Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: आफ्नै कुरा

समाचार बनाउनु पर्ने मान्छे आफै समाचार बन्दा…

Posted on March 6, 2022March 22, 2022 by Salokya

समाचार बनाउने सञ्चारकर्मी आफै समाचार बन्नु सुखद कुरा होइन। तर कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि त्यस्तो परिस्थिति आइलाग्दो रहेछ। कुरा गएको हप्ताको। फेक न्युज बारे लेखेको ब्लगको प्रिन्टआउट अगाडि राखेर ‘यस्तो लेख्ने अधिकार कसले दियो, यस्तो लेख्न पाइन्छ?’ भनेर साइबर ब्युरोका डिएसपीको थर्काइ खाएको। ट्वाँ परियो सुरुमा। आफ्नो हातमा भएको फाइलमा के लेखिएको छ, सुरुमा पढेर… Continue reading

कोरोना भाइरसको दोहोरो संक्रमण : पहिले र अहिले के फरक पाएँ मैले ?

Posted on January 20, 2022 by Salokya

जीवनमा धेरै कुराको अनुभव हुनुपर्छ। विश्वमै हलचल मच्चाउने ‘कुख्यात’ रोग लाग्नुको अनुभव चाहिँ जतिसक्दो नभएकै राम्रो। तर त्यसो भनेर के गर्नु, नलागोस् भन्दाभन्दै लागि त गो। जम्मा १५ महिनाकै अन्तरमा दोस्रो पटक कोरोना भाइरसले शरीरमा आक्रमण गर्‍यो। त्यो पनि ‘लाग्यो होला नि त’ भन्ने मात्र नभई पीसीआर परीक्षणबाटै पुष्टि भएकोवाला। पहिलो लहरका बेला सन् २०२०… Continue reading

१६ औँ वर्षमा माइसंसार : प्रिय पाठकका नाममा एउटा अर्को ब्लग

Posted on April 6, 2021April 6, 2021 by Salokya

राजा ज्ञानेन्द्रको संकटकाल जारी रहेको बेला ‘ल है मेरो पनि ब्लगिङ सुरु भयो’ भनी सन् २००५ को आजकै दिन (अप्रिल ६) मा माइसंसारमा लेख्न थाल्दा टुङ्गो थिएन त्यो यात्रा कहिले टुङ्गिने हो भनेर। अहिले सम्झँदा पनि रोमाञ्चित हुन्छु। फोन गरेर सर्भरमा जोडिएर चलाउनु पर्ने डायल अप इन्टरनेट, सामाजिक सञ्जालहरुको अनुपलब्धता जस्ता प्रतिकूल परिस्थितिमा पनि माइसंसारलाई… Continue reading

ए, कता मरिस् यस्तो बेलामा ?

Posted on December 26, 2020December 26, 2020 by Salokya

शीर्षक पढ्दा गाली जस्तो लाग्छ नि है। तर म र माइसंसारलाई माया गर्नेले इमेलमा राखेको जिज्ञासा हो यो। हुन पनि हो, देशमा यत्रो राजनीतिक उथलपुथल भएको बेलामा माइसंसारमा कुनै ब्लग नै छैन। यो के भा’को ? ‘जिउँदै छु हजुर। मरेको भए जवाफ फर्काउन सक्दिन थिएँ’ जिब्रो निकालेको इमोजी 😛 थपेर इमेलको जवाफ फर्काएँ। यसो हेर्दा… Continue reading

आज आफ्नै फ्याक्टचेक : होमपेजमा सबैको सेयर काउन्ट एउटै कसरी ?

Posted on July 20, 2020July 20, 2020 by Salokya

केही दिनदेखि मलाई फेसबुकको मेसेन्जरमा, ट्विटरको डिएममा धेरैले एउटा कुरा सोधिरहेको भेट्छु- माइसंसारको होमपेजमा सप्पै शीर्षकको मुनि एउटै सेयर काउन्ट कसरी देखिन्छ? कतिलाई मैले बुझाउन सकेँ, कतिलाई सकिनँ। त्यसैले आज आफ्नै फ्याक्टचेक गर्दैछु। 

घरमै विपश्यनाको एक दिने शिविरको एउटा नौलो अनुभव

Posted on July 8, 2020 by Salokya

मार्च महिनाको सुरुमा म बुढानिलकण्ठ, मुहानपोखरीको धम्मशृङ्ग विपश्यना केन्द्रमा थिएँ। बाहिरी संसारसित पूर्ण रुपमा सम्बन्ध विच्छेद हुने भएकोले बाहिर के भइरहेको छ, हामी कसैलाई थाहा थिएन। १० दिने मौन तोडेपछि बोल्न पाइने पहिलो दिन बडा रमाइलो हुन्छ। सँगै ध्यान बस्नेहरुसित अनेक थरि कुरा हुन्छ। त्यो दिन कोरोना भाइरसको आतंकबारे पनि कुरा भएका थिए। दुई वटा… Continue reading

माइसंसारका प्रिय पाठकका नाममा एउटा ब्लग

Posted on April 6, 2020April 6, 2020 by Salokya

१५ वर्षअघि आजैको दिन ‘ल है मेरो पनि ब्लगिंग सुरु भयो’ भनेर ब्लग लेख्न थाल्दा त्यो यात्रा कहिलेसम्म होला भन्ने सोचेकै थिइनँ। त्यतिबेला देश संकटमा थियो। राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गरेका थिए। १५ वर्षपछि आजको दिन फेरि देश संकटमा नै छ। कोरोना भाइरससितको युद्धका लागि १३ दिनदेखि पूरै नेपाल ठप्प छ। नेपालीहरु घरभित्रै छन्। यो… Continue reading

मृत्युमाथि निरीह नजर

Posted on May 23, 2019May 23, 2019 by Salokya

‘ह्या भिनाजु, केही हुन्न के। त्यस्तो सोच्नै हुन्न। विल पावर बलियो बनाउनु पर्छ। सबभन्दा ठूलो कुरा भनेकै त्यही हो।’ केही महिनाअगाडि पुरानो रोग (क्यान्सर) फेरि बल्झिएको र घरमै किमोथेरापी सुरु गरेको थाहा पाएपछि भेट्न जाँदा मैले भिनाजुलाई प्रधानमन्त्री केपी ओलीको उदाहरण दिएको थिएँ, ‘विल पावरका कारण त उहाँ तगडा हुनुहुन्छ।’ किड्नी ट्रान्सप्लान्ट गरेका बिरामी बाँच्ने… Continue reading

बत्ती बिना तीन घण्टा बिताउँदाको उकुसमुकुस

Posted on November 6, 2018 by Salokya

तिहारको पहिलो दिन राति ८ बजेतिर चर्को आवाज गर्दै हेलिकप्टर किन उड्यो होला भनेर सोचिरहँदा म डेस्कटप चलाइरहेको थिएँ, झ्याप्प बत्ती गयो। उहिले लोडसेडिङ हुने समयमा बत्ती जाँदा सोलारको बत्ती बालिन्थ्यो। त्यही बानीमा सोलार लाइटको स्विच अन गरेँ। अहँ बल्दैन त। मोबाइलको लाइट बाल्दै सोलारको ब्याट्री भएको ठाउँमा गएँ। अहो, ब्याट्रीको त distilled water नै… Continue reading

‘दाइले खाने, भाउजु रमाउने’ जुस खाएपछि यस्तो भयो

Posted on May 27, 2018 by Salokya

पाल्पामा सबैभन्दा जान मन लागेको ठाउँ थियो रानीमहल। धेरै सुनेको तर जान नजुरेको ठाउँ। त्यसैले साथी टेकनारायण भट्टराईले घुम्न जाने प्रस्ताव राख्ने बित्तिकै रानीमहलले लोभ्यायो र यस पटक त्यो इच्छा पूरा भयो। रानीमहलबारे पछि अर्कै ब्लगमा लेखौँला। पाल्पा जाँदै गर्दा सिद्धबाबाको कुख्यात पहिरो कटेपछि आयो ‘भालेबास’ नामको ठाउँ। एउटा ठूलो भालेको मूर्ति बनाइएको रहेछ त्यहाँ।… Continue reading

आफ्नै कुरा : ब्लग किन अपडेट भएन?

Posted on May 9, 2018May 9, 2018 by Salokya

मे ३ मा लेखिएको एउटा ब्लगपछि देशमा विभिन्न घटना भए पनि ६ दिनपछि बल्ल यी शब्द लेख्दैछु। यी दिनमा पूरै बेडमै रहेँ। कम्प्युटर अगाडि बस्नसमेत सकिनँ। सामान्यतया कतै टाढा जानु परे पनि, लामो समय कम्प्युटरबाट टाढा हुनुपर्ने अवस्था आयो भने सेड्युल ब्लग हालेर पनि मिलाएको हुन्थेँ। तर अपर्झट बिरामी पर्दा यो सम्भव भएन। शुक्रबार साँझ… Continue reading

मनको ‘अपरेसन’ का लागि टाढिँदैछु म सबैबाट

Posted on January 1, 2018December 31, 2017 by Salokya

तपाईँले जतिबेला यो ब्लग पढिरहनु हुनेछ, त्यतिबेला म मनको ‘अपरेसन’का लागि पसिसकेको हुनेछु। आज जनवरी १ को साँझदेखि जनवरी १२ बिहानसम्म म केहीको पनि सम्पर्कमा हुनेछैन। न फोन, न इन्टरनेट, न मिडिया, न सोसल मिडिया। इन्टरनेट, इमेल, टेलिफोन, मोबाइल, टिभी, रेडियो- सम्पूर्ण सञ्चारमाध्यम र बाहिरी संसारसित मेरो सम्पर्क विच्छेद भइसकेको छ। कोही परिचित पनि हुने… Continue reading

१४ घण्टाको उडानपछि सिड्नीमा

Posted on September 23, 2016October 17, 2016 by Salokya

सकेसम्म दिनमा एउटा भए पनि ब्लग पोस्ट गर्ने गरे पनि दुई दिनदेखि ब्लगमा केही लेख्न सकिएन। खासमा म अहिले अस्ट्रेलियाको सिड्नीमा छु। साहित्यकार साथी बुद्धिसागरसँगै आइपुगेकोहुँ। आइतबार यहाँ एउटा अन्तर्क्रिया कार्यक्रम छ। मंगलबार राति काठमाडौँबाट उडेर यहाँको समय अनुसार बुधबार राति बल्ल सिड्नी पुगेँ। राति ११ बजे उडेर ढाका हुँदै हङकङ पुग्न नै ६ घण्टा… Continue reading

छ दिने भारत यात्रा सकाएर फर्किएँ

Posted on September 5, 2014September 5, 2014 by Salokya

गएको शनिबारदेखि भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यका केही ठाउँहरु घुमेर आज घर फर्किएको छु। वाराणासी, हरिद्वार, ऋषिकेश र नैनितालसम्मको यात्रामा देखेका, भोगेका विभिन्न विषयहरुबारे ब्लग आउँदा दिनमा लेख्ने नै छु।

माइसंसार अब एपमा पनि

Posted on August 19, 2014 by Salokya

नौ वर्षदेखि तपाईँको सेवामा रहेको माइसंसार ब्लग आजदेखि एपमा पनि उपलब्ध छ। सन् २००५ मा ब्लगसमको फ्रि होस्टिङबाट सुरु भएको ‘मेरो स‍ंसार’ त्यसको एक वर्षपछि माइसंसार डट कममा उपलब्ध हुन थालेको हो। यो बीचमा प्रविधिमा धेरै परिवर्तन आइसकेको छ। त्यतिबेला नेपालमा डायल अप इन्टरनेटमात्र चल्थ्यो। युट्युब, फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल आएकै थिएन। प्रविधिको… Continue reading

अमेरिकी प्रहरी र आइएसपीमा उजुरी

Posted on July 6, 2014 by Salokya

अमेरिकाको भर्जिनिया राज्यबाट रोड रनर आइएसपीमार्फत् Time Warner Cable Internet बाट माइसंसारमा लगातार आपराधिक किसिमका सामाग्रीहरु दुःख दिने नियतले पठाइरहेको व्यहोरा उल्लेख गर्दै अमेरिकी प्रहरी र सम्बन्धित आइएसपीमा उजुरी दर्ता गराइएको छ। सम्बन्धित आइएसपीले यस विषयमा छानबिन थालेको जनाएको छ।

सन् २०१३ मा बढी पढिएका १३ ब्लग

Posted on December 31, 2013December 31, 2013 by Salokya

एउटा अर्को वर्ष आजदेखि हामीबाट विदा हुँदैछ। माइसंसारको यो आठौँ वर्ष थियो। यो वर्ष धेरै राजनीति र सामाजिक क्षेत्रमा निकै उतारचढाव आए। अनि त्यसैमा केन्द्रित भयो माइसंसारका ब्लग। सन् २०१३ मा सबैभन्दा बढी पढिएका १३ ब्लगहरुको सूची यहाँ प्रस्तुत गर्दैछु। यो वर्ष संविधान सभाको निर्वाचन भएका कारण सबैभन्दा बढी त्यसै निर्वाचनको लाइभ अपडेट पेज खोलियो।… Continue reading

एक्लो छैन माइसंसार, साथ दिन उठे ७७ हात

Posted on October 12, 2013October 12, 2013 by Salokya

अपडेट (अक्टोबर १२): ‘जतिबेला पत्रकारिता अखबारका रुपमा सुरु भयो, त्यतिबेलादेखि नै यो स्थापित शक्तिहरुको शत्रु, वैरी बन्यो’, आरआर कलेजमा पत्रकारिता पढ्दा हाम्रो एउटा रातो किताब हुने गर्थ्यो- डेनिस मक्वेलको मास कम्युनिकेसन थ्यौरी। मक्वेलले यसमा ज्यादै सरल भाषामा पत्रकारिताका सिद्धान्त र व्यवहारलाई बुझाउँदै लेखेका छन्, ‘त्यसैले पत्रकारिताको इतिहास छापाखाना सञ्चालक, सम्पादक र पत्रकारहरुविरुद्ध हिंसाबाट सुरु हुन्छ।… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme