Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: प्रविधि

‘टेलिग्राम’मा आपत्तिजनक नाबालिग यौन सामग्री : खबरदार, अन्तर्राष्ट्रिय दुराचारीको सूचीमा पर्नुहोला !

Posted on September 16, 2022 by क्रान्ति

मेसेजिङ एपहरू जीवनको अभिन्न अङ्ग जस्तै भइसके। चिनेजानेका मानिसहरूदेखि व्यापार गर्नसमेत यस्ता एपहरू अत्यन्तै सहयोगी छन्। हरेकजसो यस्ता एपमा सामूहिक रुपमा विभिन्न मानिसहरूसँग एकैसाथ कुरा गर्ने ‘ग्रुपच्याट’ फिचर पनि राखिएकै हुन्छ र सायद परिवार तथा साथीहरूसँग जोडिन हामीमध्ये धेरैजनाले यसको प्रयोग पनि गरेकै छौं होला। आजकल यस्तै मेसेजिङ एपहरूको सूचीमा ‘टेलिग्राम’ पनि प्रचलित हुँदै गइरहेको… Continue reading

आइएसपीहरुको संगठनले निकालेको हाँसउठ्दो विज्ञप्ति !

Posted on September 2, 2021September 2, 2021 by Salokya

विराटनगरको एउटा अनलाइन ‘आवरविराटनर’ लाई आइएसपी क्लासिक टेकले आफ्नो नेटवर्कमा नचल्ने गरी ‘ब्लक’ गरेको विरोधमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रले विज्ञप्ति निकालेर विरोध गरेको बारे माइसंसारमा यसअघि नै ब्लग आइसकेको छ। छुटाउनु भएको भए पढ्नुस्- क्लासिक टेकको गैरसंवैधानिक काम, आफूलाई मन नपरेको समाचार ब्लक गर्ने दुस्साहस। अब पालो इन्टरनेट सेवा… Continue reading

फेसबुकको के लिक भएको हो? यसले मलाई के असर पार्छ? जान्नै पर्ने ७ तथ्य

Posted on April 5, 2021 by Salokya

हिजोदेखि अन्तर्राष्ट्रिय मिडियामा फेसबुकको चर्चा छ। ५० करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताहरुको नाम र फोन नम्बरसहितको विवरण ह्याकरले अनलाइनमा राखिदिएको खबरले प्रविधि जगतमा हङ्गामा मच्चिएको छ। खासमा यो भएको के हो ? यसले तपाईँलाई के असर पर्छ ? जान्नै पर्ने सात तथ्य यहाँ समेटेको छु।

नेपाली बैँकबाट अनलाइन सपिङका लागि डलर कार्ड कसरी लिने?

Posted on March 25, 2021March 26, 2021 by Salokya

अहिलेको ग्लोबलाइज्ड जमानामा पनि सानातिना भुक्तानी अनलाइनमा भुक्तानी गर्न नपाउँदा हामी नेपाली साह्रै पीडित थियौँ। न डोमेन नेम किन्न र रिन्यु गर्न सकिने, न होस्टिङको शुल्क तिर्न सकिने, न विश्व बजारमा अनलाइनबाट केही सामान किन्न सकिने ! अनि चोर बाटोबाट ती सेवा किन्न पैसा बाहिर पठाउनुको विकल्प हुँदैन थियो। तर नेपाल राष्ट्र बैँकले भर्खरै आफ्नो… Continue reading

सावधान, आइफोन १२ को लोभमा फेसबुक अकाउन्ट गुम्ला है !

Posted on December 7, 2020December 7, 2020 by Salokya

फेसबुकमा आइफोन १२ को लोभ देखाएर प्रयोगकर्ताको युजर नेम र पासवर्ड चोर्ने पासो थाप्‍न थालिएको छ।  ‘नेपाल टेलिकम’ को नाम र लोगो राखेर फेक पेज बनाई फेसबुकमा विज्ञापन गरी गरी यस्तो ‘फिसिङ’ आक्रमण गरिएको हो। माथिको विज्ञापन हेर्दा सोझासाझालाई साँच्चिकै नेपाल टेलिकमले क्रिसमसको अवसरमा आइफोन बाँड्न लागेको जस्तो लाग्न सक्छ। आइफोनको लोभमा तपाईँले त्यसमा दिइएको… Continue reading

एआई र मेसिन लर्निङको रोमाञ्चक भविष्य : यो ब्लग नवीनतम भाषा मोडेल GPT-3 मार्फत् यसरी तयार भयो

Posted on August 26, 2020August 27, 2020 by mysansar

– दिवस भट्टराई – हामी बस्ने वातावरणमा कम्प्युटर र पोर्टेबल कम्प्युटर, स्मार्ट उपकरणहरू र इन्टरनेट अफ थिंग्स व्याप्त छन्। कम्प्युटर विज्ञानले  विज्ञान र इन्जिनियरिङ्ग अनुशासनलाई समेट्छ। यस अनुशासनले कम्प्युटर र कम्प्युटेसनल प्रक्रियाहरू कसरी सिर्जना गर्ने भनेर अध्ययन अनुसन्धान गर्दछ। यस अन्तर्गत सिद्धान्तको अध्ययन, एल्गोरिदम र एब्स्ट्र्याक्सनका साथै प्रयोगको अध्ययन, प्रोग्रामिङ र इन्जिनियरिङ्ग दुवै पर्दछन। प्रयोगको उदाहरणमा उपयोगी उद्देश्यका… Continue reading

तरकारी बजारमा पोर्न ‘बिक्री’?

Posted on August 20, 2020August 20, 2020 by Salokya

हाम्रो सरकारले देशका सप्पै नागरिक चरित्रवान होउन्, नराम्रा नहोउन्, इन्टरनेटमा फोहरी कुराहरु हेरेर समय नकटाउन्, राम्रा राम्रा कुराहरु मात्र हेरुन् भनेर फोहरी  वेबसाइटहरु नेपालमा खोल्नै नमिल्ने गरी ब्लक हान्देको धेरै भइसक्यो। तर सरकारी वेबसाइटमै त्यस्तो पोर्न लिङ्क भेटियो भने के होला? नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत रहेको कालिमाटी तरकारी बजारमा अश्लील  (पोर्न) वेबसाइटका… Continue reading

अनलाइन सपिङमा अविश्वास यसकारण

Posted on August 14, 2019 by mysansar

-पुष्पेन्द्र खड्का- विगत केही वर्षदेखि नेपालमा पनि अनलाइन सपिङ्ग गर्ने चलन बढेको छ। तर अहिलेसम्म पनि अनलाइन सपिङ्गले उपभोक्ताको खासै विस्वास जित्न सकेको देखिँदैन। किन त? कारण धेरै होलान्। ती मध्ये केही खोतल्ने प्रयास गर्दैछु| विगत केही दिनदेखि फेसबुकमा एउटा फोटोले धेरै चर्चा बटुलेको छ। माथिको यही फोटो हेरेर यो ब्लग लेख्न मन लाग्यो। अनलाइन… Continue reading

बूढो देखाउने फेस एपको फन्डा के हो? केही नोक्सान त गर्दैन यसले?

Posted on July 17, 2019 by Salokya

अहिले फेसबुक हेरिसाध्य छैन। जाे पनि बूढा वा बूढी देखिएका छन्। अकस्मात् समय फास्ट भएको हैन न तपाईँ टाइम मेसिन चढेर भविष्यमा पुग्नु भएकै हो। फेस एप नामको एउटा एप भाइरल भएपछि र सेलिब्रिटीहरुले त्यो चलाउन थालेपछि विदेश हुँदै हाम्रोमा पनि यो बूढो फोटो भाइरल हुन थालेको हो। खासमा दुई वर्षअघि नै एक पटक भाइरल… Continue reading

पोर्नको नाममा हचुवा रुपमा राम्रै वेबसाइट ब्लक भएको एउटा प्रमाण हेर्नुस्

Posted on October 13, 2018November 18, 2018 by Salokya

अपडेट : आज नोभेम्बर १८ का दिनमा हेर्दा वर्ल्डलिङ्कको नेटवर्कबाट यो वेबसाइट खुलेको छ। पोर्न साइटमा प्रतिबन्धको नाममा हचुवा रुपमा पोर्नको ‘प’को साइनो पनि नभएका साइटहरु पनि बन्द गरिएका रहेछन्। एउटा उदाहरण यहाँ हेर्न सकिन्छ। माथिको फोटो http://www.camscanner.com साइटको स्क्रिनसट हो। यो मोबाइलबाट डकुमेन्टहरु स्क्यान गर्न एकदम उपयोगी एप हो। स्क्यान गरेको डकुमेन्ट सिङ्क गरेर… Continue reading

भाइबरको नयाँ सुविधा, यसरी लुकाउन सकिन्छ च्याट

Posted on April 20, 2016April 20, 2016 by Salokya

नेपालमा डाउनलोड भएका टप टेन एन्ड्रोइड एपहरुमध्ये पाँचौँ नम्बरमा पर्ने भाइबरले मंगलबार नयाँ अपडेट रिलिज गरेको छ। अब भाइबरका सबै डेटाहरु इन्क्रिप्टेड हुनेछन्। भन्नुको मतलब तपाईँले पठाएका मेसेज, फोटो, भिडियो वा भ्वाइस तपाईँको मोबाइल वा अन्य डिभाइसबाट निस्कने बेलामा इन्क्रिप्टेड हुनेछन् र पाउने मान्छेको मोबाइल र अन्य डिभाइसले मात्र त्यसलाई डिकोड गर्न सक्नेछ। पठाउने र… Continue reading

मोबाइल इन्टरनेटमा टेलिकम र एनसेलको प्रतिस्पर्धा

Posted on August 17, 2015August 17, 2015 by Salokya

मोबाइल इन्टरनेटमा नेपाल टेलिकम र एनसेलको प्रतिस्पर्धा सुरु भएको छ। सेवा सुरु गरेको कयौँ वर्षपछि बल्ल टेलिकमले यो वर्ष डाटा प्याकेज बेच्नुपर्ने आवश्यकता देख्न थालेको छ। एनसेलले डाटा बेच्न थालेको धेरै भइसक्दा पनि पोस्टपेडमा टेलिकमले यो वर्षमात्रै डाटा प्याकेज सुरु गरेको हो। त्यही पनि नजिकको सेन्टरमा गएर फाराम भर्नुपर्ने झण्झटले धेरैले यो सेवा लिइसकेका छैनन्।… Continue reading

सावधान, तपाई पनि ‘ह्याक’ को सिकार बन्नुहोला है

Posted on January 8, 2015 by mysansar

यस लेखमा मैले ठुला र अत्याधुनिक ‘कन्ट्रोल सिस्टम’को ह्याक र त्यस का चुनौतीहरुको कुरा गरिरहेको छैन। यहाँ मैले सामान्य र व्यत्तिगत सुरक्षा सम्बन्धि प्रकास परेको छु। गत हप्ता मैले आफ्नो ‘हटमेल एकाउंट’ सधैंका लागी गुमाउनु पर्यो। बारम्बार को प्रयास बाट पनि मैले आफ्नो इमेलहरु सुरक्षित गर्न सकिन। त्यस इमेल एकाउंट संग सम्बन्धित फोन नम्बर मा… Continue reading

माइसंसार अब एपमा पनि

Posted on August 19, 2014 by Salokya

नौ वर्षदेखि तपाईँको सेवामा रहेको माइसंसार ब्लग आजदेखि एपमा पनि उपलब्ध छ। सन् २००५ मा ब्लगसमको फ्रि होस्टिङबाट सुरु भएको ‘मेरो स‍ंसार’ त्यसको एक वर्षपछि माइसंसार डट कममा उपलब्ध हुन थालेको हो। यो बीचमा प्रविधिमा धेरै परिवर्तन आइसकेको छ। त्यतिबेला नेपालमा डायल अप इन्टरनेटमात्र चल्थ्यो। युट्युब, फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल आएकै थिएन। प्रविधिको… Continue reading

‘फेसबुक’ले कसरी बाँड्ला ५ अर्बलाई इन्टरनेट?

Posted on August 21, 2013August 21, 2013 by Salokya

विश्वमा सात अर्ब जनसंख्या छ। तीमध्ये एक अर्बले मात्रै फेसबुक चलाउँछन्। साढे ४ अर्बसँग त इन्टरनेट पहुँच नै छैन। अमेरिका मै पनि १९ प्रतिशत जनसंख्यासित इन्टरनेट पहुँच छैन। यसैलाई ध्यानमा राख्दै फेसबुक संस्थापक मार्क जुकरबर्ग अहिले एउटा नयाँ अभियानको नेतृत्व गर्दैछन्- सबैलाई इन्टरनेटको पहुँच। स्वच्छ पानी, आधारभूत स्वास्थ्य जस्ता महत्त्वपूर्ण कुरा त सबैको पहुँचमा नभएको… Continue reading

बादले भण्डार (क्लाउड स्टोरेज)

Posted on August 20, 2012August 20, 2012 by mysansar

-कमल क्षेत्री- जबदेखि फोटो, डकुमेन्ट, भिडियो र अरु मीडियाहरु डिजिटल भए, यिनीहरुलाई स्टोर गर्न डिजिटल उपकरणहरु नै प्रयोग हुनथाल्यो। जस्तै कम्प्यूटरको हार्डडिस्क, मेमोरी कार्ड, सीडी, डीवीडी, पेन ड्राइभ, आदि। तर यी सबैको १०० % भरोसा भने नहुन सक्छ। तपाईँको मोबाइल पानीमा खस्यो भने ? मेमोरी कार्ड बिग्रिन्छ। कम्प्यूटर हिजो राम्रै बंद गरेको तर आज खोल्दा… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme