 2022 by Salokya

अनलाइनखबरमा आज (२०७८ माघ १४ गते) एउटा समाचार आएको छ- ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते। समाचारको पहिलो दुई वाक्य यस्तो छ- सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर… Continue reading

उपहारमा पाएको हिउँ चितुवा

Posted on January 8, 2021January 9, 2021 by mysansar

– करनबहादुर शाह – पाँचवटा भेडाहरुलाई दश-दश दिनसम्म लेकका विभिन्न ठाउँहरुमा उनीहरूले बाँधेर राखेका थिए तर एउटालाई पनि हिउँ चितुवाले मारेन। बरु एघारौं र बाह्रौं दिनमा एउटा भेडालाई रातो भालुले र अर्कोलाई ब्वाँसोले खायो। हिउँ चितुवालाई क्यामेरामा कैद गर्न भेडाको चारो थापिएको थियो। हुम्ला जिल्लाको लिमी उपत्यकामा हिउँ चितुवा सम्बन्धी चेतनामूलक वृतचित्र बनाउन काठमाण्डौबाट नेपाली… Continue reading

आज गथां‍मुगः भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन

Posted on July 30, 2019July 30, 2019 by mysansar

मंगलबार काठमाडौँ उपत्यकामा गथांमुगः चाड मनाइँदैछ। यो दिन फलामको औँठी, लैँचा (मेहन्दी) लगाइन्छ र भूतको पुत्ला जलाइन्छ। आजको रात तन्त्रमन्त्रको कुविद्या सिक्नेहरु औँलामा मैनबत्ती बालेर आउँछन् भन्ने कथा ठूलाले सुनाउँदा सानोमा खुब डर लाग्थ्यो। भूतप्रेतको कुरा अहिले अलि अपाच्य लागे पनि यो हाम्रो परम्पराले स्वीकारेको विषय हो। पश्चिमी संस्कृतिमा पनि भूतप्रेतकै हालोइन पर्व मनाउने गरिन्छ।… Continue reading

मिडियाका १३ प्रकार

Posted on March 31, 2019March 31, 2019 by mysansar

-राजेन्द्र थापा- • ठूलो मिडिया : शक्तिमान • दुलो मिडिया:- अर्काको समाचार दुलोबाट छिरेर टाँसुवा • फूलो मिडिया: राम्रो सङ्ग नदेखिकनै सब देखेझैं गरुवा

आजको समाचार : कोमल वलीका नाममा नेकपाभित्र लफडा देखि निर्मला हत्याको विषयमा बन्यो फिल्म

Posted on January 15, 2019January 15, 2019 by राजेन्द्र मगर

आज अनलाइन खबरले कोमल वलीका नाममा नेकपाभित्र लफडा ! भन्ने हेडलाइनमा समाचार लेखेको छ। अनलाइन खबरको समाचार अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ। शुरुदेखि नै काम गर्न नसकेको कार्यदलभित्रै विवाद भएपछि पार्टी एकीकरणको बाँकी मोडालिटी… Continue reading

आजको समाचार : मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना देखि प्रकाण्डलाई विप्लवको प्रश्न – बाबुराम भट्टराईको सहयोग किन लिएको ?

Posted on January 14, 2019January 14, 2019 by राजेन्द्र मगर

आज अनलाइन खबरले मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना भन्ने हेडलाइनमा समाचार लेखेको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका हुन। सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन्। अनलाइन खबरले लेखेको छ,… Continue reading

आजको समाचार : राष्ट्रपतिको हेलिकप्टर डेढ महिनादेखि एयरपोर्टमा रोकियो देखि ४ वटा नागरिक्ता बनाएर ठगी

Posted on January 8, 2019January 12, 2019 by राजेन्द्र मगर

आज पहिलोपोस्ट अनलाइनले व्यापारीलाई फसाउँने ‘नटवरलाल’ वासुदेव: परिचय फेर्दै हिँडे पनि श्रीमतीको नागरिकताबाट यसरी पुगे हिरासत भन्ने हेडलाइनमा समाचार लेखेको छ। उक्त समाचारमा एउटै मान्छेले फरक फरक नागरिक्ता बनाएर कसरी ठगे भन्ने उल्लेख गरिएको छ। चार वटा फरक नाममा नागरिक्ता बनाएर ठगिरहेका ठगलाई प्रहरीले उनकै श्रीमतीको नागरिक्ताबाट पक्राउ कसरी गर्यो त ? पढ्नुस पहिलोपोस्टको समाचार।… Continue reading

आजको समाचार : मनाङेको प्रश्न, म घरज्वाइँ हो र जेल मात्र लैजाने ? देखि वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ नदिएका पाँच प्रश्न

Posted on January 7, 2019January 12, 2019 by राजेन्द्र मगर

आज अधिकाशं अनलाइनले वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गरेको पत्रकार सम्मेलन र आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भन्ने विषयमा समाचार लेखेका छन्। सेतोपाटी अनलाइनले वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ नदिएका पाँच प्रश्न भन्ने हेडलाइनमा समाचार लेखेको छ।

आजको समाचार : टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीको शपथदेखि वाइडबडी जाँचबुझ आयोग गठनसम्म

Posted on January 3, 2019January 3, 2019 by राजेन्द्र मगर

आज नेपालका अधिकांश अनलाइन मिडियामा जेलमा रहेका सांसद रेशम चौधरीको शपथको र वाइडबडी प्रकरणका समाचार प्राथमिकताका साथ लेखेका छन्। पहिलोपोस्ट अनलाइनले रेशमलाई सपथ गराउन किन तयार भए प्रधानमन्त्री? यस्तो छ प्रचण्डको भूमिका भन्ने शीर्षकमा समाचार लेखेको छ। उक्त समाचारमा राजपाका संयोजक राजेन्द्र महतो र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्तापछि रेशमलाई सपथ गराउने माहोल जुरेको… Continue reading

आजको समाचार: वाइडबडी भ्रष्टाचार काण्डमा  मन्त्री रवीन्द्र अधिकारी देखि पूर्वराजा ज्ञानेन्द्रको दमौली भ्रमणको चर्चा

Posted on January 2, 2019January 12, 2019 by राजेन्द्र मगर

  आज नेपालका अधिकाशं अनलाइन मिडियाले वाइडबडी प्रकरणको बारेमा समाचार लेखेका छन। सेतोपाटी अनलाइनले वाइडबडी खरिदमा कुन कुन शिर्षकमा के के अनियमितता भएको भन्ने समाचार लेखेको छ। वायु सेवा निगमले किनेका दुइटा एयरबसमा ४ अर्ब ३५ करोड ५६ लाख घोटाला भएको उल्लेख छ । त्यस्तै सबैभन्दा बढी अनियमितता विमानको मूल्यमा भएको सेतोपाटीले लेखेको छ।  कांग्रेस… Continue reading

आजका समाचार : चोलेन्द्र शमशेर जबरा प्रधानन्याधीसमा बढुवा देखि क्रिकेटर सन्दिपको प्रशंसा

Posted on January 1, 2019January 12, 2019 by राजेन्द्र मगर

आज सन् २०१९ को पहिलो दिन। आज नेपालका अनलाइन मिडियाले के के समाचार हाले त ? हेरौँ केही अनलाइनमा मिडियामा आएका समाचारहरु। आज प्राय अनलाइन मिडियाले सन् २०१८ मा चर्चामा आएका घटनाको बारेमा समाचार बनाएका छन्। हेरौँ केही समाचारहरु। पहिलोपोस्ट अनलाइनले विश्वको ध्यान तानेका २०१८ का १८ घटना : ट्रम्प किम वार्तादेखि रोयटर्स पत्रकारलाई जेलसम्म… Continue reading

आज भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन

Posted on August 9, 2018August 9, 2018 by mysansar

बिहीबार काठमाडौँ उपत्यकामा गथांमुगः चाड मनाइयो। यो दिन फलामको औँठी, लैँचा (मेहन्दी) लगाइन्छ र भूतको पुत्ला जलाइन्छ। आजको रात तन्त्रमन्त्रको कुविद्या सिक्नेहरु औँलामा मैनबत्ती बालेर आउँछन् भन्ने कथा ठूलाले सुनाउँदा सानोमा खुब डर लाग्थ्यो। भूतप्रेतको कुरा अहिले अलि अपाच्य लागे पनि यो हाम्रो परम्पराले स्वीकारेको विषय हो। पश्चिमी संस्कृतिमा पनि भूतप्रेतकै हालोइन पर्व मनाउने गरिन्छ।… Continue reading

महिलामा किन धेरै डिप्रेसन? चार कारण यस्ता छन्

Posted on October 10, 2017October 10, 2017 by mysansar

(आज अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा डा. अनुपम पोखरेलले लेख्नुभएको यो लेख mentalhealthnepal.com बाट साभार गरिएको हो) प्रायजसो मानसिक रोगहरू लोग्नेमानिस र स्वास्नीमानिसमा बराबर मात्रामा भेटिने भए पनि केही रोगहरू स्वास्नीमानिसमा बढी देखिएको छ । त्यसमध्ये डिप्रेसन पनि एक हो । डिप्रेसन रोग झन्डै दश देखि पन्ध्र प्रतिशत स्वास्नीमानिसमा पाइएको छ । स्वास्नीमानिसमा… Continue reading

आध्यात्मिक धन, ज्ञान र शक्ति

Posted on August 6, 2017August 6, 2017 by mysansar

-देवदत्त पटनायक- हरेक व्यक्ति सुखी हुन चाहन्छ। भोक लाग्दा खाने कुरा केही नहोस्, टाउको माथि कुनै छत नहोस्, या भनौं दीनता-विपन्नता को दशा छ भने कुनै पनि मानिस सुखी र प्रसन्नचित्त हुनै सक्दैन। यस्तो दशामा यो स्वाभाविक नै हो कि हामी सुख प्राप्तिका लागि धनकी देवी लक्ष्मीको आराधना गर्छौं। लक्ष्मीको कृपादृष्टि हामीमा पर्ने वित्तिकै जीवनको… Continue reading

नटिकेको बालविवाह

Posted on March 21, 2017March 21, 2017 by mysansar

-वसन्तप्रताप सिंह – बझाङ । १३ वर्षको उमेरमा तामझामका साथ विवाह हुँदा दौलीचौरकी राजुला बोहराले केही वर्षमै बेवारिसे हुनुपर्ला भन्ने कल्पनासमेत गरेकी थिइनन् । श्रीमान्को निरन्तर कुटाइका कारण २८ वर्षको उमेरमै उनको जिउ दुख्न थालेको छ । आठ वर्षको अवधिमा तीन सन्तान जन्माएकी उनको तल्लो पेट पनि दुखिरहन्छ । डाक्टरले पाठेघरमा घाउ भएको बताएका छन्… Continue reading

हाकिमको कुर्सीमा तौलिया (रुमाल) राखेको देख्नुभएको छ नि, किन थाहा छ?

Posted on December 14, 2016December 14, 2016 by mysansar

हाम्रा सरकारी हाकीमहरू जो पनि मेचका पछाडि तौलिया फिंजाएर बसेका हुन्छन्। हाकीमहरूका मेचमा तौलिया राख्ने चलन ब्रिटिश शासकहरूले बंगालमा चलाएका हुन्, कपालमा चिपिचिल्लै तेल लगाउने बाबुहरूबाट मेचलाई मैलो हुन नदिन। नेपालमा यो अनौठो चलन २०२४–२५ सालसम्म पनि आएको थिएन। तर, जलवायु परिवर्तनको विश्वव्यापी कोकोहोलो मच्चिनुअघि २०३०–४० को दशकदेखि नै काठमाडौं उपत्यका र मध्यपहाडी क्षेत्रमा विस्तारै… Continue reading

अवार्ड कसरी जित्ने? एक पत्रकारको टिप्स

Posted on November 28, 2016 by Salokya

आजभोलि अवार्डको लहरै चलेको छ। कहिले फलानो अवार्ड भनेको छ कहिले चिलानो। हरेक अवार्डसँग एउटा न एउटा विवाद। मानौँ अवार्ड र विवाद पर्यायवाची शब्द हुन्। अवार्डको यो बाढीमा एक जना पत्रकार डिबी खड्काले अवार्ड जित्ने सरल र सहज तरिका आफ्नो फेसबुकमा बयान गरेका छन्। पढ्नुस् उनको अवार्ड जित्ने टिप्स- विभिन्न अवार्डमा नोमिनेशनमा परेका मित्रहरुले भोट… Continue reading

स्वास्नी कुटेका रहेछन् जमानामा प्रचण्डले, पुस्तकमा भयो खुलासा

Posted on August 31, 2016August 31, 2016 by mysansar

प्रचण्ड अहिले प्रधानमन्त्री छन्। सीता प्रधानमन्त्री पत्नीका रुपमा बालुवाटार सम्हालिरहेकी छिन्। जनयुद्धमा पनि उनी साथै रहिन्। टाउकोको मोल तोकिएको बेलादेखि देशका प्रधानमन्त्री हुँदासम्म प्रचण्डलाई सीताले साथ दिइरहेकी छिन्। उनै सीतालाई प्रचण्डले पैसा दिएन भनेर ड्याम कि ड्याम कुटेको कुरा अनौठो लाग्ने रहेछ। २०५१ सालतिरको कुरा रहेछ। प्रचण्ड त्यतिबेला नेकपा मोटो मशालका हर्ताकर्ता। जनयुद्धको नीति पार्टीले… Continue reading

ओलीको सपना कस्तो, विपना यस्तो : घोषणा र कार्यान्वयनमा कति फरक

Posted on May 22, 2016May 22, 2016 by mysansar

प्रधानमन्त्री ओलीले सिंहदरबारमा पाइला टेकेदेखि नै घोषणाको बाढी लगाए, तर कार्यान्वयन सुक्खा छ। प्रशंसकहरुले जति रफु भर्न खोजे पनि ती अधिकांश घोषणा कार्यान्वयन हुने संकेत नदेखिएको बारे नयाँ पत्रिकाले गरेको तुलना हेरौँ। घोषणा १ : तुइन विस्थापन २४ असोजमा प्रधानमन्त्रीमा निर्वाचित ओलीले अर्को दिन शपथग्रहणपछि सिंहदरबार पुगेर कार्यभार पनि लिएका थिए । प्रधानमन्त्रीका रूपमा कुर्सीमा… Continue reading

आउनुस् ओलीको बोलीमा लोली मिलाऔँ #IamWithKPOli

Posted on May 21, 2016 by mysansar

-बा काँ गए केटा? -विदेश गा छन्। पानीजहाजमा। -तँ के गरिरा? -भित्तामा खिटीक्क पार्ने बिग्रेछ, ग्याँसपाइपको भल्ब मर्मत गर्दैछु। -आमा नि? -पेट्रोल निकाल्या थिम्, बेच्न गाछिन् -काका पनि छैनन्? -फलाम किन्नेहरु आ थे। खानी देखाउन गा छन्। -के को घ्यार घ्यार हो घरमा? -हावाबाट बिजुली के। घरपछाडि। पंखा घुमेको आवाज।

Posts navigation

  • 1
  • 2
  • 3
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme