Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: दैनिक डायरी

कात्तिक २२ : मधेसी संसदमा फर्किए, नाकाबन्दी खुल्ने संकेत, आन्तरिक हवाई उडानमा गम्भीर असर

Posted on November 8, 2015November 10, 2015 by Salokya

२०७२ कात्तिक २२, आइतबार आन्दोलनरत मधेसी दलहरुले संसदमा के गर्ने भन्ने नीतिगत अन्यौलताको बीच प्रधानमन्त्री निर्वाचनमा सहभागी भएर सभामुख उपसभामुख र राष्ट्रपति उपराष्ट्रपति निर्वाचन बहिस्कार गर्दै आजदेखि फेरि संसदमा फर्किएर संसद अवरोध गर्ने नीति लियो। आजको बैठकमा संसदमा धारणा राख्दै नाराबाजी गरेर संसद चल्न दिएन।

कात्तिक २१ का प्रमुख घटना : मधेसी दलहरु संसद फर्कने, औषधि अभावले मानवीय संकट निम्तिने खतरा

Posted on November 7, 2015November 10, 2015 by Salokya

२०७२ कात्तिक २१ गते, शनिबार आजको सबैभन्दा ठूलो समाचार रह्यो मधेसकेन्द्रित दलहरुले आफ्नो माग पूरा गराउन दबाब दिने उद्देश्यले संसद फर्कन गरेको निर्णय। संसद बहिस्कार गर्दै हिँडेको र संविधानसभाबाट त राजीनामा समेत दिइसकेको राजेन्द्र महतोको सदभावनासमेत संसद फर्केर रोष्ट्रम घेर्ने भएछन्। उपेन्द्र यादवले वक्तव्य निकाल्दै संसद बैठकको कुनै अर्थ नरहेको बताए।

३६ जनाको ज्यान जाने राम्चे दुर्घटना, माओवादीमा बाबुराम पक्ष नयाँ शक्ति खोज्दै : कात्तिक १७ का प्रमुख घटना

Posted on November 4, 2015November 4, 2015 by Salokya

२०७२ कात्तिक १७ गते, म‍ंगलबार आजको सबैभन्दा ठूलो खबर रह्यो- रसुवाको राम्चेमा भएको बस दुर्घटना। दिउँसो १ बजेतिर भएको यो दुर्घटनाका मृतकहरुको स‍ंख्या बढ्दाबढ्दै रातिसम्म ३६ पुग्यो। सुन्दै कहालिलाग्दो दुर्घटना थियो यो- काठमाडौँबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना ३ ख ५७०६ नंको बसमा खचाखच मान्छे थिए। नाकाबन्दीका कारण त्यसै पनि अहिले सहरकै बसमा त मान्छेहरु… Continue reading

कात्तिक १५ : विवादित उपराष्ट्रपतिको विदाइ, मधेसीसँगको वार्ता ‘सकारात्मक’

Posted on November 1, 2015November 2, 2015 by Salokya

२०७२ कात्तिक १५ गते, आइतबार देशका प्रथम विवादित उपराष्ट्रपति परमानन्द झाको आजदेखि विदाइ भयो। आफ्नो सात वर्षीय कार्यकालमा उनी निकै विवादित भए। हिन्दी भाषामा शपथ लिएको भन्दै उनको विरोध भयो। फेरि शपथ लिन सर्वोच्चले आदेश दिँदा उनले टेरेनन्। पछि उनको पद नै झण्डै छ महिना निलम्बनमा पर्‍यो। बल्लबल्ल सरकारले संविधान संशोधन गरेर मातृभाषामा पनि शपथ… Continue reading

फुटबल फिक्सिङ र राजनीतिक फिक्सिङ : असोज २८ का प्रमुख घटना

Posted on October 16, 2015October 16, 2015 by Salokya

२०७२ असोज २८, बिहीबार फुटबल खेलाडीहरु घुस खाएर म्याच फिक्सिङ गरेको घटना दिनभर चर्चामा रह्यो। हिजो पक्राउ परेका खेलाडीहरुलाई आज प्रहरीले सार्वजनिक गर्‍यो। उनीहरुले कति रकम लिएर कुन कुन खेलमा फिक्सिङ गरेको पनि सार्वजनिक भयो। एन्फाले खेलाडीहरुलाई निलम्बित गरेको समाचार आयो। त्योसँगै घरेलु लिगमा एउटै खेलमा १०० गोलसम्म गरी हुने गरेका फिक्सिङको स्मरण पनि भयो।… Continue reading

शपथसँगै सत्ताको लफडा, कमल थापाको छलाङ : पढ्नुस् असोज २५ गतेको प्रमुख घटना

Posted on October 12, 2015October 13, 2015 by Salokya

२०७२ असोज २५, सोमबार हिजो संसदबाट निर्वाचित केपी ओलीले आज शपथ ग्रहण गर्ने दिन। समय तोकिएको थियो दिउँसो १ बजे। तर बिहान आठै बजे भारतीय राजदूत पुष्पगुच्छा लिएर पुगे बालकोट। एमाले, एमाओवादी, फोरम लोकतान्त्रिक र राप्रपा नेपालबाट गरी कम्तिमा चार जना उपप्रधानमन्त्री हुने तयारी थियो। तर मन्त्रालयको लफडा सुरु भएपछि एमाओवादीले एक जना मात्रै मन्त्री… Continue reading

औपचारिक वार्ता सुरु, नाकाबन्दी कायमै, सत्ता समीकरण सुरु : पढ्नुस् असोज १९ का प्रमुख घटना

Posted on October 7, 2015October 7, 2015 by Salokya

२०७२ असोज १९, मंगलबार भारतले नाकाबन्दी कस्दै गर्दा मधेसी मोर्चा र सरकारबीच पहिलो पटक औपचारिक वार्ता मंगलबार सुरु भएको छ। पहिलो दिनको वार्ता कुनै टुङ्गोमा भने पुगेन। मोर्चाले सीमाङ्कनलाई बटमलाइन मान्ने भनेको छ। उनीहरु तराईमधेसमा दुई प्रदेश चाहन्छन्। हाल मधेसमा पाँच प्रदेश छन्। सीमांकनको स्पष्ट प्रस्ताव लिएर आउन सरकारी वार्ता टोलीलाई आग्रह गरेपछि सिंहदरबारमा भएको… Continue reading

खुल्यो, खुल्यो – खुलेन ! लुकामारी खेले जस्तो भो नाका

Posted on October 6, 2015 by Salokya

शनिबार नाका खुल्यो भनेर आएको समाचार सोमबारसम्म पुग्दा त नाका खोल्दै नखोल्ने जस्तोमा पो टुङ्गियो त। घटनाक्रमहरुलाई यसरी मिलाएर हेरौँ त- २०७२ असोज १६ गते, शनिबार यो दिन अकस्मात् अब नाका खुल्ने कुरा आयो। मुम्बईमा रहेको भनिएका डलर अर्बपति विनोद चौधरीले पनि मैले गरेर मिलाइदिएको हुँ भन्ने जस्तो गरी क्रेडिट लिन खोजे। समाचारमा भनियो- विदेश… Continue reading

तेल सकियो, भोलिदेखि निजीले नपाउने, विराटनगरका पत्रिका बन्द : असोज १३ का प्रमुख घटना

Posted on September 30, 2015October 2, 2015 by Salokya

२०७२ असोज १३, बुधबार भारतको नाकाबन्दी जारी रहेको छ। नेपालगञ्ज नाकाबाट कुहिन लागेका वा कुहिएका तरकारी बोकेका ट्रकमात्र पठाइयो। अन्तर्राष्ट्रिय उडानहरुले भारतमा तेल भर्न थाले। नाकाबन्दी सुरु भएको समयबारे कान्तिपुरमा देवेन्द्र भट्टराईको एउटा समाचार छापिएको छ। (सेप्टेम्बर २२) जारी अर्को एउटा विज्ञप्तिमा ‘विद्यमान असहजताले गर्दा हाम्रा मालवाहक कम्पनी तथा यातायातकर्मीले पनि नेपाल आवतजावतमा कठिनाइ भोग्नपुरेको… Continue reading

भारतीय टिभी बन्द, सञ्चार मन्त्रालयले सोध्यो स्पष्टीकरण, बाबुरामको मञ्च जलाइयो : पढ्नुस् असोज १३ का प्रमुख घटना

Posted on September 29, 2015October 1, 2015 by Salokya

२०७२ असोज १२, मंगलबार अघिल्लो दिन आपूर्ति मन्त्री सुनीलबहादुर थापा भारतीय विदेशमन्त्रीको निवासमै पुगेर सुषमा स्वराजलाई भेट्दा उनले भारतले नाकाबन्दी नगरेको तर सिमावर्ती क्षेत्रमा देखिएको धर्ना÷जुलुससहितको असुरक्षित अवस्थाका कारण ढुवानीमा संलग्न व्यवसायीले आफ्नो सुरक्षामा चिन्ता देखाएपछि स्वतस्फुर्त पारवहन रोकिन गएको बताइन्। भारतको नाकाबन्दीका कारण जनजीवन असहज बन्दै गइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरुले आजदेखि तेल नपाउने भए।… Continue reading

डिजेल, पेट्रोलमा कोटा प्रणाली लागू, हिन्दी फिल्म बन्द, टिभी पनि नचलाइने : असोज ११ का प्रमुख घटना

Posted on September 28, 2015September 29, 2015 by Salokya

२०७२ असोज ११, सोमबार भारतको नाकाबन्दीका कारण पेट्रोलिम पदार्थको अभाव भएपछि आइतबारदेखि जोर बिजोर प्रणाली लागू भयो। देशलाई संकट परेकोले सहयोगग मागेको भन्दै प्रहरीले गाडी रोक्न थाले। कतै त हजार रुपैयाँ जरिवाना पनि ठटाउन थालियो। सोमबारदेखि भने डिजेल र पेट्रोलमा कोटा प्रणाली लागू भयो। उपत्यकाका विभिन्न पेट्रोल पम्पहरुमा कति डिजेल वितरण गरिने भनेर सूची नै… Continue reading

भारतलेे पेट्रोल ठप्प पारेर गर्‍यो साँच्चिकै नाकाबन्दी, राजदूतसित सोधियो स्पष्टीकरण

Posted on September 26, 2015September 26, 2015 by Salokya

२०७२ असोज ८ गते, शुक्रबार होइन होइन भन्दै नाकाबन्दी गर्ने, हामीहरुको कारण होइन तिमीहरुकै कारण भन्ने फटाहा रणनीति लिँदै भारतले आजदेखि पेट्रोलियम पदार्थ ठप्पै पारेर साँच्चिकै नाकाबन्दी सुरु गरेको छ। काठमाडौँका कतिपय पेट्रोल पम्पमा पेट्रोल र डिजल छैन लेख्न थालिएको छ। भएको ठाउँमा लामो लाइन लाग्न थालेको छ। इन्डियन आयल निगमले यसरी निहुँ खोज्न थालेपछि… Continue reading

भारतले अस्ति चेतावनी दियो, आज साँच्चिकै नाका बन्द गरिदियो, सरकार गम्भीर, भारतीय राजदूतलाई स्पष्टीकरण सोधिने

Posted on September 25, 2015September 25, 2015 by Salokya

२०७२ असोज ७, बिहीबार संविधानमा आफूले भए जस्तो भएन भनेर रिसाएको भारत अब आफ्नो असली औकातमा आएको छ। सोमबार उसले वक्तव्य निकालेर नाकाबन्दी लगाउन सक्ने चेतावनी दिएको थियो। म‍ंगलबार चार घण्टा पेट्रोलियम पदार्थ रोकेर टेस्ट पनि गरेको थियो। तर हाम्रो सरकार आफ्नै अडानमा रहेपछि हिजो आन्दोलनरत मधेसी मोर्चाको बैठकले भारतकै लाइनमा गएर भन्सार नाकाहरु बन्द… Continue reading

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द, मधेसी मोर्चाको भन्सार नाका ठप्प पार्ने घोषणा : पढ्नुस् असोज ६ का प्रमुख घटना

Posted on September 24, 2015 by Salokya

२०७२ असोज ६, बुधबार प्रधानमन्त्रीको इच्छा पूरा भएन : विश्व मञ्चमा आफ्नो नेतृत्वमा संविधान बनेको खबर दिने र उपचार पनि गराएर फर्किने प्रधानमन्त्री सुशील कोइरालाको इच्छा अन्ततः पूरा हुन सकेन। उनी बुधबार कतार हुँदै अमेरिका जाने कार्यक्रम थियो। तर भारतले दिइरहेको टेन्सन र आन्दोलनरत मधेसी मोर्चासित वार्ता प्रयास सफल हुन नसकेपछि भ्रमण रद्द गर्नुपर्‍यो। भ्रमणलाई… Continue reading

चीनको स्वागत, भारतको चेतावनी, सरकारको सभा, मधेसमा तनाव : पढ्नुस् असोज ४ का प्रमुख घटना

Posted on September 21, 2015September 22, 2015 by Salokya

२०७२ असोज ४, सोमबार संविधान जारी भएको भोलिपल्ट सरकारको आयोजनामा टुँडिखेल सैनिक मञ्चमा प्रमुख तीन दलहरुले सभाको आयोजना गरे। विभिन्न ठाउँबाट र्‍याली निकाल्दै सैनिक मञ्च अगाडिपट्टी बनाइएको मञ्चमा शीर्ष नेताहरु बसेका थिए। नयाँ संविधानको स्वागत सभा भए पनि मान्छे त्यति धेरै थिएनन्। कार्यक्रममा प्रचण्डले हामी भारतको यसम्यान हुन चाहँदैनौँ भनेर कडा अभिव्यक्ति दिए। सोमबार के… Continue reading

तीजको दिन संविधान पारित, बेथरीमा मारिने सबै सर्वसाधारण भएको खुल्यो, घरैमा बसेकालाई गोली

Posted on September 16, 2015September 19, 2015 by Salokya

२०७२ भदौ ३० गते बुधबार तीजको दिन महिलाहरु रातो सारीमा नाचगान गर्दै पर्व मनाउँदै थिए। उता संविधानसभामा धाराहरु ध्वनिमतले पारित गर्ने क्रम जारी थियो। संविधानसभा अध्यक्ष सुवास नेम्वाड्डले हिजो बढाएको गति देख्दा आजै सकिन्छ कि भन्ने अनुमान थियो। तर निश्चित कसैलाई थिएन। धारा ३०२ वटा थियो। तर १७७ धाराबाट सुरु गर्नुपर्ने थियो। एकछिन विश्राम लिँदा… Continue reading

राष्ट्रपतिलाई निम्तो, संविधानसभाको दाम्लो र बाल दिवसमा बालकलाई गोली : मंगलबारका प्रमुख घटना

Posted on September 16, 2015 by Salokya

२०७२ भदौ २९ गते मंगलबार मंगलबारको दिन शितल निवासको गर्मीबाट सुरु भयो। हिजो समय नपाएका सभामुख र समय दिए पनि भेट्न नगएका प्रधानमन्त्री दुवैले शितल निवासमा राष्ट्रपतिलाई भेटे। राष्ट्रपतिलाई भेटेर फर्कँदा प्रधानमन्त्रीको मूड खराब थियो। के के कुरा भयो सबै बताउनु पर्छ र भनेर झर्किएछन् पत्रकारहरुसँग। सभामुख सुवास नेम्वाङले भने आफूले असोज ३ मा संविधान… Continue reading

असोज ३ मा संविधान जारी हुने मिति घोषणा, भारतको चासो औपचारिक रुपमा व्यक्त

Posted on September 15, 2015September 15, 2015 by Salokya

२०७२ भदौ २८ गते सोमबार आजको दिनको उपलब्धि संविधान जारी हुने मिति घोषणा। अर्थात् भविष्यको संविधान दिवसको दिन। अघिल्लो संविधानसभाका पटक पटकका जेठ १४ को मितिमा घोषणा हुन नसकेको संविधान दोस्रो संविधानसभाको स्वघोषित मिति माघ ८ मा पनि टरेको थियो। त्यसपछि कुनै मिति नतोकिए पनि संविधान बनाउने काम धमाधम अघि बढेको थियो। अन्ततः आज असोज… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme