यहाँहरुमध्ये धेरैले ध्रुव राठीको भिडियो युट्युबमा हेर्नुहुन्छ होला। २९ मिलियनभन्दा बढी सब्सक्राइबर्स भएका उनले हिजो नेपालको बारेमा एउटा भिडियो राखे- जसमा सुरु मै भनिएको छ कि पूर्व प्रधानमन्त्रीको घरमा आगो लगाउँदा उनकी पत्नीको निधन भयो। प्रमाणका रुपमा उनले भारतीय मिडिया मिन्टको अनलाइनमा प्रकाशित समाचार राखेका थिए। ध्रुव राठीमात्रै होइन, अन्य थुप्रै भारतीय मिडियाले पनि यो… Continue reading
Category: मिडिया
एआईको सामग्री जस्तातस्तै छाप्दा मिडियालाई लाज छोप्न गाह्रो
अचेल पत्रकारहरुले पनि एआईको प्रयोग बढाउन थालेका छन्। कतैकतै त सम्पादकीय समेत एआईलाई लेख्न लगाइएको भन्ने सुन्नमा आएको छ। तर होस नपुर्याई एआई प्रयोग गर्दा कस्तो लाजमर्दो अवस्था समेत आउन सक्छ भन्ने चाहिँ भर्खरै अमेरिकाको शिकागो सन टाइम्स पत्रिकाको घटनाले देखाउँछ।
मिडियाको आइपिओ : सूचीबाट हट्यो कान्तिपुर टिभी, न्युज २४ टिभीको कम्पनी भने कायमै
घाटामा रहे पनि आइपिओ निकालेर बेच्न सफल भएको नेपाल रिपब्लिक मिडिया कम्पनीले निकट भविष्यमा लाभांश वितरण गर्ने कुनै सम्भावना नभए पनि दोस्रो बजारमा चार गुणाभन्दा बढी मूल्यमा किनबेच भइरहेकै छ। यसैको ‘सफलता’बाट प्रभावित भएर थप मिडिया कम्पनीले पनि आइपिओ निकाल्ने तयारी गरिरहेको छ। त्यसमध्ये एउटा कम्पनी हो- कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड। प्राइभेट कम्पनीका रुपमा रहेको… Continue reading
कुलमानलाई खुइल्याउने नियत राख्दा मिडिया आफै यसरी चिप्लिए
नेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला। – यस्ता लाइनका समाचारहरु तपाईँले प्रशस्तै देख्नुभएको होला केही दिनअघिदेखि। नयाँ एमडीले सार्वजनिक गरेको श्वेतपत्रका आधारमा यी समाचारहरु देखेपछि मैले केही सीए साबहरुसँग खास कुरो के हो भन्ने जिज्ञासा राखेँ। उनीहरुले प्राविधिक कुरा बुझाइदिएपछि पो छर्लङ्ग भएँ- मिडियाले हिसाब नबुझेका… Continue reading
अनलाइन पत्रकारहरुको ‘अंकड स्पिड’ काण्ड
देशलाई ‘अंकड स्पिड’ चाहिएकोमा सरकार ट्रयाक्टरको स्पिडमा भयो रे। केही बुझ्नुभो ? अहँ, बुझिएन। तर धेरै वटा अनलाइन मिडियाहरुले यसैगरी समाचार लेखे हिजो गगन थापाको भाषणमा। गगन थापाले जे बोले पनि समाचार बन्छ। तर के बोलेको भन्ने पत्रकारहरुले थाहा नपाई पनि समाचार बन्दो रहेछ भन्ने चाहिँ हिजो प्रमाणित भयो। आउनुस्, नपढे आधा हैन एक चौथाइ… Continue reading
२० जनालाई गोली लागेको समाचार न ‘गोरखापत्र’मा आयो, न ‘कान्तिपुर’मा
घटना भएको छैटौँ दिनमा आएर बल्ल राजावादी प्रदर्शनका क्रममा निकै ठूलो बल प्रयोग भएको कुरा खुल्यो- ५८ राउन्ड गोली चलेको, २० जनालाई गोली लागेको, ७४६ सेल अश्रुग्यास, १९२ पटक ब्ल्याङ्क फायर। पत्रकार भन्या अन्तर्यामी हो र, पुलिसले नभनी कसरी थाहा पाउने भन्ने तर्क पनि केहीको देखियो। त्यही अन्तर्यामी नभएरै होला, प्रहरीले पत्रकार सम्मेलन गर्दैछ भनेर… Continue reading
आन्दोलनमा तीन जना मरेको गलत समाचार भारतीय मिडियामा कसले लेख्यो ?
चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा दुई जनाको ज्यान गयो। एक, कीर्तिपुरका सुमो चालक सविन महर्जन। दुई, एभिन्युज टिभीका क्यामेरा पर्सन पत्रकार सुरेश रजक। हालै न्युज २४ ले सार्वजनिक गरेको एउटा भिडियोमा मान्छेहरु पछाडि फर्कँदै गर्दा गोली चलेको आवाज आएको र एक जना व्यक्ति सडकमा ढलेको देखिन्छ जसलाई सविन भनिएको छ। त्यो ठाउँमा… Continue reading
कान्तिपुरमा एक लाख रुपैयाँको विज्ञापनको हालत !
‘कान्तिपुर’मा एक लाख रुपैयाँमा कत्रो विज्ञापन छापिन्छ ? अनि कान्तिपुरमा विज्ञापन छापिएपछि त सबैले पढ्छन्, व्यापकै हुन्छ होला नि हगि ! यो दुई जिज्ञासाको एउटा राम्रो जवाफ कान्तिपुर आफैले विज्ञापनै छापेर दिएको छ। पत्याउनु भएन ? पख्नुस्, म प्रमाणसहित देखाउँछु।
टेलिभिजन होस्टले आइन्सटाइनको भनाई उल्टोपाल्टो गरेर सुनाएछन् यसरी
चर्चित टक शो होस्ट टीकाराम यात्रीको हिमालय टेलिभिजनमा पनि प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’ मा प्राध्यापक सूर्य सुवेदीसितको अन्तर्वार्ता केही अघि प्रसारण भएको थियो। उक्त अन्तर्वार्ता युट्युबमा पनि हेर्न पाइन्छ। अन्तर्वार्ताको सुरु मै यात्रीले भन्छन्, ‘त्यो चाहिँ कस्तो हुन्छ भने अल्बर्ट आइन्सटाइनले भन्या छन् नि- reality is more powerful than imagination भन्छन् नि यथार्थ चाहिँ… Continue reading
सामान्य हिसाब नजान्ने हाम्रा पत्रकारहरु
हाम्रा खेल पत्रकारहरुले सामान्य हिसाब पनि जान्दा रैनछन् भन्ने प्रमाण आजको समाचारले प्रमाणित गरिदिएको छ। हैट, होइन होला। कहाँ पत्रकारहरुले हिसाब बिगार्छन् भन्ने तपाईँहरुलाई लागेको भए आउनुस् म प्रमाणसहित तपाईँलाई देखाइदिन्छु। उदाहरणका लागि सबैभन्दा पहिला हेरौँ इकान्तिपुरमा छापिएको यो समाचारलाई।
जीबी राई ‘पक्राउ’ : गलत समाचार लेखेर गलत बहानामा बचाउ
बिहीबार बिहानै एउटा समाचारले बजार पिट्यो : सहकारी ठगीको मुद्दामा फरार जीबी राई पक्राउ परे। डढेलो जस्तै यो समाचार आक्रामक रुपमा फैलियो। खासमा यो गलत रहेछ। पुलिसलाई नै पक्राउ परेको थाहा रहेनछ, पत्रकारहरुमात्रै चम्किएका रहेछन्। अझ रोचक त यो मिथ्या सूचना राखेर त्यसलाई बनाएको बहानामा देखियो। आउनुस्, एक पटक हेरौँ र रेकर्डमा राखौँ यो ‘काण्ड’लाई।
नेपाली महिला नासामा अध्ययन गर्न गएको? हावा समाचार, नपत्याउनुस् !
हिजो अस्ति भर्खरको कुरा हो, पक्कै पनि तपाईँले एउटा छाती चौडा हुने, गर्व लाग्ने समाचार अनलाइन मिडियाहरुमा पढ्नुभएको हुनुपर्छ। समाचारको शीर्षक थियो- ‘नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् फलानो’ नेपालीहरु नासा भन्ने बित्तिकै यस्सै भावुक भइदिन्छन्। विजय शाहीदेखि अरु धेरै नासा पुगिसके। कुरा बुझ्दै ल्याउँदा थाहा भो, यस पटक पनि भावुक मिडियाले… Continue reading
खासमा कस्तो अवार्ड दिन लागिएको हो भरतपुरका मेयर रेणु दाहाललाई?
रुटिन अफ नेपाल बन्दले आफ्नो फेसबुक पेजमा गएको फेब्रुअरी १० तारिखमा रेणु दाहालले युके (बेलायतमा) इन्टरन्यासनल मेयर अवार्ड पाउन लागेको भन्दै त्यसलाई ठूलो उपलब्धि भएको दावी गर्दै फोटोसहितको पोस्ट गर्यो। उक्त पोस्टमा त्यो कस्तो अवार्ड हो, कसले दिने हो भन्ने बारे केही उल्लेख थिएन। लगत्तै फेसबुकमा धेरैले पोस्ट गर्न थाले। उनीहरुको दावी थियो, यो बेलायत… Continue reading
‘नागरिक’ले सार्वजनिक गरेको हिसाबकिताब : न ऋण घट्यो, न कर्मचारीलाई दियो तलब
आइपिओ जारी गर्ने नेपालको पहिलो मिडिया ‘नागरिक’ को प्रकाशन कम्पनी नेपाल रिपब्लिक मिडियाले केही दिनअघि दोस्रो त्रैमासिक अवधिको रिपोर्ट सार्वजनिक गरेको छ। पब्लिक कम्पनी भएपछि हरेक तीन तीन महिनामा आर्थिक हिसाबकिताब सार्वजनिक गर्नुपर्छ। दोस्रो बजारमा भाउ साढे तीन गुणा बढी भए पनि यो कम्पनीले नाफा कमाउने कुनै सम्भावना देखिँदैन। के के देखिन्छ त हिसाबकिताबमा ?… Continue reading
‘नागरिक’ छाप्ने पब्लिक कम्पनीको रिपोर्टमा भेटियो यस्तो गलत जानकारी
नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया लिमिटेड अब अरु भन्दा फरक छ। किनभने यो आइपिओ जारी गर्ने नेपालको पहिलो मिडिया भइसकेको छ। आइपिओ जारी गरिसकेपछि अब उसले आफ्नो हरहिसाब पनि पारदर्शी रुपमा सबका सामु राख्नुपर्ने कानुनी बाध्यता हुन्छ। यसको विश्लेषणबाट हामीले नेपालको मिडिया व्यवसाय कस्तो रहेछ भनेर नाडी छाम्ने अवसर पनि पाउँछौँ। यसै क्रममा… Continue reading
एक किलो प्याजको ७ सय+ रुपैयाँ ! नपत्याउनु भएको? मिडियाको समाचारमा एआईको हिसाब
एक किलो प्याजको ७ सय रुपैयाँ ! मैले यसो भन्दा तपाईँ पत्याउनु हुन्छ ? पक्कै पनि यसले हावा कुरा गर्न थाल्यो भनेर गाली गर्नुहुन्छ होला। पख्नुस् तपाईँलाई एक किलोको प्याजको ७ सय रुपैयाँ पर्ने हिसाब मिडिया र सशस्त्र प्रहरीले कसरी निकाल्यो त्यो देखाउँछु।
फ्याक्ट चेक : नझुक्किनुस्, दिलभूषण पाठक अहिले न्युज २४ टिभीका प्रधान सम्पादक नियुक्त भएका होइनन्
टेलिभिजन पत्रकार दिलभूषण पाठक न्यूज २४ टेलिभिजनको प्रधानसम्पादकमा नियुक्त भएको सूचना देख्नुभयो? हो, हो मैले फेसबुकमा देखेँ भन्ने लाग्यो ? अझ चर्चित व्यक्तित्वहरुले नै हिजोदेखि धमाधम उनको फेसबुक पोस्टमा बधाई तथा शुभकामना दिइरहेको देख्नुभयो ? पख्नुस् त। धेरैले कमेन्ट गर्दैमा र नाम चलेका व्यक्तिहरुले बधाई दिँदैमा त्यो सूचना सही हुन्छ भन्ने छैन। नेपालफ्याक्टचेकले गरेको फ्याक्ट… Continue reading
माघ १९ सम्झना : समाचार बज्दाबज्दै सेना कन्ट्रोल रुममा पसेपछि…
किरण कौशल – २०६१ माघ १९ को शाही घोषणाद्वारा देशमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरु हुनासाथ सङ्कटकाल घोषित गर्दै समग्र सञ्चार क्षेत्रमाथि आक्रमण गरियो। यसबाट पाल्पाका एफएम रेडियोहरू पनि अछुतो रहेनन्। माघ १९ गते बिहान उक्त घोषणा रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत् देशभर प्रसारण भएपछि पाल्पामा एफएम रेडियोका कार्यालय वरिपरि सुरक्षा फौज तैनाथ गरिए। १२… Continue reading
भारतीय दूतावासले पत्याएका र नपत्याएका मिडिया (भाग २)
हेडलाइन हेर्ने बित्तिकै भाग १ चाहिँ खै भन्ने लाग्न सक्छ। त्यसको बारेमा जानकारी सबैभन्दा पुछारमा छ। अहिलेलाई भाग २ सुरु गरौँ। जनवरी २६ नेपाली मिडियाका लागि सानोतिनो दशैँ नै हो। दशैँमा शुभकामना विज्ञापन पाए जस्तै नेपाली मिडियाले भारतीय दूतावासबाट एउटा फूल पेज विज्ञापन पाउँछन्- त्यहाँको गणतन्त्र दिवसको उपलक्ष्यमा। बरु नेपाली गणतन्त्र दिवस आउँदा खासै चासो… Continue reading
निर्वाचन आयोगभन्दा छिटो हुन खोज्दा चिप्लिएका मिडिया
निर्वाचन आयोगले राष्ट्रिय सभाको हिजो भएको निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गर्नुअघि नै केही अनलाइन मिडियाले परिणाम सार्वजनिक गरेको थियो। ठीकै परिणाम सार्वजनिक गरे त ठीकै पनि हुन्थ्यो होला, तर परिणामै गलत हुने समाचार पो आयो। कुरो कांग्रेसका कृष्णप्रसाद सिटौलाको हो, जो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। तल्लो सदनको निर्वाचनमा हारिसकेका उम्मेदवार भएकोले धेरैको चासो… Continue reading



















