Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: प्रतिपक्ष

गुगल ब्वाईलाई गाडी किन्न सरकारी ढुकुटीबाट एक करोड दिने महादानी ओलीको जय! जय!! जय!!!

Posted on July 16, 2016July 16, 2016 by सूर्य खड्का

सम्माननीय प्रधानमन्त्री ज्यू, यी शव्दहरु सम्पूर्ण रुपले समर्पित छन्, तपाईको महादानको प्रशंसा र आरती उतार्नमा। कुनै पनि मानेमा गलत अर्थ नलगाइयोस्। अन्यथा पर्न गएमा संयोग मात्रै हुनेछन्। असार मसान्तको शुक्रवारमा तपाईको मन्त्रिपरिषदले गरेका महान् कामहरु मध्ये सबसे महादानको काम हो आदित्य बाबु अर्थात् तथाकथित गुगल ब्वाईलाई १ करोड रुपैयाँ दिने निर्णय। वाह, सलाम छ कार्यकारी… Continue reading

ओलीको सरकार ढाल्न त्यति सजिलो छैन जति माओवादीले सम्झेको छ, तर त्यति असम्भव छैन, जति एमालेको दम्भ छ

Posted on July 4, 2016 by सूर्य खड्का

दोस्रो संविधानसभाको मत परिणाम सार्वजनिक हुँदै गर्दा प्रचण्ड यो स्तरको सत्ता निर्णायक खेलाडी बन्लान् भन्ने अनुमानै थिएन। अझ माओवादीले निर्वाचन परिणाम नै अस्वीकार गर्न थालेपछि त उसलाई खिसीट्युरी गर्नेहरुको लर्को नै थियो। तर कुनै पनि दललाई स्पष्ट बहुमत नदिने जनादेशले माओवादीलाई दिएको तेस्रो स्थानको ८० सिट नै उसका लागि सत्ताखेलाडी बन्ने निर्णायक शक्ति बन्यो। फलतः… Continue reading

लोकमानलाई संसदको कठघरामा उभ्याउने तागत छ त ?

Posted on June 27, 2016 by सूर्य खड्का

समकालीन नेपाली समाजका एक निरन्तर विवादका शीर्ष पात्रको खोजी हुँदा त्यसको एक पर्याय पात्रका रुपमा आउने नाम हो लोकमान सिंह कार्की। बुढापाकाले त भन्थे काम्रोमा सातु नमुछ्नु, मुछेपछि खान नघिनाउनु। तर लोकमानलाई अख्तियार नायक बनाउनेहरु नै अहिले उनको खोइरो खन्न उत्रेपछि दलहरुको अहिले लोकमान सिंह कार्की त्यही उखानका पर्याय हुन्। किनभने लोकमानको जुन पदीय हैसियत… Continue reading

अर्थात् …………उधारो नयाँ शक्ति ?

Posted on June 12, 2016 by सूर्य खड्का

भूकम्पपछिको पुर्ननिर्माणको नेतृत्व लिन झोली थापेरै याचना गरेका थिए, डा. बाबुराम भट्टराईले। तर झिंगे मन मुटु भाका तत्कालिन सत्ताधारी कांग्रेस एमालेहरुले उनलाई त्यो अवसर, चुनौति र गौरवको भारी बोक्न दिएनन्। फलतः जीवनभरका कट्टर मार्स्े तथा माओवादी विचारका व्याख्याता बाबुराम घुमीफिरी राजनीतिक खेतिमै फर्किए। कहिल्यै दलीय राजनीति नगरेका पूर्व राजा ज्ञानेन्द्र वा उनका गैरराजनीतिक पुत्र पारस… Continue reading

विपी र मदनकै कडी हुने हो भने किन चाहियो नयाँ शक्ति ?

Posted on June 2, 2016 by सूर्य खड्का

उसो त देशमा प्रजातन्त्र स्थापनार्थ तत्कालीन राणाशाहीविरुद्ध ज्यानको आहुति दिने चार महान सपुतहरु मध्ये शहीद दशरथ चन्दको नाममा रहेको देशकै एकमात्रै ठूलो र सुविधा सम्पन्न मानिनु पर्ने दशरथ रंगशालामा सामान्यतः खेलकै कुरा जोडिनुपर्ने हो। तर, यो जेठान्तमा यो ऐतिहासिक रंगशालामा हुन लागेको राजनीतिक रुपान्तरणको एउटा कुम्भ मेला आफैमा रोचक, घोचक र दर्शनीय छ। जीवनभर कम्युनिष्ट… Continue reading

हाम्रा कम्युनिस्ट पार्टीहरु : नारा मात्रै सक्कली, कामकुरो सबै नक्कली

Posted on May 27, 2016 by सूर्य खड्का

वीपी कोइरालाका शब्दमा कुनै पनि मान्छे युवा अवस्थामा कम्युनिष्ट बनेन भने नि त्यसले गरी खान्न रे। अनि जीवनको वयस्क कालखण्डसमम पनि उ कम्युनिष्टबाट प्रजातन्त्रिक बनेन भने पनि उसले गरिखान्न रे। सुरुमा आफै कम्युनिष्ट रहेका विपीले भाइ गिरीजालाई पनि कम्युनिष्टबाट कांग्रेस हुन सम्झाई बुझाई गर्दा यो प्रसंग भनेका थिए रे खांटी कांग्रेसी पत्रकार बिन्दुकान्त घिमिरेका अनुसार।… Continue reading

राजाको नाममा राजसंस्थाको नाम जपेर संस्था नै बद्नाम गर्ने पाखण्ड रोक, नत्र प्रतिकारमा उत्रन बाध्य हुनेछन् जनता

Posted on April 29, 2016 by सूर्य खड्का

श्री पशुपति खड्का सभापति, शाही युवा शक्ति। तिमीसँग प्रत्यक्ष चिनजान नभाको भे नी तिम्रो नामको ३० बैशाखमा उपत्यका बन्दको एउटा सन्देश यत्रतत्र सर्वत्र सार्वजनिक गरिएको पाएसी यो पत्र लेख्दैछु। कालोबजारी महंगी, भ्रष्टाचार र असुरक्षाका बिरोधको मनछुने नारामुनि तिमीहरुले उपत्यका बन्द गर्न लागेछौं। मूल नारा त अब जनता जागौं, राजतन्त्र ल्याऔं र राष्ट्रियता बचाऔं भन्ने रहेछ।… Continue reading

पत्रकार महासंघ न्यूनतम पारिश्रमिकको मामिलामा किन चुप? सुहाउने कुरा हो यो?

Posted on April 19, 2016April 19, 2016 by सूर्य खड्का

उसो त यो कुनै पनि पत्रकारले सम्झाइरहनु पर्ने वा नेपाल पत्रकार महासंघले कानमा तेल हाले झैं गर्नुपर्ने मुद्धा अवश्यै हैन श्रमजीवी पत्रकारहरुको नयाँ तलबमान लागू गर्ने सवाल । तर भैरहेको छ त्यस्तै जस्तो नहुनु पर्ने थियो । यस बिषयमा संचारमन्त्री शेरधन राईले सुरुका दिनमा लागू गर्ने भनी दिने गरेका चर्को प्रतिवद्धता मलिन हुँदै जाँदा वा… Continue reading

श्रमजीवी पत्रकारको नयाँ तलबमान लागू गर्दा मिडिया संचालकहरु काशी जालान् र ?

Posted on April 1, 2016April 1, 2016 by सूर्य खड्का

नेपाल पत्रकार महासंघ स्थापनाको ६१ औ बार्षिकोत्सवको पर्सिपल्ट बिहीबार सूचना तथा संचार मन्त्री शेरधन राईले सिंहदरबारमा आमन्त्रण गरेका संचार उद्यमी, संचालकहरुले श्रमजीवी पत्रकारका लागि प्रस्तावित नयाँ तलबमान लागू गर्न नसकिने तर्क गरेको समाचार सार्वजनिक भएको छ। मन्त्रीका संचार सल्लाहकार मात्रिका पौडेलले सो सम्बन्धी सूचनामा भनेका छन सबैको जीत हुने गरी नयाँ तलबमान लागू गर्ने प्रयास… Continue reading

ह्यारी र हिमानी

Posted on March 25, 2016March 25, 2016 by सूर्य खड्का

नेपाली कुकुरको बेलायती भुकाई भन्दै ठुटेमुटे अंग्रेजी हाक्नेहरुप्रति कुरा काट्ने नेपाली प्रचलन अझैं मरेको छैन। प्रजातन्त्रको परिभाषा खोज्दा जो कोही नेपाली बेलायती डिक्सनरी नै पल्टाउँछन्। राजसंस्थाको मोडेल खोज्नु पर्दा सबैको दिलदिमागमा आउने देश उही बेलायत हो। पछिल्ला वर्षको आंकडांलाई अपवाद मान्ने हो भने नेपालीको वैदेशिक यात्राको गन्तव्य पनि बेलायत नै हो। नेपालका राणा प्रधानमन्त्री श्री… Continue reading

नाईँ कांग्रेसलाई खुमबहादुर नै चाहिन्छ

Posted on March 13, 2016March 13, 2016 by Salokya

नाईँ मलाई त्यही केटी चाहिन्छ भनेर मडारिँदै, रुँदै गीत गाउने एउटा रुन्चे मोफसलको ठिटोले धेरैलाई हँसाएको थियो २०५८ : २०५९ तिर। बाउले बिहे गर्देनन् पोहर पनि भत्काईदिन्छु बाख्राको खोर पनि भन्ने प्रकाश ओझा त आफैं खोरमा जाकिएर फर्के। अहिले १३ औं कांग्रेस महाधिवेशनका प्रतिनिधिहरुले खुमबहादुर खड्कालाई नै सबैभन्दा बढी मतसहित जिताएर एउटा सन्देश दिए- नाईँ… Continue reading

प्रतिगामी शशांक कि कांग्रेस ?

Posted on March 2, 2016 by सूर्य खड्का

नेपाली कांग्रेसले नेतृत्व नगरेको भए र तत्कालिन संयुक्त वाममोर्चाले साथ नदिएको भए २०४६ सालको संयुक्त जनआन्दोलनको सफलता संभव थिएन । र, त्यतिबेला पहिलो पटक चिकित्सकहरु पञ्चायत मूर्दाबाद भन्दै सडकमा नओर्लेको भए पनि आन्दोलन त्यति चाडै निर्णायक नबन्न सक्थ्यो शायद । र त्यसैसंग जोडिएको तथ्य के हो भने त्यहां शिक्षण अस्पतालमा डा. शशांक कोईराला नभएको भए… Continue reading

कांग्रेस अब कता? यस्ता छन् पाँच चुनौति

Posted on February 11, 2016 by सूर्य खड्का

नखाउँ भने दिनभरको शिकार, खाउँ भने खै कसको अनुहार भने जस्तै भएको छ कांग्रेसका लागि आसन्न १३ औं महाधिवेशन। आफ्ना सभापति तथा पूर्वप्रधानमन्त्रीको देहान्तपछि संसदको पहिलो ठूलो दल नेपाली कांग्रेस यतिबेला जुठो बारिरहेको छ। १३ औं दिनको पुण्य तिथिको काम नै सकिएको छैन। तैपनि बरखी बारिरहेको कांग्रेस स्व. सुशीलको अस्तु सेलाउन नपाउँदै पुनः महाधिवेशनको ज्वरोमा… Continue reading

बाबुरामको नयाँ शक्ति किन नयाँ शहरिया आतंक? १० कारण

Posted on February 3, 2016 by सूर्य खड्का

शहरमा दुई आतंक छ यतिबेला। शहरमा एउटा ओली सत्ताको आशाखेती आतंक छ, तराई मधेशमा मधेशी मोर्चाको आन्दोलन आतंक छ। नाकाबन्दी मधेश आन्दोलनको पराकाष्ठ पीडा हो र त्यस्को कीर्तिमानी योगदान कालोबजारी अनी महंगी हो। पृष्ठभुमिमा आतंक मच्चाउनेहरु तराई मधेशदेखि शहरसम्म छन। सीके राउतहरुको आतंक भुसको आगो जस्तो हुर्दैछ भने शहरमा अर्को आतंक डा. बाबुराम भट्टराईको जो… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme