Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: भिडियो ब्लग

गरिबीमा मनाएको दशैँ : दुर्गालालको अनुभव

Posted on October 3, 2022 by Salokya

फूलको आँखामा फूलै संसार.. सय थरि बाजा एउटै ताल… जस्ता चर्चित गीतहरु लेख्ने कवि दुर्गालाल श्रेष्ठ काठमाडौँको एउटा विपन्न परिवारमा जन्मिए। उनको घरको छतमा जाने ठाउँ थिएन। उनको सुरुवाल फाटेको हुन्थ्यो। त्यसैले उनलाई सम्पन्न परिवारका साथीले आफ्नो घरको छानामा लग्न घिनाउँथे। त्यतिबेला उनको दशैँ कस्तो हुन्थ्यो? त्यो अनुभव यो भिडियोमा छ।

अनलाइन मिडिया : संख्या बढ्यो, गुणस्तर बढेन

Posted on December 22, 2019 by Salokya

प्रदेश ३ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको सञ्चार रजिस्ट्रारको कार्यालयले शुक्रबार अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयमा एउटा कार्यक्रम गरेको थियो। यो कार्यक्रममा नेपालको अनलाइन पत्रकारिताको वर्तमान अभ्यासबारे सामाग्री ‘कन्टेन्ट’मा फोकस रहेर कार्यपत्र प्रस्तुत गर्न मलाई भनिएको थियो। अनलाइन मिडियाको संख्या अहिले निकै बढेको छ। सूचना विभागमा दर्ता भएका अनलाइनको मात्रै… Continue reading

भिडियो : तिहारमा यस्तो झिलिमिलीले सजिएको छ काठमाडौँ

Posted on October 29, 2019October 29, 2019 by Salokya

अहिले नेपालमा तिहार मनाइँदैछ। उज्यालो चाड तिहार। लक्ष्मीपूजा एक दिन मात्र हैन, पूरै तिहारमा काठमाडौँमा झिलिमिली हुन्छ। झिलिमिली काठमाडौँ कस्तो देखिएको छ? यो भिडियोमा हेर्नुस्। सबैभन्दा रमाइलो गरी झिलिमिली मैतिदेवी मन्दिर वरपरको पूरै सडकमा देखिन्छ। त्यसैगरी कालिकास्थान, बागबजारमा पनि त्यस्तै रमाइलो गरी सडक पूरै झिलिमिली बत्तीले सजिएको छ। भित्री काठमाडौँका बस्तीहरु पनि उस्तै झिलिमिलीले सजिएको… Continue reading

भिडियो : विद्युत प्राधिकरणमा गजबको झिलिमिली, हेर्नेहरुका कारण रत्नपार्कमा जाम

Posted on October 27, 2019October 27, 2019 by Salokya

एक जमानामा तिहारमा बत्ती नबाल्नु भनी सूचना जारी गर्ने विद्युत प्राधिकरण यतिबेला ढुक्कसँग बत्ती बाल्न भनिरहेको छ। कुलमान घिसिङको नेतृत्व प्राधिकरणमा आएदेखि यो चमत्कार भएको हो। बिजुली प्रशस्त भएको सन्देश दिनका लागि पोहोरदेखि प्राधिकरणको कार्यालय बत्तीले सजाउन थालिएको थियो। यो वर्ष अझ परिष्कृत ढंगमा झिलिमिली पारिएको छ। त्यो झिलिमिली हेर्नलाई गाडी र मोटरसाइकल एकछिन टक्क… Continue reading

विपन्नतामा मनाएको दशैँ : दुर्गालालको अनुभव

Posted on October 7, 2019October 10, 2019 by Salokya

फूलको आँखामा फूलै संसार.. सय थरि बाजा एउटै ताल… जस्ता चर्चित गीतहरु लेख्ने कवि दुर्गालाल श्रेष्ठ काठमाडौँको एउटा विपन्न परिवारमा जन्मिए। उनको घरको छतमा जाने ठाउँ थिएन। उनको सुरुवाल फाटेको हुन्थ्यो। त्यसैले उनलाई सम्पन्न परिवारका साथीले आफ्नो घरको छानामा लग्न घिनाउँथे। त्यतिबेला उनको दशैँ कस्तो हुन्थ्यो? त्यो अनुभव यो भिडियोमा छ।

छोराछोरी विदेशमा भनेर के फूइँ लाउनु, अचेल नेपालमा नेपाल छ जस्तो लाग्दैन : दुर्गालाल

Posted on October 4, 2019 by Salokya

फूलको आँखामा फूलै संसार..जस्तो चर्चित गीत लेख्ने कवि हुन् दुर्गालाल श्रेष्ठ। उनले यो भिडियोमा अहिलेको नेपालबारे आफ्नो विचार राखेका छन्। उनी भन्छन्- पैसामात्रै सबै थोक होइन। अचेल त डलर सिरानीमा राखेर मरिरहेका हुन्छन् वृद्ध आमाबाबु। घरका कोही न कोही विदेश नगएको घरै छैन होला। छोराछोरी विदेशमा छन् भनेर फूर्ति लाउँछन्। अचेल त नेपालमा नेपाल छ… Continue reading

निर्मलाकी आमा युटर्न यसकारण भइन् : भिडियो रिपोर्ट

Posted on September 29, 2019 by Salokya

निर्मलाकी आमाले किन दिइन् दिलिप वि रु द्ध कि टा नी जाहेरी? एउटा भिडियो जसले उनको सोच बदलियो शीर्षकमा लेखिएको ब्लगमा केही बाइटहरु थपेर तयार पारिएको भिडियो रिपोर्ट हेर्नुस्। माइसंसारको नयाँ युट्युब च्यानल सब्सक्राइब गर्नुभएमा नयाँ भिडियो हेर्न सक्नुहुनेछ।

निर्मला प्रकरणमा नयाँ के हुँदैछ? के दोषी प क्रने वातावरण बन्दैछ? भिडियो

Posted on September 26, 2019September 26, 2019 by Salokya

महेन्द्रनगरको माहौल कस्तो छ अहिले? के निर्मला प्रकरणका दोषी प क्रा उ पर्ने वातावरण बन्दैछ? यो विषयमा ब्लग यहाँ छ लामो सामाग्री पढ्न गाह्रो लाग्नेका लागि यो भिडियो बनाएको छु। हेर्नुस् भिडियो

हनुमानढोकामा ख्याक नाच्दा… भिडियोमा हेर्नुस्

Posted on September 16, 2019 by Salokya

सानोमा हामी ख्याः देखि निकै डराउँथ्यौँ। भूत भनेको पराई लाग्थ्यो, ख्याः चाहिँ तर्साउने भए पनि ‘आफ्नै’। अँध्यारोमा ख्याक हुन्छ भनी डराउँथ्यौँ। ख्याक दुई थरिका हुन्छन् रे भनेर सुनाउँथे हामीलाई सानोमा- सेतो ख्याक र कालो ख्याक। सेतोले चाहिँ भाग्य खुलाउँछ, पैसा कमाउने बनाउँछ भनिन्थ्यो। इन्द्रजात्रामा देखाइने विभिन्न नाचहरुमध्ये एउटा हो ख्याः प्याखँ अर्थात् ख्याक नाच। जिउ… Continue reading

कसैलाई जान नदिएको धरहराभित्रको उपाकु मार्गमा यात्रा गर्दा के देखियो, हेर्नुस् भिडियोमा

Posted on September 12, 2019September 12, 2019 by Salokya

नौ तल्ले धरहरा चार वर्षअघि वैशाख १२ मा पूरै भत्कियो। अहिले त्यहाँ ४२ रोपनी जग्गामा २२ तल्ले नयाँ धरहरा बनाउन लागिएको छ। बन्न लागेको ठाउँमा काठमाडौँको परम्परागत उपाकु मार्ग पर्ने भन्दै विवाद भएको थियो। इन्द्रजात्राको सुरुको दिन मंगलबार काठमाडौँका विभिन्न ठाउँमा धूप र दीप जलाउँदै उपाकु यात्रा गर्ने गरिन्छ। यो वर्ष आफन्त गुमाएकाहरु यसमा लाग्छन्।… Continue reading

यस्तो भयो अहिले रानीपोखरी (भिडियो)

Posted on October 22, 2017October 22, 2017 by Salokya

काठमाडौँको मध्यभागमा रहेको एउटा सुन्दर पोखरी अहिले चौरमा परिणत भएको छ। भूकम्पका कारण रानीपोखरीको बीच भागमा अवस्थित मन्दिरमा क्षति पुगेको थियो। भूकम्पको करिब नौ महिनापछि राष्ट्रपतिले त्यहाँ पुननिर्माणको शिलान्यास गरिन्। तर २०७४ सालको तिहारमा पनि यो पोखरी र मन्दिर बन्न सकेन। हिजो भाइटीकाको दिन रानीपोखरी परिसर सर्वसाधारणका लागि खुला गरिएको थियो। कस्तो देखिन्छ त अहिले… Continue reading

६ लेनको बाटो : टीकाको दिन जाँदा खाली सडक, फर्कँदा आधा घण्टा जाममा

Posted on October 1, 2017October 1, 2017 by Salokya

विजया दशमीको दिन शनिबार काठमाडौँको नयाँ बानेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म दिउँसो जाँदा सडक खाली खाली जस्तै थियो। तर फर्कँदा भने कोटेश्वर चोक नजिक आधा घण्टा जाममा परियो। यो ६ लेनको फराकिलो सडक अहिले साँघुरो भइसक्यो। दशैँमा तुलनात्मक रुपमा कम सवारी साधन गुड्ने हुन्। टीकाकै दिनसमेत जाम भनेपछि सोच्नुस् न के हालत होला। जाम पनि खासै केही… Continue reading

यसरी भत्काइँदैछ भूकम्पपछि धराप भएका घरहरु

Posted on June 17, 2015 by Salokya

वैशाख १२ को गोरखा भूकम्प र त्यसपछि वैशाख २९ को परकम्पले धराप भएका घरहरुलाई सेना र प्रहरीले भत्काउँदैछ। कतिपय घरहरुलाई घरधनी आफैले पनि भत्काउँदैछन्। घर भत्किएकाको त भत्किगयो तर आफैले भत्काउनु पनि पर्नेहरुलाई त दोहोरो खर्च हुने भयो। घर भत्काउन पनि खर्च, भत्किसकेपछि बनाउन पनि फेरि खर्च। साना घरहरुलाई त यसरी भत्काइँदैछ तर ठूला घर… Continue reading

धरहराको भग्नावशेष नजिक प्रार्थना

Posted on May 9, 2015May 9, 2015 by Salokya

वैशाख १२ को विनाशकारी भूकम्पले काठमाडौँको एउटा धरोहर धरहरालाई पनि चुँडेर लग्यो। धरहरामा रहेका र भूइँमा रहेका कयौँको ज्यान गयो। अहिले धरहराको भग्नावशेष नजिक जान नपाउने गरी चारैतिरबाट घेरिएको छ। भूकम्पका कारण भत्किएका पर्खालहरुमा जस्ताले छेकिएको छ। थिचिएर काम नलाग्ने भएका बाइकहरु अझै त्यहीँ छन्। भग्नावशेष नजिकै आज यसरी इस्कोनले प्रार्थना गरिरहेको थियो

स्वामी प्रचण्डम् वैराग्यम् ओशो तपोवन पुग्दा

Posted on April 1, 2015 by mysansar

प्रचण्डले सन्यास लिएछन् र तपोवन पुगेछन्। उनको नाम भएछ स्वामी प्रचण्डम् वैराग्यम्। साँच्चिकैका प्रचण्ड हैनन्, मनोज गजुरेलको एउटा रुप। के के भनेर तपोवनमा हाँसोको फोहरा छुटाए, हेर्नुस् भिडियो।

गजब नेपाल ! आहा नेपाल !

Posted on March 25, 2015 by mysansar

नेपालको पर्यटनको भव्य प्रचार हुने एउटा भिडियो अहिले सोसल साइटहरुमा भाइरल भइरहेको छ। यो सरकारले हजारौँ खर्च गरेर बनाएको विज्ञापन होइन। यो त एउटा सामान्य मानिसले बनाएको भिडियो हो। तर यो गजब छ। यसका दृश्य गजब छन्। आकाशबाट खिचिएका काठमाडौँ र अन्नपूर्णका दृश्यहरुले तपाईँलाई नेपाल जाउँ जाउँ बनाउँछ। काठमाडौँको सहरी दृश्य र अन्नपूर्ण क्षेत्रका पहाडी… Continue reading

नारी प्रहार

Posted on January 31, 2015February 1, 2015 by Salokya

मर्दको दर्द नहीँ होता ? अब होगा भन्दै भारतको ‘रिपब्लिक डे’ लाई ‘रेप पब्लिक डे’ भन्दै उडाउँदै वसुन्धरा कौलको एउटा स्टायन्ड अप कमेडी अहिले निकै भाइरल भइरहेको छ। नेपालमा पनि महिलाले पुरुषलाई व्यङ्ग्य वाण प्रहार गरेको यो भिडियो बिस्तारै लोकप्रिय हुँदैछ। चार दिनमा यो भिडियो हेर्न छ लाख कटिसकेका छन्। पुरुष प्रवृत्तिलाई प्रहार गर्दै एक… Continue reading

प्रज्ञा भवनमा मनोजेन्द्र मोदी (भिडियो)

Posted on August 27, 2014August 27, 2014 by Salokya

यस पटकको गाइजात्रामा मनोज गजुरेलको नयाँ अवतार मनोजेन्द्र मोदीबारे ब्लग ‘मनोजेन्द्र मोदीको चर्तिकला’ तपाईँले पढिहाल्नुभयो होला। त्यसमा उनको चर्तिकलाका छोटा अडियो क्लिप्स राखिएको थियो। गजुरेलले आफ्नो युट्युब च्यानल ‘छोटोमिठो’मा आज यो प्रहसनको भिडियो रिलिज गरेका छन्। हेर्ने हैन त भिडियो ? भित्र आउनुस्।

युट्युबले जन्माएका नयाँ धमलाहरु

Posted on April 8, 2014April 8, 2014 by mysansar

क्रिकेट कप्तान पारस खड्कासितको अन्तर्वार्तापछि ऋषि धमला सोसल मिडियामा खुबै हिट भए। रातारात उनको बारेमा जोक लेख्ने फेसबुक पेजले हजारौँ लाइक कमायो। त्यति मात्र हैन, युट्युबमा उनकै अन्तर्वार्ताको नक्कल गर्दै आफ्ना भिडियोसमेत राख्ने क्रम सुरु भयो। युट्युबमा अहिलेसम्म कम्तिमा तीन वटा नक्कली धमलाका नक्कली पारस खड्कासितको व्यङ्ग्य अन्तर्वार्ताको भिडियो भेटिएको छ। आउनुस् हेरौँ केही भिडियो।

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme