Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: खेल संसार

प्लास्टिकको ब्याग काटेर अर्जेन्टिनाको जर्सी बनाउँदै मध्यरातमा जुलुस निकालेका थियौँ

Posted on July 11, 2014July 11, 2014 by mysansar

-ध्रुव थापा/क्यालिफोर्निया- सन् १९९० पछि मैले विश्वकप फुटबलको सम्पूर्ण खेल हेरेको यसैपालि हो। कस्तो संयोग, २४ वर्ष अघिजस्तै अहिले पनि त्यही जर्मनी र अर्जेन्टिना फाइनलमा पुगेको छ। यसले मेरो कलेजको दिनलाई एक पल्ट फेरि सम्झनाको तरेलीमा ताजा बनाइदिएको छ। त्यतिखेर पनि मध्यरातमा अर्जेन्टिनाले यस वर्षको जस्तै पेनाल्टी सुटमा आयोजक टिम इटालीलाई जितेर फाइनलमा प्रवेस गरेको… Continue reading

यस्तो थियो ब्राजिली पत्रिकामा पराजयको पीडा

Posted on July 10, 2014July 11, 2014 by mysansar

गृहमैदानमा विश्वकपको ट्रफी चुम्ने सपना बोकेको ब्राजिललाई जर्मनीले ७-१ को स्कोरका साथ गरेको बर्बर दमनलाई ब्राजिली पत्रिकाहरुले कसरी पहिलो पेजमा प्रस्तुत गरे? हेर्नुस् ५० वटा पत्रिकाका मुखपृष्ठ

विश्वकप फाइनल कसले खेल्ला ? फरकै नखाने चार संभावना हेर्नुस्

Posted on July 7, 2014July 7, 2014 by Salokya

३२ वटा देशले सुरु गरेको विश्वकपको यात्रा अब अन्तिम चारमा पुगेको छ। यो हिसाबले अब फाइनल कसले खेल्ला भनी फरकै नखाने संभावनाको अनुमान गर्न सकिने भएको छ। भोलि र पर्सि हुने सेमिफाइनलका खेलले फाइनलको यात्रा तय गर्नेछ। ब्राजिल, जर्मनी, अर्जेन्टिना र नेदरल्यान्ड्स सेमिफाइनलमा पुगेका छन्।

नेमारले विश्वकप खेल्न नसक्ने, यसरी घाइते बनाइए

Posted on July 5, 2014July 5, 2014 by Salokya

आफ्नै महादेशको प्रतिस्पर्धीलाई २-१ ले पराजित गरी सेमिफाइनल प्रवेश गर्ने क्रममा ब्राजिलले आज बिहानको खेलमा महँगो मूल्य चुकाउनु परेको छ। ब्राजिली फ्यानहरुले नचाहेको कुरा हुने भएको छ। अर्थात् ब्राजिलले विश्वकपका बाँकी खेल आफ्ना स्टार खेलाडी नेमार बिना खेल्नुपर्ने भएको छ। कोलम्बियाविरुद्धको खेलमा नेमार घाइते भएर बाँकी खेल गुमाउनु परेको हो। यो खबरले जितको उत्साहमा रमेका… Continue reading

हारपछिको मार : दक्षिण कोरियाली फ्यानको चकलेट आक्रमण

Posted on July 1, 2014 by Salokya

विश्वकप फुटबलमा सहभागी ३२ राष्ट्रबाट बाँकी रहेका १६ टिममध्ये ८ वटा बाँकी रहनका लागि अहिले खेलहरु भइरहेका छन्। आज क्वार्टरफाइनलका लागि अन्तिम दुई टिम छानिँदैछन्। हारेका टिमहरु धमाधम घर फर्कँदै छन्। खेलमा हारजित त हुन्छ नै। तर हारमा आत्तिने र जितमा मात्तिनेहरुको कमि छैन। हारपछिका केही मारहरु यहाँ समेट्दैछौँ।

नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ?

Posted on June 28, 2014June 29, 2014 by Salokya

दुई वर्षअघि नेपाल भ्रमणमा आउँदा फिफा अध्यक्ष सेप ब्लाटरले भनेका थिए– नेपालले राम्रो खेल्छ तर एउटा मेस्सीको कमि भो। चमकदमकका साथ सजाइएको राजधानीको दशरथ रंगशालामा भएको एएफसी कपको उद्‌घाटन खेल हेरेपछि उनको त्यस्तो प्रतिक्रिया आएको थियो। ब्लाटरले भलै नेपालमा मेस्सीको कमि देखे होलान्, तर नेपालको सबैभन्दा गरिब जिल्ला मुगुलाई भने मेस्सीको अभाव महसूस भएको छैन।… Continue reading

फाइनलमा को-को पुग्ला? ब्राजिल Vs अर्जेन्टिना कि जर्मनी Vs नेदरल्यान्डस् – हेर्नुस् ६ वटा स‍ंभावनाका समीकरण

Posted on June 27, 2014June 27, 2014 by Salokya

ब्राजिलमा हाल भइरहेको विश्वकपमा आजदेखि समूह चरणका सबै खेल सकिएर फाइनलसम्मको समीकरणको अनुमान लगाउन सजिलो भएको छ। समूह चरणका खेलमा भए पो एउटा खेल हारे पनि अर्कोमा राम्रो गरौँला भन्ने हु्न्थ्यो। अब भने एउटा खेल हार्ने बित्तिकै प्रतियोगिताबाटै आउट भइन्छ। त्यस्तै अब त ड्र पनि खेल्न पाइन्न, टाइब्रेकरले छुट्याइन्छ। ३२ राष्ट्रको सहभागिता दोस्रो चरणमा पुग्दा… Continue reading

विश्वकपमा ३२ टिमबाट आधा घर फर्किए

Posted on June 27, 2014June 27, 2014 by Salokya

विश्वकप फुटबलमा आज विदा हो। आज कुनै खेल छैनन्। ३२ टिम दोस्रो चरणमा पुग्दा १६ मा झरेका छन्। क्रोएसिया, क्यामेरुन, स्पेन, अस्ट्रेलिया, आइभोरी कोस्ट, जापान, इटाली, इंग्ल्यान्ड, इक्वेडर, होन्डुरस, बोस्निया, इरान, पोर्चुगल, घाना, रुस र कोरिया बाहिरिसकेका छन्। पहिलो चरणका खेलका केही सुन्दरी फ्यानका केही फोटो हेर्नुस्। १६ टिम बाहिरिएकाले केही फ्यान अबका खेलमा भेटिने… Continue reading

विश्वकपमा एउटै समयमा दुई खेल किन हुन्छ थाहा छ? नभए कारण जान्न यो पढ्नुस्

Posted on June 26, 2014June 27, 2014 by Salokya

जर्मनीले यसरी गरेको थियो घात खेल भावनामा ब्राजिलमा अहिले भइरहेको विश्वकप फुटबल प्रतियोगितामा समूह चरणका अन्तिम खेलहरु भइरहेका छन्। समूह चरणका अन्तिम खेलहरु एकै समयमा हुने गरेकोले दर्शकहरु कायल छन्। एउटा खेल केटिभी र एनटिभीमा आउँछ। अर्को खेल कहाँ हेर्ने ? केबल टिभी वा डिस होम जोडेकाहरुलाई त सजिलो छ- एउटा खेल सोनी सिक्समा अर्को… Continue reading

टोकुवा सुआरेजलाई नौ खेलको प्रतिबन्ध, चार महिना फुटबलसँग सम्बन्धित केही गर्न नपाइने

Posted on June 26, 2014June 26, 2014 by mysansar

इटालीसँगको खेलमा डिफेन्डर चिएल्लिनीलाई काँधमा टोक्ने उरुग्वेका स्ट्राइकर सुआरेजलाई फिफाले कारबाही गरेको छ। फिफाको अनुशासन कमिटीले उनलाई आउँदो नौ खेलका लागि निलम्बन गरेको छ। त्यसैगरी उनलाई चार महिनाका लागि फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधि (प्रशासनिक, खेल वा अन्य कुनै) गर्न पनि प्रतिबन्ध लगाइएको छ। त्यतिमात्र हैन, उरुग्वेको खेल भइरहेका बेला उनलाई कुनै पनि र‍ंगशालामा छिर्नसमेत… Continue reading

उरुग्वेले टोकेपछि अर्को हेभिवेट इटाली पनि आउट, कोलम्बिया- उरुग्वे र कोस्टा रिका- ग्रिसका विजयी ब्राजिल र नेदरल्यान्डसको तगारो बन्ने

Posted on June 25, 2014June 25, 2014 by Salokya

हिजोको ‘गर या मर’को खेलमा उरुग्वेले गरिखाएपछि इटाली मर्न बाध्य भएको छ। दोस्रो चरण नपुग्दै घर फर्कने हेभिवेटहरु – स्पेन, इंग्ल्यान्डको सूचीमा इटालीको पनि नाम थपिएको छ। हिजोको खेलपछि समूह ‘डि’मा कोस्टा रिका पहिलो र उरुग्वे दोस्रो भएको छ भने समूह ‘सि’मा कोलम्बिया पहिलो र ग्रिस दोस्रो भएको छ। एसियाली देश जापानले दुई हार र… Continue reading

ब्राजिलले चिली र नेदरल्यान्डसले मेक्सिकोसित खेल्ने

Posted on June 24, 2014June 24, 2014 by Salokya

हिजो राति र आज बिहान भएका खेलहरुमा नेदरल्यान्डसले चिलीलाई २-० ले अनि ब्राजिलले क्यामरुनलाई ४-१ तथा मेक्सिकोले क्रोएसियालाई ३-१ ले हराएपछि दोस्रो चरणको नकआउट (अर्थात् एउटा गेम हार्‍यो भने घर फर्कनु पर्ने, बराबरी नहुने; टाइब्रेकरबाट भए पनि नतिजा छुट्याइने) चरणका लागि दुई दक्षिण अमेरिकी छिमेकी ब्राजिल र चिली अनि एउटा युरोपियन र एउटा अमेरिकी महादेशको… Continue reading

बल्ल मुस्कुराउन पाए स्पेनका फ्यान

Posted on June 24, 2014June 24, 2014 by Salokya

उपाधि रक्षा गर्न ब्राजिल पुगेको स्पेनी टोलीले आफ्ना फ्यानलाई अघिल्ला दुई खेलमा pain मात्रै दिए, विपक्षीले ‘इस्’ भनेर जिस्क्याए। समूह चरणको अन्तिम खेलअघि नै घर फर्कने तय भइसकेको स्पेनले अन्तिम खेलमा भने अस्ट्रेलियाविरुद्ध शानदार प्रदर्शन गर्‍यो। आलोचित टिकिटाका शैलीलाई कायम राख्दै ३ गोल ठोक्यो। तर उसको विजय यही एउटा खेलमा सीमित भयो। नेदरल्यान्डस् समूह चरणका… Continue reading

३० सेकेन्ड बाँकी छँदा भएको बराबरी खेलमा फ्यानहरु

Posted on June 23, 2014June 24, 2014 by mysansar

अमेरिका र पोर्चुगलबीच नेपाली समय अनुसार सोमबार बिहान भएको खेल निकै रोमाञ्चक रह्यो। ९० मिनेटको खेलमा अमेरिका २-१ ले अगाडि रहेर पोर्चुगल घर फर्कने टिकट काट्ने निश्चित झैँ भइसकेको थियो। तर इन्जुरी टाइम सकिन ३० सेकेन्ड बाँकी छँदा क्रिस्टियानो रोनाल्डोको पासमा भारेलाले गोल गरेपछि खेल बराबरीमा टुङ्गियो। पोर्चुगलको झिनो आशा कायमै रहे पनि गोल अन्तर… Continue reading

मेस्सीको गोल बाहेक इरान Vs अर्जेन्टिनामा सम्झन लायकका २० गज्जबका क्षण

Posted on June 22, 2014June 22, 2014 by Salokya

हिजो अर्जेन्टिनाका फ्यानहरु ९० मिनेटसम्म निराशै भइसकेका थिए। जति गर्दा पनि गोल हुनै सकेको थिएन। रातो जर्सीका सबै खेलाडीहरुको डिफेन्स यति कडा थियो कि सबै पर्खाल बनेर गोलपोस्टमा उभिएको, इरानको झण्डा भएको बसै ल्याएर मैदानमा गोलपोस्ट छेकिने गरी राखेको, गोल कुर्दाकुर्दा दर्शक कंकाल बनिसकेको जस्तासम्म व्यङ्ग्य देखिएको थियो सोसल मिडियामा। अन्ततः इन्जुरी टाइममा आएर बल्ल… Continue reading

विश्वकपमा नेपालतिर यस्तो छ, तपाईँ बस्नुभएको देशमा कस्तो ? आफूले देखेको बताउनुस्

Posted on June 21, 2014 by mysansar

नेपालीहरुलाई विश्वकप फुटबल गज्जबसित लागेको छ। ब्राजिलको समर्थनमा मोटरसाइकल जुलुस निस्केको छ। अर्जेन्टिनाको जर्सी लगाएर बसका चालक, कन्डक्टरदेखि प्रशस्त बटुवा बाटोमा हिँडिरहेका देखिन्छन्। कोटीहोम र रुद्री नै लगाउलान् जस्तो छ ब्राजिल र अर्जेन्टिनाका समर्थकहरुले। पत्रकारहरु समेत जर्सी लगाएका फोटो सोसल मिडियामा टाँसिरहेका छन्। चोकचोकमा चन्दा उठाएर झन्डा हालेको समेत देखिएको छ। तपाईँहरुमध्ये विदेशमा रहनुभएका धेरै… Continue reading

फ्यानलाई Pain दिँदै ‘इस् Pain’ पहिलो चरणबाटै आउट

Posted on June 19, 2014June 19, 2014 by Salokya

सन् २००८ को युरो कप, २०१० को विश्वकप अनि २०१२ को युरो कप विजेता : फुटबल जगत्‌मा ६ वर्षदेखिको एक छत्र राज गर्दै आएको डिफेन्डिङ च्याम्पियन स्पेन पहिलो चरणबाटै लज्जास्पद रुपमा बाहिरिन बाध्य भएको छ। समूह चरणका दुई खेलमा पराजय भोगेपछि बाँकी एक खेल नखेल्दै स्पेन अर्को चरण नपुग्दै घर फर्कने निश्चित भएको हो। पहिलो… Continue reading

नेपालमा जुलुस निकाल्दैमा जित्‍ने भए ब्राजिलले आज जिल खाने थिएन

Posted on June 18, 2014 by Salokya

विश्वकपको ज्वरोले नेपालीलाई पनि नराम्रैसँग गाँजेको छ। नेपालमा खास गरी ब्राजिल र अर्जेन्टिनाका फ्यानहरु बढी छन्। ब्राजिली फ्यानहरुले मोटरसाइकल जुलुस निकालेर सामाजिक सञ्जालमा फोटोसमेत राखे। यसलाई व्यङ्ग्य गर्दै केहीले छेडसमेत हाने। चारैतिर निराशा थुप्रिरहेको बेला केही युवा विश्वकपमा झुमेर सबै कुरा बिर्सन चाहन्छन्। तर के यो व्यवहार समर्थनको सही तरिका हो ? नेपालमा जुलुस निकाल्दैमा… Continue reading

किन ब्राजिलीहरु विश्वकपको विरोध गर्दैछन् ?

Posted on June 18, 2014 by mysansar

अहिले सबैको आँखा विश्वकपमा छ। नेपालीहरु पनि रातरातभर नसुतेर विश्वकपमा रमाइरहेका छन्। आफूले समर्थन गरेको देशका जर्सी र झण्डा बोकेर र्‍याली निकालेको समेत देखिएको छ। विश्वकप भइरहेको देश ब्राजिलको चमकदमक पनि कम देखिएको छैन। पहेँलो जर्सीमा सजिएका च्वाँक केटीहरु! जताततै उज्यालो। विश्वकपको विरोध ब्राजिलमा भइरहेको छ भन्ने खबर पनि सानोतिनो समाचारका रुपमा पढ्नु भएको होला।… Continue reading

४ गोल खाएपछि CR7

Posted on June 17, 2014June 17, 2014 by Salokya

प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको पोर्चुगल र जर्मनीबीचको खेल लास्टमा CR7 (७ नम्बरको जर्सी लगाउने क्रिस्टियानो रोनाल्डो) नेतृत्वको टिमको लज्जास्पद हारमा टुङ्गियो। स्टारहरु चम्किरहेको यस पटकको विश्वकपमा स्विडेनविरुद्धको खेलमा शानदार ह्याट्रिक गरी विश्वकपमा छनौट गराउने वर्ल्ड फुटबलर अफ दि इयर रोनाल्डोको जादू हेर्न पाउने अपेक्षा धेरैको थियो। ह्याट्रिक त भयो तर CR7 ले हैन विपक्षी जर्मनीका… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme