Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: खेल संसार

साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपालले अन्तिम खेलमा ल्याउनु पर्ने नतिजाका दुई विकल्प

Posted on October 11, 2021 by Salokya

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग १-० ले पराजित नभएको भए इतिहासमै पहिलो पल्ट फाइनलमा पुगिसक्थ्यो। तर खेल सकिन ८ मिनेट बाँकी छँदा सुनील क्षेत्रीले गरेको एक गोलका कारण नेपालको फाइनल यात्रा रोकियो। नेपालले जितेको भए भारत प्रतियोगिताबाट बाहिरिन्थ्यो भने नेपाल एक खेल खेल्न बाँकी छँदै फाइनलमा पुग्न सफल हुन्थ्यो। पराजित भए पछि अब नेपाल फाइनलमा पुग्ने/नपुग्ने… Continue reading

जिउँदो खेलाडीलाई कान्तिपुर टिभीले मृत्यु भएको घोषणा गरिदिएपछि..

Posted on June 13, 2021June 13, 2021 by Salokya

फुटबल हेरिरहेका सबै दर्शक स्तब्ध हुने एउटा घटना भयो आज कोपनहेगनमा भइरहेको युरो कपको खेलका क्रममा। डेनमार्क र फिनल्यान्डबीच खेल भइरहेको थियो। मध्यान्तर हुन पाँच मिनेट जति बाँकी थियो। डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सन आफूकहाँ बल पास हुँदा एकाएक ढले। त्यसपछिका केही दृश्य साह्रै मार्मिक थिए। डेनमार्कका सबै खेलाडीहरुले चारैतिरबाट उनलाई घेरे। ताकि कुनै पनि… Continue reading

‘ओरालो लागेको’ कान्तिपुरलाई मेस्सीको फ्यानले नि लखेट्छ

Posted on September 5, 2020September 6, 2020 by Salokya

हामी सानो हुँदा टेलिभिजनमा बज्ने एउटा विज्ञापन खुब रमाइलो मानी मानी हेरिन्थ्यो। विज्ञापनमा गोपालराज मैनालीलाई जसले पनि लेखट्थ्यो। लखेट्दा लखेट्दै जिउभरी हिलो र धुलो लागेर घर पुग्दा आफ्नै बूढीले पनि बाँकी राख्दिनन्। भन्छिन्, गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई लखेट्ने..! अहिले यस्तै भएको छ कान्तिपुरलाई। कान्तिपुरलाई ‘क’ अक्षरको दशा लागेको छ कि के हो,… Continue reading

स्वर्ण पदकको संख्या सुनेरै दङ्ग परेका हामी, तर यी तीन तथ्य जुन हामीले याद गरेनौँ

Posted on December 11, 2019 by Salokya

फुटबल फाइनलमा नेपालका समर्थक। फोटो साभार : एन्फाको फेसबुक होला किन नहोला भन्ने अन्यौलका बीच १३ औँ साग इतिहास बनाउँदै हिजोदेखि सकियो। वर्षौँपछि दशरथ रंगशालामा खेल हेर्न पाउँदा हामी दर्शक दङ्ग पर्‍यौँ। त्यहाँमाथि फुटबलमा फाइनलै जितेपछि समापनको दिन उत्साहपूर्ण नै रह्यो। उद्घाटनमा लाइटिङ र समापनमा ड्रोनहरुले बनाएका आकृतिको चमकदमकले अरु सबै अव्यवस्थापनहरुलाई छोपिदियो। मिडिया पनि… Continue reading

सागमा सफलता पाइरहँदा शरच्चन्द्र शाहको सम्झना, जसले मन्त्रीलाई दौरासुरुवाल दिने परम्परा सुरु गरेका थिए

Posted on December 4, 2019December 4, 2019 by सूर्य खड्का

१३ औँ साग अन्तर्गत तेक्वान्दोको महिला पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेपछि जीवन साथी दीपक विष्टसँगको प्रेमिल अंकमालमा बगाएका खुसीका आँसु जारी प्रतियोगिताकै सर्वाधिक सफल र भावुक क्षण हो । दुई बच्चाकी आमा आयशाले स्वर्ण जितेपछिको खुसी साट्न पहिला श्रीमान् दीपकलाई अंगालिन् अनि बच्चालाई । आयशाले बंगलादेशमा सम्पन्न ११औँ सागमा पहिलो स्वर्ण जितेर देशलाई दिएको… Continue reading

सन्दीपलाई पोलार्डले छक्का हान्दा हात उठाउने नेपाली अम्पायर

Posted on November 18, 2019 by mysansar

-गोविन्दराज नेपाल- युएईमा भइरहेको अबुधावी टी १० लिगमा दुई नेपाली खेलाडीले खेलिरहेका छन्। दुवैको लागि आजको दिन सुखद रहेन। आजको खेलमा सन्दीप लामिछाने आवद्ध टिम कर्नाटका टस्कर्स पराजित भयो। सन्दीपले धेरै रनको चुटाइ खाए, विकेट पनि लिन सकेनन्। अर्का खेलाडी पारस खड्का भने अबुधाबीको पहिलो रोजाइमै परेनन्। नेपालका दुई पुस्ताका दुई चर्चित खेलाडी अहिले युएईमा… Continue reading

विश्वकप छनौट : भुटानमा नेपालको ‘होम म्याच’, हराउला त कुवेतलाई?

Posted on November 18, 2019 by Salokya

-गोविन्दराज नेपाल/थिम्पु,भुटान- नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको भनिने दशरथ रंगशाला पूर्ण रुपमा फुटबल खेलाउन लायक भएको भए अहिले म काठमाडौंमै बसेर यो ब्लग लेखिरहेको हुन्थे, सायद। तर २०७२ सालको विनाशकारी भूकम्पपछि चार वर्षसम्म पूनर्निर्माणमै सीमित भएको रंगशालाको काम अझै पनि सकिएको छैन। मंसिर तेस्रो साता त्यही दशरथ रंगशालमा १३औं दक्षिण एसियाली खेलकद (साग) उद्घाटन र… Continue reading

किन हार्‍यो नेपाल? सातौँ ओभरको त्यो ‘टर्निङ प्वाइन्ट’ : ज्ञानेन्द्रको विकेट जसपछि नेपाल सम्हालिनै सकेन

Posted on July 29, 2019 by Salokya

T20 विश्वकपमा खेल्नका लागि सबैभन्दा प्रमुख खुड्किलोका रुपमा रहेको सिंगापुरविरुद्धको आजको महत्त्वपूर्ण खेल किन हार्‍यो नेपालले भन्दा सजिलो उत्तर छँदैछ- रन बनाउन नसकेर। १९२ रनको लक्ष्य पूरा गर्न नसकेर। अझ अर्को सजिलो उत्तर छ- सिंगापुरको विकेट लिन नसकेर। तर ध्यान दिएर खेल हेर्ने हो भने नेपालले सातौँ ओभरसम्म खेलमा राम्रै पकड राखेको देखिन्छ। माथि क्रिकइन्फोले… Continue reading

नेपालको विश्वकप सपना समाप्त : यसरी चकनाचुर भयो २०२० को T20 विश्वकप खेल्ने योजना

Posted on July 28, 2019July 28, 2019 by Salokya

सन् २०१४ को जस्तै अर्को वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकपमा नेपाली खेलाडीहरुलाई हेर्ने हाम्रो आशामा आजैदेखि पूर्णविराम लागेको छ। विश्वकपसम्म पुग्ने बाटो अझै धेरै लामो थियो। तर खेल्न पाउने कि नपाउने भन्ने प्रश्नको जवाफ भने आजको सिङ्गापुरविरुद्धको खेलले दिन्थ्यो। यो खेल जित्यो भने नेपालको सम्भावना कायमै रहन्थ्यो, हार्‍यो भने अन्त्य। अन्ततः हार्‍यो। सपना चकनाचुर… Continue reading

अस्ट्रेलियामा अर्को वर्ष हुने T20 विश्वकप क्रिकेट नेपालले खेल्न पाउला? बाटो टाढा तर जवाफ आइतबार

Posted on July 27, 2019 by Salokya

यसपालिको ट्वान्टी २० विश्वकप क्रिकेट नेपालले खेल्न पाउला? विश्वकपसम्म पुग्ने बाटो अझै धेरै लामो छ। तर खेल्न पाउने कि नपाउने भन्ने प्रश्नको जवाफ भने भोलि आइतबार पाइनेछ। आइतबार खेल्न पाउने सम्भावना कायम रहने कि अन्त्य हुने भन्ने प्रश्नको जवाफ पाइनेछ। भोलि नेपालले सिंगापुर विरुद्ध एसिया क्वालिफायरको अन्तिम खेल सिंगापुरमा खेल्दैछ। यो खेल जित्यो भने नेपालको… Continue reading

किन हार्‍यो नेपाल? सातौँ ओभरको त्यो ‘टर्निङ प्वाइन्ट’ : ज्ञानेन्द्रको विकेट जसपछि नेपाल सम्हालिनै सकेन

Posted on June 28, 2019July 29, 2019 by Salokya

T20 विश्वकपमा खेल्नका लागि सबैभन्दा प्रमुख खुड्किलोका रुपमा रहेको सिंगापुरविरुद्धको आजको महत्त्वपूर्ण खेल किन हार्‍यो नेपालले भन्दा सजिलो उत्तर छँदैछ- रन बनाउन नसकेर। १९२ रनको लक्ष्य पूरा गर्न नसकेर। अझ अर्को सजिलो उत्तर छ- सिंगापुरको विकेट लिन नसकेर। तर ध्यान दिएर खेल हेर्ने हो भने नेपालले सातौँ ओभरसम्म खेलमा राम्रै पकड राखेको देखिन्छ। माथि क्रिकइन्फोले… Continue reading

अस्ट्रेलियामा अर्को वर्ष हुने T20 विश्वकप क्रिकेट नेपालले खेल्न पाउला? बाटो टाढा तर जवाफ भोलि

Posted on June 27, 2019July 27, 2019 by Salokya

यसपालिको ट्वान्टी २० विश्वकप क्रिकेट नेपालले खेल्न पाउला? विश्वकपसम्म पुग्ने बाटो अझै धेरै लामो छ। तर खेल्न पाउने कि नपाउने भन्ने प्रश्नको जवाफ भने भोलि आइतबार पाइनेछ। आइतबार खेल्न पाउने सम्भावना कायम रहने कि अन्त्य हुने भन्ने प्रश्नको जवाफ पाइनेछ। भोलि नेपालले सिंगापुर विरुद्ध एसिया क्वालिफायरको अन्तिम खेल सिंगापुरमा खेल्दैछ। यो खेल जित्यो भने नेपालको… Continue reading

क्रिकेट खेलाडीहरु नेताको घरमा ढुक्न जान चैँ किन पर्ने? हिजो राति फर्किए, बिहानै पुगे खुमलटार

Posted on February 5, 2019 by Salokya

क्रिकेट खेलाडीहरुले इतिहास बनाए। वन डे इन्टरनेसनल र टि २० इन्टरनेसनल सिरिज खेल्न युएई गएको टिम नेपाल दुवै सिरिज २-१ ले जित्न सफल भयो। दुवैमा अर्धशतक बनाउने कम उमेरको खेलाडीको रेकर्ड पनि नेपालीहरुले नै राखे। देशमा क्रिकेट संघ निलम्बित छ। नियमित खेलको वातावरण छैन। खेलाडीहरुलाई सुविधा छैन। त्यस्तो अवस्थामा खेलाडीहरुले देशको नाम राखेका छन्। देशवासीलाई… Continue reading

नेपाली क्रिकेटप्रेमीहरुले नभुल्ने यो ऐतिहासिक जितको दृश्य अनि त्यो रोमाञ्चक अन्तिम ओभर

Posted on August 4, 2018August 5, 2018 by Salokya

आजको दिन नेपाली खेलप्रेमीहरुका लागि ऐतिहासिक दिन हो। नेपालले पहिलो ओडिआई (वन डे इन्टरन्यासनल) क्रिकेट जित्यो। खेल यति रोमाञ्चक र सास नै रोकिने खालको थियो कि अन्तिम बलसम्म पनि कसैको पनि जित हुन सम्भव थियो। र माथिको त्यही दृश्य हो जसका कारण नेपालले जित हात पार्‍यो। पारस खड्काले बलिङ गरेको अन्तिम बलमा बल अर्को छेउतिर… Continue reading

पारससँगै एकपछि अर्को गर्दै गर्ल्यामगुर्लुम विकेट ढलेपछि नेपाल पहिलो ओडिआईमा पराजित

Posted on August 1, 2018 by Salokya

आज नेपाली खेलप्रेमीहरुका लागि एक ऐतिहासिक दिन थियो- नेपालले पहिलो पटक वन डे इन्टरन्यासनल (ओडिआई) क्रिकेट खेल्दै थियो। तर यो खेल केही खेलाडीहरुका लागि स्मरणीय भने रहन सकेन। डेब्यु गरिरहेका खेलाडीहरु शून्य रनमै आउट हुँदा कसलाई चित्त बुझ्दो हो र। तर नेपाली इनिङ्ग्सको स्कोरकार्ड हेर्दा चार जना खेलाडीको सँगै ० रन देखिन्छ। धन्न सन्दीप लामिछानेले… Continue reading

आज ऐतिहासिक दिन : नेपालले पहिलो ओडिआई क्रिकेट खेल्दै, कहाँ कसरी हेर्न सकिन्छ खेल?

Posted on August 1, 2018 by Salokya

आज नेपालको खेल क्षेत्रका लागि एउटा ऐतिहासिक दिन हो। आज नेपालले पहिलो पटक ओडिआई अर्थात् वन डे इन्टरन्यासनल क्रिकेट खेल्दैछ। यसअघि पनि नेपालले क्रिकेट खेल्थ्यो तर त्यसले ओडिआइको मान्यता पाएको थिएन। आज र पर्सि नेदरल्यान्डससित उसकै मैदानमा नेपालले ओडिआई खेल्दैछ। ५०-५० ओभरको यो खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ। यो… Continue reading

विश्वकप जितेपछि फ्रान्स र क्रोएसियाको पत्रिकामा यस्तो छापियो

Posted on July 17, 2018 by Salokya

पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियालाई ४-२ ले पराजित गर्दै फ्रान्स दोस्रो पटक विश्वकप विजेता बन्यो। विश्वविजेता बन्दा फ्रान्सका प्रमुख पत्रिकाहरुमा यस्तो देखियो। हेर्नुस् केही प्रमुख पत्रिकाका पहिलो पेज।

रसिया विश्वकप फाइनलको त्यस्तो दृश्य जुन तपाईँले टेलिभिजनमा लाइभ देख्‍न पाउनु भएन

Posted on July 16, 2018July 16, 2018 by Salokya

रसिया विश्वकपको फाइनलमा धेरै नेपालीहरुको सहानुभूति समर्थन क्रोएसियालाई थियो। फ्रान्स सशक्त टिम थियो नै। नभन्दै फ्रान्सले ४-२ को अन्तरले फाइनल जितेर विश्वकप घर लाने भयो। यो विश्वकपको फाइनलमा गजबै भयो। आत्मघाती गोल पनि क्रोएसियाले नै गर्‍यो। भिएआर रिभ्युबाट पेनाल्टीमा गोल पनि क्रोएसियाले नै खायो। गोलकिपरको सिल्ली मिस्टेकबाट गोल गर्ने मौका पनि क्रोएसियाले नै पायो। यो… Continue reading

फ्रान्स बन्यो दुई तारे, फाइनल खेल्नुअघि नै दुई तारा राखेर बनाइसकिएको थियो जर्सी

Posted on July 16, 2018 by Salokya

सन् १९९८ मा आफ्नै भूमिमा पहिलो पटक विश्वकप जितेको फ्रान्स अब दुई पटक विश्वकप जित्ने अर्जेन्टिनासित बराबरी गरेको छ। फ्रान्स यस पटक यति आत्मविश्वासी थियो कि क्रोएसियासित फाइनल खेल्नुअघि दुई तारा राखेर जर्सी बनाइसकेको थियो। फाइनल जित्ने बित्तिकै दुई तारा भएको जर्सी खेलाडीहरुले लगाए। माथिको फोटोमा हेर्नुस्, दुई तारा प्रष्टै देखिन्छ। केही खेलाडीले भने दुई… Continue reading

विश्वकप फाइनल आज : एक तारेले जित्ला कि बिना तारेले?

Posted on July 15, 2018 by Salokya

एक महिना लामो विश्वकप ज्वरोको आज अन्तिम दिन। फाइनल हुँदैछ फ्रान्स र क्रोएसियाबीच। अबको केही घण्टापछि दुई मध्ये एक टिमको जर्सीमा तारा हुनेछ। फ्रान्सले यसअघि एक पटक विश्वकप जितिसकेको भएर उसले जिते दुई वटा तारा हुनेछ भने क्रोएसियाले अहिलेसम्म विश्वकप नजितेको भएर आज जिते एउटा तारा हुनेछ। दुवै टिम गजबका खेल प्रदर्शन गरेर फाइनलमा पुगेका… Continue reading

Posts navigation

  • 1
  • 2
  • 3
  • 4
  • …
  • 6
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme