आज वैशाख ११। लोकतन्त्र दिवस। राजा ज्ञानेन्द्रले सात दल र माओवादीको आन्दोलनको माग अनुसार विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने घोषणा गरेको दिन। तीन दिनमा यो दोस्रो शाही घोषणा थियो। राजाको पहिलो घोषणापछि आन्दोलन झन् चर्किएको थियो। कर्फ्यु तोड्दै प्रदर्शन हुन्थे। त्यस्तै एउटा कर्फ्यु तोडेर आएको जुलुसमा म पनि मिसिएको थिएँ। कालिमाटीमा पुग्दा त्यहाँ सेना तैनाथ… Continue reading
Category: इतिहासका पानाबाट
प्रम ओलीले प्रचण्ड जस्तै भनेर प्रशंसा गरेका सीके राउत एक जमानामा गेरुवस्त्र लाएर भगवान खोज्दै हिँडेका थिए
अहिले सीके राउत फेरि चर्चामा छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रचण्ड जस्तै निर्णय क्षमता भएको भनेर प्रशंसा पनि गरे। यसरी प्रशंसा गर्दा मञ्चमा प्रचण्ड पनि सँगै थिए। प्रचण्डले बोल्ने मौका नै पाएनन्। आफूलाई पृथकतावादी अभियान चलाइरहेका राउतसँग तुलना गरिएकोमा प्रचण्डलाई कस्तो लाग्यो होला सुन्न पाइएन। सिके राउतको बारेमा उनको आत्मकथाका… Continue reading
राष्ट्रपतिको सवारीमा भएको ‘विद्रोह’ले सम्झाएको राजा ज्ञानेन्द्रको १४ वर्ष पुरानो सवारी
मंगलबार राष्ट्रपतिको सवारीका क्रममा बाटो छेकिएका सवारी साधनहरुले विद्रोह गर्दै निषेध तोडेको भिडियो भाइरल भइरहँदा मलाई भने १४ वर्ष अघिको राजाको सवारीका क्रममा खिचेको भिडियोको याद आयो। त्यतिबेला अहिले जस्तो सामाजिक सञ्जाल थिएन। न अहिले जस्तो तीव्र गतिको इन्टरनेट नै थियो। अहिले भए स्मार्टफोनबाटै भिडियो खिच्न सकिन्थ्यो। त्यतिबेला त्यो पनि थिएन। ३ मेगापिक्सेलको डिजिटल क्यामेराले… Continue reading
फागुन ७ स्मृति : यसरी भारतीय सेना उतारेर लगिएको थियो राजा त्रिभुवनलाई भारत
२००७ साल कात्तिक २२ गते राजा त्रिभुवन नारायणहिटी दरबारबाट भागेर भारतीय दूतावासमा शरण लिँदादेखि दिल्ली भगाउँदासम्म भारत सरकारको प्रत्यक्ष सहयोग थियो। विमानस्थलसमेत नभएको काठमाडौँबाट राजालाई भारत भगाउनु सहज थिएन। यो ‘षड्यन्त्र’ मा सहभागी अनेक पात्रमध्ये बीएल शर्माले आफ्नो अनुभव यसरी सुनाएका छन्- राजा भगाउन विमानस्थल निर्माण त्यतिबेला नेपालमा जहाज चलेको थिएन। राजालाई कसरी भारत पठाउने… Continue reading
नेपाल गुलाम बनेन, नेपालीहरु गुलामी गर्न संसारभर पुगे
केही दिनपछि पोखरामा नेपाल साहित्य महोत्सव हुँदैछ। पाँच वर्षअघि तेस्रो साहित्य महोत्सवमा वनस्पतिशास्त्री तीर्थबहादुर श्रेष्ठलाई उद्घाटन समारोहमा प्रमुख मन्तव्य दिन लगाइएको थियो। उनले नेपाल र नेपालीको बारेमा केही मननयोग्य भनाई राखेका थिए। नेपाल चिनौँ शीर्षकमा केही प्रमुख अंश- सबै नेपाली नेपालमा छैनन्। कोही प्रवासमा छन्। कोही गैरआवासीय नेपाली भनेर विदेशमा छन्। कोही श्रमिक बनेर गुलामी… Continue reading
चार वर्षअघि नेपाली राष्ट्रपतिको ‘जाड काण्ड’
चार वर्षअघि नेपालमा हालका राष्ट्रपति हैन प्रथम राष्ट्रपति रामवरण यादव थिए। त्यतिबेला एउटा रमाइलो ‘जाड काण्ड’ भएको थियो। फेसबुकको मेमोरी फिचर्सले पुराना कुराहरु सम्झाउने क्रममा यो ब्लग पनि सम्झाइदियो। धेरैले बिर्सिसके होलान्, मैले पनि बिर्सिसकेको थिएँ। आउनुस् यो पुरानो ब्लग एक पटक फेरि पढेर रमाइलो गरौँ। राष्ट्रपति रामवरण यादवले जाडबारे वक्तव्य कहिले निकाल्नु हुन्छ होला?… Continue reading
प्रधानमन्त्री ओली पुग्नुअघि चार नेपालीले यसरी हल्लाएका थिए कोस्टा रिका
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर शनिबार कोस्टारिका पुगेका छन्। त्यहाँ आइतबार उनलाई पिस युनिर्भसिटीले डाक्टर बनाउँदैछ। अर्थात् मानार्थ विद्यावारिधी दिँदैछ नेपालको शान्ति र लोकतान्त्रिकरणमा पुर्याएको योगदानका लागि। कोस्टा रिका पुग्ने ओली पहिलो नेपाली प्रधानमन्त्री भए पनि त्यहाँ नेपाली पुग्दै नपुगेका भने हैनन्। अवैध रुपमा अमेरिका जाने चोर बाटोमा रहेको यो… Continue reading
साढे दुई सय वर्षअघि कान्तिपुर जित्ने पृथ्वीनारायण शाहको सैन्य योजना यस्तो थियो
२५० वर्षअघि आजकै दिन पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तारको क्रममा महत्त्वपूर्ण विजय हासिल गरेका थिए। २६ सेप्टेम्बर १७६८ का दिन भएको ‘ब्याटल अफ कान्तिपुर’ बारे सैन्य इतिहासमा विद्यावारिधी गरेका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातले तत्कालीन सैन्य रणनीतिको विश्लेषण यसरी गरेका छन्।
नमिता सुनीता काण्डबारे जान्नुस् : शक्तिको आडमा दबाइएको एउटा कुख्यात घटना जसका दोषी अझै पत्ता लागेका छैनन्
अहिले निर्मला बलात्कार तथा हत्याकाण्डले देशै तरङ्गित बनाएको छ। झण्डै दुई महिना बित्न लागिसक्दा भने हत्याराको अत्तोपत्तो लागेको छैन। प्रहरीले दोषी आरोप लगाई सार्वजनिक गरेका अभियुक्त डिएनए नमिलेपछि रिहा भइसकेका छन्। बलात्कार र त्यसपछि हत्याका घटना देशमा धेरै भए होलान्। तर यसरी सिङ्गो देशलाई नै तरङ्गित बनाउने गरी, शक्तिवानहरुले मिलेर निरीह शक्तिहीनहरुलाई पेलेर प्रमाणसमेत नष्ट… Continue reading
के यो मलमास पतिको मुखसमेत हेर्न नमिल्ने कडा हो?
बुधबारदेखि मलमास सुरु भएको छ। यसलाई पुरुषोत्तम मास वा अधिकमास पनि भन्ने गरिन्छ। मलमासमा पूजापाठ, पवित्र कामहरु नगर्न भनिन्छ। त्यसैगरी सबैभन्दा बढी चर्चा चाहिँ लोग्ने र स्वास्नी सँगै बस्न हुन्न भन्ने छ। यो सम्बन्धमा फिनल्यान्ड निवासी जान्हबी हमालले लेखेको ब्लग June 22nd, 2015 मा प्रकाशित भएको थियो। अहिले मलमास सुरु भएको बेला सान्दर्भिक भएकोले त्यो ब्लग… Continue reading
आइएस्सी भन्दा बीएस्सी पढ्न दुई रुपैयाँ महँगो : ५७ वर्षअघिको कलेज शुल्क
आजभन्दा ५७ वर्षअघि अर्थात् विक्रम संवत् २०१८ सालमा सरकारी कलेजको मासिक शुल्क कति थियो होला? अनुमान लगाउन सक्नुहुन्छ? तपाईँले अनुमान गर्नुभएको रकम भन्दा बढी भयो कि घटी? हेर्नुस् त्यतिबेला निस्किएको नेपाल गजेटको सूचना। त्यतिबेला आइए र आइकम भन्दा आइएस्सी पढ्न दुई रुपैयाँ महँगो रहेछ। अनि आइएस्सी र बीएस्सीको शुल्कको फरक पनि दुई रुपैयाँ नै रहेछ।
चरित्रहीन, झन् चरित्रहीन र फूलनदेवी : नेपाली नारीका तीन ‘अतिवादी’ भूमिगत आन्दोलन सम्झनुभएको छ?
पृष्ठभूमि : महिला दिवस सकिएको बेला यो सालोक्यलाई के महिलाको कुरा खोतल्न सकसक लाग्या होला भन्ने लाग्यो होला तपाईँलाई। आज एक जना खतरै महिलावादीसित कुरा हुँदा बिचरीलाई ‘चरित्रहिन चेली’ भनेको के हो नै थाहा रहेनछ। त्यसैले पुराना कुरा सम्झाएर महिलाका तीन अतिवादी भूमिगत आन्दोलनको विषयमा सम्झाउँ भनेर यो ब्लग लेख्ने जमर्को गरेको हुँ। १) फूलनदेवी… Continue reading
६६ वर्षअघि छापिएको गृह मन्त्रालयको सूचना – फिल्म सरकारले नै ल्याउँछ
अहिले काठमाडौँमा मल्टिप्लेक्सको चलन छ। अर्थात् एउटै भवनमा धेरै हलहरु। विदेशी फिल्महरु पनि निजी कम्पनीले मगाउँछन्। तर आजभन्दा ६६ वर्षअघि अर्थात् विक्रम संवत् २००८ मा राजपत्रमा छापिएको गृह मन्त्रालयको एउटा सूचना भने रोचक छ। त्यसमा चैत १ गतेदेखि सरकारले नै फिल्म ल्याउने हुनाले कसैले नझिकाउनु होला भनिएको छ। त्यसैगरी ३५ प्रतिशत मनोरञ्जन कर तिरेर कसैले… Continue reading
१५० वर्षअघि यस्तो गजबको थियो वसन्तपुर, ९० सालको भूकम्पपछि के-के हरायो हेर्नुस्
हिजो होलीको लागि वसन्तपुरमा चीर गाडियो। चीर गाड्ने ठाउँ नजिकै गद्दी बैठक छ। भूकम्पका कारण गद्दी बैठक भत्किएकोले अहिले पुननिर्माण भइरहेको छ। यही बीचमा सोसल मिडियामा वसन्तपुरको पुरानो चित्र सार्वजनिक भएको छ। चित्रको तथ्य खोज्ने क्रममा थाहा लाग्यो, यो त लन्डनको नेसनल आर्मी म्युजियममा राखिएको पेन्टिङ रहेछ। कलाकारको नाम राखिएको छैन, नेपाली कलाकारमात्र भनिएको छ।… Continue reading
गाँजा प्रतिबन्ध, सदरमुकाम परिवर्तन र क्रिश्चियन गतिविधि : अमेरिकी प्रतिवेदनले देखाएका माओवादी विद्रोह सुरु हुनुका तीन कारण
२३ वर्षअघि आजकै दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो। २०५२ सालपछि झन भन्दा झन् सोचेभन्दा छिटो देशभर माओवादी फैलिएपछि यसको मूल जड पत्ता लगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था युएस एडले आफ्नो खर्चमा रबर्ट गेर्सोनीलाई कन्सलट्यान्ट बनाउँदै एउटा अध्ययन गर्न लगाएको थियो। ‘सोइङ द विन्ड :… Continue reading
माघ १९ : यसरी भएको थियो ज्ञानेन्द्रको ‘कू’, सुन्नुस् १२ वर्षअघि त्यो ऐतिहासिक दिन बीबीसीको समाचार
१३ वर्षअघि आजैको दिन (माघ १९) मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी सत्ता तीन वर्षका लागि आफ्नै हातमा लिने घोषणा गर्दा परिस्थिति सामान्य थिएन। घोषणालगत्तै ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क पनि विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म बन्द नै रहे। विमानस्थल पनि बन्द गरिएको थियो। केबल टिभी… Continue reading
कीर्तिनिधि विष्ट जसले प्रधानमन्त्री हुँदा राजा वीरेन्द्रलाई थाहै नदिई पूर्वप्रम सूर्यबहादुर थापालाई जेल हालेका थिए
कुरो आजभन्दा ४५ वर्ष अघिको हो। प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा भने आन्दोलन गर्दै सडकमा उत्रिएका थिए। २०२५ सालमा प्रधानमन्त्री पदबाट हटिसकेपछि उनी पञ्चायती शासनभित्रकै विद्रोही बनेका थिए। राजाको प्रत्यक्ष शासन भएका बेला उनले यहाँ द्वैध शासन छ भन्दै राजा र प्रधानमन्त्रीकै विरोधमा चर्का भाषणहरु गर्थे। २०२९ सालको वैशाख ३१ गते प्रधानमन्त्री… Continue reading
२६ वर्षअघि चुनाव लड्नेलाई एमालेको कडा आचारसंहिता- राजीनामा दिनुपर्नेदेखि सम्पति विवरण पार्टीलाई बुझाउनुपर्नेसम्म
२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनर्स्थापना भयो र २०४८ सालमा चुनाव भयो। जनआन्दोलन संयुक्त वाममोर्चा र कांग्रेसले मिलेर गरेका थिए। चुनावमा पनि यिनै दुई शक्तिबीच प्रतिस्पर्धा थियो। वाममोर्चाका अरु वाम पार्टीहरु कता कता लागे पनि नेकपा मार्क्सवादी र नेकपा मार्क्सवादी लेनिनवादी मिलेर नेकपा एमाले पार्टी चुनाव अघि बन्यो। यो पार्टीले चुनाव लड्नुअघि उम्मेदवारहरुलाई १० बूँदे… Continue reading
सेप्टेम्बर ११ को यो फोटोभित्र लुकेको रहस्य
यो फोटो सम्झनुभएको छ ? १६ वर्षअघि आज अर्थात् सेप्टेम्बर ११ का दिन वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी आक्रमणपछि त्यो गगनचुम्बी भवनबाट हाम्फाल्दै गरेको फोटो हो यो। फोटो पछाडिको कथा झन् रोचक छ, फोटो खिच्ने फोटोग्राफर आफै एउटा इतिहास हुन्, आलोचना पनि चर्को खेप्नु पर्यो यो फोटोले, हाम्फाल्ने को हो भनेर पत्ता लगाउन पत्रकारहरुलाई कति… Continue reading
बाउआमा मरेपछि अंश लिन मात्र नेपाल जाने
-श्रवण कुमार- “तिनका बाउ आमा मर्छन्, अनि बल्ल जाने नेपाल आफ्नो अंश लिनलाई। नत्र किन जाने अहिले सबैको नोकर हुनलाई? “, मन्दिरा भाउजूले च्याँठिएर भनिन्। कुरा क्रिसमसको हो, स्थान बाल्टिमोर – अमेरिका। २ वर्षमा मन्दिरा भाउजूमा निक्कै परिवर्तन आएछ। २ वर्ष अघिसम्म सासु ससुरा भनेका हाम्रा आफ्ना जन्मदिने बाउ आमा समान हुन्छन्, उहाँहरुको सेवा गर्नु… Continue reading