‘पद्मरत्न तुलाधरले भारतले पूर्ण रुपमा नाकाबन्दी लगाउनु पर्ने र नेपालमा केही पनि छिर्न दिन नहुने भनेको र तुलानारायण साहले केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएको’सनसनीपूर्ण समाचार छापेको अन्नपूर्ण पोस्टले गल्ती स्वीकारेको छ। शनिबारको पहिलो पेजमा छापिएको खण्डन/स्पष्टीकरणमा अन्नपूर्णका सम्पादकले गल्ती स्वीकारेका हुन्। तर गल्ती स्वीकार्दा पनि अन्नपूर्णले अहंकारी शैली देखाएको छ। आफ्नो कुरा माथि पार्न… Continue reading
Category: मिडिया
हेल्थ बिटका रिपोर्टरले लेखेको पोलिटिकल न्युजबाट उठेको तरङ्ग, आखिर भएको के थियो?
आज सबैभन्दा चर्चामा रहेको समाचार अन्नपूर्ण पोस्टमा छापिएको यही समाचार रह्यो। अन्नपूर्णले प्रमुख समाचारका रुपमा छापेको यो समाचारमा लेखिएको मुख्यतः दुई कुराले नेपालीहरुलाई आक्रोशित बनायो- पद्मरत्न तुलाधरले भारतले पूर्ण रुपमा नाकाबन्दी लगाउनु पर्ने र नेपालमा केही पनि छिर्न दिन नहुने भनेको र तुलानारायण साहले केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएको। यति महत्त्वको पोलिटिकल न्युजमा बाइलाइन… Continue reading
Friday 13th मा भएको पेरिस आक्रमण विश्वभरका पत्रिकामा यसरी बन्यो हेडलाइन
पश्चिमी समाज पनि अन्धविश्वासमा निकै विश्वास गर्छ। शुक्रबार १३ तारिखलाई उनीहरु असाध्यै अशुभ मान्छन्। यो वर्ष त तीन वटा यस्तो संयोग जुरेको थियो- फेब्रुअरी, मार्च र नोभेम्बर। फेब्रुअरी र मार्चमा त खासै केही भएन। वर्षको अन्तिम फ्राइडे १३ को दिन केही पत्रिकाहरुले अशुभको संयोगबारे फिचर छापेका थिए। नभन्दै राति हुँदानहुँदै यो कालो दिन इतिहासमा अंकित… Continue reading
इमेज कान्डको नालिबेली
सामान्य मानिसलाई खासै मतलब नभए पनि पत्रकारिताप्रति रुचि राख्नेहरुले केही दिनदेखि इमेज च्यानल, पत्रकार महासंघ, महेन्द्र विष्ट, अख्तियार र सन्दीप योगी वरपर घुमेको एउटा घटनाबारे जानकारी राखेकै हुनुपर्छ। छोटकरीमा कुरा यस्तो छ : इमेज एफएमका पत्रकार सन्दीप योगीले अख्तियार प्रमुखको गाडीले जाम गराएको फोटो खिच्ने क्रममा सुरक्षाकर्मीबाट कुटिए रे। यो कुरा सार्वजनिक गरेको भन्दै इमेज… Continue reading
#PRJournalism बाट #RIPJournalism तर्फ : पत्रकारिताको अवसान
नेपालको ब्रोडसिट दैनिकको मूलधारे पत्रकारिताको आत्मालाई फेरि एक पटक श्रद्धाञ्जलि दिनुपर्ने अर्थात् #RIPJournalism भन्नुपर्ने स्थिति आएको छ। नागरिक दैनिकले सोमबार छापेको यस्तै खबरको आक्रमणको प्रत्याक्रमण कम्तिमा चार वटा ब्रोडसिट दैनिकमा ‘समाचार’ को रुपमा छापिएको छ। आचार संहितालाई अचार बनाएर पचाइदिने यी खबरले पत्रकारिताको विकृत रुप उजागर गरेको छ। मूलधारे पत्रिकाको आर्थिक ब्युरो मार्केटिङ विभागबाट प्रभावित… Continue reading
ओली बोल्ने, पत्रिका आँखा चिम्लेर पत्याउने
२ अर्ब रुपैयाँ दिने भनी कागज गरेपछि माओवादीले संसदमा अवरोध हटाएको र अहिले पनि ५/१० अर्ब दियो भने संविधान सभा चल्छ भनी ओलीले भनेको कुराबारे हिजै ब्लग लेखिसकिएको छ। यहाँ क्लिक गरी पढ्नुस्। योबारे आज अन्नपूर्ण पोस्टले सम्पादकीय नै लेखेको रहेछ। ओलीले कुन पैसा भनेका हुन् भन्ने कुरामा ध्यानै नदिई सम्पादकीयमा ओलीले भनेपछि आँखा चिम्लेर… Continue reading