Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: कानुन

यसकारण सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा भए, यस्तो छ अब उनले पालना गर्नुपर्ने पाँच शर्त

Posted on January 12, 2023 by Salokya

नाबालिगलाई जबर्जस्ती करणीको मुद्दा खेपिरहेका सन्दीप लामिछानेले अब थुना बाहिर बसेर मुद्दा लड्न पाउने भएका छन्। यसअघि काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा बसेरै मुद्दा लड्नु पर्ने भनी दिएको आदेशलाई आज उच्च अदालत पाटनले सशर्त खारेज गरेको हो। ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले धरौटीमा छाड्ने कि नछाड्ने भन्ने विषयमा लामो व्याख्या गर्दै विभिन्न पाँच… Continue reading

अछाम : सहमतिमा ‘गरेर’ बलात्कार भन्ने किशोरीलाई अदालतले साढे ३ वर्ष जेल सजाय सुनाउनुको कारण यस्तो रहेछ

Posted on March 30, 2022April 4, 2022 by Salokya

आज अछामको एउटा अनौठो केस मिडियामा आएको छ। धेरैले यसलाई हालैको चर्चित पल शाह प्रकरणसित पनि जोडेर हेरेका छन्। इकान्तिपुरमा प्रकाशित समाचार अनुसार घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेर पछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई अछामको जिल्ला अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको हो। यसमा खास के भएको हो भनेर बुझ्नका लागि मैले जिल्ला… Continue reading

नौ जना युट्युबरविरुद्ध युट्युबरकै गाली बेइज्जती मुद्दा खारेज

Posted on January 28, 2022 by Salokya

नौ जना युट्युबरविरुद्ध ६ जनाले दायर गरेको गाली बेइज्जती मुद्दा काठमाडौँ जिल्ला अदालतले खारेज गरेको छ। प्रेम पुन, सागर बहादुर थापा, कमल बस्नेत, खगेन्द्र खरेल, जनककुमार थापा र दिपेश जिरेलले गएको भदौ १० गते नौ जना युट्युबरसहित थप दुई जना गरी कूल ११ जनाविरुद्ध मुद्दा दायर गरेका थिए।

केपी बा भन्दै राष्ट्रपतिसँग नाच्दै ‘सम्झिने-पानी छम्किने’ टिकटक बनाउँदा आइलागेको आपत

Posted on December 24, 2021December 24, 2021 by Salokya

तिम्लाई स्कूटर दिउँला- सपनामा तिम्लाई कारै दिउँला- सपनामा तिम्लाई पोइल लिएर जाउँला सम्झिने, पानी छम्कने ! रचना रिमालको यो चर्चित गीतमा कम्मर र हात हल्लाउँदै मान्छेहरु नाचिरहेको अनि ती नाच्नेहरुको टाउको फेरेर तत्कालीन प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको राखिएको यो टिकटक भिडियो शायद् तपाईँले पनि टिकटक, फेसबुक वा ट्विटर अथवा युट्युबतिर देख्नुभएको होला।… Continue reading

इन्स्टाग्रामको चिनजानले फोटो सेयर गर्दागर्दै अदालतसम्म पुगेको यो केस

Posted on October 17, 2021October 17, 2021 by Salokya

अचेलको युवा पुस्ता सामाजिक सञ्जालमा अभ्यस्त छ। दुई तीन दिनअघि मात्र चिनजान भएकाहरुसित पनि निजी कुराहरु सेयर गर्न उनीहरु पछि हट्दैनन्। तर यसले कहिलेकाहीँ दुर्घटना पनि निम्त्याउन सक्छ। यस्तै एउटा प्रतिनिधिमूलक केस भेट्टाएको छु। अपरिचितलाई धेरै विश्वास गर्दा के हुन्छ, सहमतिमै हुने मेसेज आदानप्रदानले पनि कस्तो आपत आइपर्न सक्छ, प्रहरीको अनुसन्धान कति फितलो हुन्छ, आदि… Continue reading

केटीको फेक अकाउन्टबाट फोटो मागेर पोर्नहबमा अपलोडको अनौठो केस, यस्तो भयो सजाय

Posted on August 8, 2021August 9, 2021 by Salokya

२०७२ सालतिर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा एउटा इमेल आयो। त्यसको व्यहोरा अलि अनौठो खालको थियो। कमला (नाम परिवर्तन) लाई तीन वर्षअगाडि फेसबुकमा एउटा अन्जान व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। केटीको नाम रहेछ जेनी गुरुङ। केटी नै होला भनेर उनले एसेप्ट गरिन्। बिस्तारै उनले अपलोड गरेका फोटो र स्टायटसहरु त्यसबाट लाइक र कमेन्ट… Continue reading

युट्युबे हेडलाइन र भिडियो : अपलोड गर्ने अदालतसम्म तानिएको यो केस

Posted on August 1, 2021August 1, 2021 by Salokya

युट्युबको बारेमा त के कुरा गर्नपर्ला र। तपाईँहरु सबै जानकार नै हुनुहुन्छ। राम्रा कुरालाई नराम्राले उछिन्ने प्रवृत्ति अनुसार अचेल सनसनीपूर्ण, भ्रम फैलाउने र तथ्यभन्दा बाहिर गई गरिने एकोहोरो प्रस्तुतिलाई ‘युट्युबकारिता’का रुपमा बुझ्‍ने गरिएको छ जसलाई अलि हेप्ने भाषामा ‘युट्युबे’भनिन्छ। यसका हेडलाइनहरु गज्जब गज्जबका हुन्छन्, साँचो होस् या गलत मतलब छैन, क्लिक गर्ने हुनुपर्छ। कतिपय सोध्ने… Continue reading

‘विद्या जिस्काउँछस्’ ओलीको नक्कली आवाजको ट्रोल भिडियो : बनाउने पत्ता लागेन, नाबालकलाई मुद्दा

Posted on July 25, 2021July 25, 2021 by Salokya

फेसबुक वा टिकटक चलाउनु हुन्छ भने तपाईँले एउटा भिडियो पक्कै हेर्नुभएको होला। संसदको त्यो भिडियोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन प्रतिपक्षी नेता शेरबहादुर देउवासँग केही कुरा गर्दै गरेको र बिस्तारै हलबाट निस्कँदै गरेको देखिन्छ। त्यो भिडियोमा नक्कली आवाजहरु राखेर डबिङ गरिएको छ। ओलीको जस्तो आवाज बनाएर भनिन्छ- विद्या जिस्काउँदै हिँड्छस् रे, तेरो हड्डी भाँचौँ।… Continue reading

विवाद रवि लामिछाने र किशोर श्रेष्ठबीचको, मारमा परेर अदालत धाउने फेसबुकमा कमेन्ट गर्ने दुई जना

Posted on July 18, 2021July 20, 2021 by Salokya

तीन वर्षअघि रवि लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता थिए। किशोर श्रेष्ठ भने प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष थिए। अहिले दुवै त्यतिबेला भन्दा फरक भूमिकामा छन्। रवि ग्यालेक्सी फोर के टिभीमा लागेका छन् भने किशोर पनि प्रेस काउन्सिलमा छैनन्। शायद् यो घटना बिर्सी पनि सके कि उनीहरुले ! तर त्यो समयमा… Continue reading

भिरकोटे राजाका नाति अनिल शाहले जितेको करोड- करोडको क्षतिपूर्ति मुद्दा

Posted on April 14, 2021July 19, 2021 by Salokya

अनिल शाहलाई त तपाईँले चिन्नु हुन्छ नि हैन? हजुर, उनै सेलिब्रिटी ब्याङ्कर। अहिले नबिल बैँकका सिइओ।  उनले करोड करोडको रकम क्षतिपूर्ति पाउने अदालतको फैसला गएको सोमबार प्रमाणिकरण भयो। अब शीर्षकमा भिरकोटे राजाका नाति किन लेखेको भन्नुहोला फेरि। अदालतको कागजातमा नै राजाका नाति लेखेपछि ब्लगमा पनि लेख्नुपरेन त ? हेर्नुस् अदालतको कागजमा वादी र प्रतिवादीको नाम।

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme