Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: इन्टरनेट/प्रविधि

क्लासिक टेकको गैरसंवैधानिक काम, आफूलाई मन नपरेको समाचार ब्लक गर्ने दुस्साहस

Posted on August 30, 2021August 30, 2021 by Salokya

विराटनगरमा एउटा अनौठो घटना भएको छ। इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले आफूलाई मन नपरेको एउटा समाचार पोर्टललाई नै आफ्नो नेटवर्कमा ब्लक गरिदिएको छ। इन्टरनेट सेवा प्रदायक (आइएसपी) को काम ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्ने मात्र हो। ग्राहकले जस्तोसुकै सामग्री इन्टरनेटमा हेरुन्, त्योसित उसलाई मतलब हुँदैन। नियामक निकाय अर्थात् दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको अवस्थामा भने कुनै… Continue reading

केटीको फेक अकाउन्टबाट फोटो मागेर पोर्नहबमा अपलोडको अनौठो केस, यस्तो भयो सजाय

Posted on August 8, 2021August 9, 2021 by Salokya

२०७२ सालतिर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा एउटा इमेल आयो। त्यसको व्यहोरा अलि अनौठो खालको थियो। कमला (नाम परिवर्तन) लाई तीन वर्षअगाडि फेसबुकमा एउटा अन्जान व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। केटीको नाम रहेछ जेनी गुरुङ। केटी नै होला भनेर उनले एसेप्ट गरिन्। बिस्तारै उनले अपलोड गरेका फोटो र स्टायटसहरु त्यसबाट लाइक र कमेन्ट… Continue reading

भाइबर र स्काइपबाट मोबाइल वा ल्यान्डलाइनमा फोन गरे कारबाही रे, प्रविधिलाई कतिञ्जेल रोक्ने?

Posted on August 3, 2021 by Salokya

नेपाल दूरसञ्चार प्राधिकरणको एउटा सूचना आज कान्तिपुरमा पढ्न पाइयो। ‘एपबाट मोबाइल/फिक्स्ड टेलिफोनमा हुने  फोनकल सम्बन्धमा जारी गरिएको सूचना’ शीर्षक रहेछ। योमार्फत् खासमा प्राधिकरणले प्रयोगकर्ताहरुलाई चेतावनी दिन खोज्या हो।  भाइबर, स्काइप जस्ता एपहरुबाट नेपालको मोबाइल वा ल्यान्डलाइनमा कुराकानी भइराछ भन्ने बुझियो, खबरदार है यस्तो काम गर्न पाइन्न, कारबाही गर्छौँ भनिएको छ यसमा।

एप्पलले यसपालि नयाँ के-के ल्यायो? यी हुन् चार नयाँ घोषणा

Posted on April 21, 2021April 21, 2021 by Salokya

मंगलबारको एप्पल इभेन्ट विश्वभरका प्रविधिमा चासो राख्नेहरुका लागि प्रतीक्षाको विषय थियो। यसमा एप्पलले आफ्ना नयाँ उत्पादनहरु घोषणा गर्ने गर्छ। यो पटक आइफोनमा त्यस्तो नयाँ केही घोषणा नभए पनि म्याक र आइप्याड भने नयाँ आउने देखाइयो। यस्तै एउटा बिल्कुलै फरक प्रडक्ट पनि देखाइयो- एयर ट्याग, जुन हराएका सामान भेट्टाउनका लागि प्रयोग गर्न सकिन्छ।

नेपाल टेलिकमले कमेडीको नाममा गरेको ‘फट्याइँ’

Posted on April 20, 2021 by Salokya

नेपाल टेलिकमको फेसबुक पेजमा हिजो एउटा यस्तो सामग्री पोस्ट गरियो। झण्डै पाँच लाख फलोअर्स भएको पेजमा लेखिएको विवरण सर्वसाधारण उपभोक्तालाई झुक्याउने किसिमको छ। स्पष्ट शब्दमा आफ्नो सेवा र शुल्कबारे उल्लेखै नगरी झुक्याएर रकम धुत्‍ने पारा देखिनु उचित होइन।

किन बार-बार गाइन्छ नेपाली मिडियामा ‘सगुन’को गुनगान?

Posted on June 11, 2020June 11, 2020 by mysansar

अहिले फेरि विभिन्न ‘नाम चलेका’ नेपाली अनलाइनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ‘सगुनमा लगानी गरौं’ जनाउने किसिमका सामग्रीहरू देखा पर्न थालेका छन्। सगुनको यस्तो गुनगान गएको दुई दशकमा विभिन्न चरणमा नेपाली सञ्चार माध्यममा पटक‍-पटक भएको देखिँदै आइरहेको कुरा हो। तर बारम्बार अनेक चमत्कारिक दाबी गर्दै आएको यो कम्पनी के यस्तो स्तुति गाइरहने लायककै छ त? किन… Continue reading

मिस नेपालको आधिकारिक फेसबुक पेज पाकिस्तानीहरुको कब्जामा

Posted on September 11, 2019September 11, 2019 by Salokya

मिस नेपाल सौन्दर्य प्रतियोगिताका आधिकारिक फोटो, भिडियो,  प्रतियोगिता लाइभ गर्ने र सूचनाहरु सार्वजनिक गरिरहने मिस नेपालको फेसबुक पेज लाइक गर्नुभएको छ भने केही हप्तादेखि यसले सेयर गरिरहेका कन्टेन्ट देखेर अनौठो लागेको होला। फ्याटफ्याट जे देख्यो त्यही पेजहरु लाइक गर्नुहुन्छ भने त्यति नोटिस नहोला। तर थोरै छानिएका पेजहरु लाइक गरेको भए थाहा भइहाल्नुपर्ने हो। मिस नेपालको… Continue reading

सरकारी वेबसाइटमा ‘क्याप्टेन मार्भल’ र ‘गल्ली ब्वाई’ : लापरवाहीको हद

Posted on September 4, 2019September 4, 2019 by mysansar

-महेश दाहाल, तुसार खतिवडा- कानुनले नेपाली तथा विदेशी फिल्म तथा सफ्टवेयरको पाइरेसी, चोरी तथा गैरकानुनी बिक्री वितरणमा रोक लगाएको छ। कानुन पालना गराउने काम सरकारको हो। तर नेपाल सरकारकै आधिकारिक वेबसाइटबाटै गैरकानुनी सफ्टवेयर र टोरेन्टमार्फत् चोरिएका फिल्म वितरण भयो भने नि? सुन्दा अचम्म र असम्भव लाग्न सक्छ। तर हामीले यस्तै भेट्टायौँ। हलिउड फिल्म क्याप्टेन मार्भल,… Continue reading

दराजको ‘सेल डे’ हो कि ग्राहकलाई झेल गर्ने डे ?

Posted on November 11, 2018November 11, 2018 by Salokya

सामाजिक सञ्जालमा भव्य प्रचार गरिएको पहिलेको केमु र अहिलेको दराज अनलाइन मार्केटको ११.११ सेलले धेरैको ध्यान तानेको छ। दावी गरिएको छ, नेपालको पहिलो अनलाइन किनमेल उत्सवको रुपमा यसलाई मनाउने, विश्वकै सबैभन्दा ठूलो सेल डे को रुपमा मनाउने आदि। ८० प्रतिशतसम्म छुट दिने भनिएको छ। हुन पनि चाइनिज जायन्ट अलिबाबा ग्रुपले दक्षिण एसियामा आफ्नो पाइला बढाउँदै… Continue reading

फेसबुकका ५ करोड अकाउन्ट ह्याक : भएको के हो? पासवर्ड फेर्नुपर्छ? सजिलोमा बुझ्‍न ११ प्रश्न र उत्तर

Posted on September 29, 2018September 29, 2018 by Salokya

फेसबुकको एउटा घोषणाले विश्वभरका प्रयोकर्तामाझ आतंक मच्चिएको छ। नेपाली समय अनुसार शुक्रबार राति अबेर फेसबुकले आफ्नो साइटमा ह्याकरहरुको गम्भीर आक्रमण भएको स्वीकार गरेको थियो। कम्पनीले आफ्नो ब्लगपोस्टमा उल्लेख गरे अनुसार ५ करोड प्रयोगकर्ताको अकाउन्टमा पहुँच पुर्‍याउन सक्ने जानकारी ह्याकरहरुले प्राप्त गर्न सफल भएका थिए। के हो प्रकरण बुझ्न ११ प्रश्न उत्तर। १) भएको के हो?… Continue reading

बलात्कारी पत्ता लगाउन नसकेपछि पोर्न साइट बन्द गर्दै सरकार

Posted on September 21, 2018 by Salokya

दुई महिना पुग्न लाग्दा पनि निर्मला बलात्कार काण्डमा अपराधी पत्ता लगाउन नसकेको सरकारले अब पोर्न साइट बन्द गर्दै अपराध कम गर्ने उपाय खोज्दैछ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यौनजन्य अश्लील सामाग्रीको नेपालभित्र पहुँच रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताएको छ। किन त? मन्त्रालयको ठहर छ- ‘इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य… Continue reading

एक महिनापछि फेसबुक वा इमेलबाट जिस्क्याएमात्र पनि एक वर्ष कैद हुने

Posted on July 20, 2018 by Salokya

अहिले साउन महिना चलिरहेको छ। एक महिनापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास गरिनेछ। अस्ति भिक्षा माग्ने कानुनबारे र हिजो अश्लील सामाग्रीबारे चर्चा गरेका थियौँ, आज जिस्क्याए वा धम्क्याएको बारे। तपाईँलाई थाहा छ? एक… Continue reading

फेसबुकमा भूकम्प आतंक : नेपालीहरुले तीन वर्ष पुरानो ‘मार्क्ड सेफ’ चलाएपछि फेसबुकै हैरान

Posted on May 15, 2018 by Salokya

तपाईँले आज दिनभर याद गर्नुभो होला, तपाईँका साथीहरुले नेपालको भूकम्पमा सुरक्षित छु भन्दै ‘मार्क्ड सेफ’को नोटिफिकेसन तपाईँको फेसबुक नोटिफिकेसनमा धमाधम आएको। एकछिन त नेपालमा फेरि भूकम्प पो आएको हो कि जस्तो पनि लाग्यो होला। तर हैन, हाम्रा नेपाली फेसबुके वीरहरुले काकडभित्तामा भए पनि काठमाडौँमा भएको विमान दुर्घटनामा सेफ मार्क्ड गरेको देखिएकै थियो, हुँदाहुँदा अब त… Continue reading

सरकारी वेबसाइटमा गुगल एड राखेर डलर ‘हाम्’ गर्ने को?

Posted on May 10, 2018 by mysansar

सरकारी वेबसाइटहरु नाफा कमाउने वेबसाइटहरु हैनन्। तिनको सञ्चालन खर्च जनताले तिरेको करबाट उठ्छ। त्यसैले उनीहरुलाई विज्ञापन आवश्यक हुँदैन। सरकारले त विज्ञापन दिन्छ- लोककल्याणकारी विज्ञापन। जनचेतना जगाउने विज्ञापन। तर एउटा सरकारी वेबसाइटमा भने विज्ञापन देखिएको छ- विज्ञापन पनि जनचेतनामूलक भए मान्न सकिन्थ्यो, गुगल एड पो हालिएको रहेछ। जसमा विभिन्न व्यवसायिक विज्ञापन देखिन्छ। हेर्नुस् परराष्ट्र मन्त्रालय अन्तर्गत… Continue reading

फेसबुकमा BFF आतंक : के हो यो हल्लाको सत्य?

Posted on March 22, 2018March 22, 2018 by Salokya

अहिले फेसबुकमा BFF आतंक छाएको छ। भएभरकाले स्टायटस लेख्दै कमेन्टमा BFF लेख्न भनिरहेका छन्। यो फेसबुकका सिइओ मार्क जुकरवर्गको आविस्कार रे। BFF टाइप गर्दा हरियो भयो भने फेसबुक अकाउन्ट सुरक्षित छ रे अनि भएन भने चाहिँ तुरुन्त पासवर्ड चेन्ज गर्नुपर्ने रे। नत्र ह्याक हुन्छ रे। बुझ्नु न सुझ्नु, सब यही लेखिरहेका छन्। आखिर कुरा के… Continue reading

ट्विटरमा प्रोफाइल भिजिट र फेसबुकमा लिङ्ग परिवर्तनको आतंक, यसरी जोगिनुस्

Posted on February 21, 2018 by Salokya

आजभोलि ट्विटर र फेसबुकमा दुई बेग्लाबेग्लै आतंक छाएको छ। ट्विटरमा टाइमलाइनै भरी ‘प्रोफाइल भिजिट’ का लिङ्कहरु देखिएका छन् (माथि देखिए जस्तो) भने फेसबुकमा चाहिँ धेरै केटाहरुले लिङ्ग परिवर्तन गरेर केटी बनेको देखिन्छ। दुई फरक आतंक हुन्। ट्विटरमा त्यो स्पाम एपले तपाईँको अनुमति बिना नै धमाधम ट्विट गर्न थाल्छ भने फेसबुकको एपले चाहिँ त्यस्तो गर्ने खतरा… Continue reading

फेसबुक पेज खोल्नु र १० करोडको आफ्नै सामाजिक सञ्जाल खोल्नु पनि टेलिकमको कोशेढुङ्गा

Posted on February 6, 2018February 6, 2018 by Salokya

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) हिजो आफ्नो स्थापनाको १५ औँ वर्ष प्रवेश गर्‍यो। सर्वसाधारणमा सेयर जारी भएको यो नेपालको एउटै मात्र टेलिकम कम्पनी हो। अर्को टेलिकम कम्पनी एनसेलले सर्वसाधारणमा सेयर जारी गर्न सकेको छैन। स्वामित्व फेरबदल हुँदा नेपाललाई तिर्नुपर्ने कर दायित्व तिर्नसमेत लफडा गरिरहेको छ यो कम्पनी। विदेशी स्वामित्व भएकोले यो आक्रामक रुपमा आफ्नो… Continue reading

बादले भण्डार (क्लाउड स्टोरेज) के हो? कसरी प्रयोग गर्ने?

Posted on November 11, 2017 by mysansar

-कमल क्षेत्री- जबदेखि फोटो, डकुमेन्ट, भिडियो र अरु मीडियाहरु डिजिटल भए, यिनीहरुलाई स्टोर गर्न डिजिटल उपकरणहरु नै प्रयोग हुनथाल्यो। जस्तै कम्प्यूटरको हार्डडिस्क, मेमोरी कार्ड, सीडी, डीवीडी, पेन ड्राइभ, आदि। तर यी सबैको १०० % भरोसा भने नहुन सक्छ। तपाईँको मोबाइल पानीमा खस्यो भने ? मेमोरी कार्ड बिग्रिन्छ। कम्प्यूटर हिजो राम्रै बंद गरेको तर आज खोल्दा… Continue reading

राष्ट्र बैँकले प्रतिबन्ध लगाएको बिटकोइन र अन्य क्रिप्टोकरेन्सीबारे जान्नै पर्ने तथ्य

Posted on October 11, 2017October 11, 2017 by mysansar

-सानु भट्ट- नेपाल राष्ट्र बैंकले यही साउन २९ गते डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) बिटकोइनलाई नेपालमा मुद्राको रुपमा कानुनी मान्यता प्राप्त नभएको तथा यसको कारोबार पूर्ण रुपले गैरकानुनी भएको सूचना प्रकाशित गरेपछि नेपाल र नेपाल बाहिर रहेका थुप्रै बिटकोइन उत्साहीहरुको ध्यानाकर्षण भएको थियो। त्यसको लगत्तै बिटकोइनको अवैध कारोबारमा संलग्न भन्दै केही ब्यक्ति पक्राउ परेको समाचार छापियो। कतिपय… Continue reading

घरको इन्टरनेटमा बच्चाहरुको लागि विशेष वेबसाइट ब्लक गर्ने सुविधा

Posted on August 21, 2017August 22, 2017 by mysansar

आजभोलि इन्टरनेट नभई नहुने कुरा भइसक्यो। पाहुनाहरु कसैको घरमा आएमा चियाकफीभन्दा पहिला वाइफाइको पासवर्ड माग्ने भइसके। इन्टरनेट राखेपछि पासवर्ड थाहा हुने बित्तिकै निर्वाध सबैको पहुँचमा जुनसुकै वेबसाइट हुने भइहाल्यो। यसले बालबालिकाको इन्टरनेट उपयोग यसले पार्ने नकारात्मक प्रभाव छुट्टै छ। यसैलाई ध्यानमा राख्दै बच्चाहरुको पढ्ने समयमा सोसल मिडिया बन्द गर्ने, टाइम टेबल अनुसार वेबसाइट अन र… Continue reading

Posts navigation

  • 1
  • 2
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme