Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: आफ्नै कुरा

परदेश गएपछि हुने रोमिङको लफडा

Posted on July 11, 2026July 11, 2026 by Salokya

देश छाडेर परदेश लागेपछि सबैभन्दा पहिले टुट्ने कुरा के होला? घरको खाना? नेपाली भाषा? चिनजानका मान्छे? होइन, सबैभन्दा पहिले टुट्ने त मोबाइलको इन्टरनेट कनेक्सन पो रहेछ। नेपालबाट विमान उडुन्जेलसम्म मोबाइलमा इन्टरनेट हुन्छ। विमान अवतरण गरेपछि भने मोबाइलको स्क्रिनमा नेटवर्कको साटो अनेकथरी अपरिचित नाम देखिन थाल्छन्।

लिथुआनिया जानुअघि दिल्लीसँगको संघर्ष

Posted on June 27, 2026June 27, 2026 by Salokya

यो लिथुआनिया यात्राको कथा कम, भिसा यात्राको कथा बढी हो। नेपालफ्याक्टचेक इन्टरनेसनल फ्याक्ट चेकिङ नेटवर्क (IFCN) को सिग्नेटरी बनेपछि पनि विभिन्न कारणले विश्वभरका फ्याक्ट चेकरहरूको वार्षिक सम्मेलनमा सहभागी हुन पाइएको थिएन। सारायभोमा भएको सम्मेलनमा त प्रस्तुतिका लागि छनोट भएर पनि अन्तिममा जान सकिएन। त्यसैले यसपालि भने धेरै पहिलेदेखि नै योजना बनाएको थिएँ। सम्मेलन हुने देश… Continue reading

ओरालो लागेको सालोक्यलाई ब्याङ्कले पनि खेद्छ !

Posted on August 28, 2025August 28, 2025 by Salokya

कल्पना गर्नुहोस्—तपाईँसँग नगद पैसा छैन। एक साँझ तपाईँ रकम भुक्तान गर्न मोबाइल ब्याङ्किङको क्युआर कोड स्क्यान गर्नुहुन्छ, तर असफल हुन्छ। एटिएम कार्ड चलाएर भुक्तान गर्न खोज्नु हुन्छ, तर मिल्दै मिल्दैन। पैसा तिर्नु पर्ने ठाउँमा रातो मुख लगाउनु बाहेक अरु के गर्न सकिन्छ ? यही अवस्था मेरो जीवनमा आयो अस्ति भदौ ४ गते।

माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा

Posted on June 4, 2025June 4, 2025 by Salokya

“म पीडामा छु श्रीमान्, साँच्चिकै पीडामा छु। हुनत पुरुष पीडित भएको कुरा भन्न गाह्रो हुन्छ। तर म पीडित भएकै कारण न्याय खोज्न यहाँ आएको हुँ। मेरो पीडाका डकुमेन्टहरु पेश गरिएका छन्। सिसिटिभी फुटेजहरु प्रमाण राखिएका छन्। मलाई न्याय दिनुस्। योभन्दा बढी म केही भन्न चाहन्नँ।” जिल्ला अदालतको इजलासको कठघरामा उभिएर यति भन्दै गर्दा म भक्कानिएँ।… Continue reading

म जे छु, ठीकै छु !

Posted on June 17, 2024June 18, 2024 by Salokya

अघिल्लो ब्लग ‘कहाँ हराएँ म ?’ लेख्न सुरु गर्दा मलाई थाहा थिएन, यस्ता व्यक्तिगत विषयहरु लेखेर मैले ठीक गरिरहेछु कि गलत। त्यो ब्लग लेखेको पनि एक महिना पो नाघिसकेछ। अहिले लाग्दैछ, त्यो ब्लगमा आफ्ना कुराहरु खोलेर मैले नराम्रो गरेनछु। ब्लगमा अहिलेसम्म ७६ वटा कमेन्ट आए। प्रत्येक कमेन्टका हरेक शब्दले मलाई नयाँ उत्साह, थप ऊर्जा दिएका… Continue reading

कहाँ हराएँ म ?

Posted on May 11, 2024May 11, 2024 by Salokya

माइसंसारको १९ वर्षको इतिहासमा कहिले पनि एक महिनाभन्दा बढी समयसम्म नयाँ ब्लग नलेखिएको इतिहास छैन। तर यसपालि यस्तै भयो। पछिल्लो पोस्ट अप्रिल ८ मा भएको रहेछ अनि आज मे ११। कहाँ हराएँ म ? केही एकदम निकट साथीहरु बाहेक धेरैलाई थाहा छैन म समयको यो कालखण्डमा कस्तो अवस्थाबाट गुज्रिरहेको छु। सबैलाई भन्दै हिँड्ने कुरा पनि… Continue reading

पाल्पा अस्पतालको आइसियुमा पुग्दा साथीहरु तनावमा परेको त्यो रात

Posted on April 8, 2024 by Salokya

यसअघि पनि पाल्पा छोटो समयका लागि नपुगेको होइन, तर गएको तिहार अगाडिको यात्रा भने अविस्मरणीय हुन पुग्यो। घुम्न जाँदा त्यहाँको अस्पताल कहिले पनि सूचीमा पर्दैन। तर यस पटक त्यस्तै पर्‍यो। खासमा सूचना चलखेल र लोकतन्त्र सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गण्डकीको पोखरामा सकाएर लुम्बिनीको पाल्पामा हुँदै थियो। हामी सडक बाटो हुँदै पाल्पा पुगेका थियौँ। दिनभरको यात्रा, त्यसपछि… Continue reading

माइसंसार : हेर्दाहेर्दै १९ औँ वर्ष पूरा भएछ, सबैलाई धन्यवाद !

Posted on April 6, 2024 by Salokya

‘ल है मेरो पनि ब्लगिङ सुरु भयो’ शीर्षकमा एउटा पोस्ट लेखेको सन् २००५ मा रहेछ। त्यही थियो पहिलो ब्लग पोस्ट माइसंसारमा त्यतिबेला नाम थियो ‘मेरो संसार’। अहिले फर्केर हेर्दा अचम्म लाग्छ- सन् २००५ को अप्रिल ६। अर्थात् २०६१ साल चैत २४ गते। त्यतिबेला अहिले जस्तो सामाजिक सञ्जालको बिगबिगी थिएन। फेसबुक सबैका लागि खुला भएको त… Continue reading

१८ औँ वर्षमा माइसंसार : प्रिय पाठकका नाममा ९ बूँदे पत्र

Posted on April 6, 2023 by Salokya

माइसंसार सुरु भएको आज १८ वर्ष पूरा भएको अवसरमा यो यात्रामा साथ दिने प्रिय पाठकका नाममा ९ बूँदे पत्र : १) ‘ल है मेरो पनि ब्लगिङ सुरु भयो’ शीर्षकमा सन् २००५ को आजकै दिन (अप्रिल ६) मा माइसंसारमा ब्लग लेख्न सुरु गरिएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले संकटकाल लगाएको त्यतिबेला थाहा थिएन, यो यात्रा कहाँसम्म जाने… Continue reading

समाचार बनाउनु पर्ने मान्छे आफै समाचार बन्दा…

Posted on March 6, 2022March 22, 2022 by Salokya

समाचार बनाउने सञ्चारकर्मी आफै समाचार बन्नु सुखद कुरा होइन। तर कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि त्यस्तो परिस्थिति आइलाग्दो रहेछ। कुरा गएको हप्ताको। फेक न्युज बारे लेखेको ब्लगको प्रिन्टआउट अगाडि राखेर ‘यस्तो लेख्ने अधिकार कसले दियो, यस्तो लेख्न पाइन्छ?’ भनेर साइबर ब्युरोका डिएसपीको थर्काइ खाएको। ट्वाँ परियो सुरुमा। आफ्नो हातमा भएको फाइलमा के लेखिएको छ, सुरुमा पढेर… Continue reading

कोरोना भाइरसको दोहोरो संक्रमण : पहिले र अहिले के फरक पाएँ मैले ?

Posted on January 20, 2022 by Salokya

जीवनमा धेरै कुराको अनुभव हुनुपर्छ। विश्वमै हलचल मच्चाउने ‘कुख्यात’ रोग लाग्नुको अनुभव चाहिँ जतिसक्दो नभएकै राम्रो। तर त्यसो भनेर के गर्नु, नलागोस् भन्दाभन्दै लागि त गो। जम्मा १५ महिनाकै अन्तरमा दोस्रो पटक कोरोना भाइरसले शरीरमा आक्रमण गर्‍यो। त्यो पनि ‘लाग्यो होला नि त’ भन्ने मात्र नभई पीसीआर परीक्षणबाटै पुष्टि भएकोवाला। पहिलो लहरका बेला सन् २०२०… Continue reading

१६ औँ वर्षमा माइसंसार : प्रिय पाठकका नाममा एउटा अर्को ब्लग

Posted on April 6, 2021April 6, 2021 by Salokya

राजा ज्ञानेन्द्रको संकटकाल जारी रहेको बेला ‘ल है मेरो पनि ब्लगिङ सुरु भयो’ भनी सन् २००५ को आजकै दिन (अप्रिल ६) मा माइसंसारमा लेख्न थाल्दा टुङ्गो थिएन त्यो यात्रा कहिले टुङ्गिने हो भनेर। अहिले सम्झँदा पनि रोमाञ्चित हुन्छु। फोन गरेर सर्भरमा जोडिएर चलाउनु पर्ने डायल अप इन्टरनेट, सामाजिक सञ्जालहरुको अनुपलब्धता जस्ता प्रतिकूल परिस्थितिमा पनि माइसंसारलाई… Continue reading

ए, कता मरिस् यस्तो बेलामा ?

Posted on December 26, 2020December 26, 2020 by Salokya

शीर्षक पढ्दा गाली जस्तो लाग्छ नि है। तर म र माइसंसारलाई माया गर्नेले इमेलमा राखेको जिज्ञासा हो यो। हुन पनि हो, देशमा यत्रो राजनीतिक उथलपुथल भएको बेलामा माइसंसारमा कुनै ब्लग नै छैन। यो के भा’को ? ‘जिउँदै छु हजुर। मरेको भए जवाफ फर्काउन सक्दिन थिएँ’ जिब्रो निकालेको इमोजी 😛 थपेर इमेलको जवाफ फर्काएँ। यसो हेर्दा… Continue reading

आज आफ्नै फ्याक्टचेक : होमपेजमा सबैको सेयर काउन्ट एउटै कसरी ?

Posted on July 20, 2020July 20, 2020 by Salokya

केही दिनदेखि मलाई फेसबुकको मेसेन्जरमा, ट्विटरको डिएममा धेरैले एउटा कुरा सोधिरहेको भेट्छु- माइसंसारको होमपेजमा सप्पै शीर्षकको मुनि एउटै सेयर काउन्ट कसरी देखिन्छ? कतिलाई मैले बुझाउन सकेँ, कतिलाई सकिनँ। त्यसैले आज आफ्नै फ्याक्टचेक गर्दैछु। 

घरमै विपश्यनाको एक दिने शिविरको एउटा नौलो अनुभव

Posted on July 8, 2020 by Salokya

मार्च महिनाको सुरुमा म बुढानिलकण्ठ, मुहानपोखरीको धम्मशृङ्ग विपश्यना केन्द्रमा थिएँ। बाहिरी संसारसित पूर्ण रुपमा सम्बन्ध विच्छेद हुने भएकोले बाहिर के भइरहेको छ, हामी कसैलाई थाहा थिएन। १० दिने मौन तोडेपछि बोल्न पाइने पहिलो दिन बडा रमाइलो हुन्छ। सँगै ध्यान बस्नेहरुसित अनेक थरि कुरा हुन्छ। त्यो दिन कोरोना भाइरसको आतंकबारे पनि कुरा भएका थिए। दुई वटा… Continue reading

माइसंसारका प्रिय पाठकका नाममा एउटा ब्लग

Posted on April 6, 2020April 6, 2020 by Salokya

१५ वर्षअघि आजैको दिन ‘ल है मेरो पनि ब्लगिंग सुरु भयो’ भनेर ब्लग लेख्न थाल्दा त्यो यात्रा कहिलेसम्म होला भन्ने सोचेकै थिइनँ। त्यतिबेला देश संकटमा थियो। राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गरेका थिए। १५ वर्षपछि आजको दिन फेरि देश संकटमा नै छ। कोरोना भाइरससितको युद्धका लागि १३ दिनदेखि पूरै नेपाल ठप्प छ। नेपालीहरु घरभित्रै छन्। यो… Continue reading

मृत्युमाथि निरीह नजर

Posted on May 23, 2019May 23, 2019 by Salokya

‘ह्या भिनाजु, केही हुन्न के। त्यस्तो सोच्नै हुन्न। विल पावर बलियो बनाउनु पर्छ। सबभन्दा ठूलो कुरा भनेकै त्यही हो।’ केही महिनाअगाडि पुरानो रोग (क्यान्सर) फेरि बल्झिएको र घरमै किमोथेरापी सुरु गरेको थाहा पाएपछि भेट्न जाँदा मैले भिनाजुलाई प्रधानमन्त्री केपी ओलीको उदाहरण दिएको थिएँ, ‘विल पावरका कारण त उहाँ तगडा हुनुहुन्छ।’ किड्नी ट्रान्सप्लान्ट गरेका बिरामी बाँच्ने… Continue reading

बत्ती बिना तीन घण्टा बिताउँदाको उकुसमुकुस

Posted on November 6, 2018 by Salokya

तिहारको पहिलो दिन राति ८ बजेतिर चर्को आवाज गर्दै हेलिकप्टर किन उड्यो होला भनेर सोचिरहँदा म डेस्कटप चलाइरहेको थिएँ, झ्याप्प बत्ती गयो। उहिले लोडसेडिङ हुने समयमा बत्ती जाँदा सोलारको बत्ती बालिन्थ्यो। त्यही बानीमा सोलार लाइटको स्विच अन गरेँ। अहँ बल्दैन त। मोबाइलको लाइट बाल्दै सोलारको ब्याट्री भएको ठाउँमा गएँ। अहो, ब्याट्रीको त distilled water नै… Continue reading

‘दाइले खाने, भाउजु रमाउने’ जुस खाएपछि यस्तो भयो

Posted on May 27, 2018 by Salokya

पाल्पामा सबैभन्दा जान मन लागेको ठाउँ थियो रानीमहल। धेरै सुनेको तर जान नजुरेको ठाउँ। त्यसैले साथी टेकनारायण भट्टराईले घुम्न जाने प्रस्ताव राख्ने बित्तिकै रानीमहलले लोभ्यायो र यस पटक त्यो इच्छा पूरा भयो। रानीमहलबारे पछि अर्कै ब्लगमा लेखौँला। पाल्पा जाँदै गर्दा सिद्धबाबाको कुख्यात पहिरो कटेपछि आयो ‘भालेबास’ नामको ठाउँ। एउटा ठूलो भालेको मूर्ति बनाइएको रहेछ त्यहाँ।… Continue reading

आफ्नै कुरा : ब्लग किन अपडेट भएन?

Posted on May 9, 2018May 9, 2018 by Salokya

मे ३ मा लेखिएको एउटा ब्लगपछि देशमा विभिन्न घटना भए पनि ६ दिनपछि बल्ल यी शब्द लेख्दैछु। यी दिनमा पूरै बेडमै रहेँ। कम्प्युटर अगाडि बस्नसमेत सकिनँ। सामान्यतया कतै टाढा जानु परे पनि, लामो समय कम्प्युटरबाट टाढा हुनुपर्ने अवस्था आयो भने सेड्युल ब्लग हालेर पनि मिलाएको हुन्थेँ। तर अपर्झट बिरामी पर्दा यो सम्भव भएन। शुक्रबार साँझ… Continue reading

Posts pagination

  • 1
  • 2
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme